खेलकुद विशेष

खेलकुद

१. सन् २०२३ सेप्टेम्बरमा सार्वजनिक फिफा वरीयतामा नेपाल कति औँ स्थानमा रहेको छ  ?

– १७५ औँ

Explanation:

  • शीर्ष पाँच स्थानमा रहेका राष्ट्रहरू : अर्जेन्टिना, फ्रान्स, ब्राजिल, इङ्ग्ल्यान्ड र बेल्जियम ।

दक्षिण एसियाली राष्ट्रहरूको स्थिति

  • भारत : १०२ औँ
  • माल्दिभ्स : १५५ औँ
  • नेपाल : १७५ औँ
  • भुटान : १८४ औँ
  • बङ्गलादेश : १८९ औँ
  • पाकिस्तान : १९७ औँ
  • श्रीलङ्का : २०२ औँ

२. एसिया कप क्रिकेट, २०२३ को सञ्चालन मिति कुन हो  ?

– सन् २०२३ अगस्ट ३०–सेप्टेम्बर १७

Explanation:

  • आयोजक राष्ट्र : पाकिस्तान र श्रीलङ्का संयुक्त रूपमा
  • विजेता : भारत (उपविजेता : श्रीलङ्का)
  • यससँगै भारत एसिया कपमा आठौँ पटक च्याम्पियन बनेको । भारतले यसअघि १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । गत संस्करणमा श्रीलङ्का च्याम्पियन बनेको थियो ।
  • फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५.२ ओभर खेल्दै ५० रनमा अलआउट भएको थियो । जवाफमा भारतले ६.१ ओभरमै ५१ रन बनाएर जित हासिल गरेको थियो ।
  • फाइनल खेलका म्यान अफ द म्याच : मोहमद सिराज (भारत)
  • प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी : भारतीय स्पिनर कुलदीप यादव
  • एसिया कपमा नेपालले पहिलो पटक (सन् २०२३ मा) सहभागिता जनाएको थियो । नेपालले प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा ग¥यो । पहिलो पटकको सहभागितामै नेपालले प्रभावशाली प्रदर्शन गरी मन जित्न सफल भएको ।

३. अठारौँ एसिया कप फुटबल प्रतियोगिता–२०२३ कुन देशमा आयोजना हुने भएको छ  ?

– कतार

Explanation:

  • एसिया कप सन् २०२४ जनवरी १२–फेब्रुअरी १० सम्म सञ्चालन हुने ।
  • पुरुष एसियन कप फुटबलमा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने ।
  • एसियाली फुटबल महासङ्घ (एएफसी) ले पहिलो पटक पुरुष एसिया कपमा महिला रेफ्रीलाई खेल खेलाउन मान्यता दिएको ।

. सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझोउमा आयोजित एसियाली खेलमा नेपालले कति खेलमा सहभागिता जनाउने भएको छ  ?

– १५

Explanation:

  • नेपालका २५३ खेलाडी सहभागी हुने ।
  • नेपाल सहभागी हुने खेल : बास्केट बल, आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ, ब्रेकिन, क्यानोइङ, क्रिकेट, साइक्लिङ, इस्पोर्ट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कपर्दी, कराँते, रग्वी, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु ।

. बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा को निर्वाचित भएका छन्  ?

– पारस खड्का

Explanation:

विभिन्न प्रदेशका प्रादेशिक क्रिकेट ट सङ्घ अध्यक्ष

  • कोशी प्रदेश : सर्वजित पाण्डे
  • मधेश प्रदेश : सुनिलकुमार महासेठ
  • बागमती प्रदेश : पारस खड्का
  • गण्डकी प्रदेश : सञ्जयकान्त सिग्देल
  • लुम्बिनी प्रदेश : सञ्जय गुरुङ
  • कर्णाली प्रदेश : पदम खड्का
  • सुदूरपश्चिम प्रदेश : वासुदेव जोशी

. फिफाद्वारा सन् २०२६ को विश्वकप फुटबल प्रतियोगितामा एसियाबाट कति टोलीको कोटा निर्धारण गरिएको छ  ?

– आठ

. कोनकाकाफ गोल्डकप फुटबल प्रतियोगिता २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो  ?

