ब्रह्माण्ड सम्बन्धी जानकारी– प्रश्नोत्तर
१. अन्तरिक्षमा रहेको सम्पुर्ण तारा, ग्रह, उपग्रह तथा नक्षत्रहरुको समुहलाई के भनिन्छ ?
👉 ब्रह्माण्ड
२. ब्रह्माण्डसम्बधी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
👉 सृष्टिशास्त्र
३. सूर्य र अन्य ताराहरुको समुहलाई के भनिन्छ ?
👉 आकाशगंगा
४. प्रकाशले एक वर्षमा पारगर्ने दुरीलाई के भनिन्छ ?
👉 प्रकाशवर्ष
५. एक प्रकाश वर्षमा कति दुरी हुन्छ ?
👉 ९५ खर्ब कि.मी.
६. सुर्य आकाशगंगाको तारापुञ्जीय केन्द्रबाट कति टाढा रहेको छ ?
👉 ३० हजार प्रकाश वर्ष
७. आकाशमा रहेका ताराहरुको समुहलाई के भनिन्छ ?
👉 तारामण्डल
८. आकाशमा तारामण्डलको सङ्ख्या कति रहेको छ ?
👉 ८८ वटा
९. ध्रुम्रकेतु कति-कति वर्षको अन्तरालमा सुर्यको नजिक हुन्छ ?
👉 ३/३ वर्षमा
१०. सौर्यमण्डलमा कति धुम्रकेतुहरु रहेको छन् ?
👉 करिब १ लाख
११. सुर्य पृथ्वीभन्दा कति गुणा गह्रौं रहेको छ ?
👉 ३ लाख ३३ हजार
१२. सुर्यमा सबैभन्दा बढी पाइने तत्त्व कुन हो ?
👉 हाइड्रोजन
१३. सुर्यमा हाइड्रोजन कति प्रतिशत छ ?
👉 ७३.४६ प्रतिशत
१४. सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्दछ ?
👉 ८ मिनेट २० सेकेन्ड
१५. सुर्यको सतहमा देखिने चम्किलो घेरालाई के भनिन्छ ?
👉 पेनुम्ब्रा (Penumbra)
१६. सुर्यको मध्य भागमा देखिने धब्बालाई के भनिन्छ ?
👉 अंम्ब्रा (Umbra)
१७. सुर्यलाई आफ्नो अक्षमा परीक्रमा गर्न कति समय लाग्दछ ?
👉 २५ दिन ५ घण्टा
१८. सुर्यले परिक्रमण गर्ने कक्षलाई के भनिन्छ ?
👉 ग्यालेष्टिक सेन्टर
१९. सुर्यको आकर्षण शक्ति पृथ्विको भन्दा कति गुणा बढी रहेको छ ?
👉 २८ गुणा
२०. यम ग्रहलाई ग्रहको सुचिबाट हटाउने औपचारिक घोषणा कहिले गरिएको हो ?
👉 २००६ सेप्टेम्बर १
२१. यमलाई ग्रहहरुको सुचिबाट हटाई के नाम दिइएको छ ?
👉 फुच्चे ग्रह
२२. बाहिरी ग्रहहरू भन्नाले कुन कुन ग्रहहरूलाई चिनाउँदछ ?
👉 वृहस्पति, शनि, अरुण, बरुण
२३. भित्री ग्रहहरू भन्नाले कुन कुन ग्रहलाई बुझाउँछ ?
👉 बुध, शुक्र, पृथ्वी, मंगल
२४. ग्रहहरूमध्ये सबैभन्दा सानो ग्रह कुन हो ?
👉 बुध
२५. सूर्यको नजिक रहेको ग्रह कुन हो ?
👉 बुध
२६. बुध ग्रह सूर्यबाट कति टाढा छ ?
👉 ५ करोड ७६ लाख कि.मि.
२७. बुध ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?
👉 ८८दिन
२८. बुध ग्रहले सूर्यको परिक्रमा गर्ने गति कति छ ?
