सताब्दी पुरुष सत्यमोहन जाेशीकाे जीवनी

सत्यमोहन जोशी एक चिनारी
✍️ शताब्दी पुरुष उपनाम पाउनुभएका जोशीको २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा निधन भयो । वि.सं. १९७७ वैशाख ३० गतेका दिन उहाँको जन्म भएको थियो । बाबु शङ्करराज जोशी र आमा नोगलदेवीका सुपुत्रका रूपमा ललितपुरको बखुम्बहालमा जन्मनुभएका जोशी नेपाली साहित्यको इतिहासमा तीन पटक मदन पुरस्कार प्राप्त गर्ने एक मात्र श्रष्टा हुनुहुन्छ ।

‘हाम्रो लोकसंस्कृति’ नामक कृतिका लागि पहिलो पटक वि.सं. २०१३ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि दोस्रो पटक २०१७ सालमा र ‘कर्णाली लोकसंस्कृति’ का लागि संयुक्त रूपमा तेस्रो पटक २०१८ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँले त्रि–चन्द्र क्याम्पसबाट स्नातकसम्मको अध्ययन गर्नुभएको थियो । नेपाली भाषा, कला, संस्कृतिका संरक्षण, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा पु¥याएको योगदानको कदरस्वरूप नेपाल सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो भने उहाँले सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कारलगायतका थुप्रै सम्मानबाट सम्मानित भइसक्नुभयो । उहाँलाई काठमाडौँ विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्रसमेत प्रदान गरेको थियो । उहाँको बाल्यकाल निकै नै उतारचढावयुक्त थियो । भनिन्छ पाँच वर्षको उमेरसम्म पनि उहाँको बोली फुटेको थिएन । १० वर्षको भइसक्दा पनि उहाँले नेपाली भाषा बोल्न जान्नुभएको थिएन । सात वर्षको उमेरमा घरमा नै नेपाल भाषामा उहाँको अक्षराम्भ भएको थियो । रानीपोखरीस्थित दरबार हाइस्कुलबाट उहाँले म्याट्रिक परीक्षा उत्तीर्ण गर्नुभएको थियो ।

वि.सं. २००१ मा ‘औद्योगिक व्यापारिक समाचार सङ्ग्रह अड्डा’ बाट उहाँको जागिरे जीवन सुरु भएको थियो । पुरातìव विभागका पहिलो निर्देशकका रूपमा समेत उहाँलाई चिनिन्छ ।

गाईजात्रा महोत्सवको सुरुवात गर्ने श्रेय पनि उहाँलाई नै जान्छ । कलाकार अरनिकोले चीन गएर बनाएका सम्पूर्ण कलाकृतिको अध्ययन अनुसन्धान गरेर ‘कलाकार अरनिको’ नामक पुस्तक सार्वजनिक गरेपछि नै कलाकार अरनिकोका बारेमा जनसाधारणलाई जानकारी भएको थियो । उहाँले लेखेकै पुस्तकका आधारमा लिच्छविकालीन राजा मानदेवलाई पहिलो लिखित इतिहास भएको राजाका रूपमा चिनिन्छ । उहाँका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उहाँले दुईवटा काव्य, पाँच कथा सङ्ग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिसमेत लेख्नुभएको छ । जोशी गोरखापत्रका पत्रकारका रूपमा २००१ सालदेखि २००६ सालसम्म लमजुङ र तनहुँका गाउँमा समेत पुग्नुभएको थियो ।

नेपाल सरकारले २०७४ वैशाख २१ मा उहाँलाई ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधि प्रदान गरेको थियो । एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैङ्कले उहाँको तस्बिर अङ्कित चाँदीको सिक्का निष्कासन गरेको थियो ।

error: Content is protected !!