आधारभूत तह (प्रा.वि.) २०८० मा सोधिएको प्रश्‍नपत्र

२०८० को आधारभूत तह (प्रा.वि.)मा सोधिएको  प्रश्‍नपत्र (उत्तर सहित) ।


१. “विद्यार्थी एक पुस्तक हो जसको पाना शिक्षकले पढ्‍नु पर्छ ।” यो भनाइ तलका मध्ये कसको हो ?

क) प्‍लेटो
ख) क्रो एण्ड क्रो
ग) अरस्तु
घ) रुसो
– घ) रुसो

२. बसाइसराईको आकर्षक तत्व (Pull factor) तलका मध्ये कुन हो ?

क) बेरोजगारी
ख) प्राकृतिक प्रकोप
ग) गरिबी
घ) औधोगिकीकरण
– घ) औधोगिकीकरण

३. शिक्षा ऐन, २०२८ को उद्देश्य कार्यन्वयन गर्न कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ हटाउन कसले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आदेश निकाल्न व्यवस्था गरिएको छ ?

क) सर्वोच्च अदालत
ख) नेपाल सरकार
ग) संघीय संसद
घ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
– ख) नेपाल सरकार

४. दिइएको क्रम अनुसार प्रश्‍न चिन्ह भएको ठाउँका लागि उपयुक्त विकल्प छान्‍नुहोस् ।

३,६,१८,३६,१०८,२१६….?

क) ५२०
ख) ६४८
ग) ७७२
घ) ८६४
– ख) ६४८

५. उत्तरबाल्यावस्थामा बालबालिकाहरुले सामाजिकीकरणका लागि अवलम्बन गर्ने तरिका कुन हो ?

क) आदेश पालना गर्ने
ख) सामाजिक कार्य गर्ने
ग) अनुकरण गर्ने
घ) साथी समुहबाट प्रभावित हुने
– घ) साथी समुहबाट प्रभावित हुने

६. स्थानीय सरकार सञ्‍चालन ऐन, २०७४ बमोजिम गाभिएका वा बन्द गरिएका विद्यालयको सम्पति व्यवस्थापन गर्ने जिम्मेवारी कसलाई तोकिएको छ ?

क) विद्यालय व्यवस्थापन समिति
ख) प्रदेश शिक्षा विकास निर्देशनालय
ग) शिक्षा विकास तथा समन्वय इकाई
घ) सम्बन्धित स्थानिय तह
– घ) सम्बन्धित स्थानिय तह

७. कक्षामा छिटो सिक्‍ने, ढिलो सिक्न‍े तथा सिकाइ समस्या भएका विद्यार्थी पनि हुन्छन् । सिकाइ समस्या भएका विद्यार्थीहरुको लागि प्रदान गरिने सहयोग अर्थात् Scaffolding कुन पक्ष सँग सम्बन्धित छ ?

क) दौतरी सिकाइ
ख) अभिभावकको सहयोग
ग) शिक्षकको निरन्तर पृष्‍ठपोषण
घ) अभिभावक शिक्षक सहयोग
– ग) शिक्षकको निरन्तर पृष्‍ठपोषण

८. ICC अन्तराष्‍ट्रिय क्रिकेट म्याचमा एकै खेलमा सम्पूर्ण दश विकेट लिएर विश्‍व कीर्तिमान कायम गर्ने खेलाडी कुन देशको हुन् ?

क) असिफ करीम, केन्या
ख) मोइन अली, बेलायत
ग) इमरान खान, पाकिस्तान
घ) महबुम आलम, नेपाल
– घ) महबुम आलम, नेपाल

९. दिइएको शब्दहरुलाई अरू भन्दा फरक शब्द छान्‍नुहोस् ।

क) Perfect
ख) Acceptable
ग) Suitable
घ) Fine
– ख) Acceptable

१०. शिक्षक पदपूर्ति गर्दा महिलाका लागि छुट्‍याएको समावेशी पदको जम्मा संख्या कति प्रतिशत पदमा मुस्लिम महिलाका लागि विज्ञापन गर्नुपर्ने हुन्छ ?

