नेपालको भूगोल – प्रश्नोत्तर
१. नेपालको कुल क्षेत्रफल कति रहेको छ ?
👉 १,४७,१८१ बर्ग कि.मि.
२. नेपालले एशिया महादेशको कति प्रतिशत भू-भाग ओगटेको छ ?
👉०.३ प्रतिशत
३. नेपाल एशिया महादेशको कुन भागमा अवस्थित छ ?
👉मध्ये
४. नेपालको पूर्व-पश्चिम लम्बाइ औसतमा कति छ ?
👉८८५ कि.मी
५. नेपालको उत्तर-दक्षिण चौडाइ औसतमा कति छ ?
👉१९३ कि.मि.
६. नेपालको उत्तर-दक्षिण अधिकतम चौडाइ कति छ ?
👉२४१ कि.मि.
७. नेपालको उत्तर-दक्षिण न्यूनतम चौडाइ कति छ ?
👉१४५ कि.मि.
८. नेपाल कति डिग्री अक्षांश र देशान्तरबीच अवस्थित छ ?
👉२६° २२ मि. उत्तरी अक्षांश देखि ३०° २७ मि. र ८०°४ मि. पूर्वी देशान्तरदेखि ८८°१२ मि. पूर्वी देशान्तरसम्म
९. नेपालको प्रमाणिक समय कति डिग्री देशान्तरलाई आधार मानी निर्धारण गरिएको हो ?
👉८६०१५ मि. पूर्वी देशान्तरं
१०. नेपालको सबैभन्दा होचो स्थान कुन हो ?
👉धनुषाको मुसहरनिया
११. सगरमाथाको उचाइ कति रहेको छ ?
👉८,८४८.८६ मी.
१२. मुसहरनियाको उचाइ कति रहेको छ ?
👉५९ मी.
१३. नेपालको सबैभन्दा होचो भू-भाग मुसहरिनया कहिले निर्धारण गरिएको हो ?
👉वि.सं. २०५८ मंसीर ३
१४. नेपालको सबैभन्दा होचो हिमरेखा कुन हो ?
👉रूपनाला गोर्खा
१५. रुपनाला गोर्खा हिमरेखाको उचाइ कति रहेको छ ?
👉(४५०० मि)
१६. नेपालको सिमाना पूर्वमा केले छुट्याएको छ ?
👉मेची नदी
१७. नेपालको सिमाना पश्चिममा केले छुट्याएको छ ?
👉महाकाली नदी
१८. नेपालको सिमाना दक्षिणमा केले छुट्याएको छ ?
👉सिमास्तम्भ वा दशगजा
१९. नेपालको छिमेकी राष्ट्रपछि सबैभन्दा नजिकको राष्ट्र कुन हो ?
👉 बंगलादेश (२७ कि.मि.)
२०. नेपालबाट बंगलादेश पछि नजिकको देश कुन हो ?
👉भूटान
२१. नेपालबाट भुटान सम्मको दूरी कति छ ?
👉३२ कि.मि.
२२. धरातलीय स्वरूपको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
👉३(हिमाल, पहाड र तराई)
२३. नेपालको अन्न भण्डार भनेर चिनिने प्रदेश कुन हो ?
👉तराई प्रदेश
२४. सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ ?
👉ताप्लेजुङ
२५. किलर माउन्टेन कुन जिल्लामा पर्दछ ?
👉गोर्खा (गण्डकी)
२६. किलर माउन्टेन हिमालको वास्तविक नाम के हो ?
👉मनास्लु
२७. माछापुच्छ्रे हिमाल आरोहण कहिलेदेखि बन्द गरिएको हो ?
👉२०२० फागुन ५
२८. ऋणमोक्ष दह कुन जिल्लामा अवस्थित रहेको छ ?
👉मुगु
२९. नेपालको सबैभन्दा ठूलो र फराकिलो नदी कुन हो ?
👉कोशी
३०. चीनको सिमानालाई मात्र छुने नेपालको जिल्लाको सङ्ख्या कति छ ?
👉१३
३१. भारतलाई मात्र छुने नेपालको जिल्लाको सङ्ख्या कति रहेको छ ?
👉२५
३२. भारत र चीन दुवै देशलाई छुने नेपालको जिल्ला कुन कुन हो ?
👉दार्चुला र ताप्लेजुङ
३३. नेपालबाट नजिक पर्ने समुन्द्रको नाम के हो ?
👉बे अफ बेगंल (Bay of Bengal)
३४. नेपालबाट नजिक पर्ने समुन्द्र बे अफ बेगंलको दुरी कति रहेको छ ?
👉११२७ कि. मि.
३५. हिमाली प्रदेशको उत्तर-दक्षिण चौडाइ कति छ ?
👉२५ देखि ५० कि.मि.
३६. सगरमाथालाई सगरमाथा नाम दिने व्यक्ति को हुन् ?
👉बाबुराम आचार्य
३७. नेपालभन्दा चीन कति गुणाले ठूलो छ ?
👉६५ गुणा
३८. नेपालभन्दा भारत कति गुणा ठूलो रहेको छ ?
👉२२ गुणा
३९. सर्वप्रथम एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले कहिले सगरमाथाको सफल आरोहण गरेका थिए ?
👉सन् १९५३ मे २९
४०. पासाङ ल्हामु शेर्पाले कहिले सगरमाथामा पाइला टेकेकी थिइन् ?
👉वि.सं. २०५० वैशाख १०
४१. जुनको तावेइले सर्वप्रथम सगरमाथाको आरोहण कहिले गरेकी हुन् ?
👉सन् १९७५ मे १६
४२. चुरे पहाडको उचाइ कति छ ?
👉१०५८ मि.
४३. भारत र चीन दुवै देशलाई नछुने नेपालको जिल्लाको सङ्ख्या कति छ ?
👉३७
४४. सर्वप्रथम सगरमाथा आरोहण गर्ने महिला को हुन् ?
👉जुनको तावेइ
४५. सप्तकोशीको सबैभन्दा ठूलो सहायक नदी कुन हो ?
👉अरुण
४६. सप्तकोशीको सबैभन्दा सानो सहायक नदी कुन हो ?
👉लिखु
४७. नेपालमा विश्वको कुल जलस्रोतमध्ये कति प्रतिशत जलस्रोत रहेको छ ?
👉२.२७ प्रतिशत
४८. कोशी नदीको औसत जलप्रवाह क्षमता कति रहेको छ ?
👉 १,५६४ क्युविक मिटर प्रति सेकेण्ड
४९. कोशी नदीलाई भारतमा पुगेपछि कुन नामले चिनिन्छ ?
👉विहारको दुःख
५०. नेपालको सबैभन्दा गहिरो गल्छी कहाँ पर्दछ ?
👉म्याग्दी जिल्लाको दाना भन्नो ठाउँमा
५१. नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?
👉खुम्बु
५२. गाईघाट कुन नदीको किनारमा अवस्थित छ ?
👉त्रियुगा
५३. नेपालको कुन नदीमा डलफिन पाइन्छ ?
👉कर्णाली
५४. ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने नदी कुन हो ?
👉तमोर नदी
५५. फुङचु कुन नदीको अर्को नाम हो ?
👉अरुण
५६. शे👉फोक्सुण्डो ताल कुन आकारको छ ?
👉Y आकारको
५७. काञ्जिरोवा हिमालको काखमा कुन ताल अवस्थित छ ?
👉रारा ताल
५८. झिलमिला ताल कुन जिल्लामा पर्दछ ?
👉कञ्चनपुर
५९. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
👉दोलखा
६०. च्छो रोल्पा हिमताल कति उचाइमा पर्दछ ?
👉४५८० मि.
६१. इन्द्रसरोवर ताल कुन जिल्लामा पर्दछ ?
👉मकवानपुर
६२. गंगास्वरूपाको नामले चिनिने नदी कुन हो ?
👉कालीगण्डकी
६३. लिखु नदीलाई अर्को कुन नामले पनि चिनिन्छ ?
👉वरुण
६४. वैष्णावि स्वरूपाको नामले चिनिने नदी कुन हो ?
👉सेती
६५. रारा ताल कति क्षेत्रफलमा फैलिएको छ ?
👉११ कि.मि.
६६. रारा ताल कति उचाइमा अवस्थित छ ?