– मेक्सिको

Explanation:

  • मेक्सिकोले पानामालाई १–० गोल अन्तरले हराउँदै नवौँ पटक उपाधि चुमेको छ ।
  • कोनकाकाफ प्रतियोगिताको उपाधि सर्वाधिक नौ पटक जित्ने मेक्सिको एक्लो राष्ट्र बनेको छ ।
  • प्रतियोगिता अमेरिका र क्यानडामा संयुक्त रूपमा सन् २०२३ जुन २४ देखि जुलाई १६ सम्म सञ्चालन भएको हो ।

. सातौँ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय क्लब लिग, २०८० को उपाधि कसले जित्यो  ?

– पुरुषतर्फ : हेल्प नेपाल र महिला तर्फ : नेपाल पुलिस

Explanation:

हेल्प नेपालले फाइनलमा नेपाल पुलिसको टोलीलाई हराउँदै उपाधि जित्न सफल भएको हो । त्यस्तै महिलातर्फ पुलिसले अर्को विभागीय टोली सशस्त्र प्रहरी बललाई ३–१ को सेटमा हराउँदै उपाधि उचालेको हो । विजेता दुवै टोलीले समान छ लाख रुपियाँ एवं उपविजेता टोलीले समान तीन लाख रुपियाँ प्राप्त गरेका छन् । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ न्यु डायमन्ड तेस्रो भएका छन् । दुवैले समान एक लाख ५० हजार रुपियाँ प्राप्त गरेका छन् । नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिगमा पुरुषतर्फ एमल खान (हेल्प नेपाल) र महिलातर्फ पुनम चन्द (पुलिस क्लब) उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

. युरोकप यु–२१ फुटबल प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो  ?

– बेलायत

Explanation:

बेलायत बलियो प्रतिद्वन्द्वी स्पेनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । बेलायतले ३९ वर्षपछि यु–२१ युरोपेली च्याम्पियनको उपाधि जितेको हो । यसअघि सन् १९८४ मा बेलायत च्याम्पियन बनेको थियो । यस प्रतियोगिताको उपाधि सर्वाधिक स्पेन र इटालीले पाँच–पाँच पटक जितेका छन् ।  सन् २०२३ जुन २१ देखि जुलाई ८ सम्म प्रतियोगिता सञ्चालन भएको थियो। जर्जिया र रोमानियाद्वारा संयुक्त रूपमा प्रतियोगिता आयोजना गरिएको थियो ।

१०. पहिलो नेपाल ओलम्पिक कमिटी (एनओसी) अवार्ड २०२२ कसलाई प्रदान गरियो  ? (सर्वश्रेष्ठ पुरुष प्रशिक्षक)

– दीपक मगर (तेक्वान्दो)

११. पहिलो नेपाल ओलम्पिक कमिटी (एनओसी) अवार्ड २०२२ कसलाई प्रदान गरियो  ? (सर्वश्रेष्ठ महिला खेलाडी)

– गौरिका सिंह (पौडी)

१२. पहिलो नेपाल ओलम्पिक कमिटी (एनओसी) अवार्ड २०२२ कसलाई प्रदान गरियो  ? (सर्वश्रेष्ठ पुरुष खेलाडी)

– प्रिन्स दाहाल -ब्याडमिन्टन

१३. माल्दिभ्सको मालेमा सम्पन्न १३ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्न सफल खेलाडी को हुनुहुन्छ  ?

– ललित धिमाल

Explanation:

ललितले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

१४. साफ च्याम्पियनसिप २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो  ?

– भारत

Explanation:

घरेलु भूमिमा भारतले कुबेतलाई ‘सडन डेथ’ मा ५–४ ले हराउँदै नवौँ पटक उपाधि जितेको छ । यसअघिको संस्करणमा भारत विजेता तथा नेपाल उपविजेता बनेका थिए ।

१५. एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो  ?

– नेपाल

Explanation:

नेपालले घरेलु टिम मलेसियालाई २२१ रनले हराएर ट्रफी चुमेको हो । नेपालको यो ह्याट्रिक उपाधि हो । सन् २०१७ मा सिङ्गापुर र सन् २०१९ मा मलेसियालाई नै हराएर नेपालको यु–१६ टिमले उपाधि जितेको थियो ।

१६. युइएफए नेसन्स लिग–२०२३ को उपाधि जित्न सफल राष्ट्र कुन हो  ?

