कला, साहित्य र पुरस्कार

कला, साहित्य र पुरस्कार

१. चीनको हाङझाउमा सञ्चालित एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली खेलाडी को हुन् ?

– एरिका गुरुङ (कराँते)

Explanation:

  • एरिका व्यक्तिगत स्पर्धामा रजत जित्ने नेपालकी दोस्रो खेलाडी हुन् । नेपालका लागि एसियाली खेलकुदमा पहिलो रजत सविता राजभण्डारीले सन् १९९८ को बैङ्कक एसियाडमा तेक्वान्दोबाट जितेकी थिइन् ।
  • सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाडमा नेपालले टिम इभेन्टस्मा रजत पदक जितेको थियो ।

२. सन् २०२३ मा अजरवैजानमा आयोजित फिल्म महोत्सवमा स्पेसल मेन्सन अवार्ड उपाधि जित्न सफल वृत्तचित्र कुन हो ?

– नो विन्टर होलिडेज

३. भौतिकशास्त्रतर्पको नोबेल पुरस्कार २०२३ कसलाई प्रदान गरियो ?

  • फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज, फ्रान्सेली–स्विडिस एनी इलहुइलियर, माथि उल्लेखित सबै

४. सन् २०२३ मा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?

–  काटालिन कारिको र ड्र्यु वेसम्यान

Explanation:

  • (कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत)
  • विश्‍व स्वास्थ्य सङ्गठनले सन् २०२० मार्चमा कोभिडलाई महामारी घोषणा गरेको थियो र सोही वर्षको डिसेम्बरमा एमआरएनए खोपलाई कोभिड नियन्त्रणका लागि प्रयोग गर्न स्वीकृति दिइएको थियो ।

५. इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान–२०८० बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

– प्रा. विधानाथ उपाध्याय भट्टराई

६. गोपालदास पत्रकारिता पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

– निर्मला शर्मा

Explanation:

  • पुरस्कार राशि : एक लाख ५१ हजार रुपियाँ रहेको ।
  • त्यस्तै एक लाख १० हजार रुपियाँ राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका दमन राईलाई प्रदान गरिएको ।

७. राष्ट्रकवि माधव घिमिरे पुरस्कार–२०८० बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

– प्राडा वासुदेव त्रिपाठी

Explanation:

  • मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलो पटक घोषणा गरेको एक लाख राशिको सो पुरस्कार राष्ट्रपति पौडेलद्वारा त्रिपाठीलाई प्रदान गरिएको ।
  • राष्ट्रकवि घिमिरे परिवारद्वारा स्थापित अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई बर्सेनि सो पुरस्कार प्रदान गर्ने ।

८. उत्कृष्ट शिक्षक सेवा पुरस्कार–२०८० क–कसलाई प्रदान गरियो ?

Explanation:

  • कोशी प्रदेश : सोमप्रसाद गौतम (फिक्कल मावि)
  • बागमती प्रदेश : कमला राई (जनकल्याण मावि, बौद्ध)
  • गण्डकी प्रदेश : टुकादेवी आचार्य (पञ्चमुनिदेव मावि)
  • लुम्बिनी प्रदेश : गोपालप्रसाद बस्याल (मोहन कन्या मावि, तानसेन)
  • कर्णाली प्रदेश : जयबहादुर बस्नेत (तिरपुरा मावि, जगदुल्ला, डोल्पा)
  • सुदूरपश्चिम प्रदेश : जितबहादुर चौधरी (श्री सर्वोदय मावि, धनगढी)
  • हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशील शिक्षकलाई प्रदान गरिने यस पुरस्कारको राशि रु. ५० हजार र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई रु. १० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराइने ।

९. सङ्गीत क्षेत्रको प्रतिष्ठित अवार्ड एमटिभी म्युजिक भिडियो अवार्ड–२०२३ मा सर्वाधिक अवार्ड जित्न सफल गायिका को हुन् ?

– टेलर स्विफ्ट

Explanation:

  • गीत ‘एन्टी हिरो’ बाट वर्ष गीत, वर्ष कलाकार, भिडियो, सर्वोत्कृष्ट पप, निर्देशन, भिजुअल इफेक्ट, सो अफ द समर, छायाङ्कन विधाको अवार्ड चुमेकी उनले मिडनाइटबाट एलबम अफ द इयर गरी कुल नौ अवार्ड आफ्नो पोल्टामा पारेकी ।
  • त्यस्तै गायिका निकी मिनाजले सुपर फ्रिकी गर्लबाट हिपहप, सेलेना गोमेज र रेमाले एफ्रो बिट्स, ब्ल्याक एन्ड पिङ्क ब्यान्डले कोरियोग्राफी र ग्रुप अफ द इयरको अवार्ड हात पारेका । आइस स्पाइसले नवकलाकार, कार्लो जी र साकिराले कोल्यावरेसन, सिर्टले आर एन्ड बी, क्यान्डी नेकलेसले अल्टरनेटिभ, द लोनलिस्टले रक गीत, फङ्क रेभले ल्याटिन गीत, एस क्लासले बेस्ट के पप, काम डाउनले अर्फो बिट, ब्रेकफास्टले भिडियो फर गुड, सुगर रस राइडले पुस पर्फर्मेन्स अफ द इयर र सेभनले सङ अफ द समरको अवार्ड चुमेका ।

१०. मिस युनिभर्स नेपाल–२०२३ को उपाधि जित्ने प्रतिभा को हुन् ?

– जेन दीपिका ग्यारेट

Explanation:

  • प्रतियोगितामा गरिमा घिमिरे फस्ट रनरअप, बुद्धिसस सुनार सेकेन्ड रनरअप, शीताष्मा पोखरेल थर्ड रनरअप एवं अभिलाशा लम्साल फोर्थ रनरअप घोषित भएका ।
  • उपाधि विजेता दीपिकाले आगामी नोभेम्बरमा एलसाल्भाडोरमा हुने ७२ औँ मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

११. दीर्घ साधना सम्मान–२०८० बाट सम्मानित कलाकार को हुन् ?

– शिव श्रेष्ठ

Explanation:

  • त्यस्तै दीर्घ साधना सम्मान– २०७८ अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको ।
  • दुवै पुरस्कारको राशि रु. तीन लाख ७५ हजार रहेको ।
  • चलचित्र पुरस्कार: अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेतृ दिया मास्के (प्रकाश), निर्देशक निदेश राउत (प्रकाश), लेखक दीपेन्द्र के खनाल (चिसो मान्छे), छायाकार पुरुषोत्तम प्रधान (लप्पनछप्पन–२), सम्पादक निमेष श्रेष्ठ (दोख) पुरस्कृत भएका ।

१२. बिपी कोइराला स्मृति ट्रस्टले बिपी कोइराला साहित्य सम्मान पुरस्कार–२०८० कसलाई प्रदान गर्यो ?

– साहित्यकार जीवन खड्का (काठमाडौँ), पुरस्कार राशि रु. १०१०००।–

Explanation:

  • त्यस्तै बिपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार–२०८० प्रजातन्त्र सेनानी ९२ वर्षीय डिल्लीरमण शर्मा (रुपन्देही) लाई प्रदान गरिएको । यस पुरस्कारको राशि रु. ५१ हजार रहेको ।

१३. सन् २०२३ अगस्टमा मलेसियामा सम्पन्न चारदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि कसले जित्यो ?

– नेपाल

१४. सातौँ संस्करणको मिसेस नेपाल आइकन–२०२३ को उपाधि कसले जित्यो ?

– मेरिशा सुवाल मालाकार

१५. नागपञ्चमीको अवसरमा नेपाल सर्प महोत्सवको आयोजना कहाँ गरियो ?

