विश्‍वको भूगोल – प्रश्‍नोत्तर

विश्‍वको भूगोल – प्रश्‍नोत्तर

१. भूगोलका पिता कसलाई भनिन्छ ?

👉 इरेटस्थनिज

२. भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ?

👉 २ भाग (भौतिक भूगोल र मानव भूगोल)

३. वर्तमान मानव भूगोलका जनक भनेर कसलाई चिनिन्छ  ?

👉 जर्मनका Friedrich Ratzel

४. मानव भूगोलको विकास कहिले भएको हो ?

👉 १९ औं शताब्दीमा

५. Cartography भन्ने शब्दले केलाई बुझाउँदछ ?

👉 मानचित्र विद्या

६. भूगोल शब्द Geografein शब्दबाट आएको हो भने यो कुन भाषाबाट लिइएको हो  ?

👉 ग्रिक

७. पृथ्वीको सम्पूर्ण स्थलीय भागलाई कति महादेशमा विभाजन गरिएको छ ?

👉 ७

८. पृथ्वीको सतहको कति प्रतिशत भाग जमीनले ढाकेको छ ?

👉 २९ प्रतिशत

९. विश्‍वमा सबैभन्दा ठूलो महादेश कुन हो ?

👉 एशिया महादेश

१०. एशिया महादेशको अधिकांश भू-भाग कुन गोलार्द्धमा पर्दछ  ?

👉 उत्तरी

११.“भूगोल त्यो विषय हो जसले पृथ्वीको सतहको वर्णन धरातलीय स्वरूप, हावापानी, वनस्पति, माटो, उत्पादन, जनता र तिनीहरूको वितरणको आधारमा गर्दछ’ भन्ने भनाइ कसको हो ?

👉  भूगोल शब्दकोष

१२. एशिया महादेशको क्षेत्रफल कति रहेको छ ?

👉 ४,३९,९९,००० वर्ग कि.मि.

१३. एशिया महादेशको उत्तर- दक्षिण चौडाइ कति रहेको छ ?

👉 ८६०० कि.मि. 

१४. एशिया महादेशको पूर्व- पश्चिम लम्बाइ कति रहेको छ ?

👉 ९६०० कि.मि.

१५. एशिया महादेशले विश्‍वको कति प्रतिशत क्षेत्रफल ओगटेको छ ?

 👉 २९.९२

१६. एशिया महादेशमा विश्‍वको कति प्रतिशत जनसङ्ख्या रहेको छ ?

👉 करिब ५४ प्रतिशत

१७. विश्‍वको सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो  ?

👉 डेथभ्यालि

१८. विश्‍वको सबैभन्दा बढी जाडो हुने ठाउँ कुन हो ?

👉 भर्खोयान्सक (रूस)

१९. विश्‍वको सबैभन्दा अग्लो पठार कुन हो  ?

👉 तिब्वतको पामीर पठार

२०. पामीर पठारको उचाइ कति रहेको छ ?

👉 करिब ५ हजार मिटर

२१.  पामीर पठारलाई अर्को कुन नामले समेत चिनिन्छ  ?

👉 संसारको छानो

२२. एशिया र यूरोप महादेशको सिमानामा रहेको पवर्तको नाम के हो  ?

👉 यूराल पर्वत

२३. विश्‍वको सबैभन्दा फराकिलो पठार कुन हो ?

👉 तिब्बतको पठार

२४. “सेतो बादलको भूमि” भन्नाले कुन देशलाई जनाउँछ ?

न्यूजिल्याण्ड

२५.  “कपूरको देश” उपनामले चिनिने देश कुन हो ?

👉 ताइवान

२६. इजिप्टलाई पिरामिडको देश भनिन्छ भने इजिप्टको पिरामिडको नाम के हो ?

👉 डोजेरको पिरामिड

२७. संसारमा सबैभन्दा पहिले सूर्योदय र अस्तय कुन देशमा हुन्छ ?

👉 न्यूजिल्याण्ड

२८. विश्‍वको सबैभन्दा ठूलो ताल कुन हो  ?

👉 क्यास्पियन सागर

२९.  सर्वोच्च स्थानमा रहेको ताल कुन हो ?

👉 तिलिचो ताल

३०. एशिया महादेशलाई अर्को कुन नामले समेत चिनिन्छ ?

👉 विषमताको महादेश

३१. एशिया महादेशको कुन देशमा सबैभन्दा बढी चिया उत्पादन हुन्छ ?

👉 भारत

३२. एशिया महादेशको कुन देशमा सबैभन्दा बढी हुलाक घरहरू रहेका छन् ?

👉 भारत

३३. विश्‍वको सबैभन्दा बढी पानी पर्ने ठाउँ कहाँ हो  ?

👉 चेरापुञ्जी असाम (भारत)

३४. विश्‍वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश कुन हो ?

👉 चिन

३५. एशिया महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो  ?

👉 चीन

३६. विश्‍वको सबैभन्दा होचो भाग कुन हो ?

👉 मृत सागर (इजरायल)

३७. एशिया महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो  ?

👉 गोबि

३८. एशिया महादेशको सबैभन्दा लामो नदी कुन हो ?

👉 यान्जे (चीन)

 ३९. क्यासपियन सागर कुन- कुन देशको बीचमा अवस्थित छ ?

👉 इरान र रुस

४०. K, गडवीन अस्टिन (पाकिस्तान) लाई के उपनामले समेत चिनिन्छ ?

👉 Savage Mountain

४१. एशिया महादेशको सबैभन्दा सानो राष्ट्र कुन हो  ?

👉 माल्दिभ्स

४२. विश्‍वको सबैभन्दा गहिरो महासागरीय धसान कुन हो  ?

👉  मारियाना ट्रेन्च

४३. विश्‍वको सबैभन्दा अग्लो पर्खालको नाम के हो  ?

👉 The great wall of china

४४. एशिया र अफ्रिका बीचमा रहेको सागर कुन हो  ?

👉 लालसागर

४५. विश्‍वको दोस्रो बढी जनसङ्ख्या भएको देश कुन हो  ?

👉 भारत

४६. विश्‍वको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर कुन हो ?

👉 टोकियो

४७. विश्‍वको सबैभन्दा होचो उपत्यका कुन हो  ?

👉 अरुण उपत्यका (नेपाल)

४८. एशिया महादेशको पूर्वमा कुन महासागर पर्दछ ?

👉 प्रशान्त महासागर

४९. एशिया महादेसको दक्षिणमा कुन महासागर पर्दछ ?

👉 हिन्द महासागर

५०. एशिया महादेशको उत्तरमा कुन महासागर पर्दछ ?