– स्पेन

Explanation:

स्पेनले सन् २०२३ जुन १८ मा क्रोएसियालाई सडनडेथमा ५–४ ले हराएर नेसन्स लिगको उपाधि जितेको। स्पेनले ११ वर्ष पछि अन्तर्राष्ट्रिय फुटबल उपाधि हात पारेको। यसअघि स्पेनले सन् २०१० मा विश्वकप र सन् १९६४, २००८ तथा २०१२ मा युरोपेली च्याम्पियनसिप जितेको थियो । क्रोएसिया भने पटक पटक सँघारमा पुगेर पनि अझै पहिलो अन्तर्राष्ट्रिय उपाधिको पर्खाइमा छ। लुका मोड्रिचको क्रोएसिया सन् २०१८ को विश्वकपमा दोस्रो र सन् २०२२ को कतारमा भएको विश्वकपमा तेस्रो भएको थियो । नेसन्स लिग–२०२३ मा इटलीले घरेलु टोली नेदरल्यान्ड्सलाई ३–१ ले पराजित गरी तृतीय स्थान हासिल गरेको ।

१७. यु–२० विश्वकप २०२३ को विजेता राष्ट्र कुन हो  ?

– उरुग्वे

Explanation:

  • उरुग्वे इटलीको यु–२० फुटबल टोलीमाथि १–० को कठिन जित निकाली विश्व च्याम्पियन बनेको ।
  • खेल आयोजना : अर्जेन्टिना, सन् २०२३ मे २०–जुन ११
  • छ महादेशका २४ राष्ट्रको सहभागिता रहेको ।
  • सहभागी राष्ट्रलाई छ समूहमा विभाजन गरिएको थियो ।

१८. पुरुष टेनिस इतिहासमा सर्वाधिक २३ पटक ग्रान्डस्लाम विजेता बनी रेकर्ड कायम गर्न सफल खेलाडी को हुन्  ?

– नोभाक जोकोभिक

Explanation:

  • जोकोभिकले राफेल नाडालको २२ ग्रान्डस्लामलाई पछि पार्दै २३ औँ पटक सो उपाधि जितेका ।
  • यस सफलतासँगै पुरुष टेनिस विधामा जोकोभिकलाई सर्वकालीन महान् खेलाडीका रूपमा हेरिएको ।

१९. युरोपेली च्याम्पियन्स लिग २०२३ को उपाधि जित्ने फुटबल क्लब कुन हो  ?

– म्यान्चेस्टर सिटी

Explanation:

  • इङ्ग्लिस प्रिमियर लिग क्लव म्यान्चेस्टर सिटीले पहिलो पटक च्याम्यिन लिग उपाधि जितेको ।
  • यसअघि म्यान्चेस्टर सिटीले प्रिमियर लिग र एफए कप पनि हात पारेको । म्यान्चेस्टर सिटीले एकै सत्रमा तीन उपाधि जितेर म्यान्चेस्टर युनाइटेडले बनाएको इतिहासको बराबरी गरेको । म्यान्चेस्टर युनाइटेडले सन् १९९९ मा सो दुर्लभ उपाधि हासिल गरेको थियो ।
  • इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले क्लबको इतिहासमा पहिलो पटक यो उपाधि जित्न सफल भएको ।

२०. २०० वटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेलेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल पहिलो पुरूष खेलाडी को हुन् ?

– क्रिस्टियानो रोनाल्डो

Explanation:

युरोपियन च्याम्पियन्सिपको छनोट म्याचमा आइसल्यान्ड विरूद्ध खेलेर उनले यो किर्तिमान राखेका हुन्। सो खेलमा ८९ औ मिनेटमा निर्णायक गोल समेत गरेका थिए ।

२१. सन् २०२४ को गृष्मकालीन ओलम्पिक खेलकुद कुन देशमा आयोजना हुने भएको छ  ?

– फ्रान्स

Explanation:

२२. गृष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने विश्वको पहिलो सहर कुन हो  ?

– बेइजिङ

Explanation:

  • सन् २०२२ मा २४ औँ शीतकालीन ओलम्पिक आयोजना गरेको बेइजिङले सन् २००८ मा गृष्मकालीन खेलकुद आयोजना गरेको थियो ।
  • २४ औँ शीतकालीन ओलम्पिकमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल राष्ट्र क्रमशः नर्वे, जर्मनी
    र चीन हुन् ।

२३. विसं २०८० जेठ २७ मा सम्पन्न ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन’ को उपाधि जित्ने क्लब कुन हो  ?