– कावासोती (पूर्वी नवलपरासी, २०८० भदौ ३–४)

१६. योगमाया राष्ट्रिय पुरस्कार २०७९ का विजेता को हन्‌ ?

– किशोर केसी

१७. कैलारी गाउँपालिका (कैलाली)ले थारू समुदायको परम्परागत भलमन्सा (बडघर) प्रथालाई कहिले कानुनी मान्यता दिएको हो ?

– विसं २०७८ मा

१८. कुन स्थानीय तहले थारू समुदायको परम्परागत भलमन्सा (बडघर) प्रथालाई कानुनी मान्यता दिएको छ ?

– कैलारी गाउँपालिका (कैलाली)

Explanation:

  • भलमन्सालाई व्यवस्थित, मर्यादित तथा समुदायप्रति जिम्मेवार बनाउने गरी गाउँपालिकाले कानुनी मान्यता (विसं २०७८ मा) दिएको हो ।
  • गाउँ सभाको नवौँ अधिवेशनले कैलारी गाउँपालिकाको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन पारित गरेको छ । भलमन्साको काम, कर्तव्य र अधिकार सो ऐनमा तोकिएको छ । गाउँपालिकाले बनाएको ऐनले कानुनको अधीनमा रहेर झैझगडा मिलाउने, पीडितले न्यायका लागि अनुरोध गरेमा गाउँमा छलफल गराउने, मेलमिलापका लागि सहजीकरण गर्ने, विवाद मिलाउँदा कानुन अनुसार क्षतिपूर्ति भराउन सक्ने अधिकार पनि भलमन्सालाई प्रदान गरेको छ ।
  • भलमन्सा (बडघर) प्रथा थारू समुदायमा सदियौँदेखि प्रचलनमा रहेको प्रथा हो । थारू समुदायमा हरेक माघमा समुदायका व्यक्तिहरूले गाउँका मुखियाका रूपमा भलमन्सा चयन गर्छन् । यो प्रथा अनुसार भलमन्सासँगै अघारी, चिरक्या, चौकीदार, गुरुवा, केसौको पनि चयन हुन्छ ।
  • अघारीले भलमन्साको अनुपस्थितिमा काम गर्ने, चिरक्या र चौकीदारले गाउँमा कुनै पनि कुराको जानकारी र सूचना प्रवाह गर्ने तथा गुरुवा र केसौकोले पूजापाठ गर्ने जिम्मेवारी सम्हाल्ने परिपाटी रहेको छ ।

१९. रोमन म्यागासेसे पुरस्कार २०२२ बाट सम्मानित हुने व्यक्तित्व को को हुन् ?

– गेरी बेन्चेघिब (इन्डोनेसिया), बर्नाडेट्टे जे. मेड्रिड (फिलिपिन्स), तादासी हातोरी (जापान) र सोथिरा छिम (कम्बोडिया), माथिका सबै

२०. मिस प्लस टु नेपाल–२०२३ को उपाधि कसले जित्नु भयो ?

– शिक्षा राणा

Explanation:

  • उहाँले बेस्ट पर्सनालिटीको उपाधि पनि प्राप्त गर्नुभएको थियो ।
  • प्रतियोगितामा याङसी दावा लामा फस्ट रनर अप एवं विशाखा श्रेष्ठ सेकेन्ड रनरअप हुनु भयो ।

२१. २०८० असारमा प्रदान गरिएको हेमबहादुर मल्ल सम्मान–२०७८ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

– भानुप्रसाद आचार्य

Explanation:

त्यस्तै २०७७ सालको हेमबहादुर मल्ल सम्मान गोरक्षबहादुर न्हुच्छे प्रधानलाई प्रदान गरिएको छ ।
सम्मानको राशि जनही दुई लाख रुपियाँ रहेको छ ।

२२. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’ ले प्रत्येक दुई वर्षमा प्रदान गर्ने ‘अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार, २०२३’ कसलाई प्रदान गरियो ?

– कल्पना खरेल (उपन्यास : रानी तलाउ)

Explanation:

पुरस्कार राशि : एक हजार अमेरिकी डलर)

२३. नेपाल वाङ्मय फाउन्डेसनद्वारा प्रकाशित ‘विश्‍वका राष्ट्रिय गान’ नामक पुस्तकमा कति देशका राष्ट्रिय गान समेटिएको छ ?

– १९५

Explanation:

(विसं २०८० असार ३० मा सार्वजनिक) फाउन्डेसनले १९५ देशका राष्ट्रिय गानलाई नेपाली भाषामा अनुवाद गरी पुस्तक सार्वजनिक गरेको छ। अनुवाद प्रदीप निरौलाले गर्नुभएको हो।

राष्ट्रिय गान राष्ट्रिय विम्ब जस्तै हो। राष्ट्रगानले राष्ट्रको इतिहासलाई झल्काउँछ, राष्ट्र कसरी निर्माण भएको छ भन्ने पनि अभिव्यक्त गर्छ र राष्ट्रको भावी यात्रा पनि के हो भन्ने कुरालाई सीमित शब्दमा अभिव्यक्त गर्ने हुँदा राष्ट्रगान सङ्गृहीत यस पुस्तकले संसारलाई नियाल्ने आँखिझ्यालका रूपमा काम गर्ने विश्वास लिइएको छ ।

२४. इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

– चित्तधर नेपाली (राशि : दुई लाख रुपियाँ)

Explanation:

त्यस्तै आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार (राशि : एक लाख रुपियाँ) पोषराज पौडेललाई प्रदान गरिएको छ।
भगत सर्वजित मानव मर्यादा पुरस्कार मैना अछामी, नवराज लम्साल र चक्रमान विश्‍वकर्मालाई प्रदान गरिएको छ।
युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार (राशि : एक लाख रुपियाँ) मोहन सिटौला तथा शताब्दीपुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार (राशि : एक लाख रुपियाँ) गोविन्द आचार्यलाई प्रदान गरिएको छ ।

२५. सय वर्षका लागि गोरखापत्रको अग्रिम ग्राहक बनी कीर्तिमानी रेकर्ड राख्ने संस्था कुन हो ?

– बसुन्धरा–मान प्रतिष्ठान

Explanation:

गोरखापत्र संस्थानको इतिहासमा प्रतिष्ठान पहिलो शताब्दी ग्राहक बन्न सफल भएको छ। प्रतिष्ठानद्वारा एक सय वर्षका लागि ग्राहक बनेबापतको रकम विसं २०८० असार २९ मा संस्थानलाई भुक्तानी गरिएको हो। आगामी एक सय वर्ष अर्थात् २१८० साल असार २९ गतेसम्म प्रतिष्ठानले गोरखापत्र नियमित प्राप्त गर्ने छ । प्रतिष्ठान विसं २०५६ फागुनमा स्थापना भएको हो।

२६. योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०८० कसलाई प्रदान गरियो ?

– डा. अरुणा उप्रेती

Explanation:

त्यस्तै योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान–२०८० सर्जक चन्द्रबहादुर बस्नेतलाई प्रदान गरियो।

२७. गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ? (नाटक विधामा)

– युवराज घिमिरे

२८. गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ? (काव्य विधामा)

– हाङयुग सुब्बा

२९. मिस स्टार युनिभर्स, २०२३ विजेता सुन्दरी को हुनुहुन्छ ?

– सृष्टि महर्जन

३०. २०७९ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो ?

– विद्यादेव लुइँटेल

Explanation:

राशि : १,११,१११/– भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्‍वम्भर चञ्चललाई प्रदान गरियो । भैरव प्रतिभा पुरस्कार (५१,१११/–) कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरियो ।

३१. राष्ट्रिय प्रतिभा पुरस्कार–२०७९ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

– डि आर पोखरेल

३२. विसं २०८० असार १५ मा प्रदान गरिएको नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार–२०७८ बाट सम्मानित हुने स्रष्टा को–को हुनुहुन्छ ?