👉३,२०० मि.
६७. कौमारि स्वरूपाको नामले समेत चिनिने नदी कुन हो ?
👉मादी
६८. रारा ताललाई महेन्द्रताल भनी कहिले नामकरण गरिएको हो ?
👉२०२० चैत १३
६९. बुलबुलेताल कहाँ रहेको छ ?
👉सुर्खेत
७०. टिपताल भरना कुन जिल्लामा पर्दछ ?
👉ताप्लेजङ
७१. नेपालमा मात्र पाइने पुतली कुन हो ?
👉पोन्टीया शेर्पा
७२. नेपालमा मात्र पाइने कीरा कुन हो ?
👉काली नेमिस र आप्तागोस्तर नेपालेन्सिस
७३. छाडा गाईबस्तुलाई थुन्ने घरलाई के भनिन्छ ?
👉काञ्जी हाउस
७४. विश्व वन्यजन्तु कोषको प्रतिक चिह्नमा कुन जनावरको चित्र रहेको छ ?
👉पाण्डा
७५. प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्र कुन नदीको किनारमा अवस्थित छ ?
👉कालीगण्डकी
७६. सप्तगण्डकी नदीको सबैभन्दा लामो नदी कुन हो ?
👉मर्स्याङदी
७७. कर्णाली नदीलाई भारतमा पुगेपछि कुन नामले चिनिन्छ ?
👉घाँघरा
७८. भोटमा मूल भएका नदीको सङ्ख्या कति रहेको छ ?
👉६ वटा
७९. उत्तरगंगा भन्नाले कुन नदीलाई चिनिन्छ ?
👉सानी भेरी
८०. नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो ?
👉राप्ती
८१. नेपालबाट प्रतिवर्ष कति घनमिटर माटो बगेर जान्छ ?
👉२४ करोड घनमिटर
८२. नेपालबाट बगेर जाने माटोले बंगालको खाडीमा कुन नामक टापूको विकास हुँदैछ ?
👉न्यूमोर
८३. नदीको नामको अधारमा नामकरण गरिएका नेपालका अञ्चलको सङ्ख्या कति थिए ?
👉१० वटा
८४. हिमालको आधारमा नामकरण गरिएका नेपालका अञ्चलको सङ्ख्या कति थिए ?
👉२ वटा
८५.धार्मिक क्षेत्रको आधारमा नामकरण गरिएका नेपालका अञ्चलको सङ्ख्या कति थिए ?
👉२ वटा
८६. नील भेंडा नेपालको कुन ठाउँमा पाइन्छ ?
👉मुस्ताङको दामोदर कुण्ड वरिपरि
८७. नेपालमा मात्र पाइने पुतली कति प्रजातिका छन् ?
👉८ प्रजातिका
८८. यार्सागुम्बाको अंग्रेजी नाम के हो ?
👉Caterpillar
८९. नेपालको निजी वनलाई कहिले राष्ट्रियकरण गरिएको हो ?
👉वि.सं.२०१३
९०. एक सेन्टिमिटर माटो बन्न लगभग कति समय लाग्दछ ?
👉करिब १०० वर्षदेखी ४०० वर्ष
९१. नेपालमा वन जाँच अड्डाको स्थापना कहिले भएको हो ?
👉 वि.सं. १९९१
९२. Mosses and lichen नामक वनस्पति कस्तो प्रकृतिको वनमा पाइन्छ ?
👉टुन्ड्रा वन
९३. नेपालमा सामुदायिक वनको अवधारणालाई सर्वप्रथम कहिले कानुनी मान्यता दिइएको हो ?
👉वि.सं. २०३५
९४. नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ?
👉चमेली नदीको किनार (दार्चुला र बैतडी जिल्लाको बीचमा)
९५. नेपालमा माटो संरक्षणको लागि कहिलेदेखि संस्थागत प्रयास हुनथालेको हो ?
👉 वि.सं. २००२
९६. नेपालमा प्रयोगमा ल्याइएका ४ खनिज पदार्थहरू कुन-कुन हुन् ?
👉चुनढुङ्गा, म्याग्नेसाइट, स्लेट र सिसा
९७. अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन कसले गरेको छ ?
👉राष्ट्रिय प्रकृति संरक्षण कोष
९८. पार्क एण्ड पिपुल प्रोजेक्ट कार्यक्रम केसँग सम्बन्धित छ ?
👉आरक्ष नजिकका मानिसलाई जङ्गली जन्तुबाट हुने हानि कम गर्ने कामसम्बन्धी कार्यक्रम
९९. नेपालमा कति प्रकारका स्तनधारी जनावर पाइन्छ ?
👉 १८१ प्रकारका
१००. कोशी टप्पु वन्यजन्तु आरक्षलाई कहिले रामसार क्षेत्रमा सूचीकृत गरियो ?
👉सन् १९८७
१०१.चुरे पहाडको सबैभन्दा अग्लो ठाउँ कुन हो ?
👉गार्वा
१०२. नेपालको हावाखोरी भनेर चिनिने ठाउँ कुन हो ?
👉महाभारत पर्वत
१०३. पहाडको अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
👉Orology
१०४. महाभारत पवर्तको सबैभन्दा अग्लो टाकुरा कुन हो ?
👉शैलुङ
१०५. चुरे पर्वत शृंखलालाई अर्को कुन नामले चिनिन्छ ?
👉शिवालिक
१०६. हिल स्टेशन अफ नेपाल भन्नाले कुन ठाउँलाई बुझाउँदछ ?
👉महाभारत पर्वत
१०७. गौरीशंकर हिमाललाई अर्को कुन नामले पनि चिनिन्छ ?
👉पातिभरा
१०८. बूढानिलकण्ठ कुन पहाडको फेदमा पर्दछ ?
👉शिवपुरी
१०९. नेपाल हिमाल कुन हिमालको अर्को नाम हो ?
👉कञ्चनजंघा
११०. मकुटचुरेन हिमाल कुन प्रदेशमा पर्दछ ?
👉गण्डकी
१११. व्यास हिमाल रहेको जिल्ला कुन हो ?
👉 दार्चुला
११२. रेड पाण्डाका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
👉लाङटाङ राष्ट्रिय निकुञ्ज
११३. मार्बलका लागि प्रसिद्ध ठाउँ कुन हो ?
👉गोदावरी
११४. नेपालमा प्रयोगमा ल्याइएको खनिज पदार्थ कति छन् ?
👉चार
११५. नेपालको सबैभन्दा ठूलो तामाखानी कहाँ रहेको छ ?
👉बुद्धखोला (बन्दिपुर)
११६. नेपालको कुन ठाउँमा नुनखानी रहेको छ ?
👉मुस्ताङ थाकखोला
११७. ज्वालामुखी पहाडलाई अर्को कुन नामले समेत चिनिन्छ ?
👉सञ्चय पहाड
११८. सामान्यतया डाँडा हुनका लागि कति मिटर भूस्वरूप उठेको हुनुपर्दछ ?
👉६१० मिटरभन्दाकम
११९. सबैभन्दा फराकिलो चुरेपर्वत शृंखला नेपालको कुन ठाउँमा पर्दछ ?
👉दाङ देऊखुरी उपत्यका (करिब १२ माइल)
१२०. हाल नेपालमा कति प्रकारका संरक्षित स्तनधारी जन्तु रहेका छन् ?
👉२७ प्रकारका
१२१. नेपालमा संरक्षित क्षेत्रले हाल कति प्रतिशत भू-भाग ओगटेको छ ?
👉 २३.३५ प्रतिशत
१२२. संसारको सबैभन्दा सानो चरा कुन हो ?
👉बि. हमिङ बर्ड
१२३. कोणधारी वनमा कस्तो खालका रूखहरू पाइन्छ ?
👉नरम
१२४. लेउ र झ्याउमात्र पाइने हुनाले टुन्ड्रा वनलाई अर्को कुन नामले समेत चिनिन्छ ?
👉वनस्पति विहिन क्षेत्र
१२५. नेपालमा हालसम्म कति प्रजातिका वनस्पतिको पहिचान भइसकेको छ ?
👉 ६,५००
१२६. नेपालमा हालसम्म लगभग कति प्रकारका वनस्पतिको औषधी र सुगन्धयुक्त वनस्पतिको पहिचान भएको छ ?
