शिक्षा सम्बन्धी आधारभूत ज्ञान


यस पृष्‍ठमा शिक्षाका आधारभूत सम्बन्धी सम्पूर्ण एकाइको वस्तुगत प्रश्‍नहरु पढ्‍न पाउनुहुनेछ, दैनिक हेर्दै गर्न नछुटाउनुहोला ।

⚠️Warning: यहाँ रहेको प्रश्‍नहरु हुभाहुँ परीक्षामा पर्छ भन्‍ने छैन् तर यस्तै प्रकृतिका प्रश्‍नहरु सोधिने गरेका देखिन्छन् ।


१. “शिक्षा जीवन हो जीवनको तयारी होइन ।” यो भनाइ कसको हो ?

क) ज्याक्सन
ख) जोन डिवे
ग) फ्रोबेल
घ) रुसो
– ख) जोन डिबे

२. जीवन पर्यन्त शिक्षा प्राप्‍त गर्ने शिक्षा कुन हो ?

क) औपचारिक
ख) अनियमित
ग) अनौपचारिक
घ) माथिको सबै
– घ) माथिको सबै

३. शिक्षाको प्रगतिशील कार्य कुन कार्यअन्तर्गत पर्छ ?

क) व्यक्तिगत कार्य
ख) सामाजिक कार्य
ग) राष्‍ट्रिय कार्य
घ) अन्तराष्‍ट्रिय कार्य
– घ) अन्तराष्‍ट्रिय कार्य

४. शिक्षाको संकुचित अर्थ कुन हो ?

क) जन्मदेखि मृत्यु सम्मको अनुभवहरुको सँगालो
ख) निर्धारित उद्देश्य, पद्वति र समयमा दिइने शिक्षा
ग) जीवनपर्यन्त शिक्षा
घ) सिकारुको सर्वाङ्गीण पक्षको विकासका लागि दिइने शिक्षा
– ख) निर्धारित उद्देश्य, पद्वति र समयमा दिइने शिक्षा

५. औपचारिक शिक्षासँग कुन कुरामा मेल खाँदैन ?

क) स्वतन्त्र शिक्षा
ख) पुस्तकीय ज्ञानमा आधारित
ग) प्रमाणपत्रत्र मुखी शिक्षा
घ) पास फेलको सिद्धान्तमा आधारित शिक्षा
– क) स्वतन्त्र शिक्षा

६. ‘अनुभवहरुको पुर्नसंगठन र पुननिर्माण’ शिक्षाको कुन कार्य अन्तर्गत पर्दछ ?

क) संरक्षणात्मक कार्य
ख) क्रान्तिकारी कार्य
ग) प्रगतिशील कार्य
घ) व्यक्तिगत कार्य
– घ) व्यक्तिगत कार्य

७. शैक्षिक समन्यायिकता/ समता भन्‍नाले तलका मध्ये कुनलाई बुझाउँछ ?

क) सबैलाई समान अवसर दिनु
ख) न्यायोचित रुपमा अवसर दिनु
ग) क्षमताअनुसार प्रतिस्पर्धा गर्न पाउनु
घ) माथिका सबै
– ख) न्यायोचित रुपमा अवसर दिनु

८. सिकारुको रुचि, क्षमता, अनुभवमा केन्द्रित शिक्षाको प्रकार कुन प्रकृतिको शिक्षाको प्रकारमा पर्दछ ?

क) औपचारिक
ख) निर्देशित शिक्षा
ग) अनौपचारिक शिक्षा
घ) अनियमित शिक्षा
– घ) अनियमित शिक्षा

९. अनौपचरिक शिक्षाको सुत्रपात गर्ने को हुन् ?

क) जिन न्याक रुसो
ख) इभान इलिच
ग) जुलियस नेरेर
घ) ए.एल. स्मिथ
– घ) ए.एल.स्मिथ
थप जानकारी
  • अनौपचारिक शिक्षाको ‍औपचारिक सूरुवात सन् १९१९ मा भएको ।
  • सिकारुको रुचिमा आधारित औपचारिक घेरा बाहिर दिइने शिक्षा ।

१०. ‘संस्कृत मृतभाषा भैसकेको छ’ भनी घोषणा कसले गरेका हुन् ?