– डा. गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौँ)।

३३. तामाङ मिनी सङ्ग्रहालयको निर्माण कहिले गरिएको हो ?

– विसं २०८०

३४. तामाङ मिनी सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ?

– दोलखा

Explanation:

३५. पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० क–कसलाई प्रदान गरियो ? (साहित्य, संस्कृति र विज्ञान विधा)

– गोपालप्रसाद थपलिया

३६. पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० क–कसलाई प्रदान गरियो ? (इतिहास विधामा)

– डा. बालचन्द्र मिश्र

३७. पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? (राजनीतिक तथा सैद्धान्तिक विधामा)

– कमलप्रसाद कोइराला

Explanation:

पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ ।  आर्थिक वर्ष २०६८/६९ देखि यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

३८. हिउँ चितुवा संरक्षणमा योगदान पु-याएबापत ‘रोलेक्स कन्जर्भेसन अवार्ड’ बाट सम्मानित हुन सफल नेपाली को हुनुहुन्छ ?

– रिन्जिन फुन्जोक लामा

Explanation:

(प्रतिष्ठित खबर पत्रिका टाइमले उहाँलाई विश्‍वका १० युवासहित ‘अर्को पुस्ताका नेता (नेक्स्ट जेनेरेसन लिडर्स)’ को सूचीमा राखेको छ।

३९. मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?

– डा. मिङमार ग्याल्जेन शेर्पा

Explanation:

त्यस्तै मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार मकवानपुरकी निरुकुमारी मगरलाई प्रदान गरिएको छ । मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित ती पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ।

४०. नेपाली शिक्षा परिषद्द्वारा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कार, २०८० बाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ?

– प्राध्यापक घनश्याम कँडेल

Explanation:

यस पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको छ । त्यस्तै गोपाल पाँडे असीम पुरस्कार शैलेन्दुप्रकाश नेपाललाई प्रदान गरिएको छ। यस पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ।

४१. राष्ट्रिय कविता महोत्सव (२०८०) मा उत्कृष्ट घोषित हुन सफल (नेपाली भाषातर्फ) प्रतिभा को को हुनुहुन्छ ?

– उमेश पुन(छोरी, सिमाना र देश), कृपाकरुणा पोखरेल (रक्तिम), जीवन आरोही (प्रश्नहरूको विज्ञप्ति), माथिका सबै

Explanation:

कनेपाली भाषातर्फ : उमेश पुन (छोरी, सिमाना र देश), कृपाकरुणा पोखरेल (रक्तिम कथा), जीवन आरोही (प्रश्नहरूको विज्ञप्ति), तीर्थराज विश्‍वकर्मा (कविले के सम्झियौ  ?), नवीन अभिलाषी (भेरी अभिशप्त बगिरहेछ), प्रकाश दिप्साली राई (न्वारानको नाम) र राधिका कल्पित (परिचयपत्र), डोटेली भाषातर्फ : खिमानन्द जोशी (भुइँ गोठ नाइँ झान्या हुँ) र पूर्णानन्द ओझा (सन्निको मान्स) तथा खाम मगर भाषातर्फ : टङ्क झाँक्रीमगर (समीप वैरागी (हुन्के बे बड्डा) उत्कृष्ट भएका छन् । विसं २०८० असार ९ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहमा उत्कृष्ट १० कविलाई जनही १५ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरियो ।

४२. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट सम्मानित हुने नृत्य विधाको–को हुनुहुन्छ ?

– कुलमान नेपाली

Explanation:

नाट्य विधा : नाट्य अनुसन्धाता प्राडा रामचन्द्र पोखरेल विसं २०८० असार १३ मा उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा पुरस्कार प्रदान गरिएको।  पुरस्कार राशि जनही एक लाख एक रुपियाँ रहेको।

४३. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट सम्मानित हुने रङ्गमञ्च विधाको–को हुनुहुन्छ ?

– भैरव क्षेत्री

Explanation:

विसं २०८० असार १३ मा उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा पुरस्कार प्रदान गरिएको ।  पुरस्कार राशि जनही एक लाख एक रुपियाँ रहेको।

४४. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट सम्मानित हुने सङ्गीत विधाको को हुनुहुन्छ ?

– गणेश रसिक

Explanation:

विसं २०८० असार १३ मा उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा पुरस्कार प्रदान गरिएको ।  पुरस्कार राशि जनही एक लाख एक रुपियाँ रहेको।

४५. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट सम्मानित हुने लोकसङ्गीत विधाको को हुनुहुन्छ ?

– नवीन किशोर राई

Explanation:

विसं २०८० असार १३ मा उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा पुरस्कार प्रदान गरिएको ।  पुरस्कार राशि जनही एक लाख एक रुपियाँ रहेको ।

४६. ‘फोर नाइट्स’ का निर्देशक को थिए ?

– दीपक रौनियार

४७. विसं २०७९ पौष ३–६ सम्म काठमाडौँमा सम्पन्न दशौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाल पानारोमातर्प उत्कृष्ट फिक्सन फिल्म बन्न सफल वृत्तचित्र कुन हो ?

– फोर नाइट्स

Explanation:

  • फोर नाइट्स (निर्देशक : दीपक रौनियार) त्यस्तै, डकुमेन्ट्री विधातर्फ ‘आइरन डिगर’ (निर्देशक : अनिल बुढामगर) उत्कृष्ट घोषित भएको ।
  • अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ बङ्गलादेशी निर्देशक जुवोराज समिमको फिल्म ‘द इन्सटिङ्क्ट’ एवं ननफिक्सन विधातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस् अफ द अर्थ’ उत्कृष्ट घोषित भएका ।
  • प्रत्येक विधामा उत्कृष्ट बन्न सफल फिल्मलाई अवार्डसहित ५०/५० हजार रुपियाँ नगद राशि प्रदान गरिएको ।
  • महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन गरिएको ।

४८. सन् २०२३ मा जेल सजाय सुनाइएका नोबल पुरस्कार विजेता व्यक्ति को हुन् ?

– एलेस बालियात्स्की

Explanation:

कसन् २०२२ को नोबल शान्ति पुरस्कार (मेमोरियल (रुस) तथा सेन्टर फर सिभिल लिबर्टिज (युक्रेन) संस्थाहरूसँगै) विजेता बाल्यिात्स्कीलाई सन् २०२३ मार्च ३ मा जेल सजाय (१० वर्षका लागि) सुनाइएको । सरकार विरोधी गतिविधि गर्ने उद्देश्यका साथ बेलारुसमा अवैध रूपमा पैसा भित्र्याएको आरोप यिनी माथि लागेको।

४९. दी मिसेस नेसनल २०२३ को उपाधि जित्ने सुन्दरी को हुन् ?

– अनिता यादव

Explanation:

सो प्रतियोगितामा दीपा थानी फस्र्ट रनर्सअपका साथ बेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भएका । विवाहित महिलालाई चौघेराभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा तिनमा अन्तर्निहित प्रतिभा उजागर गरी बाहिर ल्याउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था मिडिया ग्रुप प्रालिले जनाएको ।

५०. विसं २०८० मा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

– डा. जयराज आचार्य

Explanation:

(पुरस्कार राशि : रु. १ लाख) (डा. आचार्यलाई भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पु-याएबापत सो पुरस्कार प्रदान गरिएको ।)

५१. ‘हिति प्रणाली’ कृतिका लेखक पद्मसुन्दर जोशी हुन् भने ‘पानी घट्ट’ नामक कृतिका लेखक को हुन् ?