👉करिब ७००
१२७. नेपालले वन विकास गुरुयोजना कहिलेदेखि सुरु गरेको हो ?
👉सन् १९८६
१२८. नेपालमा वृक्षारोपण कार्यक्रम कहिलेदेखि शुरु गरिएको हो ?
👉 वि.सं. २००२
१२९. नेपालमा कहिलेदेखि सामुदायिक वन कार्यक्रम लागू गरियो ?
👉वि.सं. २०३५
१३०. वातावरण सन्तुलनका लागि कति प्रतिशत वन जङ्गलको आवश्यकता पर्दछ ?
👉 ४३ प्रतिशत
१३१. तिब्बती खरायोको लागि प्रसिद्ध निकुञ्ज कुन हो ?
👉शे👉फोक्सोण्डो राष्ट्रिय निकुञ्ज
१३२. नेपालको एकमात्र शिकार आरक्ष कुन हो ?
👉ढोरपाटन शिकार आरक्ष
१३३. चारकोशे झाडी कुन राष्ट्रिय निकुञ्जमा पर्दछ ?
👉चितवन राष्ट्रिय निकुञ्ज
१३४. एकसिङ्गे गैंडा र घडियाल गोहीका लागि प्रसिद्ध निकुञ्ज कुन हो ?
👉चितवन राष्ट्रिय निकुञ्ज
१३५. बाह्रसिङ्का लागि प्रसिद्ध ठाउँ कुन हो ?
👉शुक्लाफाँट
१३६. कृष्णसारका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
👉बर्दिया राष्ट्रिय निकुञ्ज
१३७. नेपालले राष्ट्रिय सम्पदा संरक्षण कार्यनीति कहिले स्वीकृत गरेको हो ?
👉सन् १९८८
१३८. हुक्काको नली र राडी पाखीको लागि प्रसिद्ध स्थल कुन हो ?
👉बाग्लुङ
१३९. चामलको लागि प्रसिद्ध स्थल सिकर बैशी कुन जिल्लामा पर्दछ ?
👉नुवाकोट
१४०. विश्वकै अग्लो स्थानमा कहाँ धान खेती गरिन्छ ?
👉जुम्लाको पतरासी गा.पा. (३०५० मि.)
१४१. संसारको उच्चस्थानमा पाइने फूल कुन हो ?
👉स्टेलरिया डेकुम्बेन (६४९२ मि.)
१४२. स्टेलरिया डेकुम्बेन कुन देशमा पाइन्छ ?
👉नेपाल
१४३. नेपालको सबैभन्दा ठूलो गुफा कुन हो ?
👉सिद्ध गुफा
१४४. सिद्ध गुफा कुन जिल्लामा पर्दछ ?
👉तनहुँ
१४५. नेपालको सबैभन्दा लामो पक्की पूल कुन हो ?
👉कोठियाघाट (बर्दिया)
१४६. कोठीयाघाट पूलको लम्बाइ कति रहेको छ ?
👉१,०१५ मि.
१४७. कास्की पछि नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ?
👉संखुवासभा
१४८. नेपालको मनसूनी जलवायु कति अवधिसम्म रहन्छ ?
👉४ महिना
१४९. नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई चिनिन्छ ?
👉पोखरा
१५०. काठमाडौंको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझाउँदछ ?
👉गोदावरी
१५१. नेपालको पश्चिम भागमा चल्ने तातो वायुलाई के भनिन्छ ?
👉लु वायु
१५२. लू वायु भारतको कुन ठाउँबाट नेपाल आउँदछ ?
👉थारु मरुभुमि
१५३ नेपालको कुन ठाउँमा म्याग्नेसाइटको व्यवसायिक उत्पादन गरिएको छ ?
👉दोलखा, गाइघाट, उदयपुर र बागलुङ
१५४. रुक्चे ताल कुन जिल्लामा अवस्थित छ ?
👉गोर्खा
१५५. नेपालको उच्च स्थानमा रहेको मार्ग कुन हो ?
👉थोराङ्ग पास
१५६. थोराङ्ग पास मार्ग कुन जिल्लामा पर्दछ ?
👉मनाङ
१५७. मार्फा कृषि फार्म कुन जिल्लामा पर्दछ ?
👉मुस्ताङ
१५८. गौरीशंकर संरक्षण क्षेत्रको घोषणा कहिले गरेको हो ?
👉वि.सं. २०६७ पौष २७
१५९. नेपालको कुन जिल्लालाई काश्मिर भनेर पनि चिनिन्छ ?
👉जुम्ला
१६०. नैका विहार कहाँ पर्दछ ?
👉लुम्बिनी
१६१. मकालु हिमालको पुरानो नाम के हो ?
👉जन्नु हिमाल
१६२. नेवार समुदायमा गोसाई कुण्डलाई कुन नामले पुकारिन्छ ?
👉शिलुतीर्थ
१६३. नेपालको पहिलो ग्रामीण पर्यटकीय स्थल कहाँ पर्दछ ?
👉स्याङ्जा जिल्लाको अर्जुनचौपारी गा.पा. को सिरवारी गाउँमा
१६४. म्याग्नेसाइटलाई अर्को कुन नामले समेत चिनिन्छ ?
👉खरढुङ्गा
१६५. नेपालको कुन ठाउँमा सोडा पाइएको छ ?
👉सल्यान र डोटी
१६६. नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिनिन्छ ?
👉मुस्ताङ
१६७. चमेरे गुफा कहाँ पर्दछ ?
👉कास्की
१६८. ईलामको श्रीअन्तु डाँडालाई के भनी नामकरण गरिएको छ ?
👉दिपेन्द्र शिखर
१६९. नेपाल पिक कुन जिल्लामा पर्दछ ?
👉 ताप्लेजुङ्ग
१७०. बाह्र ताल तथा अठार पाटन (बाह्रवण्ड अठारखण्ड) कुन क्षेत्रमा रहेका छन ?
👉अछाम रामारोसन
१७१. जासम्बा हिमाललाई के नाम दिइएको छ ?
👉पासाङ ल्हामु हिमाल
१७२. पासाङ ल्हामु हिमालको उचाइ कति रहेको छ ?
👉७,३५२ मी.
१७३. कति उचाइ देखि हिम रेखा सुरु हुन्छ ?
👉५,००० मी. देखि
१७४. देशेमरु झ्याः काठमाडौंको कुन ठाउँमा पर्दछ ?
👉यटखा टोल
१७५. अमलेखगञ्जको पुरानो नाम के थियो ?
👉भिच्छाखोरी
१७६. नेपालबाट ल्हासाको वा तिब्बतको दूरी कति रहेको छ ?
👉८४० कि.मि.
१७७. स्वर्गद्वारी तीर्थस्थल कुन जिल्लामा पर्दछ ?
👉 प्यूठान
१७८. नेपाल नामक गाउँ कुन देशमा रहेको छ ?
👉 जापान
१७९. काठमाडौं उपत्यकाको चार भञ्ज्याङ कुन-कुन हुन् ?
👉पूर्व-साँगा, पश्चिम-बाण, उत्तर-पाटी र दक्षिण-चन्द्रागिरी
१८०. झोलुङ्गेपुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
👉 बाग्लुङ
१८१. नेपालको सूर्योदय दर्शनीय स्थल कुन हो ?
👉नगरकोट र इलामको अन्तुडाँडा
१८२. गोर्खा नामको टोल कुन देशमा रहेको छ ?
👉फ्रान्स
१८३. बाल्मिकीनगरको पुरानो नाम के हो ?
👉भैसालोटन
१८४. गण्डकी प्रदेशलाई पहिला के नामले चिनिन्थ्यो ?
👉मगरात (खरिदार, सा.प्र.-२०६६)
१८५. काँक्रेविहार कुन जिल्लामा पर्दछ ?
👉सुर्खेत
१८६. काठमाडौं समुन्द्र सतहदेखि कति मिटर उचाइमा पर्दछ ?
👉१३३७ मि.
१८७. सुदूर पश्चिमाञ्चलको सबैभन्दा विकट जिल्ला कुन हो ?
👉बाजुरा
१८८. वडीमालीका देवीको मन्दिर रहेको ठाउँमा सतिदेवीको कुन अंग पतन भएको विश्वास गरिन्छ ?
