नेपालको आर्थिक अवस्था – प्रश्‍नोत्तर

१. नेपाल कस्तो मुलुक हो ?

👉 एक अतिकम विकसित राष्ट्र (LDC)

२. LDC को पूरा रूप के हो ?

👉Least Developed Country

३. नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो ?

👉 कृषि

४. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ ?

👉 १७.९७ प्रतिशत

५. हाल नेपालमा कति प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ?

👉७४ प्रतिशत

६. नम्बरी जग्गालाई के भनिन्छ ?

👉 रैकर

७. राष्ट्रको लागि उल्लेखीय कार्य गरेवापत सरकारले दिने जग्गालाई नेपालको इतिहासमा के भनिन्छ ?

👉बिर्ता

८. राष्ट्रिय कृषि व्यवसाय नीति कहिले लागू भएको हो ?

👉 वि.सं. २०६३

९. हाल नेपालमा कृषियोग्य भूमिको कति प्रतिशत भूभागमा सिंचाई सुविधा उपलब्ध रहेको छ ?

👉६६ प्रतिशत

१०. कुन राजाको पालादेखि विर्ता जग्गाको कर लिनथालीएको हो ?

👉 पृथ्वीनारायण शाह

११. नेपालमा कृषि क्षेत्रको विकासलाई अनुसन्धान मार्फत बढी प्रभावकारी बनाउन स्थापना भएको संस्था कुन हो ?

👉नेपाल कृषि अनुसन्धान परिषद् (NARC)

१२. नेपालको कृषि व्यवसायमा पशुक्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?

👉 २८ प्रतिशत

१३. नेपालको कृषि व्यवसाय खासगरी केमा निर्भर छ ?

👉 मोसम

१४. नेपालमा चिया खेतीको सुरुवात कहिलेदेखि भएको हो ?

👉 वि. सं. १९२०

१५. नेपालमा कुन योजना अवधिलाई कृषि दशकंको रूपमा मनाइयो ?

👉 १० र ११ औं

१६. नेपालमा भूमिसुधार बचत संस्थाको स्थापना कहिले भएको हो ?

👉 वि.सं. २०२३

१७. नेपालमा भूमिसुधार कार्यक्रम कहिले ल्याइयो ?

👉 वि.सं. २०२१

१८. नेपालमा अलैँचीको उत्पादन सबैभन्दा बढी कुन जिल्लामा हुन्छ ?

👉 इलाम

१९. राष्ट्रिय कृषि नीति, २०६१ ले कृषि कार्यक्रमहरूको संचालनमा महिला संलग्नता कति प्रतिशत पुयाउने लक्ष्य लिएको छ ?

👉 ५० प्रतिशत

२०. कृषिमा आधारित मुलुकहरूमा प्रतिव्यक्ति कृषियोग्य भूमि कति निर्धारण गरिएको छ ?

👉 ०.१९ हेक्टर

२१. नेपाल सरकारले पहिलो पटक कहिले १० वर्षे कृषि विकास योजना लागू गरेको थियो ?

👉 सन् १९७३

२२. नेपालको हिमाली क्षेत्रमा केलाई जोड दिने सरकारको नीति रहेको छ ?

👉 पशुपालन

२३. नेपालको पहाडी क्षेत्रमा केलाई जोड दिने सरकारको निति रहेको छ ?

👉 फलफूल

२४. नेपालको तराई क्षेत्रमा केलाई जोड दिने सरकारको नीति रहेको छ ?

👉 बाली खेती

२५. नेपालको प्रमुख खाद्यान्न बाली कुन हो ?

👉 धान

२६. धान खेतीका लागि उपयुक्त माटो कुन हो ?

👉पौगो माटो

२७. नेपालमा कुल धान उत्पादनको कति प्रतिशत धान तराई क्षेत्रमा उत्पादन गरिन्छ ?

👉७४ प्रतिशत

२८. धान खेतीका लागि कति तापक्रम आवश्यक पर्दछ ?

👉२५० से. ३२० से. सम्म

२९. नेपालमा हाल धानको उत्पादन कति भूभागमा गरिन्छ ?

👉१५ लाख ५६ हजार हेक्टर

३०. नेपालमा वार्षिक कति धान उत्पादन हुन्छ ?