– सुरेश प्राञ्जली

Explanation:

५२. ‘कल्पग्रन्थ’ नामक कृतिका लेखक कुमार नगरकोटी हुन् भने ‘मैले देखेको नेपाल’ नामक कृतिका लेखक को हुन् ?

– हर्क गुरुङ

Explanation:

५३. बैङ्किङ प्रविधि क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

– ग्लोबल आइएमई बैङ्क

Explanation:

  • नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैङ्कहरूलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सृजनशीलता जस्ता तथ्यलाई आधार मानी यो अवार्ड प्रदान गर्ने गरिएको ।
  • डिजिटल ट्रान्सफर्मेसन, टेक्नोलोजीमा नवीनता एवं उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैङ्किङमार्पत सेवा प्रवाह गरेबापत अवार्ड प्रदान गरिएको जनाइएको ।

५४. फ्रान्सको कान्स सहरमा आयोजित ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल, २०२३’ मा तीन विधामा अवार्ड प्राप्त गर्न सफल नेपाली चलचित्र कुन हो ?

– राधा

Explanation:

  • सुवर्ण थापाद्वारा निर्देशित सो चलचित्रले उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेतृ र उत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भएको छ ।
  • निर्देशक थापाको लेखनसमेत रहेको चलचित्रले महिलाको सहनशक्ति चरित्रको कथालाई प्रस्तुत गरेको छ ।
  • सो फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’ विभिन्न सात विधामा मनोनयनमा परेको थियो । चलचित्रमा सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
  • यो फेस्टिभल विशेष गरी महिला चलचित्रकर्मी र महिला चरित्रलाई उत्प्रेरित गर्ने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको छ ।

५५. विश्‍व स्वास्थ्य सङ्गठनले प्रदान गरेको स्वास्थ्य पुरस्कार (सन् २०२३) प्राप्त गर्ने नेपाली संस्था कुन हो ?

– निक साइमन्स इन्स्टिच्युट

Explanation:

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसमा निक साइमन्स इन्स्टिच्युटले सो पुरस्कार प्राप्त गरेको हो ।
  • पुरस्कार राशि २० हजार डलर रहेको छ ।
  • विश्‍व स्वास्थ्य सङ्गठनले प्रत्येक वर्ष विश्‍वमा रहेका मानिसको स्वास्थ्य सुधार्न उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले सासाकावा स्वास्थ्य पुरस्कार प्रदान गर्दै आएको छ ।

५६. विसं २०८० जेठ ४ मा राजधानीमा सम्पन्न ‘मिस हेरिटेज ग्लोबल नेपाल, २०२३’ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?

– मुना रिजाल

Explanation:

  • भरतपुर चितवनकी मुनाले आगामी सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।
  • विश्‍वका ५५ देशका सुन्दरीहरूको सहभागिता रहने सो प्रतियोगितामा उहाँले नेपालको सम्पदा झल्कने सङ्क्षिप्त परिचयात्मक भिडियो प्रस्तुत गर्नुहुने छ।

५७. गीतकार सङ्घ नेपालले ‘गीतकार वर्ष अमर भावना सम्मान, २०७९’ बाट कसलाई सम्मानित ग-यो ?

– दुर्गालाल श्रेष्ठ

Explanation:

गीतकार संघ नेपालले अग्रज गीतकार दुर्गालाल श्रेष्ठलाई ‘वर्ष अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७९’बाट सम्मानित गरेको छ । संघको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले श्रेष्ठ सम्मानस्वरुप १ लाख ५१ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरेका हुन् ।

५८. मिस नेपाल वोर्ल्ड २०२३ को उपाधि कसले जितिन् ?

– श्रीच्छा प्रधान

Explanation:

  • Miss Nepal World 2023: Shrechcha Pradhan
  • Miss Nepal International 2023: Prasiddhi Shah
  • Miss Nepal Earth 2023: Raina Majgaiya
  • Miss Nepal World 2022: Priyanka Rani

५९. ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को उपाधि जित्ने प्रतिभा को हुन् ?

– स्पन्दन सुब्बा

Explanation:

  • (उपाधिसँगै सुब्बाले नगद १५ लाख रुपियाँसहित अन्य पुरस्कार जितेका ।)

६०. विसं २०८० जेठमा सम्पन्न मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३ को उपाधि जित्ने प्रतिभा को हुन् ?

– शिशिर वाग्ले र समा पराजुली

Explanation:

  • उपाधि विजेताले मिस्टर एन्ड मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका ।
  • प्रतियोगितामा रोशनी चन्द मिस ग्लोब नेपाल २०२३ र प्रज्वल ताम्राकार मिस्टर इन्टरनेसनल नेपाल २०२३ घोषित भएका ।

६१. विश्‍व चर्चित ‘युएन ह्युमन राइट्स प्राइज, २०२३’ बाट सम्मानित हुने नेपाली संस्था कुन हो ?

– मानव सेवा आश्रम

Explanation:

६२. फिफा अवार्ड २०२२ मा फिफा फ्यान अवार्डको विजेता को थिए ?

– अर्जेन्टिनी फ्यान

Explanation:

  1. फिफा अवार्ड २०२२ मा फिफा फेयर प्ले अवार्डको विजेता को थिए ?

– लुका लोकस्भिल्ली

  1. फिफा अवार्ड २०२२ मा फिफा पुस्कस अवार्डको विजेता को थिए ?

– मर्सिन ओलेक्सी

  1. फिफा अवार्ड २०२२ मा फिफा स्पेसल अवार्डको विजेता को थिए ?

– पेले

  1. फिफा अवार्ड २०२२ मा उत्कृष्ट महिला प्रशिक्षक विधाको विजेता को थिइन् ?

– सरिना वेगमेन

  1. फिफा अवार्ड २०२२ मा उत्कृष्ट पुरुष प्रशिक्षक विधाको विजेता को थिए ?

– लिओनल स्कालोनी

  1. फिफा अवार्ड २०२२ मा उत्कृष्ट महिला गोलकिपर विधाको विजेता को थिइन् ?

– मेरी एप्र्स

  1. फिफा अवार्ड २०२२ मा उत्कृष्ट पुरुष गोलकिपर विधाको विजेता को थिए ?

– इमिलिनियो मार्टिनेज

  1. फिफा अवार्ड २०२२ मा उत्कृष्ट महिला खेलाडीको उपाधि जित्न को सफल भए ?

– एलेक्सा पुटेलेस

  1. फिफा अवार्ड २०२२ मा उत्कृष्ट पुरुष खेलाडीको उपाधि जित्न को सफल भए ?

– लियोनल मेस्सी

  1. फिफा अवार्ड कहिले देखि प्रदान गर्न थालिएको हो ?

– सन्‌ २०१६

  1. फिफा अवार्ड २०२२ कहाँ प्रदान गरिएको थियो ?

– पेरिस

  1. फिफा अवार्ड २०२२ कहिले प्रदान गरिएको हो ?

– सन्‌ २०२३ फेब्रुअरी २७

  1. आर्थिक वर्ष २०७७|०७८ को तथ्यांक अनुसार नेपालमा कति रुपैयाको चिया कारोबार भइरहेको छ ?

– करिब ४ अर्ब

  1. आर्थिक वर्ष २०७७|०७८ को तथ्यांक अनुसार नेपालमा कति चिया उत्पादन भइरहेको छ ?

– २३ हजार ७ सय ४५ मेट्रिकटन

  1. आर्थिक वर्ष २०७७|०७८ को तथ्यांक अनुसार नेपालमा कति क्षेत्रमा चिया खेती हुन्छ ?