क) पद्‍म समशेर
ख) विर समशेर
ग) जंगबहादुर 
घ) नृपजंग
– क) पद्‍म समशेर
थप जानकारी
  • स्कुलका पिता/राष्‍ट्रका नोकरः पद्‍म समशेर राणा
  • दरबार स्कुलः जंगबहादुर राणा
  • प्रथम शिक्षा मन्त्रीः नृपजंग राणा
  • शिक्षाका पिताः देव समशेर राणा
  • १५ भाषाका ज्ञाताः प्रताप मल्ल

११. सबैका लागि शिक्षाको विश्‍वव्यापी घोषणाले सन् २०१५ मा साक्षरता सम्बन्धी कस्तो लक्ष्य लिएको छ ?

क) निरक्षरतालाई शतप्रतिशत अन्त गर्ने
ख) विद्यमान निरक्षरतामा ५०% ले कमी ल्याउने
ग) सबै बालबालिकालाई साक्षरताको अवसर दिने 
घ) प्रौढहरु सबै साक्षर भएको हुने
– ख) विद्यमान निरक्षरतामा ५०% ले कमी ल्याउने

१२. विद्यालय मरिसके (The School is dead) भन्‍ने शिक्षा विद को हुन् ?

क) जिन न्याक रुसो
ख) इभान इलिच
ग) जुलियस नेरेर
घ) पाउलो फ्रेरे
– ख) इभान इलिच

१३. “शिक्षाको कार्य एउटा असहाय युवा प्राणीको विकासमा सहयोग पुर्‍याउनु हो जसबाट ऊ खुसी, नैतिक र कुशल व्यक्ति बन्‍न सकोस् ।” यो भनाइ कुन विद्वानको हो ?

क) प्लेटो
ख) रुसो
ग) जोन डिवे
घ) सोक्रेट
– ग) जोन डिबे

१४. सन् १९८८ मा साक्षरता अभियान संचालन गरिएको जिल्ला कुन हो ?

क) जाजरकोट
ख) लमजुङ
ग) सुर्खेत
घ) कपिलवस्तु
– ग) सुर्खेत

१५. शिक्षालाई देशप्रतिको तालिम र राष्‍ट्रप्रतिको मायाको रुपमा परिभाषित गर्ने को हुन् ?

क) कमिनियस
ख) कौटिल्य
ग) मुनरो
घ) जवहरलाल नेहरू
– ख) कौटिल्य

१६. विद्यालय शिक्षाको अवसरबाट बञ्‍चित हुन पुगेका नेपाली नागरिकहरुका लागि परिपुरक सिद्धान्त तथा क्षतिपुरणीय अवधारणा र वैकल्पिक माध्यमका रुपमा शिक्षा प्रदान गर्ने दायित्व कुन निकाय थियो ?

क) शिक्षा मन्त्रालय
ख) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
ग) शिक्षा विकास तथा समन्वय इकाई
घ) विद्यालय शिक्षक कितावखाना
– घ) विद्यालय शिक्षक किताबखाना

१७. दरबार स्कुलको स्थायी भवन कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?

क) विर समशेर
ख) देव समशेर
ग) चन्द्र समशेर
घ) जंगबहादुर
– क) विर समशेर

१८. “बालक एउटा पुस्तक हो, शिक्षकले त्यसको पाना पाना पढ्‍नुपर्छ ।” यो कसको भनाइ हो ?

क) रुसो
ख) स्पेन्सर
ग) डिबे
घ) फ्रोबेल
– क) रुसो

१९. सबैलाई एउटै किसिमको व्यवहार गर्नु तलका मध्ये कुन मान्यताको मूल मर्म हो ?

क) समता
ख) समानता
ग) सकरात्मक विभेद
घ) औपचारिकता
– ख) समानता

२०. “औपचारिक शिक्षा तहगत रुपमा संरचना गरिएको र कार्यक्रम अनुसार श्रेणीबद्ध गरिएको शैक्षिक पद्वति हो, जो प्राथमिक विद्यालयबाट सूरु भएर विश्‍व विद्यालयसम्म पुग्दछ र यसले पुरा समय लाग्ने व्यावसायिक र प्राविधिक तालिम समेत जनाउँछ ।” यो भनाइ कस्को हो ?

क) डिबे
ख) कुम्बस
ग) टोडारो
घ) फ्रेरे
– ख) कुम्बस

२१. शिक्षकको सक्षमता प्रारुप, २०७२ अनुसार बालबालिकाको आवश्यकता तथा बहुविविधताको पहिचान गरी सिकाइसँग सम्बन्ध स्थापना गर्ने पक्ष कुन सक्षमता अन्तर्गत पर्दछ ?