👉कुम
१८९. नेपालको पूर्वी सिमाना कुन नदीले छुट्याएको छ ?
👉मेचि
१९०. नेपालको पश्चिम सिमाना कन नदीले छुट्याएको छ ?
👉महाकाली
१९१. भौगोलीक अवस्थितिका हिसाबले नेपाल कस्तो देश हो ?
👉भुपरिवेष्ठित
१९२. हेलम्वु कुन जिल्लामा रहेको छ ?
👉सिन्धुपाल्चोक
१९३. महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?
👉पर्सा
१९४. ताल्चा विमानस्थल कुन जिल्लामा पर्दछ ?
👉मुगु
१९५. उराई भन्ज्याङ कुन जिल्लामा रहेको छ ?
👉बझाङ
१९६. चाँदनी टापु नेपालको कुन जिल्लामा पर्दछ ?
👉कञ्चनपुर
१९७. टिकर भञ्ज्याङ कहाँ पर्दछ ?
👉दार्चुला
१९८. चाबुक भन्ज्याङ कुन जिल्लामा पर्दछ ?
👉ताप्लेजुङ
१९९. किमाथान्का व्यापारिक नाका कुन जिल्लामा पर्दछ ?
👉संखुवासभा
२००. सिम्रौनगढ कुन जिल्लामा पर्दछ ?
👉बारा
२०१. अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?
👉संखुवासभा
२०२. पशुपती क्षेत्रले कति भू-भाग ओगटेको छ ?
👉२६४ हेक्टर
२०३. छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्दछ ?
👉सप्तरीमा
२०४. बूढासुब्बा धार्मिक स्थल कहाँ पर्दछ ?
👉धरान
२०५. भारतसमेत चीनको सिमानालाई छुने जिल्ला कति छन् ?
👉१५वटा
२०६. नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कुन हो ?
👉कोलकता
२०७. हाब्रे कुन शिकार आरक्षमा पाइन्छ ?
👉ढोरपाटन शिकार आरक्ष
२०८. नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छ ?
👉३२ प्रकारका
२०९. त्रिशुलीनदी र मादी नदीको संगम स्थानलाई के भनिन्छ ?
👉मोहन तीर्थ
२१०. पुमोरी हिमाल कुन हिमाल शृंखलामा पर्दछ ?
👉महालंगूर
२११. कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
👉मकवानपुर
२१२. अन्नपूर्ण संरक्षण क्षेत्रले कति क्षेत्रफल ओगटेको छ ?
👉७,६२९ वर्ग कि.मि.
२१३. टिपताल झरना कहाँ पर्दछ ?
👉ताप्लेजुङ
२१४. शुक्लाफाँट वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्दछ ?
👉कञ्चनपुर
२१५. वन्यजन्तुले स्थानीयको कृषिखेती बालीमा नोक्सान नगरुन भनी लगाइएको विद्युतीय बारलाई के भनिन्छ ?
👉इन्जायर
२१६. नेपालको उत्तर-दक्षिण सबैभन्दा फराकिलो भाग कुन विकास क्षेत्रमा पर्दछ ?
👉मध्य पश्चिमाञ्चाल
२१७. गोसाईकुण्डमा कुन-कुन पर्वमा मेला लाग्ने गर्दछ ?
👉जनैपूर्णिमा र गंगादशहरा
२१८. सत्यवती ताल कहाँ पर्दछ ?
👉पाल्पा
२१९. नाम्जा घाँटी कुन जिल्लामा रहेको छ ?
👉मुगु
२२०. माछाको लागि प्रसिद्ध ठाउँ कुन हो ?
👉 बाह्रविसे
२२१. नेपालको नयाँ मुलुक भनेर चिनिने जिल्ला कुन-कुन हो ?
👉बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
२२२. कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
👉 गुल्मी
२२३. हिमाल पारीको जिल्ला भनेर कुन-कुन जिल्लालाई जनाउँछ ?
👉मनाङ र मुस्ताङ
२२४. दुई जिल्लासँग मात्र सिमाना जोडिएको जिल्ला कुन-कुन हो ?
👉झापा, दार्चुला, कञ्चनपुर
२२५. विश्वकै गहिरो गल्छीको नाम के हो ?
👉अन्ध गल्छी
२२६. अन्ध गल्छीको गहिराई कति छ ?
👉६९६७ मि.
२२७. बुलबुले ताल कुन जिल्लामा पर्दछ ?
👉सुर्खेत
२२८. काठमाडौं उपत्यकाको क्षेत्रफल कति छ ?
👉६४२ वर्ग कि.मि.
२२९. कागवेनी कुन जिल्लामा पर्दछ ?
👉मुस्ताङ
२३०. अन्धगल्छी कुन जिल्लामा पर्दछ ?
👉म्याग्दी (दाना भन्ने ठाँउ)
२३१. तुम्लिङटार विमानस्थल कुन जिल्लामा पर्दछ ?
👉संखुवासभा
२३२. लामिडाँडा विमानस्थल कुन जिल्लामा पर्दछ ?
👉खोटाङ्ग
२३३. रुम्जाटार विमानस्थल कुन जिल्लामा पर्दछ ?
👉ओखलढुङ्गा
२३४. नेपालमा राणाकालीन समयमा कति जिल्लाहरू रहेका थिए ?
👉३५ जिल्ला
२३५. नेपालको तराईमा कति जिल्ला रहेका थिए ?
👉१२ जिल्ला
२३६. नेपालमा राणाकालमा पहाडी क्षेत्रमा कति जिल्ला रहेका थिए ?
👉२३ जिल्ला
२३७. वि.सं. २०१८ साल अगाडि जिल्ला प्रमुख प्रशासकीय पदलाई के भनिन्थ्यो ?
👉बडाहाकिम
२३८. झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
👉 प्यूठान
२३९. चमेलिया जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
👉 दार्चुला
२४०. रघुघाट जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
👉म्याग्दी
२४१. नेपालमा कति प्रजातिका सुगा पाइन्छ ?
👉७ प्रजातिका
२४२. सप्तगण्डकीको सबैभन्दा ठूलो नदी कुन हो ?
👉कालीगण्डकी
२४३. सबैभन्दा लामो राजमार्ग कुन हो ?
👉महेन्द्र राजमार्ग
२४४. ल्होमान्थाङ कुन जिल्लामा पर्दछ ?
👉मुस्ताङ
२४५. सर्वप्रथम पर्वतारोहण भएको हिमाल कुन हो ?
👉अन्नपुर्ण
२४६. नेपालको दक्षिणबाट उत्तरतर्फ बग्ने नदी कुन हो ?
👉कर्मनाशा र उत्तरगंगा
२४७. नेपालको पहिलो नहर कुन हो ?
👉चन्द्र नहर
२४८. काठमाडौं चक्रपथको लम्बाइ कति छ ?
👉२७.२ कि.मि.
२४९. सबैभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ कुन हो ?
👉चाबुक
२५०. सबैभन्दा लामो स्तम्भ कुन हो ?
👉अशोक स्तम्भ
२५१. सबैभन्दा अग्लो मूर्ति कुन हो ?
👉सागाँको शिवमुर्ति
२५२. सागाँको शिवमुर्तिको उचाइ कति रहेको छ ?
👉१४३ फिट
२५३. निजी क्षेत्रवाट निर्माण भएको पहिलो जलविद्युत आयोजन कुन हो ?
👉खिम्ति जलविद्युत आयोजना
२५४. मध्यमस्याङदी जलविद्युत आयोजनाको क्षमता कति रहेको छ ?
👉७० मेघावट
२५५. मध्यमस्याङदी जलविद्युत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ?
👉 जर्मनी
२५६. वाणगंगा सिंचाई आयोजना कहाँ पर्दछ ?
👉कपिलवस्तु
२५७. बबई सिंचाई आयोजना कुन जिल्लामा पर्दछ ?
बर्दियामा
२५८. कन्काई सिंचाई आयोजना कहाँ पर्दछ ?
👉झापा
२५९. छाल्चा झरना कुन जिल्लामा पर्दछ ?
👉डोल्पा
२६०. पाँचपोखरी झरना कुन जिल्लामा पर्दछ ?