👉 सुमेरु महासागर

५१. विश्‍वको सबैभन्दा ठूलो मरुभूमि सहारा मरुभूमि कुन महादेशमा अवस्थित छ ?

👉 अफ्रिका महादेश

५२. अफ्रिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?

👉 अल्जेरिया

५३. अफ्रिका महादेशको सबैभन्दा सानो राष्ट्र कुन हो  ?

👉 सेसेल्स

५४. अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो  ?

👉 किलिमञ्जरो

५५. विश्‍वको सबैभन्दा लामो नदीको नाम के हो  ?

👉 नाइल (६६९० कि.मि.)

५६. नाइल नदी कुन  महादेशमा पर्दछ ?

अफ्रिका महादेश

५७. कुन महादेशलाई भूमध्य रेखाले झण्डै बीचमा काटेको छ ?

👉 अफ्रिका

५८. विश्‍वको सबैभन्दा ठूलो हीरा खानी कुन हो  ?

👉 किम्वरखान

५९. किम्वरखान हीरा खानी कुन महादेशमा पर्दछ  ?

👉 अफ्रिका

६०.एशिया महादेश र उत्तर अमेरिका महादेशको बीचमा कुन सागर रहेको छ ?

👉 वेरिङ सागर

६१. क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश कुन हो  ?

👉 अफ्रिका महादेश

६२. सबै युगको प्राचीनतम एवं नवीनतम संस्कृतिहरू पाइने महादेश कुन हो  ?

👉 अफ्रिका महादेश

६३. कालो अँध्यारो र विविधताको महादेशका उपनामले चिनिने महादेश कुन हो  ?

👉 अफ्रिका

६४. विश्‍वको तेस्रो ठूलो महादेश कुन हो  ?

👉 उत्तर अमेरिका

६५. उत्तर अमेरिका महादेश कसले पत्ता लगाएका हुन् ?

👉 क्रिस्टोफर कोलम्बस

६६. क्रिस्टोफर कोलम्बसले उत्तर अमेरिका महादेश कहिले पत्ता लगाएका हुन् ?

👉 सन् १४९२

६७. उत्तर अमेरिका महादेशलाई अर्को कुन नामले समेत चिनिन्छ ?

👉 नयाँ संसार

६८. उत्तर अमेरिका महादेशको नाम कसको नामबाट राखिएको हो  ?

👉 अमेरिगो विस्पुक्की नामक साहसिक यात्री

६९. विश्‍वको सबैभन्दा ठूलो गुम्बजको नाम के हो र यो कुन महादेशमा पर्दछ  ?

👉 एष्ट्रोडम र उत्तर अमेरिका महादेश

७०. विश्‍वको सबैभन्दा ताजा पानीको ताल कुन हो ?

👉 सुपेरियर ताल

७१. सुपेरियर ताल कुन महादेशमा पर्दछ ?

👉 उत्तर अमेरीका

७२. उत्तर अमेरिका महादेशमा रहेको घाँसे मैदानलाई के भनिन्छ ?

👉 प्रियसी

७३. पश्चिमी गोलार्द्धको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?

👉 उत्तर अमेरिका

७४. विश्‍वको सबैभन्दा ठूलो नेशनल पार्कको नाम के हो ?

👉 उड् बफेलो नेशनल पार्क

७५. उड् बफेलो नेशनल पार्क कुन महादेशमा पर्दछ ?

👉 उत्तर अमेरिका

७६. उत्तर अमेरिका महादेशमा रहेका पाँचवटा तालहरू कुन- कुन हुन् ?

👉 सुपेरियर ताल, मिचिगन ताल, हृयुरन ताल, इरि ताल र ओन्टेरियो ताल

७७. उत्तर अमेरीका महादेशमा रहेको पाँचवटा तलहरुको समूहलाई के भनिन्छ ?

👉 महानताल

७८. उत्तर अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?

👉 क्यानाडा

७९. उत्तर अमेरिका महादेशको सबैभन्दा सानो राष्ट्र कुन हो  ?

👉 सेन्टकिट्स एण्ड नेभिस

८०. उत्तर अमेरिका महादेशको सबैभन्दा अग्लो चुचुरो कुन हो ?

👉 मेकिन्ले

८१. उत्तर अमेरिका महादेशको सबैभन्दा लामो नदी कुन हो  ?

👉  मिसिसीपी

८२. उत्तर अमेरिका महादेशको सबैभन्दा होचो भाग कुन हो  ?

👉 डेथ भ्याली

८३. भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो  ?

👉 उत्तर अमेरिका

८४. विश्‍वको चौथो ठूलो महादेश कुन हो  ?

👉 दक्षिण अमेरिका

८५. उत्तर र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?

👉 पानामा नहर

८६. दक्षिण अमेरिका महादेशमा कतिवटा भूपरिवेष्ठित राष्ट्रहरू रहेका छन् ?

👉 २ (बोलिभिया र पाराग्वे)

८७. विश्‍वको सबैभन्दा लामो पर्वतमाला कुन हो ?

👉 एण्डिज पर्वतमाला

८८. एण्डिज पर्वतमाला कुन महादेशमा पर्दछ ?

👉 दक्षिण अमेरिका

८९. दक्षिण अमेरिका महादेशको अर्जेन्टिनामा रहेको घाँसे मैदानलाई के भनिन्छ ?

👉 पेम्पाज

९०. विश्‍वको सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी कुन हो  ?

👉 बोलिभियाको राजधानी लापाज

९१. दक्षिण अमेरिकामा रहेको विश्‍वको सबैभन्दा ठूलो नदी कुन हो  ?

–अमेजन नदी

९२. विश्‍वको सबैभन्दा अग्लो झरना कुन हो ?

👉 एन्जेला झरना

९३. एन्जेला झरना कहाँ पर्दछ  ?

👉 दक्षिण अमेरिका, (भेनेजुयला)

९४. विश्‍वमा सबैभन्दा दक्षिणमा रहेको सहरको नाम के हो  ?

👉 पुन्य यरिना (चिली)

९५. दक्षिण अमेरिकाको उच्च स्थानमा रहेको ताल कुन हो  ?

👉 टिटिका

९६. टिटिका ताल कुन महादेशसँग सम्बन्धित रहेको छ ?

👉 दक्षिण अमेरिका

९७. दक्षिण अमेरिका र अन्टार्कटिका महादेशलाई केले विभाजन गरेको छ ?

👉  क नहर

९८. वश्‍वको सबैभन्दा लामो पर्वतमाला दक्षिण अमेरिकामा पर्दछ भने सो को नाम के हो  ?

👉 एण्डिज पर्वतमाला

९९. एण्डिज पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ ?

👉 कोलम्बीयादेखि चिलिसम्म

१००. विश्‍वको सबैभन्दा बढी कफि उत्पादन गर्ने देश कुन हो  ?