– १६ हजार ९ सय १७ हेक्टर

  1. गत वर्षको तुलनामा २०७९ सालमा नेपाली चियाको निर्यात कति प्रतिशतले बढेको छ ?

– ३६

  1. विश्‍व कालो चिया गुणस्तर परीक्षण मूल्याकंन प्रतिस्पर्धामा नेपालका कति प्रकारका चियालाई विश्‍व गुणस्तरमा उच्च रहेको पाइएको थियो ?

– १०

  1. विश्‍व कालो चिया गुणस्तर परीक्षण मूल्याकंन प्रतिस्पर्धामा नेपालका उत्पादित कति वटा चियाको नमुना परिक्षणमा पठाइएको थियो ?

– १६

  1. दोस्रो विश्‍व कालो चिया गुणस्तर परीक्षण मूल्याकंन प्रतिस्पर्धामा कति नेपाली उत्पादक संस्थाले अवार्ड जितेका थिए ?

– १०

  1. दोस्रो विश्‍व कालो चिया गुणस्तर परीक्षण मूल्याकंन प्रतिस्पर्धा कसले आयोजना गरेको थियो ?

– चिन चिया मार्केटिङ संघले

  1. कुन नेपाली चियाले अन्तर्राष्ट्रिय गोल्डेन मेडल जित्न सफल भयो ?

– फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेका विभिन्न चिया

  1. कुन नेपाली चियाले अन्तर्राष्ट्रिय गोल्डेन अवार्ड जित्न सफल भयो ?

– तिनजरे चिया कृषक सहकारी संस्थाको पर्ल चिया

  1. अन्तराष्ट्रिय बजारमा गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले कुन कुन अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भयो ?

– सिल्भर अवार्ड , रजत अवार्ड , स्वर्ण अवार्ड , माथिको सबै

  1. नेपाली चियालाई अन्तर्राष्ट्रिय अवार्ड कहिले प्रदान गरिएको हो ?

– सन्‌ २०२३ मार्च २

  1. नेपाली चियालाई अन्तर्राष्ट्रिय अवार्ड कहिले प्रदान गरिएको हो ?

–  विस २०७९ फाल्गुन १८

  1. ९५औं ओस्कर अवार्डमा नेपालको प्रतिनिधित्व कुन film ले गरेको थियो ?

– ऐना झ्यालको पुतली

89. ९५औं ओस्कर अवार्डमा Everything Everywhere All at Once ले कति वटा विधाको लागी मनोनयनमा परेको थियो  ?

– ११

  1. ९५औं ओस्कर अवार्डमा Everything Everywhere All at Once ले कति वटा विधामा अवार्ड जित्न सफल भयो ?

– ७

  1. ९५औं ओस्कर अवार्डमा सर्बाधिक विधामा अवार्ड जित्न सफल चलचित्र कुन हो ?

– Everything Everywhere All at Once

  1. ९५औं ओस्कर अवार्डमा Adapted Screenplay विधाको विजेता कुन film भएको थियो ?

– Women Talking

  1. ९५औं ओस्कर अवार्डमा Original Scoreenplay विधाको विजेता कुन film भएको थियो ?

– Everything Everywhere All at Once (EEAaO)

  1. ९५औं ओस्कर अवार्डमा Visual Effect विधाको विजेता कुन film भएको थियो ?

– Avatar: The Way of Water

  1. ९५औं ओस्कर अवार्डमा Ruth Carter ले कुन film को लागी Costume Design विधा हासिल गरीन् ?

– Black Panther: Wakanda Forever

  1. ९५औं ओस्कर अवार्डमा Costume Design विधाको विजेता को भए ?

– Ruth Carter

  1. ९५औं ओस्कर अवार्डमा Naatu Naatu ले कुन film को लागी Original Song विधा हासिल गर्यो ?

– RRR

  1. ९५औं ओस्कर अवार्डमा Original Song विधाको विजेता कुन गीत भएको थियो ?

– Naatu Naatu

  1. ९५औं ओस्कर अवार्डमा Animated short film विधाको विजेता कुन Animated short film भएको थियो ?

– Guillermo Del Toro’s Pinocchio

  1. ९५औं ओस्कर अवार्डमा Live — Action Short विधाको विजेता कुन film भएको थियो ?

– An Irish Goodbye

  1. ९५औं ओस्कर अवार्डमा International Features विधाको विजेता कुन film भएको थियो ?

– All Quiet on the Western Front (Germany)

  1. ९५औं ओस्कर अवार्डमा Animated Short विधाको विजेता कुन film भएको थियो ?

– The Boy, The Mole, The Fox & The Horse

  1. ९५औं ओस्कर अवार्डमा Documentary Short विधाको विजेता कुन Documentary भएको थियो ?

– The Elephant Whisperers

  1. ९५औं ओस्कर अवार्डमा Documentary Feature विधाको विजेता कुन Documentary भएको थियो ?

– Navalny

  1. ९५औं ओस्कर अवार्डमा Volker Bertelmann ले कुन film को लागी Original Score (Music) विधा हासिल गरे ?

– All Quiet on the Western Front

106. ९५औं ओस्कर अवार्डमा Original Score (Music) विधाको विजेता को भए  ?

– Volker Bertelmann

  1. ९५औं ओस्कर अवार्डमा Paul Rogers ले कुन film को लागी Best Editing विधा हासिल गरे ?

– Everything Everywhere All at Once (EEAaO)

‍108. ९५औं ओस्कर अवार्डमा Best Editing विधामा को विजेता भए  ?

– Paul Rogers

  1. ९५औं ओस्कर अवार्डमा James Friend ले कुन film को लागी Best Cinematography विधा हासिल गरे ?

– All Quiet on the Western Front

  1. ९५औं ओस्कर अवार्डमा Best Cinematography विधाको विजेता को भए ?

– James Friend

  1. ९५औं ओस्कर अवार्डमा Michelle Yeoh ले कुन film को लागी Best Actress विधा हासिल गरिन् ?

– Everything Everywhere All at Once (EEAaO)

  1. ९५औं ओस्कर अवार्डमा Best Actress विधामा को विजेता भइन् ?

– Michelle Yeoh

  1. ९५औं ओस्कर अवार्डमा Brendan Fraser ले कुन film का लागी Best Actor को विधा हासिल गरे ?

– The Whale

  1. ९५औं ओस्कर अवार्डमा Best Actor को विधामा को विजेता भए ?

– Brendan Fraser

  1. ९५औं ओस्कर अवार्डमा Daniel Kwant & Daniel Scheinent ले कुन film का लागी Best Director को विधा हासिल गरे ?

– Everything Everywhere All at Once (EEAaO)

  1. ९५औं ओस्कर अवार्डमा Best Director विधामा को विजेता भएका थिए ?

– Daniel Kwant & Daniel Scheinent

  1. ९५औं ओस्कर अवार्डमा Best Picture विधामा कुन film विजेता भएको थियो ?

– Everything Everywhere All at Once (EEAaO)

  1. ओस्कर अवार्डलाई कुन नामले समेत चिनिन्छ ?

– एकेडेमी अवार्ड

  1. ९५ औं ओस्कर अवार्डको आयोजक को थियो ?

– Academy of Motion Picture Arts and Sciences

  1. ओस्कर अवार्ड कहिलेबाट प्रदान गर्न थालिएको हो ?

– सन्‌ १९२९ मे १६

  1. ९५ औं ओस्कर अवार्ड कहिले प्रदान गरिएको थियो ?

– सन्‌ २०२३ मार्च १२

  1. अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कारबाट सम्मानित हुने कलाकार को हुन् ?