👉रामेछाप
२६१. सुर्मासरोवर कुन जिल्लामा पर्दछ ?
👉 बझाङ (खरिदार, समावेशी-२०६५)
२६२. जाखिरा ताल कहाँ अवस्थित रहेको छ ?
👉कपिलवस्तु
२६३. फोक्सुण्डो तालको गहिराई कति रहेको छ ?
👉१४५ मि
२६४. नेपालमा चिडियाखानाको स्थापना कहिले भएको हो ?
👉१९९८
२६५. ICIMOD मा कति राष्ट्र सदस्य रहेका छन् ?
👉८
२६६. ICIMOD को स्थापना कहिले भएको हो ?
👉सन् १९८३ डिसेम्वर ५
२६७. ICIMOD को पूरा रूप के हो ?
👉International Centre for Integrated Mountain Development
२६८. हिमाल आरोहण दलमा कति सदस्यले एकै पटक हिमाल आरोहण गर्न पाउने व्यवस्था छ ?
👉 १५ जना
२६९. चेपे नदीको मुहान कहाँ हो ?
👉दुध पोखरी
२७०. नेपालमा मात्र पाइने च्याउ कुन हो ?
👉ट्रेपिना नेपालेन्सिस्
२७१. माउन्ट एभरेष्टलाई बाबुराम आचार्यले कहिले सगरमाथा नाम दिनु भएको हो ?
👉 वि.सं. २०१३
२७२. दक्षिण एशियाको कुल भू👉भागको कति प्रतिशत भू👉भाग नेपालले ओगटेको छ ?
👉२.३७९ प्रतिशत
२७३. नेपालको सर्वोच्च स्थानमा रहेको मन्दिर कुन हो ?
👉मुक्तिनाथ (३,७१० मी)
२७४. प्रसिद्ध तीर्थस्थल एकावति कुन जिल्लामा पर्दछ ?
👉 प्यूठान
२७५. नेपालको मानचित्रमा सबैभन्दा मध्यभागमा पर्ने स्थान कुन हो ?
👉 पोखरा
२७६. हिमालकी रानी भनेर कसलाई चिनिन्छ ?
👉पासाङ ल्हामु शेर्पा
२७७. मनकामना केवुलकार मार्गको कुल लम्बाइ कति छ ?
👉 २.८ कि.मि. (खरिदार, लेखा)
२७८. उत्तर वाहिनी नदी भनेर पनि चिनिने नदी कुन हो ?
👉कर्मनाशा
२७९. सगरमाथा कुन गाउँपालिकामा पर्दछ ?
👉खुम्जुङ पासाङल्हामु गाउँपालिका
२८०. नेपालको सर्वप्रथम सूर्योदय हुने ठाउँ कुन हो ?
👉अन्तुडाँडा (इलाम)
२८१. शान्ति शिखर भनेर कुन हिमाललाई चिनिन्छ ?
👉सार्जे हिमाल
२८२. कञ्चजंघा हिमालको सर्वप्रथम आरोहण गर्ने व्यक्ति को हुन् ?
👉जर्ज बेन्ड (बेलायत)
२८३. नेपालमा वन्यजस्तु सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?
👉 वि.सं. २०५३
२८४. लुक्ला विमानस्थल कुन जिल्लामा पर्दछ ?
👉सोलुखुम्बु
२८५. लुक्ला विमानस्थललाई अर्को कुन नाम दिइएको छ ?
👉तेन्जिङ हिलारी विमानस्थल
२८६. गौतमबुद्ध विमानस्थल कुन जिल्लामा पर्दछ ?
👉रूपन्देही
२८७. भैरहवा विमानस्थललाई अर्को कुन नामले नामकरण गरिएको छ ?
👉गौतमबुद्ध विमानस्थल
२८८. अरनिको हिमाल कुन जिल्लामा पर्दछ ?
👉डोल्पा
२८९. जासम्बा हिमाललाई अर्को कुन नामले नामकरण गरिएको छ ?
👉पसाङल्हामु हिमाल
२९०. क्षेत्रफलको हिसाबले नेपालको ठूलो विकास क्षेत्र कुन हो ?
👉मध्यपश्चिम
२९१. विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ?
👉अरुण उपत्यका
२९२. अरुण उपत्यकाको उचाइ कति रहेको छ ?
👉करिब ४५७ मी.
२९३. नेपालको सबैभन्दा होचो हिम रेखा कुन हो ?
👉रुपनाला हिम रेखा
२९४. रूपनाला हिम रेखा कुन जिल्लामा पर्दछ ?
👉गोरख
२९५. सातकुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
👉रसुवा
२९६. नेपालको सबैभन्दा होचो हिमरेखा रूपनालाको उचाइ कति छ ?
👉४,५०० मि.
२९७. भित्री हिमाललाई अर्को कुन नामले पनि चिनिन्छ ?
👉नेपालको भोट प्रदेश
२९८. चुरे पवर्तको सबैभन्दा उच्चभाग गर्वाको उचाइ कति छ ?
👉९,४६२ फिट
२९९. चुरे पवर्तको अग्लो भाग गर्वा कुन जिल्लामा पर्दछ ?
👉कैलाली
३००. नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकाम कुन जिल्लाको कुन सदरमुकाम हो ?
👉हुम्लाको सिमिकोट
३०१. हुम्लाको सिमीकोटको उचाइ कति हो ?
👉२,९४६ मि.
३०२. भावर प्रदेशले नेपालको कुल भू-भागको कति प्रतिशत भू-भाग ओगटेको छ ?
👉 ४.५ प्रतिशत
३०३. ह्यातुङ झरनाको वास्तविक नाम के हो ?
👉हिङगुवा
३०४. नेपाल र चीनको सिमानाबाट सबैभन्दा नजिकको वस्ती कुन हो ?
👉शेरावस्ती हुम्ला नेपाल
३०५. हिमाली जिल्लाहरूमा सबैभन्दा सानो जिल्ला कुन हो ?
👉रसुवा
३०६. लुम्बिनीमा निर्माण भएको एशियाकै सबैभन्दा ठूलो स्तुपको उचाइ कति रहेको छ ?
👉४१.५ मी.
३०७. मितेरी पूलले कुन-कुन देशलाई जोडदछ ?
👉चीन र भियतनाम
३०८. सगरमाथा वेसक्याप कति उचाइमा पर्दछ ?
👉५३५६ मि.
३०९. निलगिरी हिमाल कुन प्रदेशमा पर्दछ ?
👉गण्डकी
३१०. भैंसालोटन कुन नदीको किनारमा रहेको छ ?
👉गण्डकी
३११. अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय कहाँ रहेको छ ?
👉कास्की
३१२. फूलवारी बंगलाबन्द मार्ग कहिलेदेखि खुल्ला गरिएको छ ?
👉२०५४ भदौ १६ देखि
३१३. त्रिशुली र ताँदी नदीको संगम स्थानलाई के भनिन्छ ?
👉देवघाट
३१४. ग्रीन गोल्ड केसँग सम्बन्धित छ ?
👉चिया
३१५. शान्ती बगैंचा कुन जिल्लामा पर्दछ ?
👉अर्घाखाँची
३१६. जगतपुरी दरवार कुन जिल्लामा पर्दछ ?
👉जाजरकोट
३१७. बाजवराह मन्दिर कुन जिल्लामा रहेको छ ?
👉रोल्पा
३१८. दुम्बा ताल कहाँ पर्दछ ?
👉मुस्ताङ
३१९. गुल्मी जिल्लालाई कहिले कफि क्षेत्र घोषणा गरिएको हो ?
👉 वि.सं. २०४१
३२०. गणेश गुफा कहाँ पर्दछ ?
👉कालीकोट
३२१. गौमुखी तीर्थ स्थल कहाँ पर्दछ ?
👉गुल्मी र प्यूठानको सिमानामा
३२२. काठमाडौंलाई कहिले महानगरपालिका घोषणा गरिएको हो ?
👉 २०५२ मंसीर २९
३२३. नेपालको कति भाग भारत सँग जोडिएको छ ?
👉११८५ कि.मि.
३२४. नेपालको कति भाग चीनसँग जोडिएको छ ?
👉८५० कि.मि.
३२५. जुगल हिमालको उचाइ कति रहेको छ ?
