नेपालको संविधान सम्बन्धी जान्‍नै पर्ने प्रश्‍नहरु

विश्‍वको पहिलो लिखित संविधान कुन देशको हो ?

संयुक्त राज्य अमेरिका

विश्‍वको सबैभन्दा लामो लिखित संविधान कुन देशको रहेको छ?

भारत

कुन देशको लिखित संविधान छैन ?

बेलायत

विश्‍वको सबैभन्दा सानो/छोटो लिखित संविधान कुन देशको रहेको छ ?

अमेरिका

नेपालको पहिलो संविधान कुन हो ?

नेपालको वैधानिक कानुन २००४

नेपालमा लागू भएको पहिलो संविधान कुन हो?

नेपालको अन्तरिम शासन विधान २००७

नेपालको वैधानिक कानुन २००४ निर्माणका लागि भारतबाट कति जना सहयोगी आएका थिए ?

३ जना

नेपाल अधिराज्यको संविधान २०१५ को मस्यौदा समितिको अध्यक्ष को थिए ?

भगवतीप्रसाद सिंह

नेपाल अधिराज्यको संविधान २०१५ को मस्यौदा समिति कति सदस्यीय रहेको थियो ?

नेपाल अधिराज्यको संविधान २०१५ निर्माणका लागि कुन देशको संविधानविदको सहयोग लिइएको थियो ?

अमेरिका

नेपालको संविधान २०१९ को संविधान निर्माण समितिका अध्यक्ष को थिए?

ऋषिकेश शाह

नेपाल अधिराज्यको संविधान २०४७ को संविधान सुझाव आयोगको अध्यक्ष को थिए?

विश्‍वनाथ उपाध्याय

१३. नेपाल अधिराज्यको संविधान २०४७ को संविधान सुझाव आयोग कति सदस्यीय रहेको थियो ?

१०

संविधानसभाबाट निर्मित पहिलो संविधान कुन देशको हो ?

फ्रान्स

नेपालको संविधान संविधानसभाबाट निर्मित कति औँ संविधान हो ?

४४

नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा समितिको अध्यक्ष को थिए?

लक्ष्मणप्रसाद अर्याल

नेपालको अन्तरिम संविधान २०६३ को संविधान मस्यौदा समिति कति सदस्यीय रहेको थियो ?

१६

नेपाल अधिराज्यको संविधान २०१५ अनुसार कति सदनात्मक व्यवस्थापिका रहेको छ ?

२ महासभा र प्रतिनिधि सभा

अनुसुचीको सट्टा परिच्छेद उल्लेख भएको संविधान कुन हो ?

नेपालको अन्तरिम शासन विधान २००७

२०. नेपालको अन्तरिम शासन विधान २००७ मा कति भाग धारा र परिच्छेद रहेका छन् ?

७ भाग ७४ धारा र ४ परिच्छेद

संविधानको शिक्षा सम्बन्धी जानकारी पढ्‍न यहाँ क्लिक गर्नुहोस् ।

error: Content is protected !!