– गीतकार किरण खरेल

Explanation:

  • नेपाली राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको योगदानको कदर गर्दै पोखरेली युवा सांस्कृतिक परिवारले उनको नाममा राष्ट्रिय सङ्गीत कोष स्थापना गरी पहिलो पटक खरेललाई पुरस्कृत गरेको ।
  • पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको ।
  • फिल्म ‘माइतीघर’ को ‘यो हो मेरो प्राणभन्दा प्यारो’ गीतका रचयिता किरणले सयभन्दा बढी फिल्ममा गीत लेखिसकेका ।
  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा पिपुल्स च्वाइस अवार्डको विजेता उषा भण्डारीको सम्बन्धित खेल के थियो ?

– भलिबल

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा लाइफटाइम अचिभमेन्ट अवार्डको विजेता रघुराज वन्तको सम्बन्धित खेल के थियो ?

– एथलेटिक्स

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा सर्वोत्कृष्ट प्रशिक्षक विधाको विजेता अब्दुल्लाह अल्मुतैरीको सम्बन्धित खेल के थियो ?

– फुटबल

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा सर्वोत्कृष्ट पारा एथ्लेट्स विधाको विजेता पलेशा गोवर्धन श्रेष्ठको सम्बन्धित खेल के थियो ?

– तेक्वान्दो

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा सर्वोत्कृष्ट युवा वर्ष खेलाडी विधाको विजेता मनिष डाँगीको सम्बन्धित खेल के थियो ?

– फुटबल

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा सर्वोत्कृष्ट पुरुष वर्ष खेलाडी विधाको विजेता अन्जन बिष्टको सम्बन्धित खेल के थियो ?

– फुटबल

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा सर्वोत्कृष्ट महिला वर्ष खेलाडी विधाको विजेता अरुणा शाहीको सम्बन्धित खेल के थियो ?

– भलिबल

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड विधामा को विजेता भए ?

– मोहोम्मद हिजी

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा स्पेसल अवार्ड विधामा को विजेता भए ?

– दानबहादुर तामांग, माया देवी मोक्तान

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा पिपुल्स च्वाइस अवार्ड विधामा को विजेता भए ?

– उषा भण्डारी

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा लाइफटाइम अचिभमेन्ट अवार्ड विधामा को विजेता भए ?

–  रघुराज वन्त

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा सर्वोत्कृष्ट प्रशिक्षकको विधामा को विजेता भए ?

– अब्दुल्लाह अल्मुतैरी

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा सर्वोत्कृष्ट पारा एथ्लेट्सको विधामा को विजेता भए ?

– पलेशा गोवर्धन श्रेष्ठ

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा सर्वोत्कृष्ट युवा वर्ष खेलाडीको विधामा को विजेता भए ?

– मनिष डाँगी

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा सर्वोत्कृष्ट पुरुष वर्ष खेलाडीको विधामा को विजेता भए ?

– अन्जन बिष्ट

  1. पल्सर स्पोर्टस अवार्ड २०७८मा सर्वोत्कृष्ट महिला वर्ष खेलाडीको विधामा को विजेता भए ?

– अरुणा शाही

  1. २०७८ सालमा गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले पुरुष खेलाडीमा कसलाई उत्कृष्ट चयन गरेका थियो ?

– अन्जन बिष्ट

  1. २०७८ सालमा गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले महिला खेलाडीमा कसलाई उत्कृष्ट चयन गरेका थियो ?

– अरुणा शाही

  1. पल्सर स्पोर्टस अवार्ड २०७८ कसले प्रदान गरेका हुन् ?

– नेपाल खेलकुद पत्रकार मन्च

  1. पल्सर स्पोर्टस अवार्ड २०७८ कहिले प्रदान गरिएको हो ?

– २०७९ फाल्गुन २३

  1. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा प्रदान गरिएको इन्जा बौद्धिक अनुसन्धान वृत्ति पुरस्कार (२०७९)बाट कसलाई सम्मान गरियो ?

– जगत नेपाल, माधव प्रसाद तिवारी

  1. कवि मोहनहिमांशु थापाको निधन कहिले भएको हो ?

– वि.सं. २०७९ फागुन ४

  1. चलचित्र पत्रकार सङ्घ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’बाट कसलाई सम्मानित ग-यो ?

– शान्तिप्रिय

Explanation:

  • शान्तिप्रिय (पुरस्कार राशि रु. ५५,५५५।–)
  • राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान (२०८०) : पत्रकार तुलसी गिरी भावुक र श्रीराम सिग्देल
  • राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (२०८०) : कुवेर डङ्गोल र दीपज्योति थापा
  • राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार : सृष्टि पोखरेल
  • राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (मोफसल) : रवि अधिकारी
  1. नेपाल सङ्गीत विधातर्फको सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, २०७९ कसलाई प्रदान गरियो ?

–  गणेश रसिक

Explanation:

  • सङ्गीत विधातर्फ : गायक तथा सङ्गीतकार गणेश रसिक,
  • लोकसङ्गीत विधातर्फ : लोकगायक नवीनकिशोर राई,
  • परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ : सङ्गीतकार विजयकुमार श्रेष्ठ,
  • रङ्गमञ्च विधातर्फ : नाट्य निर्देशक भैरव क्षेत्री,
  • नाटक विधातर्फ : नाट्यकर्मी प्रा. डा. रामचन्द्र पोखरेल र
  • नृत्य विधातर्फ : लोक नृत्यकार कुलमान नेपाली
  1. सार्कस्तरीय बाल साहित्य तदर्थ समितिको गठन कहिले गरिएको हो ?

– वि.सं. २०७९ चैत ४

Explanation:

  • बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको संयोजकत्वमा सार्कस्तरीय बाल–साहित्यकारको एकता, सहकार्य र सार्कस्तरीय बाल साहित्य संस्था बनाउने उद्देश्यले तदर्थ समिति गठन गरिएको ।
  • समितिको सचिवमा बङ्गलादेश शिशु साहित्यिक फोरमका अध्यक्ष हुमायु कविर ढाली रहेका । सदस्यमा नेपालका बालसाहित्यकार विजयराज आचार्य र अनन्त वाग्ले, बङ्गलादेशका सुजन बरुवा र डा. मिजानुर रहमान कल्लोल तथा भारतका अजित पात्र र माणिक पण्डित रहेका ।
  1. साहित्य कलाश्री पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ?

– वैरागी काइॅला

  1. नेपाल लेखक सङ्घले राष्ट्रिय लेखन पुरस्कार कसलाई प्रदान गर्ने निर्णय ग-यो ?

– वैरागी काइँला

Explanation:

  • सङ्घद्वारा पहिलो पटक प्रदान गरिने यस पुरस्कारको राशि एक लाख रुपियाँ रहेको ।
  • सङ्घले वैशाख १६ (२०८०) मा राष्ट्रिय लेखक दिवस मनाउने र सोही अवसरमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको ।
  • वि.सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि, लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरेर तत्कालीन श्री ३ भीमशमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ बाट हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाई दण्डित गरेको स्मरण गर्दै राष्ट्रिय लेखक दिवस मनाउने निर्णय भएको ।
  1. विन्ध्यवासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्ड, २०७९ बाट सम्मानित हुने कलाकार को हुन् ?

– प्रकाश गुरुङ

  1. आदर्श पत्रकारिता पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ?