👉 ४८कि.मि. प्रतिसेकेण्ड
२९. बुध ग्रहको १ दिन बराबर पृथ्वीको कति दिन हुन्छ ?
👉 ९० दिन
३०. सौर्यमण्डलको छैटौं ठूलो ग्रह कुन हो ?
👉 शुक्
३१. सूर्यबाट दोस्रो नजिकको ग्रह कुन हो ?
👉 शुक्र
३२. कुन ग्रहलाई पृथ्वीको बहिनी पनि भनेर चिनिन्छ ?
👉 शुक्र
३३. कुन ग्रहलाई पृथ्वीको जुम्ल्याह ग्रह पनि भनिन्छ ?
👉 शुक्र
३४. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो ?
👉 शुक्र
३५. सबैभन्दा चम्किलो र तातो ग्रह कुन हो ?
👉 शुक्र
३६. शुक्र ग्रहमा कुन ग्याँसपाइन्छ ?
👉 कार्बन डाइअक्साइड
३७. Evening Star र Morning Star को उपनामले चिनिने ग्रह कुन हो ?
👉 शुक्र
३८. पहिलो रहस्यमय उपग्रहका नामले चिनिने ग्रह कुन हो ?
👉 शुक्र
३९. सूर्यको वजन सौर्य परिवारका सबै पिण्डहरूको कुल योगभन्दा कति बढी रहेको छ ?
👉 ७४०गुणा
४०. सूर्यबाट पृथ्वी ग्रहहरूमध्ये दूरीका हिसाबले कति औंस्थान पर्दछ ?
👉 तेस्रो
४१. पृथ्वीले सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?
👉 ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड
४२. पृथ्वीको एकमात्र उपग्रह कुन हो ?
👉 चन्द्रमा
४३. पृथ्वीबाट नजिकको तारा कुन हो ?
👉 सूर्य
४४. प्राणीको मात्र विकास भएको ग्रह कुन हो ?
👉 पृथ्वी
४५. पृथ्वीको कुल भूभागको कति प्रतिशत भाग जमीनले ढाकेको छ ?
👉 २९प्रतिशत
४६. पृथ्वीले आफ्नो अक्षमा एक चक्कर लगाउन कति समय लगाउँछ ?
👉 २३ घण्टा ५६ मि. ४.९ से
४७. पृथ्वीको व्यास कति रहेको छ ?
👉 १२६७२ कि.मी
४८. पृथ्वी सुर्यबाट लगभग कति टाढा छ ?
👉 १४ करोड ८८ लाख कि.मी
४९. पृथ्वीको अधिकतम तापक्रम कति रहेको छ ?
👉 ५९ डिग्री सेल्सीयस
५०. चन्द्रमा पृथ्वीबाट कति टाढा रहेको छ ?
👉 ३,८४,४०० कि.मी
५१. चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ?
👉 १.३ सेकेन्ड
५२. चन्द्रमाले पृथ्वीलाई परिक्रमण गर्न कति समय लगाउँछ ?
👉 २७ दिन ७ घण्टा ४३ मिनेट ११.६७ सेकेन्ड
५३. पृथ्वीले सूर्यको परिक्रमा गर्ने गति कति छ ?
👉 ३० कि. मि. प्रतिसेकेन्ड
५४. पृथ्वी आफ्नो अक्षमा कति डिग्रीको कोण बनाई ढल्केको छ ?
👉 ६६.५ डिग्री
५५. दिन र रात कहिले बराबर हुन्छ ?
👉 २१मार्च र २३सेप्टेम्बर
५६. दिन र रात बराबर हुने दिनलाई के भनिन्छ ?
👉 सम्पात
५७. सबै भन्दा लामो दिन कुन हो ?
👉 २१ जून (छोटो रात)
५८. सबै भन्दा छोटो दिन कुन हो ?