👉 ४४ लाख ६० हजार मेट्रिक टन

३१. धानपछि नेपालको प्रमुख खाद्यान्न बाली कुन हो ?

👉 मकै

३३. पहाड़ी क्षेत्रको प्रमुख खाद्यान्न वाली कुन हो ?

👉 मकै

३४. मकै खेतीका लागि सामान्यतया कति तापक्रम आवश्यक पर्छ ?

👉 २१° से.

३५. नेपालमा वार्षिक सरदर कति भूभागमा मकै खेती गरिन्छ ?

👉८७५ हजार हेक्टर

३६. नेपालमा वार्षिक गुहँ कति उत्पादन हुने अनुमान गरिएको छ ?

👉२० लाख ६७ हजार मे.टन

३७. नेपालको तेस्रो प्रमुख बाली कुन हो ?

👉 गहुँ

३८. नेपालको चौथो प्रमुख बाली कुन हो ?

👉 कोदो

३९. नेपालको पाँचौं प्रमुख बाली कुन हो ?

👉जौ

४०. कोदो नेपालको कुन क्षेत्रमा बढी उत्पादन हुन्छ ?

👉 पहाडी

४१. कोदो खेतीका लागि कति तापक्रम आवश्यक हुन्छ ?

👉 २०° से.

४२. नेपालको प्रमुख रेशादार बाली कुन कुन हो ?

👉 सनपाट र कपास

४३. कुन नगदेबालीलाई वाणिज्यको खैरो कागज भनिन्छ ?

👉सनपाट

४४. नेपालमा उत्पादन हुने प्रमुख चार नगदे वाली कुन कुन हुन् ?

👉सनपाट, ऊखु, सुर्ती र तेलहन

४५. कपास कुन कुन जिल्लामा उत्पादन हुन्छ ?

👉बाँके, बर्दिया, कैलाली, कंचनपुर र दाङ

४६. सुर्ती खेतीका लागि प्रमुख क्षेत्र कुन हो ?

👉तराई, भावर र दुन

४७. जूट नेपालको कुन कुन जिल्लामा उत्पादन हुन्छ ?

👉 झापा, मोरङ, सुनसरी र सप्तरी

४८. नेपालमा चियाको उत्पादन प्रति हेक्टर कति रहेको छ ?

👉 १०० केजी

४९. सपाट खेतीका लागि प्रसिद्ध जिल्ला कुन कुन हो ?

👉 सुनसरी, मोरङ र झापा

५०. नेपालको प्रमुख दलहन बाली कुन हो ?

👉 मुसुरो

५१. कुन फललाई फलफूलको राजा भनिन्छ ?

👉 आँप

५२. जुनसुकै समयमा पाइने फल कुन हो ?

👉 केरा

५३. कफि खेतीका लागि प्रख्यात जिल्ला कुन हो ?

👉 गुल्मी

५४. स्याउ खेती कुन क्षेत्रमा गरिन्छ ?

👉हिमाली

५५. भेडा पालनमा संलग्न जाति कुन हो ?

👉 गुरुङ

५६. भेडाको ऊन कुन समयमा काटिन्छ ?

👉 गर्मी

५७. अदुवा उत्पादनमा नेपाल विश्वको कतिऔं स्थानमा पर्दछ ?

👉 ४ औं

५८. कुनै निश्चित जातिलाई भोगचलन गर्न पाउने गरी प्रदान गरिने भूमिलाई के भनिन्थ्यो ?

👉 किपट

५९. नेपाल सरकारले किपट कहिले खारेज गर्यो ?

👉 वि.सं. २०१८

६०. नेपालमा चिया विकास निगमको स्थापना कहिले भएको हो ?

👉 वि.सं. २०३३

६१. धनकुटा, इलाम, पाँचथर, तेह्रथुम र झापालाई कहिले चिया क्षेत्र घोषणा गरिएको हो ?

👉वि.सं. २०३९

६२. नेपालमा कति वटा चिया बगानहरू छन् ?

👉 १४० वटा

६३. नेपालमा कतिवटा चिया प्रशोधन केन्द्र रहेका छन् ?