– वरिष्ठ पत्रकार किशोर नेपाल

  1. SAARC साहित्य पुरस्कार २०२३ कसलाई प्रदान गरियो ?

– सेख मुजिबुर रहमान

Explanation:

बंगलादेशका शेख मुजिबुर रहमानलाई मरणोपरान्त सार्कको “विशेष साहित्य पुरस्कार” बाट सम्मानित गरिएको छ।
“The Unfinished Memoirs, The Prison Diary र The New China 1952” पुस्तकका लागि सम्मानित भएका
पुरस्कार वितरण गर्ने : सार्क लेखक तथा साहित्य प्रतिष्ठान (Foundation of SAARC Writers and Literature))
“बंगबन्धु” भनेर प्राय चिनने उनी बंगलादेशका पहिलो राष्ट्रपति र दोस्रो प्रधानमन्त्री थिए। उनलाई बंगलादेशको राष्ट्रपिता भनेर समेत चिनिन्छ।

  1. सियोल शान्ति पुरस्कार, २०२२ कसलाई प्रदान गरियो ?

– Tim Berners-Lee

Explanation:

  • यो पुरस्कार सन् २०२० मा आईओसीका अध्यक्ष थोमस वाचलाई प्रदान गरिएको ।
  • सन् २०१८ मा यस पुरस्कारबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्मानित भएका ।
  • पुरस्कार राशि दुई लाख अमेरिकी डलर रहेको ।
  • पुरस्कारको स्थापना सन् १९९० मा भएको ।
  1. एबेल पुरस्कार २०२३ कसलाई प्रदान गरियो ?

– Luis Caffareli

Explanation:

  • गणितमा Nonlinear Partial Equations & Free-boundary Problems का लागि गरिएको योगदान बापत पुरस्कारबाट सम्मानित भएका ।
  • About Abel Prize गणितको क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत नर्वेका राजा द्वारा वार्षिक प्रदान गरिन्छ ।
  • पहिलो वितरण : सन्‌ 2003 यस पुरस्कारको नाम नर्वेजियन गणितज्ञ निल्स हेनरिक एबेलको नाममा राखिएको,
  • यसलाई गणित क्षेत्र नोबेल पुरस्कारको रुपमा समेत लिइन्छ ।
  • पुरस्कार राशी : 7,50,000 क्रोन (नर्वेजियन मुद्रा) नर्वेजियन शिक्षा मन्त्रालयको तर्फबाट नर्वेजियन एकेडेमी अफ साइन्स एन्ड लेटरले पुरस्कार प्रदान गर्छ ।
  1. डा. एपीजे अब्दुल कलाम अवार्ड, २०२२ कसलाई प्रदान गरियो ?

– नेपाली राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)

  1. निफ फिल्म फेस्टिभल २०७९ मा सर्वश्रेष्ठ नेपाली फिचर फिल्मको विधामा जित हासिल पार्न कुन फिल्म सफल भयो ?

– ऐना झ्यालको पुतली

  1. २०७९ पुष्पराग वर्ष सम्मान तथा पुरस्कार प्राप्त गर्ने व्यक्ति को हुन् ?

– रत्न प्रजापति

  1. विराट राजाको दरबार संग्राहलय उद्दघाटन कहिले गरिएको थियो (वि.सं.) ?

– २०७९ फाल्गुण २८

Explanation:

  • कसले निर्माण गरेको: नेपाली सेना कसलाई हस्तान्तरण गरिएको : विराटनगर महानगरपालिका
  1. दोस्रो नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्डस–२०७९ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने कलाकार को हुन् ?

– कलाकार मदनकृष्ण श्रेष्ठ

  1. राष्ट्रिय बालनाटक मेला २०७९ मा सर्वोत्कृष्ट नाटकको उपाधि चुम्न सफल नाटक कुन हो ?

– पार्वती

Explanation:

भक्तपुरको निस्ट स्कुलद्वारा प्रस्तुत गरिएको नाटक पार्वतीले सर्वोत्कृष्ट नाटक घोषित हुँदै एक लाख रुपियाँ नगद राशि प्राप्त गरेको ।

  1. फोनिज युके पत्रकारिता पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ?

– पत्रकारद्वय रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठ

Explanation:

नेपाल आदिवासी पत्रकार महासङ्घ (फोनिज)ले पत्रकारिताको माध्यमबाट आदिवासीका भाषा, कला, संस्कृति, साहित्यको उत्थानका लागि योगदान पु-याएका दुई पत्रकारलाई फोनिज युके पत्रकारिता पुरस्कार प्रदान गरेको । सन् २०१६ देखि फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार दिइँदै आएको ।

  1. तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका व्यक्ति को हुन् ?

– अभिनेता अक्षय कुमार

Explanation:

तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै बलिउड अभिनेता अक्षय कुमारले गिनिज विश्‍व कीर्तिमान राखेका छन् । मुम्बईमा आयोजित समारोहमा अक्षयले कीर्तिमान रचेका हुन् । रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

  1. बेस्ट पप सोलो परफरमेन्स को बिजेता को हुन् ?

– Adele

  1. बेस्ट डान्स म्युजिक एल्बम को बिजेता को हुन् ?

– Beyonce

  1. बेस्ट न्यु आर्टिस्ट को बिजेता को हुन् ?

– Samara Joy

  1. संग अफ द इयर को बिजेता को हुन् ?

– Bonnie Raitt

  1. एलबम अफ द इयर को बिजेता को हुन् ?

– Harry Style

  1. रेकर्ड अफ द इयर को बिजेता को हुन् ?

– Lizzo

  1. बियोन्सेको ग्रामी संख्या कति छ ?

– ३२

  1. सबै भन्दा धेरै ग्रामी अवार्ड जिती किर्तिमन हासिल गर्ने कलंकर को हुन् ?

– बियोन्से

  1. ६५ औ ग्रामी अवार्ड कहिले वितरण गरिएको हो ?

– सन् २०२३ फ्रेब्रुअरी ५

  1. अमेरिकाको न्यु अर्लियन्समा सम्पन्न मिस युनिभर्स–२०२२ को उपाधि जित्ने सुन्दरी को हुन् ?

–  USA R’Bonney Gabriel

Explanation:

  • प्रतियोगितामा भेनेजुयलाकी अमान्डा डुडामेल फस्ट रनर्सअप र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज फ्युनियर सेकेन्ड रनर्सअप भएका ।
  • ८० देशका सुन्दरीको सहभागिता रहेको मिस युनिभर्समा नेपालबाट सोफिया भुजेलले सहभागिता जनाएकी ।
  1. Voice of Nepal Season 4 को विजेता को हुन् ?

– करण राई

  1. Time Person of The Year 2022 बाट सम्मानित व्यक्ति को हुन् ?

– भ्लादिमिर जेलेन्स्कि

  1. नेपालकै पहिलो युद्द संग्रालय कहिले स्थापना भयो ?

– वि.स. २०७८ साउन १३

  1. नेपालकै पहिलो युद्द संग्रालय कुन ठाउँमा स्थापना गरिएको छ ?

– सिन्धुली

  1. इन्दिरा गान्धी प्रियादर्शनिक लाइफटाइम एचिभमेन्ट अवार्ड,२०२२ कसलाई प्रदान गरियो ?

– प्रमिला आचार्य रिजाल

  1. अन्तराष्ट्रिय गान्धी नोवेल पिस अवार्ड, २०२२ कसलाई प्रदान गरियो ?

– गणेश प्रसाद घिमिरे

  1. वसन्तपुरको एतिहासिक गद्दी बैठक कहिले स्थापना भएको थियो ?

– वि.स. १९६५

  1. वसन्तपुरको एतिहासिक गद्दी बैठक सर्वसाधारणको लागि खुला कहिले गरियो ?

– वि.स. २०७८ चैत्र १५

  1. मिस्टर नेपाल-२०२२ को उपाधि कसले हात पर्यो ?

– नुतन श्रेष्ठ

  1. राष्ट्रिय कलाश्री सम्मान-२०७८ कसलाई प्रदान गरियो ?