👉 २२ डिसेम्बर (लामो रात)
५९. रातो ग्रहको उपनामले चिनिने ग्रह कुन हो ?
👉 मंगल ग्रह
६०. मंगल ग्रहका कति वटा उपग्रहरू छन् ?
👉 २ वटा
६१. सन्ध्याको तारा भनेर चिनिने ग्रह कुन हो ?
👉 शुक्र
६२. सूर्योदयको देश कुन हो ?
👉 जापान
६३. मध्यरातमा सुर्य देखिने देश कुन हो ?
👉 नर्वे
६४. सुर्यास्तको देश कुन हो ?
👉 बेलायत
६५. पृथ्वीको केन्द्रमा सूर्यको आकर्षण शक्ति चन्द्रमाको तुलनामा कति गुणा बढी रहेको छ ?
👉 १६गुणा
६६. ठूलोदेखि सानो ग्रह कुन कुन हो ?
👉 वृहस्पति, शनि, अरुण, बरुण, पृथ्वी, शुक्र, मंगल र बुध
६७. मंगल ग्रहका २ वटा उपग्रहको नाम के के हो ?
👉 फोवोश र डीमोश
६८. सूर्यबाट चौथो नजिक पर्ने ग्रह कुन हो ?
👉 मंगल ग्रह
६९. ग्रहहरूको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
👉 वृहस्पति ग्रह
७०. वृहस्पति ग्रहका कति वटा उपग्रहहरू रहेका छन् ?
👉 ६७ वटा
७१. सबैभन्दा ठूलो उपग्रह भएको ग्रह कुन हो ?
👉 वृहस्पति ग्रह
७२. वृहस्पति ग्रह पृथ्वी भन्दा कति गुणा ठूलो रहेको छ ?
👉 ३१८ गुणा
७३. वृहस्पति ग्रहको व्यास कति रहेको छ ?
👉 १४२,६८७ कि.मि.
७४. वृहस्पति ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
👉 ग्यानिमेड
७५. दोस्रो ठूलो ग्रह कुन हो ?
👉 शनी
७६. Yellow Planet को उपनामले चिनिने ग्रह कुन हो ?
👉 शनी
७७. शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
👉 टाइटन
७८. शनि ग्रहको जम्मा कति वटा उपग्रहहरू रहेका छन् ?
👉 ६२ वटा
७९. शनि ग्रह कसले पत्ता लगाएको ग्रह हो ?
👉 ग्यालिलियो
८०. शनि ग्रहको सबैभन्दा सानो उपग्रह कुन हो ?
👉 फोबे
८१. कुन ग्रहलाई वायुमण्डलीय घेराले घरेको छ ?
👉 शनी
८२. अरुण ग्रहको वायुमण्डलमा कुन ग्याँस बढी रहेको छ ?
👉 मिथेन
८३. अरुण ग्रहका कति वटा उपग्रहहरू रहेका छन् ?
👉 २७ वटा
८४. असफल ताराको उपनामले चिनिने ग्रह कुन हो ?
👉 अरुण
८५. सौर्यमण्डलको तेस्रो ठूलो ग्रह कुन हो ?
👉 अरुण
८६. अरुणले सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?
👉 ८४ वर्ष
८७. अरुण ग्रहको रङ्ग कस्तो रहेको छ ?
👉 हरियो
८८. सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो ?
👉 बरुण
८९. बरुण ग्रहका कति वटा उपग्रहहरू रहेका छन् ?
👉 १४ वटा
९०. बरुण ग्रहको वायुमण्डल कुन ग्याँसले भरिएको छ ?
👉 मिथेन
९१. कुन कुन ग्रहका उपग्रह छैनन् ?
👉 बुध र शुक्र
९२. उपग्रहहरू कति प्रकार हुन्छन् ?
👉 २ प्रकारका (प्राकृतिक र कृत्रिम)
९३. प्रथम अन्तरिक्ष पर्यटक को हुन् ?