👉६७९९ मि
३२६. भैरव टाकुरा नाम ले कुन हिमाललाई चिनिन्छ ?
👉जुगल हिमाल
३२७. मुस्ताङ जिल्लाको पुरानो नाम के हो ?
👉ल्होमनथाङ
३२८. ढङ्गा हान्ने ताल भनेर कुन ताललाई चिनिन्छ ?
👉मैदी ताल
३२९. निर्जीव ताल भनेर चिनिने ताल कुन हो ?
👉रिग्म ताल वा फोक्सुण्डो
३३०. पिरापिड हिमाल कुन हिमाल शृंखलामा पर्दछ ?
👉कञ्जनगंघा
३३१. मेलम्ची खानेपानी आयोजना काठमाडौंदेखि कति दूरीमा रहेको छ ?
👉४२ कि.मि.
३३२. मेलम्चि खानेपानी आयोजना कसको सहयोगमा निर्माण हुँदैछ ?
👉नोराड, विश्व बैंक र जापान विकास बैंक (खरिदार, सा.प्र.-२०५८)
३३३. ठूलो बिरुवालाई काँटछाँट गरी सानो बनाउने विधिलाई के भनिन्छ ?
👉बोनसाइड
३३४. सबै देशले उपयोग गर्न पाउने खुल्ला समुन्द्रलाई के भनिन्छ ?
👉High sea
३३५.मार्गा पोखरी कुन जिल्लामा पर्दछ ?
👉 तेह्रथुम
३३६. सगरमाथा वारपार हुँदै कहिले हवाई उडान भएको थियो ?
👉वि.सं. २०३१
३३७. नेपालको कान्छो जिल्ला भनेर चिनिने जिल्ला कुन हो ?
👉रुकुम
३३८. लाप्राक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
👉 गोर्खा
३३९. नेपालको पहिलो कृषि इन्जिनियर को हुन् ?
👉हुतराम वैद्य
३४०. नेपाललाई कहिले १४ अञ्चल ७५ जिल्लामा कायम गरिएको थियो ?
👉 २०१८ वैशाख १
३४१. नेपाललाई ४ विकास क्षेत्रमा कहिले विभाजन गरिएको थियो ?
👉 वि.सं. २०२९ असार १३
३४२. नेपाललाई ५ विकास क्षेत्रमा कहिले विभाजन गरिएको थियो ?
👉२०३७ असोज २६ (खरिदार, सा.प्र-२०५९)
३४३. तराई प्रदेशमा कस्तो प्रकारको माटो पाइन्छ ?
👉पांगो माटो
३४४. चुरे पहाडको अधिकतम उचाइ कति रहेको छ ?
👉१,८७२ मि.
३४५. भित्री मधेशमा पर्ने जिल्ला कति रहेका छन् ?
👉सात
३४६. भित्री मधेशले नेपालको कुल भू-भागको कति भाग ओगटेको छ ?
👉 ५.५ प्रतिशत
३४७. पूर्व भित्री मधेश भनेर चिनिने जिल्ला कुन-कुन हुन् ?
👉उदयपुर र सिन्धुली
३४८. मध्यभित्री मधेश भनेर कुन कुन जिल्लालाई चिनिन्छ ?
👉मकवानपुर, चितवन, नवलपरासी
३४९. पश्चिम भित्री मधेश भनेर कुन जिल्लालाई चिनिन्छ ?
👉दाङ
३५०. भित्री मधेशको सुर्खेत जिल्लालाई के भनिन्छ ?
👉सुदूरपश्चिम भित्री मधेस
३५१. सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला कुन हो ?
👉काठमाडौं
३५२. सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला कुन हो ?
👉मनाङ
३५३. नगरकोट काठमाडौंदेखि कति दूरीमा पर्दछ ?
👉३२ कि.मि.
३५४. नगरकोट समुन्द्र सतहदेखि कति उचाइमा पर्दछ ?
👉२१७५ मि.
३५५. नेपालमा कहिलेदेखि वैज्ञानिक रूपमा भौगर्भिक सर्वेक्षण सुरु भएको हो ?
👉 वि.सं. २०२४
३५६. नेकपा मोओवादीले जनयुद्धको औपचारिक घोषणा कहिले गरेको थियो ?
👉 २०५२ फागुन १
३५७. नदी प्रणालीको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
👉३ भागमा
३५८. चीनलाई मात्र छुने प्रदेश कति छन् ?
👉१ (कर्णाली)
३५९. भारतलाई मात्र छुने प्रदेश कति छन् ?
👉२ (प्रदेश नं. २ र लुम्बिनी प्रदेश)
३६०. वनजंगलको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
👉५ भागमा
३६१. हिमाली प्रदेशमा कतिवटा जिल्लाहरू रहेका छन् ?
👉२१ वटा
३६२. हिमाली प्रदेशलाई कति भागमा विभाजन गरिएको छ ?
👉३
३६३. पहाडी प्रदेशले नेपालको कुल भू-भागको कति प्रतिशत भू-भाग ओगटेको छ ?
👉६८ प्रतिशत
३६४. महाडी प्रदेशमा कति जिल्ला पर्दछन् ?
👉३५ वटय
३६५. पहाडी प्रदेशलाई कति भागमा विभाजन गरिएको छ ?
👉३ भाग
३६६. तराई प्रदेशलाई कति भागमा विभाजन गरिएको छ ?
👉३ भाग
३६७. तराई प्रदेशले नेपालको कुल भू-भागको कति प्रतिशत भाग ओगटेको छ ?
👉१७ प्रतिशत
३६८. तराई प्रदेशमा कति जिल्ला पर्दछन् ?
👉 २१
३६९. सप्तकर्णालीको जलप्रवाह कति रहेको छ ?
👉प्रतिसेकेण्ड १३१६ घनमिटर
३७०. सप्तकर्णालीबाट कति विद्युत उत्पादन गर्न सकिन्छ ?
👉३२००० मेघावाट
३७१. रातो गुराँसलाई के भनिन्छ ?
👉 लालीगुराँस
३७२. सेतो गुराँसलाई के भनिन्छ ?
👉चिमाली
३७३. साली भिनाजुका पाइलाहरू कुन जिल्लामा पर्दछ ?
👉सुर्खेत
३७४. ३२ प्रकारको लालीगुराँस पाइने ठाँउ कुन हो ?
👉इलाम जिल्लाको मिल्के डाँडा
३७५. मिल्के डाँडालाई अर्को कुन नामले चिनिन्छ ?
👉लालीगुराँसको घर
३७६. हिउँको बाघ भनेर कसलाई चिनिन्छ ?
👉 तेन्जिङ नोर्गे शेर्पालाई
३७७. हिउँको चितुवा भनेर कसलाई चिनिन्छ ?
👉आङरिता शेर्पा
३७८. कहिलै पात नझर्ने वनस्पति कुन हो ?
👉खजुर
३७९. जीवजन्तु जस्तै हिडडूल गर्न सक्ने वनस्पति कुन हो ?
👉मेनाग्रोब
३८०. लेडिज पिक भनेर चिनिने हिमाल कुन हो ?
👉अमादब्लम
३८१. नेपालको सबैभन्दा होचो स्थानमा रहेको विमानस्थल कुन हो ?
👉वीराटनगर विमानस्थल
३८२. वीराटनगर विमानस्थलको कति उचाइमा रहेको छ ?
👉७२ मि.
70
३८३. नेपालमा नदीनालाको सङ्ख्या कति रहेको छ ?
👉६ हजारभन्दा बढी
३८४. भावर प्रदेशले मुलुकको कति भाग ओगटेको छ ?
👉४.५ प्रतिशत
३८५. नेपालमा १६० कि.मि.भन्दा बढी लम्बाइ भएका नदीको सङ्ख्या कति छ ?
👉झण्डै १००वटा
३८६. ११ कि.मि.भन्दा लामो नदीहरूको सङ्ख्या कति छ ?
👉हजारभन्दा बढी
३८७. नेपालको सम्पूर्ण नदीहरूको जलभण्डारण क्षमता कति रहेको छ ?
👉२ लाख २ हजार मिलियन क्यूविक मिटर
३८८. नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?
👉फर्पिङ पावर हाउस (चन्द्रज्योती)
३८९. फर्पिङ पावर हाउसको उत्घाटन कहिले र कसले गरेका थिए ?