– साहित्यसाधक परशु प्रधान

  1. उत्तम शान्ति पुरष्कार-२०७८ कसलाई प्रदान गरियो ?

– सत्यमोहन जोशी र गिरिश गिरि

  1. जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोसणा कहिले गरियो ?

– वि.स. २०७९ असार ६

  1. एशिया डेभलपमेन्ट लिडरसिप अवार्ड, २०२२ बाट सम्मानित हुने नेपाली को हुन् ?

– सुरेन्द्र भट्टराई

  1. मिस नेपाल इन्टरनेशनल २०२२को बिजेता को हुन् ?

– न्यान्सी खड्का

  1. मिस नेपाल अर्थ २०२२को बिजेता को हुन् ?

– सरिशा श्रेष्ठ

  1. सन् २०२०को मिस नेपाल को हुन् ?

– नम्रता श्रेष्ठ

  1. नेपालको पहिलो मिस नेपाल को हुन् ?

– रुबी राना

  1. मिस नेपाल प्रतियोगिताको सुरुवात कहिले देखि भएको हो ?

– सन् १९९४

  1. मिस नेपाल २०२२ को बिजेता को हो ?

– प्रियंका रानी जोशी

  1. मिस नेपाल २०२२ कहिले घोषणा भएको हो ?

– सन् २०२२ जुन १८

  1. सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?

– वि.स. २०७९ असार ६

  1. एसईई नेशनल २०२२को उपाधि जित्ने प्रतिभाको हुन् ?

– ह्स्टि बस्नेत

  1. वि.सं. २०७९ असार ४ मा भएको मिस नेपाल २०२२ मा मिस नेपाल अर्थको उपाधि जित्ने प्रतिभा को हुन् ?

– सरिशा श्रेष्ठ

  1. वि.सं. २०७९ असार ४ मा भएको मिस नेपाल २०२२ मा मिस नेपाल इन्टरनेशनलको उपाधि जित्ने प्रतिभा को हुन् ?

– न्यान्सी खड्का

  1. वि.स. २०७९ असार ४ मा भएको मिस नेपाल २०२२को उपाधि जित्ने प्रतिभा को हुन् ?

– प्रियंकारानी जोशी

  1. वि.स. २०७९ वैशाखमा सम्पन्न विन्ध्यवासिनी साधना सम्मान पुरस्कारको पुरस्कार राशी कति थियो ?

– रु ५०,०००

  1. वि.स. २०७९ वैशाखमा सम्पन्न विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार राशी कति थियो ?

– रु १,००,०००

  1. वि.स. २०७९ वैशाखमा सम्पन्न विन्धवासिनी साधना सम्मान पुरस्कार कसलाई प्रदान गरियो ?

– गायिका तारा थापा

  1. वि.स. २०७९ वैशाखमा सम्पन्न विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने कलाकार को हुन् ?

– गीतकार विश्‍ववल्लभ

  1. नई गणेश दुर्गा अन्तरास्ट्रिय पुरस्कार २०७८ को पुरस्कार राशी कति थियो ?

– रु १,००,०००

  1. नई गणेश दुर्गा अंतरात्रिया पुरस्कार २०७८ कसलाई प्रदान गरिएको थियो ?

– छविलाल उपाध्याय

  1. नई प्रकाशनले २०७८ सालको ‘नई देरुनिख अन्तरास्ट्रिय पुरस्कार’ कसलाई प्रदान गरियो ?

– मोहन सिटौला

  1. सन् २०२१ को बुकर पुरस्कार कसले पाए ?

– डामो गाल्गोट, दक्षिण अफ्रीका

  1. ७०औं मिस युनिवर्स २०२१ को उपादी कसले जित्न सफल भएको छ ?

– हर्नाज़ सन्धु

  1. टाइम पर्सन अफ दि इयर २०२१ को बन्न सफल भएका छन् ?

– एलन मस्क

  1. उत्तम शान्ति पुरस्कार २०७६ कसलाई प्रदान गरिएको थियो ?

– मेरो अपहरण

  1. उत्तम शान्ति पुरष्कार २०७७ कसलाई प्रधान गरिएको थियो ?

– विगत र बाडुली

  1. उत्तम शान्ति पुरस्कार कहिले प्रदान गरिन्छ ?

– हरेक वर्ष जेठ १२

  1. उत्तम शान्ति पुरस्कार कसले स्थापना गरेका हुन् ?

– शान्ति कुँवर

  1. उत्तम शान्ति पुरस्कारको स्थापना कहिले भएको थियो ?

– वि.स. २०४४

  1. उत्तम शान्ति पुरस्कार २०७८ को पुरष्कार राशी कति थियो ?

– रु. १,००,०००

  1. सत्यमोहनका लेखक को हुन् ?

– गिरिश गिरि

  1. उत्तम शान्ति पुरस्कार-२०७८ कसलाई प्रदान गरियो ?

– सत्यमोहन

  1. काठमाडौँमा आयोजित १०औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल अवार्ड २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फको अवार्ड जित्न सफल लघु फिल्म कुन हो ?

– घोस्ट अफ स्पेसटाइम

  1. मधुपर्क सम्मान (पद्य) २०७९ बाट सम्मानित सर्जक को हुनुहुन्छ ?

– गणेश रसिक

  1. मधुपर्क सम्मान (गद्य) २०७९ बाट सम्मानित सर्जक को हुनुहुन्छ ?

– पुरुषोत्तम बस्नेत

  1. अजर अमर सम्मान २०७८ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

– माणिकरत्न स्थापित

  1. नाइटिङ्गेल नर्सिङ अवार्डबाट सम्मानित हुने नेपाली को हुन् ?

– नर्स विमला श्रेष्ठ

  1. फिल्म क्षेत्रको प्रतिष्ठित मानिएको कान्सफिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जित्न सफल नेपाली सर्ट फिल्म कुन हो ?

– लोरी

  1. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट सम्मानित हुने कलाकार को हुन् ?

– रंगकर्मी ऋद्धिचरण श्रेष्ठ, वरिष्ट जलतरंगावाधक मोहन प्रसाद जोशी, वरिष्ट नृत्य निर्देशक विणा राजभण्डारी जोशी

  1. Miss Universe-2021 को Second Runner Up कुन देश हुन साफल भयो ?

– South Africa

  1. Miss Universe-2021 को First Runner Up कुन देश हुन साफल भयो ?

– Paraguay

  1. Miss Universe-2021 को बिजेता कुन देश हुन साफल भयो ?

– India

  1. Miss Univer-2021 को बिजेताको नाम के हो ?

– हर्नाज़ सन्धु

  1. Miss Universe Nepal-2021 को बिजेता को नाम के हो ?

– सुजिता बस्नेत

  1. कमेडी च्याम्पेन-२ को बिजेता को भए ?

– भरतमणि पौडेल

  1. ईन्जा खोजी पत्रकारिता पुरस्कार,२०२२ कसलाई प्रधान गरीयो ?

– गजेन्द्र बुढाथोकी

  1. प्रतिष्ठित अस्कर एकेडेमी अवार्डको ९४ औँ संसकरणमा सर्वोत्कृष्ट ठहरिने अभिनेता को हुन् ?

– विल स्मिथ

  1. प्रतिष्ठित अस्कर एकेडेमी अवार्डको ९४ औँ संसकरणमा सर्वोत्कृष्ट ठहरिने फिल्म कुन हो ?

– कोडा

  1. २०७८ फागुनमा राजधानीमा सम्पन्न मिस ब्युटिफुल नेपाल २०२२ प्रतियोगिताको उपाधि जित्ने युवती को हुन् ?

– यसिमा मल्ल ठकुरी

error: Content is protected !!