क) पाँच प्रतिशत
ख) चार प्रतिशत
ग) तीन प्रतिशत
घ) दुई प्रतिशत
– घ) दुई प्रतिशत

११. तल दिएका मध्ये कुन चाहिँ Unit लाई कम्प्युटरलाई मस्तिष्‍क (Brain) भनेर चिनिन्छ ?

क) Central Processing Unit
ख) Graphics Processing Unit
ग) Memory Unit
घ) Control Unit
– क) Central Processing Unit

१२. भाषिक एवम् लैङ्‍गिक विविधता तथा अपाङ्‍गता भएका बालबालिकालाई अन्य बालबालिकासँग एउटै कोठामा राखी गरिने शिक्षण प्रबन्ध तलका मध्ये कुन हो ?

क) साधरण शिक्षा
ख) विशेष शिक्षा
ग) समावेशी शिक्षा
घ) समता शिक्षा
– ग) समावेशी शिक्षा

१३. एउटा कक्षामा छात्रहरुको संख्या छात्राको भन्दा तेब्बर बढी छ भने उक्त कक्षामा हुन नसक्ने विद्यार्थीको संख्या तलका विकल्प मध्येबाट रोज्‍नुहोस् ।

क) ५०
ख) ५२
ग) ४८
घ) ५६
– क) ५० 

१४. BIMSTEC को स्थापना मुख्यतया तलका मध्ये कुन क्षेत्रमा सहयोग र विकास प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो ?

क) आर्थिक र सामाजिक
ख) आर्थिक र प्राविधिक
ग) विज्ञान र प्रविधि
घ) प्राविधिक र साँस्कृतिक
– ख) आर्थिक र प्राविधिक

१५. कम्प्युटरमा कुन गणितिय प्रणालीको प्रयोग हुन्छ ?

क) क्‍वीनरी प्रणाली
ख) डेसिबल प्रणाली
ग) बाइनरी प्रणाली
घ) रोमन प्रणाली
– ग) बाइनरी प्रणाली

१६. शिक्षकले उत्तर पुस्तिका परिक्षण गर्दा लापरवाही वा गैर जिम्मेवारी पूर्ण कार्य गरेमा कस्तो सजाय आकर्षित हुन्छ ?

क) कसुरको मात्रा हेरी पचास हजार रुपयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुबै
ख) कसुरको मात्रा हेरी एकलाख रुपियाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै
ग) कसुरको मात्रा हेरी एक हजार देखि पच्चीस हजार रुपियाँसम्म जरिवाना
घ) कसुरको मात्रा हेरी दुइलाख रुपियाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै
– ख) कसुरको मात्रा हेरी एक लाख रुपियाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै

१७. पृथ्वी आफ्नो अक्षमा कति डिग्रीको कोणमा झुकेको छ ?

क) ६६.२० डिग्री
ख) ६६.३० डिग्री 
ग) ६६.१० डिग्री
घ) ६६.४० डिग्री
– घ) ६६.४० डिग्री

१८. तलका शब्दहरुलाई कसरी सही क्रमानुसार राख्‍न सकिन्छ विकल्पबाट रोज्‍नुहोस् ।

क) नतीजा, ख) प्रतीक्षा, ग) परीक्षा, घ) तत्परता, ङ) निर्णय

क) ख,क,ग,घ,ङ
ख) घ,ग,ख,क,ङ
ग) ग,क,घ,ख,ङ
घ) ङ,ग,ख,क,घ
– ख) घ,ग,ख,क,ङ

१९. शारीरिक तथा मानसिक रुपमा स्वस्थ तथा सिकाइमा कुनैपनि कठिनाइ नभएको बालकको सिकाइको लागि आवश्यक पर्ने महत्वपूर्ण पक्ष तलका मध्ये कुन हो ?

क) लैङ्गिकता
ख) वृद्धि
ग) परिपक्‍वता
घ) सिकाइ वातावरण
– घ) सिकाइ वातावरण

२०. पूर्व परीक्षणद्वारा वैधता र विश्‍वासनीयता सुनिश्‍चित गरिने परीक्षाका प्रकार तलका मध्ये कुन हो ?