👉वि.सं. १९६८ साल जेठ ९ गते राजा पृथ्वी वीरविक्रमले
३९०. नेपालको जलस्रोतको दृष्टिले ठूला नदीहरू कोशी, गण्डकी र कर्णालीको जलभण्डार क्षमता कति रहेको छ ?
👉१ लाख ४८ हजार क्यूविक मिटर (७४ प्रतिशत)
३९१. नेपालको नदीहरूबाट कुल कति विद्युत उत्पादन गर्न सकिन्छ ?
👉८३ हजार मेघावाट
३९२. नेपालको नदिहरुबाट आर्थिक दृष्टिकोणले कति विद्युत उत्पादन गर्न सकिन्छ ?
👉४२ हजार मेघावट
३९३. नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?
👉कोशी
३९४. नेपालको सबैभन्दा गहिरो नदी कुन हो ?
👉गण्डकी
३९५. नेपालको सबैभन्दा लामो नदी कुन हो ?
👉कर्णाली
३९६. पूर्वमा कञ्चनजंघादेखि पश्चिमा लाङटाङसम्मको क्षेत्रलाई नदीको आधारमा कुन प्रदेश भनिन्छ ?
👉सप्तकोशी प्रदेश
३९७. नेपालको हवाई सेवाको कोड कति हो ?
👉9N
३९८. गणेश हिमाल कुन जिल्लामा पर्दछ ?
👉रसुवा
३९९. भृकुटि हिमाल कुन हिमाल शृंखलामा पर्दछ ?
👉दामोदर
४००. सगरमाथा दिवस कहिले मनाइन्छ ?
👉जेठ १६ (मे २९)
४०१. सिन्धुलीलाई जुनार क्षेत्र घोषणा कहिले गरिएको हो ?
👉२०४२
४०२. शहीद गेटका डिजाइनर को हुन् ?
👉शंकरनाथ रिमाल
४०३. शहीदगेटको उद्घाटन कसले र कहिले भएको थियो ?
👉महेन्द्र राजाबाट वि.सं. २०१८ वैशाख १
४०४. Dodo भनेको के हो ?
👉पानीमा बस्ने विशालु सर्प
४०५. नेपालको बनारस भनेर कुन ठाउँलाई चिनिन्छ ?
👉पाल्पाको रिडी
४०६. प्रायद्विपको जिल्ला भनेर चिनिने जिल्ला कुन हो ?
👉ओखलढुङ्गा
४०७. नेपालका प्रमुख नदी कोशी, गण्डकी र कर्णाली भारतमा पुगेपछि कुन नदीमा मिसिन्छन् ?
👉गंगा
४०८. नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो ?
👉कालीगण्डकी ए जलविद्युत आयोजना
४०९. कालीगण्डकी ए जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ ?
👉१४४ मेगावाट
४१०. वन महोत्सव कहिले मनाइन्छ ?
👉वैशाख १३
४११. नेपालमा वन मन्त्रालयको स्थापना कहिले भएको हो ?
👉वि.सं. २००८
४१२. सप्तकोशी नदीको लम्बाइ कति छ ?
👉७२० कि.मि.
४१३. सप्तकोशी नदीबाट कति विद्युत उत्पादन गर्न सकिन्छ ?
👉२२ हजार मेघावाट
४१४. पूर्वमा लाङटाङदेखि पश्चिममा धवलागिरिसम्मको क्षेत्रलाई नदीको आधारमा कुन प्रदेश भनिन्छ ?
👉सप्तगण्डकी प्रदेश
४१५. सप्तगण्डकी नदीको लम्बाइ कति छ ?
👉३३८ कि.मि.
४१६. गण्डकी नदीको जलप्रवाह क्षमता कति रहेको छ ?
👉प्रतिसेकेण्ड १७१३ घ.मि.
४१७. गण्डकी नदीबाट कति विद्युत उत्पादन गर्न सकिन्छ ?
👉२१००० मेघावाट
४१८. तराईमा पुगेपछि गण्डकी नदीलाई के नामले पुकारिन्छ ?
👉नारायणी नदी
४१९. नेपालको सबैभन्दा लामो नदी सप्तकर्णालीको लम्बाइ कति छ ?
👉५०७ कि.मि.
४२०. सप्तकर्णाली नदीलाई भारतमा कुन नामले चिनिन्छ ?
👉घाँघरा नदी
४२१. पूर्वमा धौलागिरीदेखि पश्चिममा व्यास हिमालसम्मको क्षेत्रलाई नदीको आधारमा कुन प्रदेश भनिन्छ ?
👉सप्तकर्णाली
४२२. सदर चिडियाखानाको स्थापना कहिले भएको हो ?
👉 वि.सं. १९८९
४२३. सदर चिडियाखाना कुन जिल्लामा पर्दछ ?
👉ललितपुर
४२४. काठमाडौं उपत्यकामा कस्तो प्रकारको माटो पाइन्छ ?
👉तलैया माटो
४२५. झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
👉प्यूठान
४२६. नेपालको कति प्रतिशत भू-भाग पर्वतीय रहेको छ ?
👉करिब ७५ प्रतिशत
४२७. सबैभन्दा बढी रेड पाण्डा पाइने जिल्ला कुन हो ?
👉ताप्लेजुङ
४२८. सगरमाथा कति अक्षांश र देशान्तरमा फैलिएको छ ?
👉२७०५९ मी. १७ सेकेण्ड उत्तरी अक्षांश र ८६०५५ मी. ३१ सेकेण्ड पूर्वी देशान्तरमा
४२९. सगरमाथा सोलुखुम्बु जिल्लाको कुन गाउँपालिकामा पर्दछ ?
👉खम्जुङ पासङ ल्हामु गाउँपालिका
४३०. गौरीशंकर संरक्षण क्षेत्रको घोषणा कहिले गरियो ?
👉वि.सं. २०६७ पौष २७, (नेपाल सरकारको २०६६ मंसीर १९ गतेको निर्णयअनुसार)
४३१. नेपालमा हाल कति प्रकारका संरक्षित स्तनधारी जन्तुहरू रहेका छन् ?
👉२७
४३२. नेपालमा मात्र पाइने चरा कुन हो ?
👉काँडे भ्याकुर
४३३. नेपालको सबैभन्दा बढी अर्ना भैंसी पाइने ठाउँ कुन हो ?
👉कोशी टापु
४३४. निलगाइलाई अर्को के नामले चिनिन्छ ?
👉घोडगधा
४३५. कुन चरालाई शान्तिको प्रतिक मानिन्छ ?
👉परेवा
४३६. कृषि उत्पादनका लागि सबैभन्दा उर्वर र उत्पादनशिल मानिने माटो कुन हो ?
👉तलैया
४३७. अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन कुन निकायले गरेको छ ?
👉राष्ट्रिय प्रकृति संरक्षण कोष
४३८. नेपालमा कति प्रकारका स्तनधारी जनावर पाइन्छ ?
👉१८१ प्रजाति
४३९. चारकोशे झाडी कुन राष्ट्रिय निकुञ्जमा पर्दछ ?
👉चितवन राष्ट्रिय निकुञ्ज
४५०. हाल विश्वमा प्रचलनमा रहेको कुखुराको वंशाणुगत स्रोत कुन चरालाई मानिन्छ ?
👉लुइचे
४५१. आधा समय किरा र आधा समय वनस्पति हुने वनस्पति कुन हो ?
👉यार्सागुम्वा
४५२. नेपालले राष्ट्रिय सम्पदा संरक्षण कार्यनीति स्वीकृत कहिले गरेको हो ?
👉सन् १९८८ (वि.सं. २०४५)
४५३. सरकारले अपिनम्पा संरक्षण क्षेत्र र बाँके राष्ट्रिय निकुञ्जको घोषणा कहिले गर्यो ?
👉वि.सं. २०६७ असार २८
४५४. कालापत्थरमा मन्त्रिपरिषद्को बैठक कहिले बसेको थियो ?
👉२०६६ मंसीर १९
४५५. सरकारले बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्रको घोषणा कहिले गर्यो ?
👉२०६७ असार २८ (२०६७ वैशाख ३०, नेपाल सरकारको निर्णयअनुसार)
४५६. नेपालमा कुन हिमालबाट पर्वतारोहण शुरु भएको हो ?
