शिक्षा ऐन, २०२८ (संक्षेपमा)

शिक्षा ऐन, २०२८

  • जारीः २०२८/०५/२८ र लागुः २०२८/७/१५ (२ वटा जिल्लाः कास्की र चितवन)
  • ९ पटक संशोधन र २१ वटा दफा रहेको ।

वि.व्या.स. गठन

  • सामुदायिकः ९ सदस्यीय (४ महिला, २ मनोनित), ३ वर्ष पदावधि, वि.व्या.स. सदस्यबाट मनोनित अध्यक्ष र प्रधानाध्यापक सदस्य सचिव । (संस्थागतः ७ सदस्यीय)

वि.व्या.स. को काम, कर्तव्य र अधिकार

  • विद्यालयको चल अचल सम्पतिको लगत राख्‍ने, राख्‍न लगाउने र सुरक्षा गर्ने,
  • विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक तथ्याङ्क र विवरण अध्यावधिक गराई राख्‍ने,
  • विद्यालय वार्षिक बजेट स्वीकृत र जानकारी गाउँ शिक्षा समिति र शिक्षा (समन्वय) इकाइलाई दिने,
  • विद्यालयमा स्वच्छ शैक्षिक वातावरण कायम राख्‍न राजनैतिक, धार्मिक वा साम्प्रदायिक भावनाको आधारमा वातावरण धमिल्याउन नदिने र शि.अ. संघ गठन गर्ने,
  • इकाईबाट खटिएको शिक्षकलाई हाजिरी गराई काममा लगाउने र समन्वयको आदेश वा नियम पालना गर्ने,
  • इकाईले तोकिएको लेखा परिक्षकबाट वार्षिक परीक्षण गराउने,
  • आफैले नियुक्त वा बढुवा गरेको शिक्षकलाई पारिश्रामिकको व्यवस्था गर्ने ।

शिक्षक सेवा आयोग गठन

  • जम्मा सदस्यीय ३ जना (महिला १), ५ वर्ष पदावधि, नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष र आयोगको वरिष्ठ कर्मचारी सदस्य सचिव ।
  • सदस्य हुनः स्नातकोत्तर उपाधि प्राप्‍त, कम्तिमा २ वर्ष अगाडी राजनीतिक दल त्यागेको, ४० वर्ष पुरा भएको र अध्यक्ष हुन् विशिष्‍ट श्रेणीको अनुभवि र कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा १५ वर्ष काम गरेको व्यक्ति ।
  • ६५ वर्ष पुरा भएमा सदस्यता नरहने ।
  • मुख्य कामः सामुहिक स्वीकृत दरवन्दीमा रिक्त तथा कर्मचारी पदको नियुक्त र बढुवाको लागि सिफारिस गर्ने ।

राष्‍ट्रिय परीक्षा वोर्ड गठन

  • जम्मा सदस्यीय १३ जना (महिला ३, मनोनित ५), ४ वर्ष पदावधी, नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष र मन्त्रालयले तोकिएको कर्मचारी सदस्य सचिव ।
  • कोषमा रहने रकमहरुः नेपाल सरकारबाट, विद्यार्थीबाट लिइने शूल्क, विदेशी वा स्वदेशी व्यक्तिबाट अनुदान र संघ वा संस्थाबाट ।

वोर्डको काम, कर्तव्य र अधिकार

  • मन्त्रालयले स्वीकृत गरेको परीक्षा सम्बन्धी नीतिको अधिनमा रही वोर्डको निर्धारित कार्यन्वयन गर्ने गराउने,
  • वोर्डको दिर्घकालिन योजना तयार गरी कार्यन्वयन गर्ने गराउने,
  • विद्यालय शिक्षा परीक्षाको मर्यादा र गुणस्तर कायम भए नभएको मूल्याङकन गर्ने गराउने,
  • वोर्डको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने
  • वोर्डको काम सूचारु रुपले संचालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउने,
  • वोर्डको वार्षिक प्रतिवेदन मन्त्रालयमा पेश गर्ने,
  • तोकिए बमोजिम अन्य काम गर्ने ।

गाउँ/नगर शिक्षँ समिति गठन

  • जम्मा ११ सदस्यीय (महिला ४, मनोनित ७), २ वर्ष पदावधि, गाउँ/नगरपालिकाको अध्यक्ष वा काम गर्न तोकिएको व्यक्ति अध्यक्ष र गाउँ शिक्षा समितिको स्रोत व्यक्ति र नगरको वि.नि. सदस्य सचिव ।
  • मूख्य कामः गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र संचालन हुने विद्यालयको व्यवस्थापन, रेखदेख र समन्वय गर्ने काम ।

शिक्षा विकास कोष गठन

  • जम्मा ९ सदस्यीय (मनोनित २), विज्ञान तथा प्रविधि मन्त्रालय सचिव अध्यक्ष र मन्त्रालयको आधारभूत शिक्षा शाखाको प्रमुख सदस्य सचिव ।
  • आन्दानीः नेपाल सरकार, जि.शि. समितिबाट अनुदान, शिक्षा करबाट, चन्दा ।

विद्यालय कोषमा प्राप्‍त रकमहरुः नेपाल सरकारबाट, जि.शि.कोषबाट, गाउँ/न.पा. बाट अनुदान, शूल्क आउने रकम, चन्दा वा दान रकम अन्य स्रोतहरु ।

error: Content is protected !!