शिक्षा नियमावली, २०५९

शिक्षा नियमावली, २०५९

  • जारीः २०५९/२/१६,
  • ९ पटक संसोधन भएको,
  • ३३ वटा परिच्छेद, १९५ नियम र २३ वटा अनुसूची रकेको ।

शिक्षक विदा सम्बन्धमा

शिक्षकले जम्मा ९ प्रकारका विदा पाउछन् ।

भैपरी आउने विदा ६ दिन पर्व विदा ६ दिन
विरामी विदा १२ दिन सूत्केरी विदा ६० दिन (२०७५ अनुसार ९८ दिन)
प्रसुति स्याहार विदा १५ दिन (बढीमा २ पटक मात्र) किरिया विदा १५ दिन
असाधारण विदा ३ वर्ष (५ वर्ष स्थायी शिक्षकलाई एकपटकमा १ वर्ष नबढाई) अध्यायन विदा बढीमा ३ वर्ष (५ वर्ष स्थायी शिक्षकलाई एकैपटक वा पटकपटक)
वेतलवी विदा बढीमा ५ वर्ष (पति/पत्नि विदेशीस्थित राजदुतावासमा भएकोलै एकैपटक वा पटकपटक

उपचार खर्च सम्बन्धमा

  • माध्यमिक तहः १२ महिना, निम्न माध्यमिक विद्यालय तहको १८ महिना र प्राथामिक तहको २१ महिना बराबरको तलव उपचार खर्चमा प्राप्‍त गर्ने
  • २० वर्ष, २५ वर्ष वा सोभन्दा बढी सेवा अवधि भएको शिक्षकलाई क्रमशः १०,१५ र २०% थप पाउने ।

शूल्क तथा छात्रावृत्ति सम्बन्धमा

  • नियम १४७ को अधिनमा रही मासिक शूल्क, परीक्षा शूल्क, कम्प्युटर शूल्क आदि लिन सकिने ।
  • नियम १४७ अनुसार, विद्यालयले लिन पाउने शूल्क तथा धरौटीः कुल २ महिनाको पढाई शूल्क बराबरको रकम नबढ्ने गरी खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, मर्मत सम्भार, पुस्तकालय र प्राथामिक उपचारबापट वार्षिक शूल्क, विद्यालयमा पहिलोपटक भर्ना हुदा एक पटकको भर्ना शूल्क हुने कक्षाको मासिक पढाई शूल्कमा नबढ्ने गरी भर्ना शूल्क, संस्थागत विद्यालयले एक महिनाको पढाईशूल्क बराबरको रकम धरौटी लिन पाउने र त्यस्तो विद्यार्थीले विद्यालय छाडेमा फिर्ता गर्नुपर्ने ।
  • विद्यालयको प्रत्येक कक्षाका प्रथम, द्वितिय हुने विद्यार्थीलाई क्रमशः सतप्रतिशत र ५० प्रतिशत शूल्क मिनाहा हुने गरी जेहेन्दार छात्रावृत्ति उपलब्ध गराउनुपर्ने ।
  • सामुदायिक विद्यालयले गरिबीको रेखामुनी रहेको गरिबी, अपाङ्ग, महिला र जनजातिलाई निःशूल्क शिक्षाको व्यवस्था गर्नुपर्ने । (१०% नघटाइ छात्रावृत्तिको व्यवस्था)

सरुवा सम्बन्धी व्यवस्था

  • सरुवा हुन चाहने शिक्षकले अनुसूची १७ बमोजिमको ढाँचा इकाइ प्रमुख समक्ष निवेदन दिनु पर्नेछ ।
  • स्थायी नियुक्त भएको एक वर्ष नपुगेको शिक्षक र अनिवार्य अवशास हुन एक वर्ष वा सो भन्दा कम अवधिको शिक्षकले एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिने छैन ।
  • सरुवा भएको २१ दिन भित्र प्रधानाध्यापकले रमनापत्र दिई पठाउनुपर्ने छ ।

error: Content is protected !!