– चर्च ब्वाइज युनाइटेड

Explanation:

  • चर्च ब्वाइज ‘ए’ डिभिजन लिगको पहिलो सहभागितामा नै लिग च्याम्पियन हुन सफल भएको । गत वर्ष ‘बी’ डिभिजन लिग च्याम्पियन भएर चर्च ब्वाइजले यस पटक पहिलो पल्ट घरेलु शीर्ष लिग खेलेको थियो ।
  • चर्च ब्वाइज डेब्युमै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि मनाङ–मस्र्याङ्दी क्लबले २०४३ सालमा डेब्युमै लिग च्याम्पियन बन्ने सौभाग्य प्राप्त गरेको थियो ।
  • उपाधि विजेता चर्च ब्वाइजले ७५ लाख रुपियाँ पुरस्कार हात पारेको छ । त्यस्तै उपविजेता मच्छिन्द्र फुटबल क्लबले ५० लाख रुपियाँ तथा तृतीय स्थान हासिल गरेको नेपाल पुलिस क्लबले ३५ लाख रुपियाँ प्राप्त गरेको छ ।

२४. दस घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको आरोहण गर्ने विश्वकै कान्छो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्न सफल आरोही को हुनुहुन्छ  ?

– निमा रिन्जी शेर्पा

Explanation:

  • १७ वर्षीय निमा सन् २०२३ मे २५ (जेठ ११) का दिन बिहान २:३० बजे ८,८४८.८६ मिटर उचाइको सगरमाथाको शिखर पुग्नुभएको थियो । त्यसपछि ८,५१६ मिटर उचाइको ल्होत्सेतर्फ उहाँ लाग्नुभएको थियो । यही दिन ११:५० बजे हिमालको चुचुरोमा पुगेर सो कीर्तिमान उहाँले कायम गर्नुभएको थियो ।
  • उहाँले यसअघि १६ वर्षको उमेरमा नै पर्वतारोहणमा विश्व कीर्तिमान बनाउनुभएको थियो । सन् २०२२ सेप्टेम्बर ३० मा उहाँले विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मि) आरोहण गरी सो हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा (१६ वर्ष पाँच महिना १२ दिन) आरोहीको रेकर्ड राख्नुभएको थियो ।

२५. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल दोहोर्याएर आरोहण गर्न सफल विश्वकै एक मात्र आरोही को हुनुहुन्छ  ?

– सानु शेर्पा

Explanation:

  • उहाँले सन् २०२२ जुलाई २१ मा पाकिस्तानको गसेर्वरुम–२ आरोहण गरेसँगै यो कीर्तिमान कायम गर्नुभएको हो । उहाँले सन् २००७ देखि आरोहण सुरु गर्नुभएको थियो ।

२६. यौन सम्पर्कलाई खेलको रूपमा घोषणा गर्ने पहिलो देश कुन हो ?

– स्वीडेन

Explanation:

सन् २०२३ जुन ३ गतेका दिन  स्वीडेनले आधिकारिक रूपमा यौन सम्पर्कलाई खेलको रूपमा घोषणा गरेको छ । अर्को हप्ता पहिलो पटक यौन प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरूले यौन सत्रहरूमा संलग्न हुनेछन् जुन दैनिक छ घण्टासम्म चल्न सक्छ ।

२७. सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिलो बझाङकी आरोही को हुनुहुन्छ  ?

– सङ्गीता रोकाया

Explanation:

  • साइपाल गाउँपालिका–४ की रोकाया छाउपडी प्रथा अन्त्यको सन्देशसहित विश्वको सर्वोच्च शिखर पुग्नुभएको हो ।
  • उहाँले विसं २०८० जेठ ३ मा सगरमाथा आरोहण गर्नुभएको थियो ।

२८. दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको सफल आरोहण कहिले गरेका हुन्  ?

– विसं २०८० जेठ ५

Explanation:

  • यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्पुटी एभोव नी’ (घुँडामाथिबाट दुवै खुट्टा विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका ।
  • कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका ।
  • सगरमाथामा स्काइ ड्राइभ गर्ने ‘डबल एम्पुटी एभोब नी’ को रेकर्ड पनि बुढामगरले राख्न सफल भएका ।
  • रोल्पाको थवाङका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।

२९. फिफा विश्वकप २०२६ को लोगो कहिले सार्वजनिक भएको हो  ?