👉 ब्राजिल

१०१. दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?

👉 ब्राजिल

१०२. दक्षिण अमेरीका महादेशको सबैभन्दा सानो राष्ट्र कुन हो  ?

👉 ट्रिनिडार्ड

१०३. दक्षिण अमेरिका महादेशको सबैभन्दा अग्लो पर्वत कुन हो  ?

👉 माउन्ट एकान्कागुआ

१०४. विश्‍वको पाँचौ ठूलो महादेश कुन हो  ?

👉 अन्यर्कटिका

१०५. अन्टार्कटिका महादेशमा सधैं कस्तो अवस्था रहन्छ ?

👉 हिउँले ढाक्छ

१०६. विश्‍वको सबैभन्दा बढी हिउँ पाइने महादेश कुन हो  ?

👉 अन्टार्कटिका

१०७. अन्टार्कटिका महादेशमा विश्‍वको कति प्रतिशत हिउँ पाइन्छ  ?

 👉 ९० प्रतिशत

१०८. मानव वसोवास नभएको एकमात्र महादेश कुन हो  ?

👉 अन्टार्कटिका

१०९. अन्टार्कटिका महादेश कसले पत्ता लगाएका हुन् ?

👉  रसियन Expedition टिमका सदस्य फाविलीव भन वेलिङ्सन र मिखायल लाजारेम

११०. अन्टार्कटिका महादेश कुन ध्रुवीय क्षेत्र वरिपरि फैलिएको छ ?

👉  दक्षिण ध्रुवीय क्षेत्र

१११. अन्टार्कटिका महादेशमा कति जनसङ्ख्या वसोवास गर्दछन् ?

👉 करिब १०००

११२. हिउँदमा क्षेत्रफल दोब्बर हुने महादेश कुन हो  ?

👉 अन्यर्कटिका

११३. हिम चादरको उपनामले चिनिने महादेश कुन हो  ?

👉 अन्यर्कटिका

११४. समुन्द्री तटीय क्षेत्रमा पाइने ह्वेलमाछा तथा सुन्दर पंक्षी किविको लागि प्रसिद्ध महादेश कुन हो  ?

👉 अन्टार्कटिका

११५. विश्‍वको सबैभन्दा लामो हिम नदी कुन महादेशमा पर्दछ ?

👉 अन्टार्कटिका

११६. विश्‍वको सबैभन्दा लामो हिम नदीको नाम के हो  ?

👉 ल्याम्वर्ट ग्लेसियर

११७. अन्टार्कटिका महादेशको कति प्रतिशत भू- भाग हिउँले ढाकेको छ ?

👉 ९८ प्रतिशत

११८. सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो ?

👉 अन्टार्कटिका

११९. अन्टार्कटिका महादेशमा रहेका समुन्द्र कुन- कुन हुन्  ?

👉 रोस र वेडेल

१२०. रोस सागर कुन महासागरमा पर्दछ ?

👉 प्रशान्त महासागर

१२१. बेडेल सागर कुन महासागरमा पर्दछ  ?

👉 आन्ध्र महासागर

१२२. अन्टार्कटिका महादेशको सबैभन्दा अग्लो पर्वत कुन हो  ?

👉 फ्रिटजोफ नानसेन (५,७७६ मि.)

१२३. अन्टार्कटिका महादेशलाई चारैतिरबाट कुन महासागरले घेरेको छ ?

👉 कुमेरु महासागर

१२४. विश्‍वको छैठौं ठूलो महादेश कुन हो ?

👉 यूरोप

१२५. भित्री समुन्द्रले घेरेको महाद्विप कुन महादेश हो ?

👉 युरोप महादेश

१२६. युरोप आफैमा एक प्रायद्विप भएको र यस महादेशमा थुप्रै प्रायद्विपहरू रहेको ले यसलाई अर्को कुन नामले समेत चिनिन्छ  ?

👉 प्रायद्विपहरूको पनि प्रायद्विप

१२७. तीनतिरबाट पानी र एकातिरबाट जमीनले घेरेको जमीनको भागलाई के भनिन्छ ?

👉 प्रायद्विप

१२८. एक आपसमा सिमाना जोडिएका एशिया र युरोप महादेशलाई संयुक्त रूपमा के नामले चिनिन्छ  ?

👉  युरेसिया

१२९. युरोप महादेशको सबैभन्दा अग्लो पर्वत कुन हो  ?

👉 माउन्ट एलब्रुज

१३०. विश्‍वको सबैभन्दा सानो राष्ट्र कुन हो  ?

👉 भ्याटिकन सिटि

१३१. विश्‍वको सबैभन्दा ठूलो राष्ट्र कुन हो  ?

👉 रुस

१३२. रोटिको वास्केट भनी चिनिने युरोपेली राष्ट्र कुन हो  ?

👉 युक्रेन

१३३. विश्‍वको सबैभन्दा ठुलो र सानो राष्‍ट्र कुन महादेशमा पर्दछ ?

👉 युरोप

१३४. यूरोप महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ?

👉 आल्पस पर्वत

१३५. स्क्यान्डेनेभियन क्षेत्र कुन महादेशसँग सम्बन्धित छ ?

👉 यूरोप

१३६. विश्‍वको सबैभन्दा सानो महादेश कुन हो  ?

👉 अस्ट्रेलिया

१३७. दोहोरो भूपरिवेष्ठित राज्यहरू कुन- कुन हुन्  ?

👉 यूरोपको लिच्टेस्टाइन र एसियाको उज्वेकिस्तान

१३८. भ्याटिकन सिटीको क्षेत्रफल कति हो ?

👉 ०.४४ वर्ग कि.मि.

१३९. अष्ट्रेलिया महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?

👉 अष्ट्रेलिया

१४०. अष्ट्रेलिया महादेशको सबैभन्दा सानो राष्ट्र कुन हो ?

👉 नाउर

१४१. कंगारुको महादेश भनेर कुन महादेशलाई चिनिन्छ  ?

👉 अष्ट्रेलिया

१४२. भौगोलीक दृष्टिले अष्ट्रेलिया महादेशमा कति राष्ट्रहरू छन्  ?

👉 १३ वटा

१४३. लामो समुन्द्री किनार भएको महाद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?

👉 यूरोप

१४५. यूरोप महादेशको डेन्यूव नदी कति देश भएर बग्दछ  ?

👉 सातभन्दा बढी

१४६. अष्ट्रेलिया महादेशको खोज कसले गरेका थिए  ?

👉 ऐवेल तस्मान र जेम्स कुक

१४७. विचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ  ?