क) शिक्षक निर्मित परीक्षा
ख) स्तरीकृत परीक्षा
ग) लामो उत्तरात्मक परीक्षा
घ) छोटो उत्तरात्मक प्रश्‍नमा लेखन
– ख) स्तरीकृत परीक्षा

२१. सार्कको सबैभन्दा पछिल्लो सदस्य राष्‍ट्र कुन हो ?

क) अफगानिस्तान
ख) म्यानमार
ग) पाकिस्तान
घ) चीन
– क) अफगानिस्तान

२२. वि.स. २०७८ को जनगणना अनुसार नेपालको महिला साक्षरता दर कति रहेको छ ?

क) ७५.२ %
ख) ६९.३७%
ग) ५७.४%
घ) ७६.२५%
– ख) ६९.३७%

२३. सूर्य ग्रहसम्मको दुरीको आधारमा नजिकदेखि टाढा सम्मको क्रम मिलाउँदा तलका मध्ये कुन चाहि क्रम सही छ ?

क) पृथ्वी, वृहस्पति, मंगल, शनि
ख) पृथ्वी, मंगल, शनि, वृहस्पति
ग) पृथ्वी, वृहस्पति, शनि, मंगल
घ) पृथ्वी, मंगल, वृहस्पति, शनि
– घ) पृथ्वी, मंगल, वृहस्पति, शनि

२४. देहायका मध्ये कुन सफ्ट्‍वेयरको प्रयोगबाट Audio Visual Presentation बनाउन सकिन्छ ?

क) MS Word
ख) MS Excel
ग) MS Access
घ) MS Power Point
– घ) MS PowerPoint

२५. विद्युतिय माध्यमबाट गोपनीयता भङ्ग गर्नेलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार कस्तो सजाय हुने व्यवस्था गरिएको छ ?

क) तीनवर्षसम्म कैद वा तीनलाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय
ख) एक वर्ष सम्म कैद वा एकलाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय
ग) दुइ वर्षसम्म कैद वा दुइलाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय
घ) दुइवर्षसम्म कैद वा बीस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय
– ग) दुइ वर्षसम्म कैद वा दुइलाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय

२६. ग्याङ उमेर (Gang age) भनेर तलका मध्ये कुन उमेर अविधलाई चिनिन्छ ?

क) उत्तर बाल्यावस्था
ख) युवावस्था
ग) पूर्व बाल्यवस्था
घ) यौवनावस्था
– क) उत्तर बाल्यावस्था

२७. शे-फोक्सुण्डो ताल समुद्र सतहदेखि कति उचाइमा रहेको छ ?

क) ११८४९ फिट
ख) ११७४९ फिट
ग) ११९४९ फिट
घ) ११६४९ फिट
– क) ११८४९ फिट

२८. चालु पध्रौं योजनाले माध्यमिक शिक्षाको खुद भर्नादर कति पुर्‍याउने लक्ष्य लिएको छ ?

क) ६७ %
ख) ६१ %
ग) ६५ %
घ) ६३ %
– ग) ६५ %

२९. नेपालको प्रामाणिक समय कति डिग्री देशान्तरका आधारमा निर्धारण गरिएको छ ?

क) ८६१५ पूर्वी देशान्तर
ख) ८६२० पूर्वी देशान्तर
ग) ८६०५ पूर्वी देशान्तर
घ) ८६१० पूर्वी देशान्तर
– क) ८६१५ पूर्वी देशान्तर

३०. पराम्परागत शिक्षण पद्वति र आधुनिक शिक्षण पद्वति मिलाएर गरिने शिक्षणलाई के भनिन्छ ?

क) Control Learning
ख) Distance Learning
ग) Synchronous Learning 
घ) Blendend Learning
– घ) Blendent Learning

३१. कक्षाकोठामा विद्यार्थीलाई उत्प्रेरित गराउनका लागि शिक्षकले विशेषत ध्यान पुर्‍याउन पर्ने पक्ष कुन हो ?

क) विद्यार्थीको पारिवारिक अवस्था
ख) बसाइ व्यवस्था
ग) पाठयोजना
घ) विद्यार्थीको रुचि
– घ) विद्यार्थीको रुचि

३२. बहुविश्‍वविद्यालयको अवधारणा सर्वप्रथम शिक्षा सम्बन्धी कुन आयोगको प्रतिवेदनले सिफारिस गरेको थियो ?