👉 डेनिस टिटो (अमेरीका सन् २००१)
९४. यमलाई ग्रहको मान्यताबाट कहिले हटाइयो ?
👉 सन् २००६
९५. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति गुणा बढी भएको अनुमान गरिएको छ ?
👉 २८ गुणा
९६. सूर्यलाई हेर्न बनाइएको यन्त्रलाई के भनिन्छ ?
👉 हेलिस्कोप
९७. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्यसर्वप्रथम पत्ता लगाउने वैज्ञानिक को थिए ?
👉 निकोलस कोपर्निकस
९८. बरुण ग्रह कसले पत्ता लगाएका हुन् ?
👉 जोन गा
९९. अन्तरिक्षमा जाने प्रथम महिला को हुन् ?
👉 भलेन्तिना तेरेस्कोभा
१००. चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्दछ भने सूर्यग्रहण कहिले लाग्दछ ?
👉 औंसीको दिन
१०१. प्रथम महिला अन्तरिक्ष पर्यटक को हुन् ?
👉 अनुसेह अन्सारी (२००६)
१०२. शिशु ग्रहको आकार कुन प्रकारको हुन्छ ?
👉 आकार निश्चित हुँदैन
१०३. पृथ्वीको कुन भागमा बढी उल्कापात हुन्छ ?
👉 ध्रुव नजिक
१०४. गुरुत्वाकर्षण शक्ति पत्ता लगाउने वैज्ञानिक को हुन् ?
👉 न्यूटन
१०५. धुम्रकेतुको खोजि गर्ने वैज्ञानिक को हुन् ?
👉 एड्मण्डहेली
१०६. पुच्छ्रेताराको पुच्छर कति सम्म लामो भएको पाइन्छ ?
👉 ८० करोड कि.मी.
१०७. पृथ्वीको उत्तरी गोलार्द्धमा मध्य अक्षांशबाट देखिने तारामण्डललाई के भनिन्छ ?
👉 सप्तर्षि
१०८. प्रकाशले एकसेकेण्डमा कति दूरी पार गर्दछ ?
👉 ३ लाख कि.मी
१०९. पृथ्वीको क्षेत्रफल कति छ ?
👉 १९ करोड ९७ लाख वर्ग माईल
११०. सबैभन्दा ठूलो शिशु ग्रहको व्यास कति छ ?
👉 ८०० कि.मि.
१११. सबै भन्दा सानो शिशु ग्रहको व्यास कति छ ?
👉 १.६ कि.मी
११२. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
👉 डग स्टार
११३. सप्तर्षिले ध्रुवतारालाई कुन आकारमा परिक्रमा गर्दछ ?
👉 W आकारमा
११४. ग्रहण शब्द कुन भाषाबाट आएको हो ?
👉 ग्रीक
११५. ग्रहण कति प्रकारका हुन्छन् ?
👉 २ प्रकारका
११६. चन्द्र वा सूर्य सम्पूर्ण रूपमा ढाकिने ग्रहणलाई के भनिन्छ ?
👉 खग्रास ग्रहण
११७. चन्द्र वा सूर्य आंशिक रूपले ढाकिने ग्रहणलाई के भनिन्छ ?
👉 खण्डग्रास ग्रहण
११८. काश्यप तारामण्डालमा कति वटा ताराहरू रहेका छन् ?
👉 ५ वटा
११९. एक प्रकाश वर्षमा कति दूरी हुन्छ ?
👉 ९५× कि.मि.
१२०. सूर्य, चन्द्र र पृथ्वी एउटै सिधा रेखामा पर्न गई सूर्यबाट आएको प्रकाश चन्द्रमाले छेक्दा सूर्यलाई कालो भागले ढाकेको देखिने अवस्थामा कुन ग्रहण हुन्छ ?
👉 सूर्यग्रहण
१२१. खग्रास सूर्यग्रहण हुँदा पृथ्वीको कति क्षेत्र ढाकिन सक्छ ?
👉 २७०कि.मि.