क) विषयवस्तुको ज्ञान
ख) बालबालिका सम्बन्धी ज्ञान
ग) शिक्षण विधि सम्बन्धी ज्ञान
घ) सञ्‍चार र सहकार्य
– ख) बालबालिका सम्बन्धी ज्ञान

२२. समाहित शिक्षा जारी गरिएको पहिलो जिल्ला कुन हो ?

क) बाँके
ख) काभ्रे
ग) सिन्धुपाल्चोक
घ) उदयपुर
– क) बाँके

२३. शिक्षा विभागका प्रथम डाइरेक्टर को हुन् ?

क) बबरजङ्ग राणा
ख) जङ्‍गबहादुर राणा
ग) खड्कजङ्ग राणा
घ) चन्द्र समशेर
– क) बबरजङ्ग राणा
थप जानकारी
  • नेपालको पहिलो शैक्षिक इन्सपेक्टरः सूर्यप्रसाद उपाध्याय
  • नेपालमा पहिला शिक्षाको सूरुवात गर्ने व्यक्तिः गंगावाइ (वीरसमशेरको पालामा)
  • दरबार स्कुलको पहिलो बंगाली हेडमास्टरः केदारनाथ चटोपाध्याय
  • त्रिचन्द्र कलेजको पहिलो प्रिन्सिपलः बटुकृष्‍ण मैत्रेय

२४. नेपालमा छात्रावृत्तिको सूरुवात कुन राजाका पालादेखि भएको हो ?

क) महेन्द्र वीरविक्रम शाह
ख) सुरेन्द्र वीरविक्रम शाह
ग) त्रिभुवन वीरविक्रम शाह
घ) पृथ्वीनारायण शाह
– घ) पृथ्वीनारायण शाह

२५. गोरखापत्र प्रकाशन कुन राणा प्रधानमन्त्रीकाे पालामा भएको थियो ?

क) देव शमशेर
ख) पद्‍म शमशेर
ग) वीर शमशेर
घ) चन्द्र शमशेर
– घ) चन्द्र शमशेर

२६. नेपाललाई प्राविधिक शिक्षाको खाँचो छ भन्‍ने प्रधानमन्त्री को हुन् ?

क) देव शमशेर
ख) पद्‍म शमशेर
ग) वीर शमशेर
घ) चन्द्र शमशेर
– ग) वीर समशेर

२७. एस.एल.सी. बोर्डको गठन कहिले भएको थियो ?

क) वि.स. १९९० भदौ १६
ख) वि.स. १९९० पुस १६
ग) वि.स. १९८९ कार्तिक १६
घ) वि.स. १९९० कार्तिक १६
– घ) वि.स. १९९० कार्तिक १६

२८. नेपालमा शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?

क) वि.स. १९१०
ख) वि.स. १९१५
ग) वि.स. २००७
घ) वि.स. २०२८
– ग) वि.स. २००७
थप जानकारी
  • शिक्षा विभागको स्थापनाः वि.स. २०५६ जेठ ९

२९. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नयाँ संगठन अनुसार विद्यालय शिक्षा महाशाखामा कुन पर्दैन ?

क) प्रारम्भिक बाल शिक्षा तथा पोषण शाखा
ख) विद्यालय शिक्षा शाखा
ग) वैकल्पिक तथा निरन्तर शिक्षा शाखा
घ) योजना तथा बजेट शाखा
– घ) योजना तथा बजेट शाखा
थप जानकारी


३०. स्थायी शिक्षकको वैयक्तिक विवरण तथा सेवाको जानकारी सूरक्षित राख्‍ने मूख्य दायित्व कुन निकायको हो ?

क) सम्बन्धित विद्यालय
ख) शिक्षा विकास तथा समन्वय इकाइ
ग) विद्यालय शिक्षक कितावखाना
घ) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
– ग) विद्यालय शिक्षा किताव खाना

३१. माध्यमिक शिक्षा उत्तीर्ण (एस.एल.सी.) परीक्षा सञ्‍चालन र व्यवस्थापनका लागि गठन हुने माध्यमिक शिक्षा उतीर्ण परीक्षा समितिको अध्यक्षको हुने व्यवस्था छ ?

क) शिक्षा मन्त्रालय
ख) शिक्षा सचिव
ग) परीक्षा नियन्त्रक
घ) विभागको महानिर्देक
– ख) शिक्षा सचिव

३२. नेपालमा सञ्‍चालित विभिन्‍न शैक्षिक निकाय (हाललाई विश्‍वविद्यालयभन्दा बाहेकका) तथा विद्यालयस्तरबाट दिइने शैक्षिक सेवा प्रवाहमा प्रभावकारिता एवम् गुणस्तरीयताको परीक्षण गरी सुधारका लागि सुझाव स्थापना भएको निकाय कुन हो ?