👉अन्नपूर्ण
४५७. नेपालको उत्तर-दक्षिणको सबैभन्दा चौडा भाग कुन विकास क्षेत्रमा पर्दछ ?
👉मध्यपश्चिमाञ्चल विकास क्षेत्र
४५८. विश्व सम्पदा सूचीमा सूचीकृत भएका नेपालका राष्ट्रिय निकुञ्जहरू कुन-कुन हो ?
👉सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज
४५९. नेपालमा सबैभन्दा ठूलो फलाम खानी कहाँ छ ?
👉फूलचोकी
४६०. सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो ?
👉चितवन राष्ट्रिय निकुञ्ज
४६१. चितवन राष्ट्रिय निकुञ्जको उद्घाटन कहिले भएको हो ?
👉वि.सं. २०३०
४६२. सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
👉शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
४६३. सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ?
👉रारा राष्ट्रिय निकुञ्ज
४६४. सबैभन्दा धेरै पर्यटक घुम्न जाने राष्ट्रिय निकुञ्ज कुन हो ?
👉चितवन राष्ट्रिय निकुञ्ज
४६५. राष्ट्रिय निकुञ्ज वा कुनै संरक्षित क्षेत्रको वरिपरि स्थानीय जनताले प्राकृतिक स्रोतको दिगो परिचालन गरी आर्थिक स्रोत संकलन गर्ने क्षेत्रलाई के भनी चिनिन्छ ?
👉मध्यवर्ति क्षेत्र
४६६. विश्वको सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?
👉 सगरमाथा राष्ट्रिय निकुञ्ज
४६७. नेपालको सबैभन्दा ठूलो दरवार कुन हो ?
👉सिंह दरवार
४६८. नेपालको सबैभन्दा ठूलो घण्टा कुन हो ?
👉हनुमान ढोका अगाडिको घण्टा
४६९. नेपालको माटोलाई कति भागमा विभाजन गरिएको छ ?
👉५ भाग
४७०. फेवातालको बीचमा अवस्थित मन्दिरको नाम के हो ?
👉ताल बाराही
४७१. भित्री मधेशमा पर्ने जिल्लाहरू कुन-कनु हुन् ?
👉उदयपुर, सिन्धुली, सुर्खेत, मकवानपुर, दाङ, नवलपरासी र चितवन
४७२. प्राकृतिक स्रोतहरू के-के हुन् ?
👉अनन्त प्राकृतिक स्रोत, नविकरणीय प्राकृतिक स्रोत, अनविकरणीय प्राकृतिक स्रोत
४७३. सुर्खेत जिल्लाको पुरानो नाम के हो ?
👉गोदामचौर/दोभान चौर
४७४. माछा पाइने संसारकै अग्लो ठाउँमा रहेको ताल कुन हो ?
👉रारा ताल
४७५. चाँदनी र दोधारा टापु कुन जिल्लामा पर्दछ ?
👉कञ्चनपुर
४७६. नेपालमा जलवायु अनुकूल कतिवटा ऋतु छन् ?
👉६ वटा
४७७. अलैँची खेतीका लागि प्रख्यात जिल्ला कुन-कुन हो ?
👉इलाम, संखुवासभा र पाँचथर
४७८. काठमाडौंबाट सबैभन्दा नजिक रहेको हिमाल कुन हो ?
👉जुगल हिमाल
४७९. जुगल हिमाल कुन जिल्लामा पर्दछ ?
👉सिन्धुपाल्चोक
४८०. नेपालमा चिया खेतीको सुरुवात कहिलेबाट भएको हो ?
👉 वि.सं. १९२०
४८१. विश्वको उच्च स्थानमा रहेको होटल कुन हो ?
👉होटल एभरेष्ट भ्यू (१२७१३ फिट)
४८२. पहिलो स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति हुन्छन् ?
👉हिमालय
४८३. उत्तरगंगा भनेर चिनिने नदी कुन हो ?
👉सानी भेरी
४८४. उत्तरवाहिनी भनेर कुन नदिलाई चिनिन्छ ?
👉कर्मनाशा नदी
४८५. कर्मनाशा नदी कुन दिशातर्फ बगेको छ ?
👉 उत्तर
४८६. उदयपुर कुन नदीको किनारमा पर्दछ ?
👉 त्रियुगा
४८७. फेवाताल वर्षेनी कुन दरले पुरिदै गएको अनुमान छ ?
👉०.७ वर्ग कि.मि.
४८८. डेभिड फल्स झरनालाई अर्को कुन नामले चिनिन्छ ?
👉पातले छाँगो
४८९. विश्वको सर्वोच्च स्थानमा रहेको घाँटी कुन हो ?
👉पूर्वीध्याच
४९०. सगरमाथा चुचुरोको औसत चौडाइ कति छ ?
👉७ मिटर
४९१. ९० प्रतिशत नदीले सिमाना छुट्याएको जिल्ला कुन हो ?
👉कैलाली
४९२. सगरमाथाको द्वार भनी चिनिने ठाउँ कुन हो ?
👉नाम्चेबजार
४९३. नेपाल पिक कुन जिल्लामा पर्दछ ?
👉 ताप्लेजुङ
४९४. नेपालको ढोका भनेर कुन ठाउँलाई चिनिन्छ ?
👉वीरगन्ज
४९५. सबैभन्दा होचो ठाउँमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
👉 जलेश्वर
४९६. हिमालदेखि चुरे पहाडसम्म फैलिएको जिल्ला कुन हो ?
👉 धादिङ
४९७. स्वयम्भुको पुरानो नाम के हो ?
👉पद्मकण्ठ गिरी
४९८. नगरकोटको पुरानो नाम के हो ?
👉मण्डपगिरी
४९९. वीराटनगरको पुरानो नाम के हो ?
👉गोग्राह
५००. बाल्मिकी नगरको पुरानो नाम के हो ?
👉भैसालोटन
५०१. नेपालको सबैभन्दा जाडो हुने ठाउँ कहाँ पर्दछ ?
👉मुस्ताङ
५०२. १२ हजार फिटभन्दामाथिका धार्मिक क्षेत्र कुन-कुन हुन् ?
👉गोशाईकुण्ड (४, ३६०) र मुक्तिनाथ (३,७१०) – प्यूठान
५०३. सबैभन्दा बढी गजूर भएको मन्दिर कुन हो ?
👉कृष्ण मन्दिर (२१ वटा)
५०४. सबैभन्दा पुरानो मूर्ति कुन हो ?
👉विरूपाक्ष
५०५. सबैभन्दा बढी गुम्बा भएको जिल्ला कुन हो ?
👉सोलुखुम्बु
५०६. नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ?
👉लुम्ले
५०७. स्वर्गद्वारी तीर्थस्थल कुन जिल्लामा पर्दछ ?
👉प्युठान
५०८. महाकाली नदी पारी रहेको नेपालको एकमात्र नगरपालिका कुन हो ?
👉महाकाली नगरपालिका
५०९. नेपालको सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?
👉नेपालगन्ज
५१०. नेपालको सबैभन्दा बढी चरा पाइने ठाउँ कुन हो ?
👉अरुण उपत्यका
५११. विश्वमानचित्रमा नेपालसँग मिल्दोजुल्दो आकृति भएको देश कुन हो ?
👉 पोर्चुगल
५१२. हलेसी महादेवको मन्दिर कहाँ पर्दछ ?
👉खोटाङ्ग
५१३. नेपालको सबैभन्दा उत्तर बिन्दुसम्म पुगेको ठाउँ कुन हो ?
👉हुम्लाको चाङला भञ्ज्याङ
५१४. नेपालको सबैभन्दा दक्षिण बिन्दुसम्म पुगेको ठाँउ कुन हो ?
👉झापाको लोदावरी
५१५. नेपालको सबैभन्दा पूर्व बिन्दुसम्म पुगेको ठाँउ कुन हो ?
👉ताप्लेजुङ
५१६. नेपालको सबैभन्दा पश्चिम बिन्दुसम्म पुगेको ठाँउ कुन हो ?
👉कञ्चनपुरको दोधारा
५१७. प्रसिद्ध मनकामनाको मन्दिर कुन जिल्लामा पर्दछ ?
👉गोर्खा