१२२. खण्डग्रास सूर्यग्रहण हुँदा पृथ्वीको कति व्याससम्मको क्षेत्र ढाकिन सक्छ ?
👉 ३,४५९ कि.मी.
१२३. खग्रास सूर्यग्रहण बढीमा कति अवधि सम्म रहन सक्छ ?
👉 ८मि.
१२४. खण्डग्रास सूर्यग्रहण बढीमा कति अवधिसम्म रहन सक्छ ?
👉 ४ घण्टा
१२५. सूर्यग्रहण लाग्दा सूर्यको कुन भाग पहिला ढाकिन्छ ?
👉 पश्चिम
१२६. हालसम्मको सबैभन्दा लामो सूर्यग्रहण कहिले र कहाँ देखिएको थियो ?
👉 सन् १९५५ मा फिलिपिन्सबाट ७ मि. ५५ से.
१२७. ग्रहण सकिन साथ सूर्यास्त हुने ग्रहणलाई के भनिन्छ ?
👉 ग्रस्तता
१२८. सूर्य ग्रहण वर्षमा बढीमा कति पटक सम्म लाग्दछ ?
👉 २ पटक
१२९. एकै ठाउँमा खग्रास सूर्य ग्रहण सामान्यतया कति समयमा एक पटक लाग्न सक्छ ?
👉 ३६०वर्ष
१३०. सूर्य, पृथ्वी र चन्द्रमा एउटै सिधा रेखामा पर्न गई सूर्यको प्रकाश पृथ्वीले छेक्दा चन्द्रमालाई कालो भागले ढाकेको देखिने अवस्थालाई के भनिन्छ ?
👉 चन्द्रग्रहण
१३१. चन्द्र ग्रहण वर्षमा कति पटक सम्म लाग्न सक्छ ?
👉 २पटक
१३२. चन्द्रमाको सतह औसत कति डिग्री कोणमा ढल्केको छ ?
👉 ५९ डिग्री
१३३. पृथ्वी कक्ष र चन्द्र कक्ष कति डिग्री कोणमा ढल्केको हुन्छ ?
👉 ५.१५ डिग्री
१३४. चन्द्र ग्रहण बढीमा कति अवधिसम्म रहन सक्छ ?
👉 ४ घण्टा
१३५. चन्द्र ग्रहण लाग्दा चन्द्रमाको कुन भाग पहिला ढाकिन्छ ?
👉 पूर्वी भाग
१३६. पृथ्वीको उत्पत्ति कहिले भएको मानिन्छ ?
👉 लगभग साढे चार अर्ब वर्ष पहिला
१३७. सौर्यमण्डलको उत्पत्ति एक विशाल एवं ग्याँसीय निहारिकाबाट भएको भन्ने विद्वान को हुन् ?
👉 लेपलास
१३८. पृथ्वीको उत्पत्ति सौर्यमण्डलबाट भएको हो भन्ने विद्वान को हुन् ?
👉 बफन
१३९. पृथ्वीको ध्रुवीय व्यासभन्दा भूमध्यरेखीय व्यास कतिले बढी छ ?
👉 ४२ कि.मी
१४०. पृथ्वीको ध्रुवीय व्यास कति रहेको छ ?
👉 १२,७१४ कि.मी
१४१. पृथ्वीको भूमध्यरेखीय व्यास कति रहेको छ ?
👉 १२,७५६ कि.मी
१४२. पृथ्वीको औसत व्यास कति रहेको छ ?
👉 १२,७३५ कि.मी
१४३. पृथ्वीको सरदर घनत्व कति रहेको छ ?
👉 ५.५ ग्राम प्रति घ.से.मि.
१४४. पृथ्वीको पिण्ड कति रहेको छ ?
👉 ५.९७×१०२४ के. जी
१४५. उनीउँको उत्पत्ति र विकास कुन समयमा भएको थियो ?