👉 अष्ट्रेलिया

१४८. अष्ट्रेलिया महादेशमा झण्डै कति मरुभूमि रहेको छ ?

👉 झण्डै आधा

१४९. टापु महादेशको उपनामले समेत कुन महादेशलाई बुझाउँछ ?

👉 अष्ट्रेलिया

१५०. अष्ट्रेलिया महादेशको सबैभन्दा ठूलो नदी कुन हो ?

👉 मरे डार्लिङ

१५१. प्रशस्त मात्रामा पाताल कुवा भएको महादेश कुन हो  ?

👉 अष्ट्रेलिया

१५२. अष्ट्रेलिया महादेशको सम्बन्धमा विस्तृत जानकारी दिने श्रय कसलाई जान्छ  ?

👉  जेम्स कुक

१५३. राजनैतिक दृष्टिले अष्ट्रेलिया महादेशलाई कतिवटा राष्ट्र मानिन्छ ?

👉 एक राष्ट्र

१५४. विश्‍वको सबैभन्दा बढी ऊन उत्पादन हुने महादेश कुन हो  ?

👉  अष्ट्रेलिया

१५५. विश्‍वको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?

👉 कजाकस्तान

१५६. विश्‍वमा जम्मा कतिवटा भूपरिवेष्ठित राष्ट्रहरू छन्  ?

👉 ४८ वय

१५७. एशिया महादेशमा कतिवटा भूपरिवेष्ठित राष्ट्रहरू रहेका छन् ?

👉 १२ वटा

१५८. अफ्रिकामा कतिवटा भूपरिवेष्ठित राष्ट्रहरू रहेका छन् ?

👉 १६ वटा

१५९. युरोपमा कतिवटा भूपरिवेष्ठित राष्ट्रहरू रहेका छन् ?

👉 १८ वटा

१६०. दक्षिण अमेरिकामा कतिवटा भूपरिवेष्ठित राष्ट्रहरू रहेका छन् ?

👉 २ वटा

१६१. उत्तर अमेरिका, अष्ट्रेलिया र अन्टार्कटिकामा कति कतिवटा भूपरिवेष्ठित राष्ट्रहरू रहेका छन् ?

👉 छैन

१६२. एशिया महदेशले विश्‍वको कति प्रतिशत भू- भाग ओगटेको छ  ?

👉 २९.९२ प्रतिशत

१६३. अफ्रिका महादेशले विश्‍वको कति प्रतिशत भू- भाग ओगटेको छ ?

👉  २० प्रतिशत

१६४. उत्तर अमेरिका महादेशले विश्‍वको कति प्रतिशत स्थल भाग ओगटेको छ ?

👉  १६.९ प्रतिशत

१६५. दक्षिण अमेरिका महादेशले विश्‍वको कति प्रतिशत स्थल भू-भाग ओगटेको छ ?

👉  ११.९ प्रतिशत

१६६. अन्टार्कटिका महादेशले कति प्रतिशत भू- भाग ओगटेको छ ?

👉 ८.९ प्रतिशत

१६७. युरोप महादेशले विश्‍वको कति प्रतिशत भू- भाग ओगटेको छ  ?

👉 ७ प्रतिशत

१६८.  अष्ट्रेलिया महादेशले विश्‍वको कति प्रतिशत स्थल भू- भाग ओगटेको छ  ?

👉 ५.३ प्रतिशत

१६९. पामिर पठारको उचाइ कति रहेको छ ?

👉 करिब ५००० मिटर

१७०. S आकारकों महासागर भन्नाले कुन महासागरलाई जनाउँछ ?

👉 आन्ध्र महासगर

१७१. रहस्यमय त्रिकोण बरमुडा कुन महासागरमा पर्दछ ?

👉 आन्ध्र महासागर

१७२. विश्‍वमा कतिवटा महासागर रहेका छन् ?

👉 पाँचवटा

१७३. विश्‍वको सबैभन्दा ठूलो महासागर कुन हो  ?

👉 प्रशान्त महासागर

१७४. विश्‍वको सबैभन्दा गहिरो महासागर कुन हो  ?

👉 प्रशान्त महासागर

१७५. प्रशान्त महासागरले पृथ्वीको जलमण्डलको करिब कति प्रतिशत भाग आगटेको छ  ?

👉 ४५.५ प्रतिशत

१७६. प्रशान्त महासागरको गहिरो भाग कुन हो  ?

👉 मारियाना ट्रेन्च

१७७. मारियाना ट्रेन्चको गहिराई कति रहेको छ ?

👉 ११,७७६ मि.

१७८. समुन्द्रको चारैतिरको किनारालाई के भनिन्छ ?

👉 महाद्विपय मानतट्

१७९.प्रशान्त महासागर कुन आकारमा रहेको छ ?

👉 त्रिभुज

१८०. प्रशान्त महासागरलाई Pacific भनी कसले नामकरण गरेका थिए ?

👉  स्पेनिस अनुसन्धानकर्ता फर्डिनेन्ड मेगलन

१८१. दोस्रो ठूलो महासागर वा तेस्रो गहिरो महासागर कुन हो  ?

👉 आन्ध्र महासगर

१८२. आन्ध्र महासागरले कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ?

👉  २३ प्रतिशत

१८३. S आकारको नामको साथै अर्को कुन नामले पनि आन्ध्र महासागरलाई चिनिन्छ ?

👉 वाणिज्य महासागर

१८४. आन्ध्र महासागरको गहिरो भाग कुन हो  ?

👉 प्युर्टोरिको द्विप

१८५. उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म फैलिएको महासागर कुन हो  ?

👉 आन्ध्र महासागर

१८६. आन्ध्र महासागरको नामकरण कसले गरेका थिए  ?

👉 प्राचीन ग्रिकवासी

१८७. प्रत्येक वर्ष प्रशान्त महासागर कति इन्चका दरले खुम्चदै गएको छ ?

👉 १ इन्च

१८८. प्रशान्त महासागरले पृथ्वीको कति भाग ओगटेको छ ?

👉 एक तिहाइ

१८९. प्रशान्त महासागरमा साना ठूला गरेर कति टापूहरू रहेका छन्  ?

👉 २० हजार

१९०. प्रशान्त महासागरको औसत गहिराई कति रहेको छ ?

👉 ४३०० मि.

१९१. क्षेत्रफलका हिसाबले तेस्रो र गहिराईका हिसाबले दोस्रो महासागर कुन हो  ?

👉 हिन्द महासागर

१९२. हिन्द महासागरको सबैभन्दा गहिरो भाग कुन हो ?

👉 जाभा ट्रेन्च

१९३. हिन्द महासागरले कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ  ?

👉  २०.५ प्रतिशत

१९४. हिन्द महासागरलाई अर्को कुन नामले समेत चिनिन्छ ?