👉४० वटा

६४. नेपालमा कहिलेदेखि कफि खेती गर्न थालिएको हो ?

👉 वि.सं. २०११

६५. नेपालमा पहिलो पटक कफि प्रशोधन केन्द्रको स्थापना कहिले भएको हो ?

👉 वि. सं. २०४१ साल

६६. नेपालमा कतिवटा जिल्लामा कफि खेती गरिन्छ ?

👉 २५ वटा

६७. सुपारी उत्पादन हुने प्रमुख जिल्ला कुन हो ?

👉 झापा

६८. वाणिज्यको थैलो कुन बालीको उपनाम हो ?

👉 जुट

६९. अलैँची कति तापक्रममा उत्पादन हुन्छ ?

👉 २०° से.

७०. नेपालमा उद्योग परिषद्को गठन सर्वप्रथम कहिले भएको थियो ?

👉 वि. सं. १९९३

७१. जुद्ध म्याच फ्याक्ट्रिको स्थापना कहिले भएको हो ?

👉 वि.सं. १९९५

७२. हेटौंडा कपडा उद्योगको स्थापना कहिले भएको हो ?

👉 वि. सं. २०३२

७३. वीराटनगर जूट मिलको स्थापना कहिले भएको हो ?

👉 वि. सं. १९९३

७४. धान उत्पादन हुने प्रमुख जिल्ला कुन हो ?

👉झापा

७५. नेपाल औद्योगिक विकास निगमको स्थापना कहिले भएको हो ?

👉 वि.सं. २०१६

७६. नेपालमा सर्वप्रथम राष्ट्रिय औद्योगिक नीतिको घोषणा कहिले गरियो ?

👉 वि.सं. २०१७

७७. नेपालको पहिलो चिनी कारखाना कुन हो ?

👉मोरङ सुगर मिल

७८. मोरङ सुगर मिलको स्थापना कहिले भएको थियो ?

👉 वि. सं. २००३

७९. नेपालमा सबैभन्दा पहिलो स्थापना भएको चुरोट कारखाना कुन हो ?

👉नेपाल चुरोट कारखाना

८०. औद्योगिक व्यवसाय ऐन, २०४९ कहिलेदेखि लागू भएको हो ?

👉वि.सं. २०४९ कार्तिक २७

८१. नेपालमा हाल कतिवटा औद्योगिक क्षेत्रहरू रहेका छन् ?

👉 ११ वटा

८२. औद्योगिक नीति, २०६७ कहिले जारी गयो ?

👉 वि.सं. २०६७ जेठ २

८३. नेपालमा औद्योगिक जनगणना कति कति वर्षमा गरिन्छ ?

👉५/५ वर्षमा

८४. नेपालको पहिलो औद्योगिक क्षेत्र कुन हो ?

👉बालाजु औद्योगिक क्षेत्र

८५. औद्योगिक प्रवर्द्धन बोर्डको अध्यक्ष को हुने व्यवस्था छ ?

👉उद्योगमन्त्री वा राज्यमन्त्री

८६. औद्योगिक व्यवसाय ऐन, २०४९ अनुसार उद्योगलाई कति भागमा विभाजन गरिएको छ ?

👉सात

८७. नेपालमा कृषि गणना कति कति वर्षमा गरिन्छ ?

👉 १०/१०

८८. नेपलमा कृषि गणना कार्य कहिलेदेखि शुरु भएको हो ?

👉सन् १९६१/६२

८९. श्रममूलक देशको परम्परा कला र संस्कृतिसँग सम्वद्ध खास सिप वा स्थानीय कच्चा पदार्थ र साधन परिचालन गर्ने परम्परागत किसिमका उद्योगहरूलाई के भनिन्छ ?

👉 घरेलु उद्योग

९०. साना उद्योग रु. ३ करोडसम्म, मझौला उद्योग रु. ३ करोडदेखि १० करोडसम्म र ठूलो उद्योग रु.१० करोडभन्दा माथि भनि कसले निर्धारण गरेको हो ?

👉औद्योगिक व्यवसाय ऐन, २०४९

९१. नेपालको पहिलो पर्यटक कसलाई मानिन्छ ?