👉 पूराजीव महाकल्प
१४६. डाइनोसरको उत्पत्ति, विकास र विनास कुन कालमा भएको थियो ?
👉 मध्यजीव महाकल्प
१४७. मानिसको उत्पत्ति, विकास र प्रभुत्व कुन समयमा भएको थियो ?
👉 नवजीव महाकल्प
१४८. पृथ्वीको बाहिरी पातलो तहलाई के भनिन्छ ?
👉 स्थलमण्डल
१४९. स्थलमण्डललाई अर्को कुन नामले पनि चिनिन्छ ?
👉 Sial
१५०. पृथ्वीको सतह भित्रबीचमा रहेको भागलाई के भनिन्छ ?
👉 मध्यमण्डल
१५१. मध्यमण्डलले कति गहिरो भाग ओगटेको छ ?
👉 १,१४० देखि २,९०० कि. मि. सम्म
१५२. मध्यमण्डललाई अर्को कुन नामले समेत चिनिन्छ ?
👉 Sima
१५३. पृथ्वीको सबैभन्दा भित्री भागलाई के भनिन्छ ?
👉 केन्द्रमण्डल
१५४. केन्द्रमण्डलले कति देखि कति सम्मको गहिराइलाई समेटेको छ ?
👉 २,९०० देखि ४,००० कि.मि. सम्म
१५५. केन्द्रमण्डललाई कुन नामले समेत चिनिन्छ ?
👉 Nife
१५६. केन्द्रमण्डलमा सबै वस्तुहरू तरल पदार्थमा रहेको हुन्छ भने, यस तहमा कति तापक्रम रहेको हुन्छ ?
👉 ४,०००° सेन्टिग्रेड भन्दा बढी
१५७. पृथ्वीको सबैभन्दा बाहिर रहेको तहलाई के भनिन्छ ?
👉 वायुमण्डल
१५८. पृथ्वी जलमण्डलमा कति घनमिल पानी रहेको अनुमान छ ?
👉 २२ करोड
१५९. दक्षिणी गोलार्द्धमा जलसतह स्थल सतहभन्दा करिब कति गुणा बढी रहेको छ ?
👉 १५गुणा
१६०. भूमध्यरेखामा सूर्यको प्रकाश सिधा पर्ने हुनाले यहाँ सधैँ के हुन्छ ?
👉 दिन र रात बराबर हुन्छ
१६१. भूमध्यरेखा देखि पृथ्वीको उत्तरी भागलाई के भनिन्छ ?
👉 उतरी गोलार्द्ध
१६२. भूमध्यरेखा देखि पृथ्वीको दक्षिणी भागलाई के भनिन्छ ?
👉 दक्षिणी गोलार्द्ध
१६३. भूमध्यरेखालाई अर्को कुन नामले समेत चिनिन्छ ?
👉 ०° आक्षांशरेखा
१६४. पृथ्वीको सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो ?
👉 भूमध्यरेखा
१६५. भूमध्यरेखाबाट उत्तर वा दक्षिणतर्फ गयो भने के हुन्छ ?
👉 जाडो बढ्दै जान्छ
१६६. पृथ्वी आफ्नो अक्षमा कुन दिशातर्फ घुम्ने गर्दछ ?
👉 पश्चिमबाट पूर्वतर्फ
१६७. पृथ्वी आफ्नो अक्षमा प्रति घण्टा कति कि.मि. का दरले घुम्छ ?
👉 १६००कि.मी
१६८. प्रत्येक ४-४ वर्षमा हुने ३६६ दिनलाई के भनिन्छ ?
👉 अधिक वर्ष
१६९. पृथ्वीले आफ्नो केन्द्रलाई आधार मानी पश्चिमबाट पूर्वतर्फ घुम्ने काल्पनिक रेखालाई के भनिन्छ ?
👉 पृथ्वीको अक्ष
१७०. भूमध्यरेखादेखि उत्तरतर्फ उत्तरी गोलार्द्धमा रहेको २३ डिग्री ३०मिनेट उत्तरी आक्षांश रेखालाई के भनिन्छ ?