👉 मनसूनी महासागर

१९५. तेलको महासागरको उपनामले चिनिने महासागर कुन हो ?

👉 हिन्द महासागर

१९६. हिन्द महासागर कुन👉 कुन महादेशको बीचमा अवस्थित छ ?

👉 एशिया, अफ्रिका र अष्ट्रेलिया

१९७. क्षेत्रफलको हिसाबले चौथो ठूलो महासागर कुन हो  ?

👉 कुमेरु महासागर

१९८. कमेरु महासागर कस्तो आकारको रहेको छ ?

👉 वृताकार

१९९. कमेरु महासागरले कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ?

👉 ७ प्रतिशत

२००. कुमेरु महासागर कुन महासागरसँग जोडिएको छ ?

👉 प्रशान्त, आन्ध्र

२०१. कमेरु महासागर कुन महादेशको वरिपरि फैलिएको छ ?

👉 अन्टार्कटिका महादेश

२०२. वर्षभरि नै हिउँले छोप्ने महासागर कुन हो  ?

👉 कुमेरु महासागर

२०३. चिसो पानीको महासागरको उपनामले कुन महासागरलाई चिनिन्छ ?

👉 कुमेरु महासागर

२०४. दक्षिणी ध्रुवीय महासागरको उपनामले चिनिने महासागर कुन हो  ?

👉 कुमेरु महासागर

२०५. विश्‍वको सबैभन्दा ठूलो सागर कुन हो  ?

👉 साउथ चाइना सी

२०६. पृथ्वीमा कतिवटा ध्रुवहरू रहेका छन् ?

👉 २ वटा

२०७. सबैभन्दा सानो महासागर कुन हो  ?

👉  सुमेरु महासागर

२०८. उत्तरी ध्रुवीय महासागरको नामले चिनिने महासागर कुन हो  ?

👉 सुमेरु महासागर

२०९. सुमेरु महासागर कस्तो आकृतिको रहेको छ ?

👉 गोलाकार

२१०. सुमेरु महासागरको आधा भाग केले ढाकेको छ ?

👉 हिउँ

२११. सुमेरु महासागरले कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ  ?

👉 ४ प्रतिशत

२१२. सुमेरु महासागरको सबैभन्दा गहिरो भाग कुन हो ?

👉  Molly Deep

२१३. Molly Deep को गहिराई कति रहेको छ ?

👉 ५६०८ मि.

२१४. सबैभन्दा कम नुनिलो पानी भएको महासागर कुन हो ?

👉 सुमेरु

२१५. समुन्द्र नाप्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?

👉 फेदोमिटर

२१६.समुन्द्रसम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?

👉 Oceanography

२१७. पृथ्वीमा कुल कति पानी रहेको छ ?

👉 २२ करोड घनमिल

२१८. पृथ्वीको उत्तरी गोलार्द्धमा स्थल सतह भन्दा पानी सतह कति बढी रहेको छ ?

👉 बरारी रहेको छ

२१९. दक्षिणी गोलर्द्धमा पानीको सतह स्थल सतहभन्दा कति गुणा बढी रहेको छ ?

👉 १५ गुणा

२२०. अक्षांश रेखाहरूको सङ्ख्या कति रहेको छ ?

👉 १८० वय

२२१. उत्तर र दक्षिण हुने गरी पृथ्वीमा खिचिएका काल्पनिक रेखालाई के भनिन्छ ?

👉 देशान्तर

२२२. भूमध्यरेखादेखि दक्षिणको भागलाई दक्षिणी ध्रुव भनिन्छ भने उत्तरको भागलाई के भनिन्छ  ?

👉 उत्तरी ध्रुव

२२३. पृथ्वीको ध्रुवीय भाग केही थेप्चिएको छ भने भूमध्य रेखिय भाग कस्तो छ  ?

👉 केही फुकेको

२२४. ध्रुवमा सूर्यको किरण सधैँ सिधैँ नपरी तेर्सो गरी पर्ने हुनाले त्यहाँ सधैँ के हुन्छ ?

👉 हिउँ पर्दछ

२२५. दक्षिण ध्रुव कसले पत्ता लगाएका हुन ?

👉 रोल्ड एमन्डसेन

२२६. उत्तरी ध्रुव कसले पत्ता लगाएका हुन्  ?

👉 रबर्ट पेरी (१९०९)

२२७. भूमध्य रेखासँग समानान्तर हुने गरी पूर्व देखि पश्चिम खिचिएका काल्पनिक रेखालाई के भनिन्छ ?

👉 अक्षांश

२२८. भूमध्य रेखालाई अर्को कुन नामले समेत चिनिन्छ ?

👉 0° अक्षांशरेखा

२२९. अक्षांश रेखाहरू कस्तो आकारका हुन्छन्  ?

👉 पूर्ण वृत्ताकार

२३०. पृथ्वीलाई दुई भागमा विभाजन गर्ने गरी पूर्व- पश्चिम दिशामा सिधारूपमा खिचिएको काल्पनिक रेखालाई के भनिन्छ ?

👉 भूमध्यरेखा

२३१. भूमध्यरेखामा सूर्यको प्रकाश सिधारूपले पर्ने हुँदा यहाँ के हुन्छ ?

👉 बढी गर्मी

२३२. सबैभन्दा लामो अक्षांश रेखा कुन हो  ?

👉 भूमध्य रेखा

२३३. अक्षांश रेखाहरू कति डिग्रीको फरकमा हुन्छन् ?

👉 १ डिग्री

२३४. एक डिग्री अक्षांशको फरकमा सरदर कति दूरी हुन्छ  ?

👉 १११ कि.मि.

२३५. अक्षांश रेखालाई अर्को कुन नामले समेत चिनिन्छ ?

👉 समानान्तर रेखा

२३६. अक्षांश रेखा कस्तो आकारमा खिचिन्छ ?

👉 वृत्त

२३७. अक्षांश रेखाको सहायताले कुनै ठाउँको हावापानीको साथै के पत्ता लगाउन सकिन्छ ?

👉 दूरी, दिन र रातको लम्बाइ

२३८. साढे २३ डिग्री उत्तरी अक्षांशलाई कर्कट रेखा भनिन्छ भने साढे २३ डिग्री दक्षिणी अक्षांशलाई के भनिन्छ ?

👉  मकर रेखा

२३९. साढे ६६ डिग्री उत्तरी अक्षांशलाई सुमेरु वृत्त भनिन्छ भने साढे ६६ डिग्री दक्षिणी अक्षांशलाई के भनिन्छ ?

👉 कुमेरु वृत्त

२४०. ६० मिनेटको कति डिग्री हुन्छ ?