👉सम्राट अशोक

९२. सम्राट अशोकले कहिले नेपाल भ्रमण गरेका थिए ?

👉इसाइ पूर्व २५०

९३. नेपालमा साहसिक पर्यटनको आरम्भ कहिलेदेखि सुरु भएको हो ?

👉सन् १९५३ मे २९

९४. पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै घर वा समुदायमा निजी तथा सामूहिक रूपले संचालन गरिएको सेवालाई के भनिन्छ ?

👉 होमस्टे

९५. नेपालमा औपचारिक रूपमा होमस्टेको व्यवस्था कहिलेदेखि लागू भएको हो ?

👉 वि.सं. २०६७ भदौ १

९६. HMI को पूर्ण रूप के हो ?

👉Himalayan mountain Institute

९७. सन् २०११ लाई पर्यटन वर्षको रूपमा मनाउने निर्णय कहिले भएको हो ?

👉वि.सं. २०६५ कार्तिक ९

९८. अन्तर्राष्ट्रिय पर्वतियसंग्रहालय नेपालको कुन ठाउँमा रहेको छ ?

👉पोखराको घोरेपाटन रातो पैहा (कास्की)

९९. IMM को पूर्ण रूप के हो ?

👉International mountain museum

१००. नेपाल पर्वतारोहण संघ (Nepal mountaineering association) कुन ठाउँमा रहेको छ ?

👉काठमाडौं नक्साल नागपोखरी

१०१. मनकामना केवलकार (चितवन कुरिनटारबाट गोर्खा मनकामना) को दुरी कति रहेको छ ?

👉 २.८ कि.मि.

१०२. सार्क राष्ट्रकै नमुना गाउँ कुन हो ?

👉 लम्जुङ जिल्लाको घले गाउँ

१०३. पहिलो गाउँ पर्यटन केन्द्र कुन हो ?

👉स्याङजा जिल्लाको पञ्चमूल गाविसको सिरवारी गाउँ

१०४. सिरवारी गाउँमा पर्यटन केन्द्रको प्रारम्भ कहिले भएको हो ?

👉सन् १९७७

१०५. CSARB को पूर्ण रूप के हो ?

👉Confederation of south Asian Rim Business

१०६. योजना आयोगका अध्यक्ष को हुने व्यवस्था रहेको छ ?

👉 प्रधानमन्त्री

१०७. योजना आयोगका उपाध्यक्षको नियुक्ति कुन निकयले गर्दछ ?

👉 मन्त्रिपरिषद्

१०८. क्रेडीट कार्ड प्रयोग ल्याउने नेपालको पहिलो बैंक कुन हो ?

👉 हिमालयन

१०९. बैंक नोटको प्रचलन गर्ने पहिलो राष्ट्र कुन हो ?

👉 चीन

११०. कुन राणा प्रधानमन्त्रीको पालादेखि विदेशी बैंकमा रकम जम्मा गर्न थालिएको हो ?

👉वीर शमशेर

१११. SAPTA को पूर्ण रूप के हो ?

👉South Asian Preferential Trade Agreement

११२. SAFTA को पूर्ण रूप के हो ?

South Asian Free Trade Area

११३. नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो ?

👉 वि. सं १९९४ कार्तिक ३०

११४. नेपाल राष्ट्र बैंकको स्थापना कुन ऐन वमोजिम भएको हो ?

👉राष्ट्र बैंक ऐन, २०१२ (खरिदार, सा.प्र. २०५८)

११५. नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?

👉वि.सं. २०१३ बैशाख १४

११६. नेपालको पहिलो वाणिज्य बैंक कुन हो ?

👉नेपाल बैंक लिमिटेड

११७. बैंकहरूको पनि बैंक भनेर चिनिने बैंक कुन हो ?

👉राष्ट्र बैंक

११८. केन्द्रीय बैंकले नोट निष्काशन गर्दा कति प्रतिशत सूनचाँदी, विदेशी मुद्रा तथा सरकारी ऋणपत्र सुरक्षण राख्नु पर्दछ ?

👉५० प्रतिशत

११९. नेपालको सबैभन्दा लामो राजमार्ग महेन्द्र राजमार्ग वा पूर्वपश्चिम राजमार्गको लम्बाइ कति रहेको छ ?