क) शैक्षिक जनशक्ति विकास केन्द्र
ख) शिक्षा मन्त्रालयको अनुगमन महाशाखा
ग) शैक्षिक गुणस्तर परीक्षण केन्द्र
घ) परीक्षा नियन्त्रण कार्यालय
– ग) शैक्षिक गुणस्तर परीक्षण केन्द्र

३३. राष्‍ट्रिय पाठ्‍यक्रम प्रारुप, २०७६ (२०७६/५/२०) अनुसार विद्यालयको संरचना कस्तो रहेको छ ?

क) ३+४+३
ख) ५+५
ग) १+८+४
घ) ५+२+३
– ग) १+८+४

३४. स्रेस्ता पाठशालामा ४ पाशे अन्तर्गत कुन कुन विषय रहेका थए ?

क) लेखा, स्रेस्ता, साहित्य र नेपाली
ख) लेखा, विज्ञान, हिसाव र नेपाली
ग) गणित, लेखा, साहित्य र नेपाली
घ) लेखा, स्रेस्ता, हिसाव र औंठा
– घ) लेखा, स्रेस्ता, हिसाव र औंठा
थप जानकारी
  • स्रेस्ता पाठशालाको स्थापनाः वि.स. २०६२ कार्तिक
  • पहिलो सुपरिवेक्षकः हेमराज पाण्डे
  • वि.स. १९८५ मा नेपाली र सहित्य विषय थप गरी ६ पासे बनाएको ।

३५. हाल शिक्षा विकास तथा समन्वय इकाइलाई कति वर्गमा विभाजन गरिएको छ ?

क) चार
ख) पाँच
ग) छ
घ) सात
– क) चार (क,ख,ग र घ वर्ग)

३६. सिर्जनात्मक उमेर भनेर मानव विकासको कुन अवस्थालाई चिनिन्छ ?

क) उत्तर बाल्यावस्था
ख) किशोर अवस्था
ग) पूर्व बाल्यावस्था
घ) शैशव अवस्था
– क) उत्तर बाल्यवस्था

३७. सामान्यतया कति वर्षको उमेरमा केटा र केटीमा परिपक्‍वता आउँछ ।

क) केटी १२ र केटा १३ वर्ष
ख) केटी १३ र केटा १४ वर्ष
ग) केटी १४ र केटा १५ वर्ष
घ) केटी १५ र केटा १६ वर्ष
– ख) केटी १३ र केटा १४ वर्ष

३८. हर्लकले उल्लेख गरे अुनसार शिक्षाविद्का अनुसार पूर्वाल्यवस्थाका विशेषतामा कुन पर्दछ ?

क) नाजुक उमेर
ख) प्रश्‍न सोध्‍ने उमेर
ग) पूर्व विद्यालयको उमेर
घ) माथिका सबै
– ग) पूर्व विद्यालयको उमेर

३९. बाल्यकालबाट प्रौढ अवस्थातिर जाने अर्थात् प्रौढ जीवनमा प्रवेश गर्ने प्रवेशद्वार भनेर मानव विकासको कुन अवस्थालाई बुझिन्छ ?

क) यौवन अवस्था
ख) किशोर अवस्था
ग) वयस्क अवस्था
घ) उत्तर यौवन अवस्था
– ख) किशोर अवस्था

३९. बालकको फरक व्यवहार पत्ता लगाउन मानव विकास अध्ययनको कुन विधि उपयुक्त हुन्छ ?

क) घटना अध्ययन
ख) क्षितिज खण्डात्मक
ग) अवलोकन
घ) लम्बीय
– घ) लम्बीय 

४०. जीवन साथीको छनौट गरी दाम्पत्य जीवन विताउनु कुन अवस्थाको कार्य हो ?

क) किशोर अवस्था
ख) उत्तर बाल्यअवस्था
ग) वयस्क अवस्था
घ) यौवन अवस्था
– ग) वयस्क अवस्था

४१. मनोविज्ञानको आधुनिक परिभाषा कुन हो ?

क) आत्माको विज्ञान
ख) चेतनाको विज्ञान
ग) मनको विज्ञान
घ) व्यवहारको विज्ञान
– घ) व्यवहारको विज्ञान

४२. मानव विकासको विशेषता कुन हो ?