क) उच्चस्तरीय राष्‍ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५
ख) शाही उच्च शिक्षा आयोगको प्रतिवेदन, २०४०
ग) राष्‍ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९
घ) शिक्षा सम्बन्धी उच्चस्तरीय कार्य समितिको प्रतिवेदन, २०५८
– ग) राष्‍ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९

३३. कम्प्युटरमा सङ्गित सुन्‍नको लागि तलका मध्ये कुन Device आवश्यक छ ?

क) Video Card
ख) Data Card
ग) Sound Card
घ) Music Card
– ग) Sound Card

३४. नेपालको १२०० मिटरदेखि २१०० मिटरसम्मको उचाइमा पाइने जङ्गललाई के नामले चिनिन्छ ?

क) समशीतोष्ण पतझड जङ्गल
ख) समशीतोष्ण सदावहार कोणधारी जङ्गल
ग) अल्पाइन घाँसे जङ्गल
घ) उष्ण प्रदेशीय सदावहार जङ्गल
– क) समशीतोष्ण पतझड जङ्गल

३५. आधारभूत तह (कक्षा १-३) को पाठ्‍यक्रम अनुसार पाठ्‍यक्रमको समग्र संरचनाको “हाम्रो सेरोफेरो” विषयको पाठ्‍यक्रमलाई एकीकृत पाठ्‍यक्रमको कुन ढाँचा अन्तर्गत राखिएको छ ?

क) Multidisciplinary
ख) Transdisciplinary
ग) Interdisciplinary
घ) Disciplinary
– ग) Interdisciplinary

३६. राष्‍ट्रिय पाठ्‍यक्रम प्रारुप २०७६ अनुसार “सिर्जनात्मक सोच” को विकास कुन तहको शिक्षाको समक्षमता हो ?

क) आधारभूत शिक्षा (कक्षा १-३)
ख) आधारभूत शिक्षा (कक्षा ४-५)
ग) आधारभूत शिक्षा (कक्षा ६-८)
घ) प्रारम्भिक बाल विकास र शिक्षा
– घ) प्रारम्भिक बाल विकास र शिक्षा

३७. शिक्षा नियमावली, २०५९ अनुसार शिक्षकले नोकरीको तमाम अवधिमा अधिकतम कति अवधिसम्म असाधारण विदा लिन सक्‍ने व्यवस्था गरिएको छ ?

क) एकै पटक वा पटक पटक गरी बढीमा तीन वर्ष
ख) एक पटकमा एक वर्ष नबढाई बढीमा तीन वर्ष
ग) एकै पटक वा पटक पटक गरी बढीमा पाँच वर्ष
घ) एक पटकमा एक वर्षमा नबढाई बढीमा पाँच वर्ष
– ख) एक पटकमा एक वर्ष नबढाई बढीमा तीन वर्ष

३८. पाठ्‍यपुस्तकमा रहेका विषयवस्तुलाई वास्तविक संसारसँग सिकाइको तादातम्यता कायम गर्न कुन ‘शिक्षण विधि’ बढी प्रभावकारी मानिन्छ ?

क) समस्या समाधानमा आधारित विधि
ख) समुह सिकाइ
ग) परियोजनामा आधारित सिकाइ
घ) घटना अध्ययन विधि
– ग) परियोजनामा आधारित सिकाइ

३९. कार्यमूलक अनुसन्धानको क्रम कुन हो ?

क) Plan, Observe, Reflect, Apply
ख) Plan, Act, Observe, Reflect
ग) Predict, Plan, Act, Reflect
घ) Plan, Share, Observe, Reflect
– ख) Plan, Act, Observe, Reflect

४०. विद्यार्थीहरुको लेखाइ सम्बन्धी क्षमता परीक्षणका लागि प्रयोग गरिने परीक्षण विधि कुन हो ?