👉 १ डिग्री

२४१. कुनै ठाउँको स्थानीय समय केको आधारमा निर्धारण गरिन्छ ?

👉 देशान्तर रेखा

२४२. देशान्तर कुन एकाइमा नापिन्छ ?

👉 डिग्री, मिनेट र सकेण्ड

२४३. देशान्तर रेखाको जम्मा सङ्ख्या कति छ ?

👉 ३६० वय

२४४. देशान्तर रेखाहरू पूर्वी गोलार्द्धमा कति वटा रहेको छन् ?

👉 १८० वटा

२४५. देशान्तर रेखाहरु पश्चिमी गोलार्द्धमा कति वटा रहेका छन् ?

👉 १८० वटा

२४६. हरेक १ डिग्री देशान्तरको दूरी कति हुन्छ ?

👉 १११ कि.मि.

२४७. हरेक १ डिग्री देशान्तरमा कति समय फरक पर्छ  ?

👉 ४ मिनेट

२४८. देशान्तर रेखालाई अर्को कुन नामले समेत चिनिन्छ  ?

👉 मध्याह्न रेखा

२४९. १८० डिग्री देशान्तर रेखालाई के भनिन्छ ?

👉  अन्तर्राष्ट्रिय तिथि रेखा

२५०. ० डिग्रीको देशान्तर रेखालाई के भनिन्छ ?

👉 प्रधान मध्याह्न रेखा

२५१. ग्रीनवीच रेखाभन्दा पूर्वतर्फ १ डिग्रीमा कति समय चाँडो हुन्छ ?

👉 ४ मि. चाँडो

 २५२. ग्रीनवीच रेखाभन्दा पश्चिमतर्फ १ डिग्रीमा कति समयको अन्तराल हुन्छ ?

 👉 ४ मि. ढिलो

२५३. प्रधान मध्याह्न रेखादेखि १८०° पूर्व तर्फसम्मको देशान्तर रेखालाई के भनिन्छ ?

👉 पूर्वी देशान्तर रेखा

२५४.  प्रधान मध्याह्न रेखादेखि १८०° पश्चिमतर्फको देशान्तर रेखालाई के भनिन्छ ?’

👉  पश्चिमी देशान्तर रेखा

२५५. ग्रिनविचको समयलाई आधार मानी अन्तर्राष्ट्रिय समयको निर्धारण कहिले गरिएको हो  ?

👉 सन् १८८४

२५६. कुन ठाउँको समयलाई आधार मानि अन्तर्राष्ट्रिय प्रमाणिक समयको निर्धारण गरिएको छ ?

👉 बेलायतको ग्रिनविच 0° देशान्तर रेखा

२५७. ग्रिनविच मिनटाइमभन्दा नेपालको समय कति चलाख रहेको छ ?

👉 ५ घण्टा ४५ मिनेट (खरिदार, सा. प्र. २०६६)

२५८. नेपालको प्रमाणिक समय कति देशान्तरलाई आधार मानि निर्धारण गरिएको हो  ?

👉 ८६ डिग्री १५ मिनेट पूर्व देशान्तर

२५९. नेपालको समय कहिले निर्धारण गरिएको हो  ?

👉 २०४२ वैशाख १

२६०. नेपालको समयलाई निर्धारण गर्दा कुन स्थानलाई आधार बनाइएको छ  ?

👉 गौरीशंकर हिमाल,

२६१. गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ?

👉 दोलखा (खरिदार, सा. प्र.  २०५८)

२६२. कुनै पनि देशान्तरको आधारमा हिसाब गरेर निकालिएको समयलाई के भनिन्छ ?

👉 स्थानीय समय

२६३. अन्तर्राष्ट्रिय तिथि रेखापार गर्नासाथ कति समयको फरक गणना हुन्छ ?

👉 २४ घण्टा

२६४. ग्रीनवीचदेखि पूर्वमा १८०० सम्म कति समय छिटो हुन्छ ?

👉 १२ घण्टा

२६५. ग्रीनवीचदेखि भने पश्चिममा १८०० सम्ममा कति समय ढिलो हुन्छ ?

👉 १२ घण्टा

२६६. अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने गरी विश्‍वलाई कतिवटा समय क्षेत्रमा विभाजन गरिएको छ ?

👉 २४ वटा

२६७. उचाइ वा गहिराईबीचको दूरीलाई के भनिन्छ ?

👉 लम्बत

२६८. समतल स्थान वा दुई स्थानबीचको दूरीलाई के भनिन्छ ?

👉 क्षैतिज

२६९. दूरी कति किसिमका हुन्छन्  ?

👉 २ किसिमका

२७०. विश्‍वको सर्वाधिकार अग्लो पर्वतमाला कुन हो  ?

👉 हिमालय

२७१. हिमालय पर्वतमाला कुन महादेशमा पर्दछ  ?

👉 एशिया

२७२. विश्‍वको लामो पर्वतमाला एण्डिज पर्वतमाला कति लामो छ ?

👉 ७२०० कि.मि.

२७३. एण्डीज पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ  ?

👉 कोलम्बियादेखि चिलिसम्म

२७४. समुन्द्रभित्रको उच्च पर्वतमाला कुन हो  ?

👉 कर्डिलेरा पर्वतमाला

२७५. विश्‍वको सबैभन्दा ठूलो ज्वालामुखी पहाड कुन हो  ?

👉 मौनालोआ

२७६. विश्‍वमा सबैभन्दा बढी फोटो खिचिएको र चित्रलेख गरिएको पहाड कुन हो  ?

👉 फुजी (जापान)

२७७. सम्पन्न पर्वतमाला भनेर कुन पर्वतमालालाई चिनिन्छ ?

👉 एण्डिज पर्वतमाला

२७८. हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिएको एडम्स पिक कहाँ पर्दछ  ?

👉 श्रीलंका

२७९. विश्‍वको सर्वाधिक उच्च टापु कुन हो  ?

👉  जाजा पिक

२८०. युराल पर्वत कहाँ पर्दछ  ?

👉 एशिया र युरोपको बीचमा

२८१. विश्‍वको सर्वाधिक उच्च १०९ पर्वतहरूमध्ये कतिवटा पर्वतहरू हिमालय पर्वतमालामा पर्दछन्  ?

👉 ९६ वटा

२८२. हिन्दू देवीदेवताको वासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ  ?

👉  सुमेरु पर्वत

२८३. हिन्दू ऋषिहरूको वासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ  ?

👉 विध्याञ्चल पर्वत

२८४. रकि पर्वतमाला कुन महादेशमा पर्दछ  ?

👉  उत्तर अमेरिका

२८५. युरोप महादेशको एकमात्र सक्रिय ज्वालामुखी कुन हो ?