– सन् २०२३ मे १८

Explanation:

  • विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोद्वारा एक समारोहबिच सो लोगो अनावरण गरिएको ।
  • लोगो सरल डिजाइनको रहेको ।
  • आगामी संस्करणको विश्वकपमा पहिलो पटक ४८ टिमले प्रतिस्पर्धा गर्ने ।
  • खेल अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने ।

३०. सगरमाथाको सर्वाधिक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आरोही को हुन्  ?

– कामिरिता शेर्पा

Explanation:

  • उनले विसं २०८० जेठ ९ (सन् २०२३ मे २३) मा २८ औँ पटक आरोहण गरी आफ्नै रेकर्ड तोडेका ।
  • उनले विसं २०८० जेठ ३ (सन् २०२३ मे १७) मा २७ औँ पटक आरोहण गरेका ।
  • सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका कामिरिताले पहिलो पटक सन् १९९४ मे १३ मा सगरमाथा आरोहण गरेका ।
  • विसं २०८० जेठ ८ मा अर्का आरोही ४६ वर्षीय पासाङ दावा शेर्पाले २७ औँ पटक सगरमाथाको आरोहण गर्न सफल भएका ।

३१. लाउरेस वल्र्ड स्पोर्ट्स अवार्ड अन्तर्गत स्पोटर्सम्यानसिप अवार्ड–२०२३ जित्ने फुटबल खेलाडी को हुन्  ?

– लियोनल मेसी

Explanation:

  • त्यसै गरी लाउरेस स्पोटर्स अवार्ड अन्तर्गत ‘टिम अफ दी इयर’ को अवार्ड अर्जेन्टिनाले जितेको ।
  • महिलातर्फको उपाधि (स्पोटर्स वुमन अफ दी इयर जमैकन स्प्रिन्टर) सेली फ्रेजर (दौड) ले जितेकी ।
  • अवार्ड कार्यक्रममा डेनमार्कका मिडफिल्डर व्रिmस्टियन इरिक्सनले कमव्याक अफ दी इयरको उपाधि जितेका ।
  • लाउरेस स्पोटर्स फर गुड अवार्ड बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेबान्डोस्कीले प्राप्त गरेका ।
  • विश्वका प्रसिद्ध मिडियाकर्मीहरूले वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र क्लबस्तरीय खेलमा खेलाडीले गरेको प्रदर्शनका आधारमा मनोनयन गर्ने र सोपश्चात् लाउरेस स्पोर्ट्स एकेडेमीका ७१ सदस्यले मनोनयनमा परेका खेलाडीको विश्लेषण गरी विजेता छनोट गर्ने ।

३२. U-19 विश्वकप क्रिकेट छनौट (२०२३) मा नेपालका कुन खेलाडीले ह्याट्रिक विकेट लिन सफल भए  ?

– दिपेश कंडेल

३३. U-19 विश्वकप क्रिकेट छनौट (२०२३) मा नेपालले युएईको कति रनमा सबै विकेट लिन सफल भए  ?

– १८४

३४. U-19 विश्वकप क्रिकेट छनौट (२०२३) मा नेपालले युएईको कति ओभरमा सबै विकेट लिन सफल भए  ?

– ४८

३५. U-19 विश्वकप क्रिकेट छनौट (२०२३) मा नेपालले युएईलाई कति रनको लक्ष्य दिएको थियो  ?

– १९२

३६. U-19 विश्वकप क्रिकेट छनौट (२०२३) मा नेपालले युएईमाथि कति रनले जित हासिल गरेको थियो  ?

– ७

३७. U-19 विश्वकप क्रिकेट छनौट (२०२३) मा नेपालले कति खेल जितेको थियो  ?

– १ खेल, २ खेल, ३ खेल, सबै खेल

३८. U-19 विश्वकप क्रिकेट छनौट (२०२३) मा कति सहभागीराष्ट्र थिए  ?

– ६

३९. नेपाल U-19 विश्वकप क्रिकेटमा कहिले छनौट भएको थियो  ?