👉 १०२७.६७ कि.मि.

१२०. काठमाडौं- कोदारी (११२.८३ कि.मि.) लाई कुन राजमार्ग भनिन्छ ?

👉अरनिको राजमार्ग

१२१. नेपाल र कम्बोडियाबीच कहिले हवाई सेवा सम्झौता भएको हो ?

👉वि.सं. २०७५ मंसिर १३

१२२. नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेको मूलक मध्ये कम्बोडियाकतिऔं हो ?

👉३९

१२३. नेपालमा कतिवटा विमानस्थलहरू रहेका छन् ?

👉५६

१२४. नेपाललाई युरोपसँग जोड्ने एक मात्र एयरलाइन्स कुन हो ?

👉टर्किस एयरलाइन्स

१२५. टर्किस एयरलाइन्सले कहिलेदेखि आफ्नो उडान संचालन गरेको हो ?

👉१ सेप्टेम्बर २०१३

१२६. काठमाडौंदेखि टर्कीको स्ताम्बुलसम्म उडान गर्ने टर्कीस एयरलाइन्स कति औं अन्तर्राष्ट्रिय विमान सेवा हो ?

👉 २७ औ

१२७. नेपालगन्ज विमानस्थललाई अर्को कुन नामले पनि चिनिन्छ ?

👉राँझा विमानस्थल

१२८. गौतमबुद्ध विमानस्थललाई अर्को कुन नामले समेत चिनिन्छ ?

👉भैरहवा विमानस्थल

१२९. तेञ्जिङ हिलारी विमानस्थलको पुरानो नाम के हो ?

👉लुक्ला

१३०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना कहिले भएको हो ?

👉 वि.सं. २००६

१३१. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वि.सं. २०१२ भन्दा अघि कुन नामले चिनिथ्यो ?

👉गौचरण विमानस्थल

१३२. मनमाया विमानस्थललाई अर्को कुन नामले समेत चिनिन्छ ?

👉खानी डाँडा

१३३. वि.स. २०१२ मा त्रिभुवन विमानस्थलको उद्घाटन को द्वारा भएको हो ?

👉राजा महेन्द्र

१३४. त्रिभुवन विमानस्थल समुन्द्र सतहदेखि कति मिटर उचाइ अवस्थित छ ?

👉१३३८ मि.

१३५. त्रिभुवन विमानस्थलको धावन मार्गको लम्बाइ कति रहेको छ ?

👉१०,००७ फि (३०५० मि.)

१३६. सन् २०११ को तुलनामा सन् २०१२ मा कति प्रतिशत पर्यटक नेपाल भित्रिएका प्रतिशत थिए ?

👉 ९.०८ प्रतिशत

१३७. नेपाल पर्यटन दूरदृष्टि २०२० ले सन् २०२० सम्म नेपालमा वार्षिक पर्यटकको आगमन कति पुयाउने लक्ष्य लिएको थियो ?

👉२० लाख

१३८. नेपालको रज्जुमार्ग/रोपवे काठमाडौंदेखि हेटौंडाको दूरी कति रहेको छ ?

👉४२.२ कि.मि.

१३९. काठमाडौं हेटौंडा रोपवे कुन सरकारको सहयोगमा निर्माण गरएको हो ?

👉अमेरिकी

१४०. काठमाडौं हेटौंडा रापवे कुन सरकारको सहयोगमा आधुनिकीकरण गरिएको हो ?

👉 फ्रान्स सरकार (वि.सं. १९८४)

१४१. नेपालको पहिलो रेलवे सेवा रक्शोल देखि अमलेखगंज कहिले निर्माण भएको हो ?

👉 वि.सं. १९८४ (चन्द्र शमशेर)

१४२. नेपालको हाल संचालन रेलवे सेवा जनकपुर जयनगरको लम्बाइ कति रहेको छ ?

👉 ५१ कि.मि.

१४३. जनकपुर जयनगर रेलवे सेवाको स्थापना कहिले भएको हो ?

👉जुद्ध शमशेरको पालामा (१९९३)

१४५. नेपालमा हाल कतिवटा सुख्खा बन्दरशाह संचालनमा रहेका छन् ?