क) छोटो उत्तरात्मक प्रश्‍नमा लेखन
ख) लामो उत्तरात्मक परीक्षा
ग) सुनाइको आधारमा लेखन
घ) द्रुतलेखन प्रतियोगिता
– ख) लामो उत्तरात्मक परीक्षा

४१. कुनै बालकले साइकल चलाउन जान्‍नुले तलका मध्ये कुन पक्षसँग बढी तादात्म्यता राख्‍छ ?

क) सिकाइ
ख) परिपक्‍वता र सिकाइ
ग) परिपक्‍वता
घ) सिकाइको पूर्णता
– ख) परिपक्‍वता र सिकाइ

४२. स्वभाविक उत्तेजनामा झैँ अस्वभाविक उत्तेजनामा पनि स्वभाविक प्रतिक्रिया देखाउन सक्ने बनाउनु कुन सिकाइ सिद्धान्तसँग सम्बन्धित छ ?

क) Insightful Learning Theory
ख) Operant Conditioning Theory
ग) Trial and Error Learning Theory
घ) Classical Conditioning Theory
– घ) Classical Conditioning Theory

४३. शिक्षा क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने विषय नेपालको संविधानको कुन नीतिमा समावेश गरिएको छ ?

क) सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति
ख) सामाजिक र साँस्कृतिक रुपान्तरण नीति
ग) विकास सम्बन्धी नीति
घ) नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति
– घ) नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति

४४. थाङ्‍का चित्रलाई अर्को कुन नामले चिनिन्छ ?

क) ग्रन्थ चित्र
ख) भित्ते चित्र
ग) पौभा चित्र
घ) माथिका सबै
– ग) पौभा चित्र

४५. हाल रानी पोखरीको बीचमा रहेको बाल गोपालेश्‍वरको मन्दिर कुन शैलीमा निर्माण गरिएको छ ?

क) ग्रन्थकुट शैली
ख) शिखर शैली
ग) स्तुप शैली
घ) प्यागोडा शैली
– क) ग्रन्थकुट शैली

४६. शिक्षको पेशागत विकासको प्रारुप २०७२ अनुसार शिक्षक पेशागत विकासको उद्देश्य कुन हो ?

क) शिक्षक सक्षमता र दक्षतामा सुधार ल्याउनु
ख) शिक्षक क्षमता र विज्ञतामा सुधार ल्याउनु
ग) शिक्षक विज्ञता र उत्प्रेरणामा सुधार गर्नु
घ) शिक्षक दक्षता र उत्प्रेरणामा सुधार ल्याउनु
– घ) शिक्षक दक्षता र उत्प्रेरणामा सुधार ल्याउनु

४७. विद्यालय तहका सबैभन्दा तल्लो तहमा तलका मध्ये कुन प्रकारको शिक्षाको शिक्षण बढी उपयुक्त हुन्छ ?

क) कक्षा शिक्षण
ख) विषय शिक्षण
ग) बहुकक्षा शिक्षण
घ) बहुकक्षा बहुस्तर शिक्षण
– क) कक्षा शिक्षण

४८. बेलायतको प्रसिद्ध अक्फोर्ड विश्‍वविद्यालयबाट महाविद्यावारिधिको उपाधि प्राप्‍त गर्ने नेपाली नागरिक को हुन् ?

क) महावीर पुन
ख) कुलचन्द्र गौतम
ग) सूर्यप्रसाद सुवेदी
घ) भेषबहादुर थापा
– ग) सूर्यप्रसाद सुवेदी

४९. शिक्षकले शिक्षणको लागि तलका मध्ये कस्तो सामाग्री प्रयोग गर्न जोड दिनुपर्छ ?

क) मूल्य नपर्ने
ख) कम मूल्य पर्ने
ग) शिक्षक विद्यार्थीले बनाएका
घ) बजारमा पाइने
– ग) शिक्षक विद्यार्थीले बनाएका

५०. तल दिइएका अक्षरहरुलाई मिलाउँदा अर्थपूर्ण शब्दहरु बन्छन् । यसरी बन्‍ने शब्दहरु मध्ये अन्य शब्द भन्दा फरक शब्द कुन चाँही हो पत्ता लगाउनुहोस्। 

क) HTRAE
ख) SUNEV
ग) RETIPUJ
घ) THGIN
– घ) THGIN

Thank you for reading…

error: Content is protected !!