– सन्‌ २०२३ मार्च २

४०. नेपाल U-19 विश्वकप क्रिकेटमा कहिले छनौट भएको थियो  ?

– विस २०७९ फाल्गुन १८

४१. सन् २०२३ मा आयोजना हुने साफ च्याम्पियनसिपमा दक्षिण एसियाली क्षेत्रबाहिरबाट सहभागी हुने राष्ट्र कुन कुन हुन्  ?

– कुवेत र लेबनान

Explanation:

  • भारतको बेङ्गलुरुमा सन् २०२३ जुन २१–जुलाई ४ सम्म आयोजना हुने ।
  • सहभागी राष्ट्र: भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान, बङ्गलादेश, कुवेत र लेबनान ।
  • दक्षिण एसियाली देशहरूबिचको प्रतियोगितामा प्रतिस्पर्धा स्तर बढाउन भन्दै आमन्त्रित टिमहरूलाई सहभागी गराउने नीति साफले लिएको ।
  • माल्दिभ्समा सन् २०२१ मा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

४२. एसीसी मेन्स प्रिमियर कप २०२३मा सर्वोत्कृष्ट बलर उपाधिका विजेता बिलाल खान कुन टीमका खेलाडी हुन्  ?

– ओमान

४३. एसीसी मेन्स प्रिमियर कप २०२३मा सर्वोत्कृष्ट ब्याट्सम्यान उपाधिका विजेता भृत्य अरविन्द् कुन टीमका खेलाडी हुन्  ?

– युएई

४५. नेपाल एशिया कप क्रीकेटमा २०२३ बाहेक अरु कुन वर्ष छनोट भएको थियो  ?

– २००२

४५. एशिया कप क्रीकेट २०२३ मा समूह ‘बी’ मा कुन कुन टीम रहेका छन्  ?

– बंगलादेश, श्रीलंका, अफगानिस्तान, माथिको सबै

४६. एशिया कप क्रीकेट २०२३ मा समूह ‘ए’ मा कुन कुन टीम रहेका छन्  ?

– नेपाल , भारत, पाकिस्तान, माथिको सबै

४७. एशिया कप क्रीकेट २०२३ को खेल संख्या कति रहेको छ  ?

– १३

४८. एशिया कप क्रीकेट २०२३ मा कति टीम सहभागी हुने छन्  ?

– ६

४९. एशिया कप क्रीकेट २०२३ को आयोजक कुन देश हो  ?

– पाकिस्तान

५०. एशिया कप क्रीकेट २०२३ को खेल मिति कति रहेको छ  ?

– सन् २०२३ सेप्टेम्बर

५१. एशिया कप क्रीकेट २०२३ कति औ संस्करण हो  ?

– १६

५२. एसीसी मेन्स प्रिमियर कप २०२३ मा सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि जित्न को सफल भए  ?

– भृत्य अरविन्द्

५३. एसीसी मेन्स प्रिमियर कप २०२३ मा सर्वोत्कृष्ट बलरको उपाधि जित्न को सफल भए  ?

– बिलाल खान

५४. एसीसी मेन्स प्रिमियर कप २०२३ मा सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्न को सफल भए  ?

– सन्दीप लामिछाने

५५. एसीसी मेन्स प्रिमियर कप २०२३ को खेल संख्या कति थियो  ?

– २४

५६. एसीसी मेन्स प्रिमियर कप २०२३ को कति सहभागी टीम थिए  ?

– १०

५७. कति विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट हुन सफल भएको हो  ?

– ७

५८. एसीसी मेन्स प्रिमियर कप २०२३ को उपविजेता को थिए  ?

– यूएई

५९. एसीसी मेन्स प्रिमियर कप २०२३ को विजेता को थिए  ?

– नेपाल

६०. एसीसी मेन्स प्रिमियर कप २०२३ को आयोजक कुन देश थियो  ?

– नेपाल

६१. एसीसी मेन्स प्रिमियर कप २०२३ कहिले समाप्त भएको हो  ?

– सन् २०२३ मे २

६२. एसीसी मेन्स प्रिमियर कप २०२३ कहिले देखि सुरु भएको हो  ?

– सन् २०२३ अप्रिल १८

६३. एसीसी प्रिमियर कप क्रिकेट २०२३ को उपाधि कसले जित्यो  ?