क) विकासमा वंशाणुगत गुण र वातावरणीय अन्तरक्रिया हुन्छ ।
ख) विकास निश्‍चित उमेरसम्म मात्र देखा पर्ने क्रिया हो ।
ग) विकास शारीरिक परिवर्तनसँग सम्बन्धित पक्ष हो ।
घ) विकासलाई प्रत्यक्षरुपमा देख्‍न सकिन्छ ।
– ग) विकासमा वंशाणुगत गुण र वातावरणीय अन्तरक्रिया हुन्छ ।

४३. मानव विकासको विशेषता कुन हो ?

क) विकास निरन्तर चलिरहने प्रक्रिया हो ।
ख) विकासको भविष्यवाणी गर्न सकिन्छ ।
ग) विकास गुणात्मक प्रक्रिया हो ।
घ) माथिका सबै ।
– घ) माथिका सबै

४४. मानव वृद्धिसँग सम्बन्धित पक्ष कुन हो ?

क) परिणात्मक र गुणात्मक पक्ष
ख) जीवनभर निरन्तर चलिरहने प्रक्रिया
ग) परिपक्‍वता र सिकाइको प्रतिफल
घ) परिणात्मक पक्ष
– घ) परिणात्मक पक्ष

४५. हर्लकका अनुसार ६ वर्षका केटाकेटीको तौल कति हुने गर्छ ?

क) केटामा ४९ र केटीमा ४८.५ पौण्ड
ख) केटामा ४८ र केटीमा ५० पौण्ड
ग) केटामा ४९ र केटीमा ५० पौण्ड
घ) केटामा ४७ र केटीमा ४८ पौण्ड
– क) केटामा ४९ र केटीमा ४८.५ पौण्ड
थप जानकारी
  • हर्लकका अनुसार ६ वर्षका केटाकेटीको उचाई ४६.६ इन्चको हुन्छ ।

४६. यौन अंगहरु पूर्ण रुपमा परिपक्‍व भई प्रजनन कार्यमा क्षमतावान् भएको मानव विकासको अवस्था कुन हो ?

क) उत्तर वाल्यावस्था
ख) वयस्क अवस्था
ग) यौवनावस्था
घ) किशोरावस्था
– ग) यौवनावस्था

४७. माव विकासमा आँधीवेहरीको अवस्था भनेर कुन अवस्थालाई चिनिन्छ ?

क) किशोर अवस्था
ख) उत्तर बाल्यवस्था
ग) वयस्क अवस्था
घ) यौवनावस्था
– क) किशोरावस्था

४८. मानव विकासको कुन चरणमा मानव मुटु जन्मदाको अवस्था भन्दा बाह्र गुणाले गह्रौ हुन्छ ?

क) शिशु अवस्था
ख) उत्तर बाल्यावस्था
ग) पूर्व बाल्यावस्था
घ) किशोरावस्था
– क) किशोरावस्था

४९. कुन विकासात्मक अवस्थालाई शिक्षाविद्हरुले आलोचनात्मक उमेरका रुपमा लिएका छन् ?

क) पूर्व बाल्यावस्था
ख) किशोरावस्था
ग) यौवनावस्था
घ) उत्तरवाल्यावस्था
– घ) उत्तर बाल्यावस्था

५०. फोहोरी उमेर, खेल उमेर, एकरुपताको उमेर, बाल समुह, एकरुपता तथा सिर्जनात्मक उमेर जस्ता विशेषताले चिनिने मानव विकासात्मक अवस्था कुन हो ?

क) शैशवअवस्था
ख) उत्तर बाल्यावस्था
ग) यौवनावस्था
घ) किशोरावस्था
– घ) किशोरावस्था

५१. शिक्षा मनोविज्ञानको आवश्यकता किन पर्दछ ?

क) उपयुक्त ढङ्‍गले शैक्षिक उद्देश्य शिक्षण विधि र क्रियाकलापको निर्धारण गर्न
ख) शिक्षण सीपहरुको प्रयोग गर्ने
ग) मूल्याङ्कन प्रक्रियाबाट प्रशंसा तथा पृष्‍ठपोषणको ज्ञान गराँछ ।
घ) माथिका सबै ।
– घ) माथीका सबै

५२. विकासका विशेषतामा कुन पर्दछ ?

क) प्रारम्भिक विकासहरु महत्वपूर्ण हुन्छन् ।
ख) पछिको विकास भन्दा पहिलेको विकास महत्वपूर्ण हुन्छ ।
ग) विकास परिपक्‍वता र सिकाइको फल हो ।
घ) माथिका सबै
– घ) माथिका सबै

..
प्रश्‍नहरु थप्दै जानेछौ धैर्य गर्नुहोला !
error: Content is protected !!