👉 विसुवियस

२८६. समुन्द्रको पिंधबाट सार्वधिक उच्चपहाड कुन हो  ?

👉 मौना कि

२८७. सहारा मरुभूमिको क्षेत्रफल कति हो ?

👉 ८४ लाख व.कि.मि.

२८८. अल्पस पर्वतमाला कुन महादेशमा पर्दछ  ?

👉 युरोप

२८९. भूकम्प कति किसिमको हुन्छ  ?

👉 दुई किसिमको (ठाडो र तेर्सो)

२९०. नेपालमा प्रत्येक वर्षको कुन दिनलाई भूकम्प सुरक्षा दिवस मनाइन्छ  ?

👉 माघ २ गते

२९१. भूकम्प उत्पन्न हुने पृथ्वीको भित्री केन्द्रलाई के भनिन्छ ?

👉 हाइपोसेन्टर

२९२. हाइपोसेन्टरबाट उत्पन्न भएको कम्प सिधै आइपुग्ने सतहको केन्द्रलाई के भनिन्छ  ?

👉 इपिसेन्टर

२९३. भूकम्पीय जोखिमको दृष्टिकोणले विश्‍वमा नेपाल कतिऔं स्थानमा पर्दछ  ?

👉 ११ ‍औं

२९४. भूकम्पको रेक्टर पत्ता लगाउने यन्त्रलाई के भनिन्छ ?

👉 सिस्मोग्राफ

२९५. कुन प्रकृतिको भूकम्प बढी विनासकारी हुन्छ  ?

👉 क्षैतिज कम्प (तेर्सो)

२९६. वि.सं. १९९० मा नेपालमा गएको भूकम्प कति रेक्टरको थियो ?

👉 ८.४ रेक्टर

२९७. नेपालमा भूकम्प दिवस कहिलेदेखि मनाउन थालिएको हो ?

👉 वि.सं. २०५५

२९८. नेपालमा २०७२ वैशाख १२ मा गएको भूकम्प कति रेक्टरको रहेको थियो  ?

👉 ७.६ रेक्टर

२९९. कति रेक्टरको भूकम्प बढी बिनासकारी मानिन्छ ?

👉  ७.१ देखि ८.९ रेक्टरसम्मको

३००. वि.सं. २०६८ साल आश्विन १ गते गएको भूकम्प कति रेक्टरको थियो ?

👉 ६.९

३०१. दोस्रो ठूलो मरुभूमि कुन हो  ?

👉 अस्ट्रेलिया मरुभूमि

३०२. विश्‍वको सबैभन्दा बलौटे मरुभूमि कुन हो ?

👉 अरेवियन

३०३. एशिया महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो ?

👉 गोवि

३०४. नेपालको मरुभूमि भनेर कुन ठाउँलाई बुझाउँछ ?

👉 मुस्ताङ

३०५. भूकम्पको देश भनेर कुन देशलाई चिनिन्छ ?

👉 जापान

३०६. विश्‍वको सबैभन्दा ठूलो भूकम्प कहिले गएको थियो ?

👉 सन् १९६० मे २२ (चिलि  ९.५ रेक्टर)

३०७. पग्लेको चट्टान, ग्याँस, आगो, खरानी, धुवाँ आदि पृथ्वीको सतहमा निस्कने प्रक्रियालाई के भनिन्छ ?

👉 ज्वालामुखी

३०८. पृथ्वीको भित्री भागमा पग्लेको अवस्थामा रहेको तातो पदार्थलाई के भनिन्छ ?

👉 म्याग्मा

३०९. पृथ्वीबाट बाहिर निस्केको म्याग्मालाई के भनिन्छ ?

👉 लाभा

३१०. ज्वालामुखी बाहिर निस्कनेबाटो वा माध्यमलाई के भनिन्छ ?

👉 नली

३११. म्याग्मा निस्कने मुखलाई के भनिन्छ ?

👉 क्रेटर

३१२. मुख्य नलीको दायाँ-बायाँबाट गएको सानो नलीलाई के भनिन्छ ?

👉 डाइक

३१३. ज्वालामुखी कति किसिमको हुन्छ ?

👉 ३, (जागृत, मृत र सुपुप्त)

३१४. नेपालमा ज्वालामुखीको चिह्न कुन ठाउँमा रहेको छ ?

👉 दैलेखको दुल्लु

३१५. निरन्तर रूपमा पग्लेका चट्टान खरानी, ग्याँस आदि निस्कने ज्वालामुखीलाई के भनिन्छ ?

👉 सक्रिय ज्वालामुखी (जागृत)

३१६. कुनै बेला सक्रिय भएर हाल बन्द रहेको ज्वालामुखीलाई के भनिन्छ ?

👉 मृत ज्वालामुखी

३१७. कुनै समयमा चालु हुने र कुनै समयमा बन्द हुने ज्वालमूखीलाई के भनिन्छ ?

👉 सुषुप्‍त

३१८. नदीको उत्पत्ति हुने स्थानलाई मुहान भनिन्छ भने नदीको अन्त्य हुने स्थानलाई के भनिन्छ ?

👉 मुख

३१९. तीन नदीको संगम हुने स्थानलाई के भनिन्छ ?

👉 त्रिवेणी

३२०. दुई नदीको मिलन हुने स्थानलाई के भनिन्छ ?

👉 दोभान

३२१. मुख्य नदी छुट्टिएर गएको नदीलाई के भनिन्छ ?

👉 शाखा नदी

३२२. मुख्य नदीसँग मिल्ने स- साना नदीलाई के भनिन्छ ?

👉 सहायक नदी

३२३. हिउँक्षेत्रमा निरन्तररूपमा हिउँ थुप्रिदै जानालेमाथिको हिउँको दवाबका कारण तलको हिउँ बग्नुलाई के भनिन्छ ?

👉 हिम नदी

३२४. धरातलको उचाइमाथि सधैँ हिउँ जम्ने स्थानलाई छुट्याउने काल्पनिक रेखालाई के भनिन्छ ?

👉 हिमरेखा

३२५. नेपालको सबैभन्दा ठूलो हिम नदी कुन हो ?

👉 लाङयङ (२० कि.मी)

३२६. नेपालको सबैभन्दा लामो हिम नदी कुन हो ?

👉 खुम्बु (३२ कि.मी)

३२७. विश्‍वका सर्वोच्च स्थानमा रहेको हिमनदी कुन हो  ?

👉 खुम्बु हिमनदी

३२८. विश्‍वकै सबैभन्दा लामो हिमनदी कुन हो  ?

👉 लाम्वार्ट (अन्यर्कटिका)

३२९. विश्‍वको सबैभन्दा नुनिलो पानीको ताल कुन हो  ?

