विद्युतीय कसूर
कम्प्युटर प्रविधि र सोमा आधारित इन्टरनेट संजालको दुरुपयोग गरी आफुले फाइदा लिने र अर्को पक्षलाई भौतिक वा आर्थिक नोक्सानी पुर्याउने, हैरानी दिने, प्रतिष्ठामा गैर कानुनी आघात पुर्याउने, सामुदायिक तनाव बढाउने एवं सार्वजानिक नैतिकतामा खलल पर्ने कुराहरु विद्युतिय कसूर हुन् ।
विद्युतीय अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने- इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट संग सम्बन्धित अपराधिक गतिविधि पर्ने भएकाले यस सम्बन्धि अपराधिक गतिविधि रोकथाम गर्न ल्याएको कानून नै विद्युतीय कारोबार ऐन हो । सूचना प्रविधिको विकाससँगै बढेको इन्टरनेटको प्रयोगले फेसबुक, ट्वीटर, इन्स्टग्राम, वीच्याट, भाइबर, स्काइप, इमो, म्यासेन्जर जस्ता सामाजिक सञ्जालको प्रयोग र दुरुपयोग व्यापक रुपमा भइ रहेको छ ।
विद्युतीय कसूरका स्वरुपहरु
- जालसाजी (Froud): कसैलाई कुनै चिठ्ठा परेको वा अवसर प्राप्त भएको वा त्यस्तो चिठ्ठा वा अवसर प्राप्त हुने भनी कुनै कार्य गर्न लगाउने । उदाहरण भनी पठाउने र व्यवस्थापन खर्च भनी रकम माग गर्ने ।
- गलत कागजात तयार गर्ने (Preparing false documents): कम्प्युटरको गलत प्रयोग गरी नक्कली प्रमाणपत्र बनाउने, नक्कली भिसा स्टिकर बनाउने, भिषा सम्बन्धी नक्कली कागजात तयार गर्ने, एकको फोटो स्क्यानिङ्ग गरेर अर्काको नाममा टाँस्ने ।
- अश्लीलता (Pornography): अश्लील चित्र वा भिडियो तयार गरी कसैलाई पठाउने वा यौन प्रस्ताव राख्ने वा सोको लागि रकम माग गर्ने वा पठाउन लगाउने ।
- तनाव सिर्जना (Harassment): कसैलाई बारम्बार सन्देश पठाई तनाव गराउने, प्रेमप्रस्ताव राख्ने र सोको लागि धम्की समेत दिने ।
- Hacking गर्नेः कसैको कम्प्युटर वा Electronic devices मा क्षति पुर्याउने उद्देश्यले Network को माध्यमबाट Virus प्रवेश गराउने, अर्काको सूचना प्राप्त गर्ने र गोप्य सूचनाको दुरुपयोग गर्ने ।
- कारोबारको अपचलन गर्ने: विद्युतिय यन्त्र वा प्रणालीको दुरुपयोग गरी कारोबारमा अपचलन गर्ने । जस्तैः एटिएम कार्डको पिन नम्बर ह्याक गरेर अरुको रकम निकाल्ने, एउटाको वैंक खाताको रकम अर्कैको नाममा हालिदिने, कुनै टिभि स्टेशनको प्रणारण ब्ल्याक आउट गर्ने आदि ।
विद्युतीय कसूरदारका किसिम
- Insider Threats: कुनै संघसंस्था वा निकायमा काम गर्ने त्यस्ता छद्म व्यक्तिहरु जसले आर्थिक वा राजनीतिक कारणले आफ्नै संस्थाको विद्युतीय प्रणालीमा नोक्सान पुर्याउँछन् वा गोपनीयता भंग गर्छन् ।
- Hackers: अरुको कम्प्युटर प्रणालीमा घुसपैठ गर्ने, त्यसलाई काम नलाग्ने बनाइदिने वा पासवर्ड चोरी गरेर सूचना सार्वजानिक गर्ने व्यक्तिहरु । असल प्रयोजनका लागि वा कुनै प्रणालीको सूरक्षास्थिति जाँच गर्नेहरुलाई Ethical Hacker समेत भन्ने गरिन्छ ।
- Hacivists: राजनीतिक प्रचारबादीका लागि संस्थापन पक्षको कम्प्युटर प्रणालीमा अनाधिकृत पहुँच पुर्याइ प्रचारसामाग्री फैलाउने व्यक्तिहरु यस भित्र पर्दछन् ।
- Virus Writers: भाइरस, मालवेयर जस्ता सफ्टवेयरजस्ता सफ्टवेयर तयार गर्ने व्यक्तिहरु जसलाई Human Trash समेत भनिन्छ ।
- Sensitive Intruders: कसैको कम्प्युटर वा नेटवर्कमा अनाधिकृत प्रवेश गरी संवेदशील सूचना वा तथ्यांक प्राप्त गर्नेहरु ।
- Cyber Warriors: कुनै राष्ट्रविरुद्ध अर्कै राष्ट्रले योजनाबद्ध रुपमै खटाएका साइबर लगाडकुहरु जसको काम उक्त राष्ट्रका विद्युतीय प्रणालीहरु ध्वस्त पार्ने र गोपनीय सूचना प्राप्त गर्ने हुन्छ । हाल उत्तर कोरियाले अमेरिका लगायतका मूलुकमा यस्तै साइबर लडाकुहरु तैनाथ गरेको आरोप लाग्ने गरेको छ ।
- Terrorists: सरकारी कामकाज र सेवा प्रवाहमा अवरोध ल्याउने वा जनतालाई आतंकित पार्ने काममा कम्प्युटर प्रणालीको दुरुपयोग गर्ने व्यक्तिहरु ।