– नेपाल

Explanation:

  • २०२३ अप्रिल १८ देखि मार्च २ सम्म नेपालमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको । फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो ।
  • नेपाली खेलाडी गुलशन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाए । यस्तै नेपालका कुशल भुर्तेल एक, आसिफ शेख आठ र कप्तान रोहितकुमार पौडेल एक रनमा आउट भएका थिए । युएईका रोहन मुस्ताफाले दुई र आयन अफजल खानले एक विकेट लिएका थिए ।
  • मार्च १ मा वर्षाले खेल स्थगित भएपछि मार्च २ मा खेललाई निरन्तरता दिइएको थियो । मार्च १ मा सुरु खेलमा नेपालले टस जितेपछि ब्याटिङमा आएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाई १०६ रन बनाएको अवस्थामा वर्षा सुरु भई खेल अवरुद्ध हुन पुगेको थियो । त्यही स्कोरबाट सुरु गरेको युएई ५.४ ओभर मात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो ।
  • यस प्रतियोगितामा कुल १० राष्ट्रको सहभागिता थियो । जसमा समूह ‘ए’अन्तर्गत नेपाल, ओमन, मलेसिया, साउदी अरब र कतार तथा समूह ‘बी’ तर्फ युएई, कुवेत, हङकङ, बहराइन र सिङ्गापुर थिए ।

६४. एकदिवसीय क्रिकेटको इतिहासमा सर्वाधिक तेज विकेट लिई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुन्  ?

– सन्दीप लामिछाने

Explanation:

  • सन्दीपले ४२ खेलमा एक सय विकेट हासिल गर्दै विश्व कीर्तिमान कायम गरेका ।
  • यसअघि सबैभन्दा तेज एक सय विकेटको कीर्तिमान अफगानिस्तानका लेग स्पिनर रसिद खान (४४ खेलमा १०० विकेट) को नाममा थियो ।
  • त्रि.वि. खेल मैदानमा २०८० वैशाख ८ (२०२३ अप्रिल २१) मा ओमानविरुद्ध भएको खेलमा आफ्नो पहिलो ओभरको तेस्रो बलमा नै आदिल सफिकलाई एलबीडब्लूको धरापमा पारेर उनले सो कीर्तिमान हासिल गरेका । उनी एकदिवसीय खेलमा एक सय विकेट लिने नेपालका पहिलो बलर पनि बनेका ।

६५. विश्वकप फुटबल–२०२६ मा कति समूह निर्माण गरिने भएको छ  ?

– १२

Explanation:

  • सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप समूहको फम्र्याट परिवर्तन भएको ।
  • विश्वकपको इतिहासमा पहिलो पटक ४८ देशबीच प्रतिस्पर्धा हुन गइरहेको । यसअघि ३२ टोलीले सहभागिता जनाउँदा चार–चार टोलीको आठ समूह विभाजित गरिएको थियो तर २०२६ को विश्वकपमा टोलीको सङ्ख्या बढेपछि फम्र्याटमा तीन–तीन टोली राखेर १६ समूह बनाउने बताइएको थियो तर अब चार–चार टोली सामेल गरेर १२ समूह बनाइने भएको ।
  • १२ समूहमा शीर्ष दुई टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली गरी कुल ३२ टोली दोस्रो चरणमा पुग्ने फिफाले जनाएको । प्रत्येक टोलीलाई कम्तीमा तीन खेल खेलाउनका लागि फम्र्याट परिवर्तन गरिएको फिफाले जनाएको ।
    विश्वकपमा छनोट हुने टोली:
  • एसियाबाट: ८,
  • अफ्रिकाबाट: ९,
  • उत्तर अमेरिकाबाट: ६,
  • दक्षिण अमेरिकाबाट: ६,
  • ओसियानाबाट : १ ,
  • युरोपबाट: १६,
  • प्लेअफबाट: २ (युरोपबाहेक अरू क्षेत्रका लागि प्लेअफ कोटा हुने ।)

६६. पहिलो नेपाल ओलम्पिक कमिटी (एनओसी) अवार्ड, २०२२ घोषित खेलाडी को हुन्  ?