👉 कर्कटरेखा
१७१. निकोलस कोपर्निकसको सूर्यको परिक्रमा अरू ग्रहहरूले गर्दछन् भन्ने खोज कहिले प्रकाशित भयो ?
👉 सन्१५४३
१७२. भूमध्यरेखादेखि दक्षिणतर्फ दक्षिण गोलार्द्धमा रहको २३ डिग्री ३० मिनेट दक्षिणी अक्षांश रेखालाई के भनिन्छ ?
👉 मकररेखा
१७३. हरेक वर्ष कुन दिन सूर्य मकररेखा माथि सिधा पर्दछ ?
👉 डिसेम्बर२२
१७४. टेलीस्कोप कसले आविस्कार गरेका हुन् ?
👉 ग्यालिलीयो ग्यालिलि
१७५. ताराहरूमा अधिकांश मात्रामा कुन ग्याँसहरू पाइन्छ ?
👉 हाइड्रोजन र हिलियम
१७६. गुरुत्वाकर्षणको सिद्धान्त र गतिको नियम पत्ता लगाउने वैज्ञानिक को हुन् ?
👉 सर आइज्याक न्यूटन
१७७. सूर्य र अन्य ताराहरूको समूहलाई के भनिन्छ ?
👉 आकासगंगा
१७८. कुन ग्रहलाई “Goddess of love and beauty” भनिन्छ ?
👉 शुक्र
१७९. चम्किलो ग्रह (Brightest planet) कसलाई भनिन्छ ?
👉 शुक्र
१८०. शुक्र ग्रह आफ्नो अक्षमा कता बाट कता तिर घुम्दछ ?
👉 पूर्वबाट पश्चिम
१८१. मंगल ग्रहको सबैभन्दा अग्लो पवर्तको नाम के हो ?
👉 Nixolympia
१८२. Nixolympia सगरमाथा भन्दा कति गुणा अग्लो छ ?
👉 ३ गुणा
१८३. रोम परम्परागत विश्वास अनुसार कृषिका देवता कुन ग्रहलाई मानिन्छ ?
👉 शनि ग्रह
१८४. चन्द्र धरातलमा सर्वप्रथम पाइला टेक्ने व्यक्ति को हुन् ?
👉 निल आर्मस्ट्रड
१८५. सूर्य एवं ग्रहहरू पृथ्वीको वरिपरि घुम्दछ न्भन्ने मतको जिउँदै जलाइएका वैज्ञानिक को हुन् ?
👉 गी आर्डिनो ब्रुनो
१८६. प्रथम अन्तरिक्ष यात्री को हुन् ?
👉 निल आर्मस्ट्रङ
१८७. प्रथम महिला अन्तरिक्ष यात्री को हुन् ?
👉 भ्यालेन्टिना तेरेस्कोभा
१८८. अन्तरिक्षमा हिड्ने प्रथम व्यक्ति को हुन् ?
👉 युरी गागरिन
१८९. अन्तरिक्षमा हिड्ने प्रथम महिला को हुन् ?
👉 स्वेतलाना सावित्सकाया
१९०. पहिलो अन्तरिक्ष पर्यटक को हुन् ?
👉 डेनिस टिटो
१९१. प्रथम महिला अन्तरिक्ष पर्यटक को हुन् ?
👉 अनुशेह अन्सारी
१९२. अन्तरिक्षमा जाने प्रथम पत्रकार को हुन् ?
👉 तोयोहीरो आकीया
१९३. निल आर्मस्ट्रङको निधन कहिले भएको हो ?
👉 सन् २०१२ अगष्ट २५
१९४. GMT को पूरा रूप के हो ?
👉 Greenwich mean time
१९५. सबै भन्दा छोटो दिन २२ डिसेम्बरका दिन सूर्य कुन रेखा माथि सिधा हुन्छ ?
👉 मकररेखा