विद्युतीय कानुन सम्बन्धि शब्दहरु
- विद्युतीय अपराध – कम्प्युटर प्रणालीलाई हतियार वा शिकार बनाएर गरिने कसूरहरु ।
- विद्युतीय र डिजिटल हस्ताक्षर – सूचना प्रापक र प्रेषकको आधिकारिक पहिचान स्थापित गर्ने कुँजी ।
- बौद्धिक सम्पति – मस्तिष्कको प्रयोगबाट आर्थित प्रतिलिपि अधिकार, पेटेन्ट, डिजाइन, सूत्रजस्ता सम्पति ।
- सूचनाको संरक्षण र गोपनीयता – व्यापारिक वा सामरिक महत्वका सूचनाको सुरक्षा ।
विद्युतीय कारोबार कानुन सम्बन्धि विकासक्रम
विश्वमा कम्प्युटर कानुन बारे प्रकाशित पहिलो अभिलेख सन् १९६० मा प्रकाशित Roy N. Freed द्वारा लिखित A Lawyer’s Guide through the Computer Maze लाई मानिन्छ । सन् १९७० देखि मुलुकहरुले व्यक्तिगत गोपनीयता जोगाउन मोटामोटी रुपमा कानुन निर्माण गर्न थाले ।
नेपालमा कम्प्युटरको प्रयोग सन् १९७१ (२०२८ साल) इन्टरनेटको प्रवेश सन् १९९४ (२०५१ साल) मा भएता पनि दुर सञ्चार ऐन, २०५३ लाई विद्युतीय पक्षसंग सम्बन्धित राख्ने पहिलो ऐनका रुपमा लिन सकिन्छ । विशुद्ध विद्युतीय कारोबारसँग सम्बन्धित पहिलो कानुनको रुपमा विद्युतीय कारोबार नियमावली, २०६१ लाई मानिन्छ ।
विद्युतीय कारोबार ऐन, २०६३ ले कसुर मानेका कार्य र तिनमा आकर्षित हुने डण्डसजायहरु
दफा | कसूर | दण्ड सजाय |
दफा ४४ | कम्प्युटर स्रोत संकेतको चोरी, नष्ट वा परिवर्तन गर्ने | तीन वर्ष सम्म कैद वा दुई लाखसम्म जरिवाना वा दुवै सजाय |
दफा ४५ | कम्प्युटर सामाग्रीमा अनाधिकृत पहुँच कायम गर्ने | कसूरको गम्भीरता हेरी दुइलाखसम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय । |
दफा ४६ | कम्प्युटर र सूचना प्रणालीमा क्षति पुर्याउने | दुई लाख सम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय । |
दफा ४७ | विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने | – एकलाख रुपैयासम्म जरिवाना वा पाँच सम्म कैद वा दुवै सजाय ।
– पटक पटक गरेमा त्यस्तो कसूर वापत अघिल्लो भएको सजायको डेढी सजाय हुने । |
दफा ४८ | सूचनाको गोपनीयता भङ्ग गर्ने | कसूरको मात्रा हेरी एक लाख रुपैयासम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय । |
दफा ४९ | झुट्टा व्यहोराको सूचना दिने | एकलाख रुपैया सम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय । |
दफा ५० | झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने | कसूरको मात्रा हेरी एक लाख रुपैया सम्म जरिवाना वा दुइ वर्ष सम्म कैद वा दुवै सजाय । |
दफा ५१ | तोकिएको विवरण वा कागजात दाखिला नगर्ने | पचास हजार रुपैया सम्म जरिवाना |
दफा ५२ | कम्प्युटर जालसाजी गर्ने | एक लाख रुपैयासम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय |
दफा ५३ | कम्प्युटर सम्बन्धी कसूर गर्न दुरुत्साहन गर्ने | कसूरको मात्रा हेरी पचास हजार रुपैया सम्म जरिवाना वा छ महिना सम्म कैद वा दुवै सजाय । |
दफा ५४ | मतियारलाई | मूख्य कसूरदारलाई भएको सजायको आधा सजाय । |
दफा ५८ | अन्य सजाय |
नेपालमा विद्युतीय कसूरको प्रवृति
- Computer frauds
- Frauds with electronic means of payment
- Instruction attacks
- Spamming
- Deliberate circumvention of computer security systems
- Unauthorized access to or modification of programs
- Intellectual property theft, including software piracy.
- Industrial espionage by means of access to or theft of computer materials.
- Identity theft where this is accomplished by use of fraudulent computer transactions.
- Writing or spreading computer viruses or worms
- Making and digitally distributing child pornography