👉 ४

१४६. BN को पूर्ण रूप के हो ?

👉 Performance Based Navigation System

१४७. ICAO को पूर्ण रूप के हो ?

👉 International Civil Aviation Organization

१४८. IATO को पूर्ण रूप के हो ?

👉International Air Transport Association

१४९. DTH को पूर्ण रूप के हो ?

👉 Direct to Home

१५०. सूचना प्रविधि पार्क नेपालको कुन ठाउँमा स्थापना भएको छ ?

👉 काभ्रेको बनेपा

१५१. रेडियो नेपालबाट कति वटा भाषामा समाचार प्रसारण गर्दछ ?

👉 २१

१५२. गोरखापत्रले कति भाषामा समाचार प्रकाशन गर्दछ ?

👉 ३७

१५३. हुलाक टिकटको संकलनलाई के भनिन्छ ?

👉फिलाटेलिक

१५४. पत्रपत्रिकामा लाग्दै आएको हुलाक महशुल छुट दिने निर्णय नेपाल सरकारले कहिले गर्यो ?

👉२०६९ असोज ४

१५६. नेपाल टेलिकमले कहिलेबाट काठमाडौं उपत्यकामा वाइम्याक्सको शुरुवात गरेको हो ?

 👉 वि.सं. २०६९ चैत १४

१५७. शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?

👉वि.सं. २००७

१५८. पाठ्यक्रम विकास केन्द्रको स्थापना कहिले भएको हो ?

👉वि.सं. २०२८ भदौ ५

१५९. नेपालमा झाडापखाला रोग नियन्त्रण कार्यक्रम कहिलेदेखि संचालनमा ल्याइएको हो ?

👉 वि.सं. २०४०

१६०. नेपालमा कुन योजनादेखि स्वास्थ्यसम्बन्धी विषयलाई समावेश गर्न थालिएको हो ?

👉पाँचौ

१६१. राष्ट्रिय कुष्ठरोग नियन्त्रण केन्द्रको स्थापना कहिले भएको हो ?

👉वि.सं. २०१८ दादुरा रुवेला खोप कति वर्षका बालबालिका दिइन्छ ?

१६२. ९ महिनादेखि १५ वर्षसम्मका नेपालमा ट्रली बस सेवा कहिलेदेखि संचालन भएको हो ?

👉 वि.सं. २०१३

१६३. काठमाण्डौं चक्रपथको लम्बाइ कति छ ?

👉२७.२ कि.मि.

१६४. नेपालको निजी क्षेत्रमा स्थापित पहिलो विमानसेवा कुन हो ?

👉नेपाल एयरवेज (वि.सं. २०४९ जेठ ४)

१६५. नेपालसँग सर्वप्रथम हवाई सेवा सम्झौता भएको राष्ट्र कुन हो ?

👉भारत

१६६. नेपाल सरकारले नेपालका निजी विमान सेवाहरूलाई कहिलेदेखि अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति दियो ?

👉वि.सं. २०५३ कार्तिक २२ (१ जुलाई १९५८)

१६७. सबैभन्दा पुरानो राजमार्ग कुन हो ?

👉त्रिभुवन राजपथ, २०१३

१६८. पूर्व👉पश्चिम राजमार्गले सबैभन्दा कम छुने जिल्ला अर्घाखाँची हो भने सबैभन्दा बढी छुने जिल्ला कुन हो ?

👉 नवलपरासी

१६९. काठमाडौँलाई तराईसँग जोड्ने फास्ट ट्रयाक (द्रुत मार्ग) को शिलान्यास कहिले भएको हो ?

👉 वि.सं. २०६६ कार्तिक २३

१७०. रेडियो नेपालको स्थापना कहिले भएको हो ?

👉 वि.सं. २००७ चैत्र २०

१७१. नेपाल टेलिभिजनले कहिलेदेखि NTV+(NTV2) को सहप्रसारण सुरु गरेको हो ?

👉२०६० असोज १०

१७२. नेपाल दूरसंचार संस्थान कहिले कम्पनीमा परिणत भएको हो ?

👉२०६१ वैशाख १

error: Content is protected !!