👉 मृत सागर

३३०. कुनै स्थानको केही वर्षको निश्चित मौसमको औसत अवस्थालाई के भनिन्छ ?

👉 जलवायु

३३१. छिनछिनमा परिवर्तन भइरहने वायुमण्डलको अवस्थालाई के भनिन्छ ?

👉 मौसम

३३२. प्रत्येक १६५ मि. को उचाइमा कति तापक्रम घट्दै जान्छ  ?

👉  १डिग्री सेन्टिग्रेट

३३३. संसारको चिडियाखाना भनेर कुन जलवायुलाई भनिन्छ ?

👉 उष्ण मौसम

३३४. कुन जनावरलाई मरुमूभिको जहाज भनी चिनिन्छ ?

👉 उँट

३३५. मरुभूमिमा नदी, इनार आदिको पानीबाट सिंचाइ गरी खेतीपाती गरिने ठाउँलाई के भनिन्छ ?

👉 मरुद्यान

३३६. भारतको थार मरुभूमिबाट गृष्मकालमा बहने तातो वायुलाई के भनिन्छ ?

👉 लु

३३७. मनसून कति प्रकारका हुन्छन् ?

👉 दुई प्रकारका (गृष्म र हिउँद)

३३८. घटि चापको केन्द्रतिर घुमिघुमि जोडले बहने वायुलाई के भनिन्छ ?

👉 चक्रपात

३३९. मुनसून शब्द अरवि भाषाको कुन शब्दबाट उत्पत्ति भएको हो ?

👉 मौसीम

३४०. वर्षा गराउने मनसून कुन हो ?

👉  गृष्मकालीन

३४१. नेपालमा मनसूनी वायुको सुरुवात कहाँबाट हुन्छ  ?

👉 पूर्वी नेपाल

३४२. शितकालीन मनसून प्रायः कस्तो प्रकृतिको हुन्छ ?

👉 सुख्खा प्रकृतिको

३४३. मरुभूमिको हीरा भनेर कुन राष्ट्रलाई चिनिन्छ  ?

👉 लिबिया

३४४. विश्‍वको सबैभन्दा लामो देश कुन हो  ?

👉 चिलि

३४५. न्यूजिल्याण्डका बासिन्दालाई के भनिन्छ ?

👉 किवि

३४६. भारतको सबैभन्दा ठूलो प्रान्त कुन हो  ?

👉 राजस्थान

३४७. एकैचोटि एकातिर रात र अर्को तिर दिन हुने सहर कुन हो ?

👉 मास्को

३४८. राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो  ?

👉 जायर

३४९. आधा एशिया र आधा यूरोपमा पर्ने सहर कुन हो  ?

👉 एन्डोरस

३५०. संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो  ?

👉 ह्‍वाङहो

३५१. नेदरल्याण्डका वासिन्दालाई के भनिन्छ ?

👉 डच

३५२. प्रहरी र जेल नभएको देश कुन हो  ?

👉 आइसल्याण्ड

३५३. यूरोपको वीरामी भनेर कुन देशलाई चिनिन्छ ?

👉 टर्की

३५४. जापानको राजधानी टोकियो हुनु अघि कहाँ थियो ?

👉 क्योटो

३५५. संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ?

👉 म्यानहार्टन

३५६. चन्द्रमाबाट पृथ्वीको कुन मानव निर्मित वस्तु देख्न सकिन्छ ?

👉 The Great Wall of China

३५७. थार मरुभूमिलाई कुन अर्को नामले समेत चिनिन्छ ?

👉 ग्रेट इन्डियन डिजर्ट

३५८. संसारकै सबैभन्दा पुरानो राजधानी कुन हो ?

👉 सिरियाको दमास्कस

३५९.  Nylon भनेर कुन- कुन सहरलाई बुझाउँछ ?

👉 न्यूयोर्क र लण्डन

३६०. संसारको चिडियाघर भनेर कुन देशको हावापानीलाई चिनिन्छ ?

👉 सुडान

३६१. भारतको कुन स्थानलाई Queen of the hill भनेर चिनिन्छ ?

👉 दार्जिलिङ

३६२. एशिया बाहेक अधिक मात्रामा हिन्दूहरूको बसोवास कहाँ रहेको छ ?

👉 मौरिसस र फिजि

३६३. भूमध्यसागरलाई काट्ने एक मात्र नदी कुन हो  ?

👉 कंगो

३६४. संसारको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन- कुन हो ?

👉 थार र गोवि मरुभूमि

३६५. एशियाको नीलो मुटु केलाई भनिन्छ ?

👉 बैकाल ताल

३६६. अमेरिका र लिवियाबीच विवादमा परेको अन्तर्राष्ट्रिय सिमा रेखालाई के भनिन्छ ?

👉 मृत्युरेखा

३६७. समुन्द्रसँग नजोडिएको देशलाई के भनिन्छ ?

👉 भूपरिवेष्टित राष्ट्र

३६८. वासिङ्गटन डी.सी. कुन नदीको किनारमा रहेको छ ?

👉 पोटोम्याक

३६९. न्यूयोर्क कुन नदीको किनारमा रहेको छ ?

👉 हड्सन

३७०. कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ  ?

👉 युनान

३७१. पूर्वको मोती भनेर चिनिने देश कुन हो  ?

👉 सिंगापुर

३७२. एशिया महादेशको प्रमुख बाली कुन हो  ?

👉  धान

३७३. विश्‍वको सबैभन्दा ठूलो बन्दरगाहको रूपमा परिचित सहर कुन हो ?

👉 न्यूयोर्क

३७४. विश्‍वको सबैभन्दा उच्च स्थानमा रहेको राजधानी कुन हो  ?

👉 लापाज

३७५. लण्डन सहर कुन नदीको किनारमा रहेको छ ?

👉 टेम्स नदी

३७६. पाँचनदीको भूमि भनेर भारतको कुन ठाउँलाई चिनिन्छ ?

👉 पञ्जाब

३७७. पृथ्वीको कुन क्षेत्रमा शिशिर ऋतु हुँदैन  ?

👉 भूमध्यरेखीय क्षेत्रमा

३७८. पृथ्वीलाई भकुण्डो जस्तो छ भन्ने वैज्ञानिक को हुन् ?

👉 पाइथागोरस

३७९. कोटोपक्सी (Cotopaxi) शब्द कुन क्षेत्रसँग सम्बन्धित छ ?

👉 ज्वालामुखी

३८०. हिमनदीले बगाएर ल्याएको वस्तुलाई के भनिन्छ ?

👉 हिमोढ

३८१. संसारको सबैभन्दा बढी बालुवा बोक्ने नदी ह्वाङहो भने दोस्रो कुन हो  ?

👉 कोशी

error: Content is protected !!