– माथिका दुबै

Explanation:

  • सर्वश्रेष्ठ पुरुष प्रशिक्षक दीपक मगर (गल्फ) र महिला प्रशिक्षक सङ्गीता वैद्य (तेक्वान्दो) घोषित भएका ।
  • खेलकुद संस्थामा नेपाल तेक्वान्दो सङ्घ उत्कृष्ट घोषित भएको ।
  • अन्तर्राष्ट्रिय ओलम्पिक डे जुन २३ को अवसरमा अवार्ड घोषणा गरिएको ।
  • पुरस्कार राशि जनही रु. ५० हजार रहेको ।

६७.  थ्री नेसन्स कप २०२३ को उपाधि जित्न सफल राष्ट्र कुन हो  ?प्रधानमन्त्री

– नेपाल

Explanation:

  • कहाँ आयोजना गरिएको: दशरथ रंगशाला, काठमाडौं
  • कहिले देखि कहिले सम्म: वि.सं. २०७९ चैत्र ८- १७
  • विजेता: नेपाल (५ हजार अमेरिकी डलर)
  • उपविजेता: लाओस (३ हजार अमेरिकी डलर)
  • नेपालले लाओसलाई फाइनलमा २ – १ गोलअन्तरले पराजित गरेको । नेपालको तर्फबाट आयुष घलान र मनिष डाँगीले गोल गरेका ।
  • म्यान अफ द फाइनल: मनिष डाँगी १ तियोगिताको सर्वोत्कृष्ट खेलाडी: आयुष घलान (नेपाल)

६८. साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ को विजेता बन्न सफल राष्ट्र कुन हो  ?

– रुस

Explanation:

  • साफ यू-17 महिला च्याम्पियनसिप 2023
  • आयोजक : ढाका, बंगलादेश
  • आयोजना मिति : 20-28 मार्च 2023
  • सहभागी : पाँच राष्ट्र (बंगलादेश, भुटान, भारत, नेपाल, रूस(आमन्त्रित अतिथि))
  • विजेता: रुस
  • आमन्त्रित टोलीको रुपमा प्रतिस्पर्धा गरेको रुसले साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जितेको,
  • सर्वाधिक गोलकर्ता : शिल्जी साजी, भारत (८ गोल)

६९. बीबीसी स्पोटर्स पर्सनालिटी वल्र्ड स्पोर्ट स्टार अफ द इयर २०२२ घोषित हुन सफल खेलाडी को हुन्  ?

–  लियोनल मेसी

७०. महिला इन्डियन प्रिमियर लिग (Women’s IPL) को पहिलो संस्करण कसले जितेको थियो  ?

– मुम्बई इन्डियन्स

Explanation:

  • उपविजेता – दिल्ली क्यापिटल्स
  • आयोजना मिति – ४-२६/मार्च २०२३
  • सहभागी टिम – ५
  • खेलिएको जम्मा खेल – २२
  • Player of the series -. हेली म्याथ्यूज (मुम्बई इन्डियन्स)
  • सर्वाधिक रन बनाउने खेलाडी – मेग ल्यानिङ (दिल्ली क्यापिटल्स) (३४५)
  • सर्वाधिक विकेट लिने खेलाडी – हेली म्याथ्यूज (मुम्बई इन्डियन्स) (१६)

७१.  नेपालले एकदिवसीय क्रिकेट खेलमा विकेटका आधारमा पहिलो पटक विपक्षी टोलीमाथि सर्वाधिक विकेटको जित कहिले हात पारेको हो  ?

– सन् २०२३ मार्च १३

Explanation:

  • आईसीसी पुरुष विश्व कप क्रिकेट लिग–२ अन्तर्गत मार्च १३ मा नेपालले पपुवान्युगिनीमाथि ९ विकेटको जित निकालेको ।
  • त्यस्तै विश्वकप लिग–२ अन्तर्गत मार्च १२ मा नेपालले युएईमाथि १७७ रनको फराकिलो जित निकालेको थियो ।
  • एकदिवसीय खेलमा नेपालले कुनै पनि राष्ट्रविरुद्ध सबैभन्दा फराकिलो जितअन्तर निकालेको यो पहिलो पटक हो ।

७२. २०२३ मार्च ४ का दिन आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करणमा नेपालको प्रदर्शन कस्तो थियो  ?

– २ स्वर्ण २ रजत

Explanation:

  • कहाँ संचालन गरिएको: श्रीलंका
  • सहभागी देशहरु: ५ (नेपाल, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान)
  • नेपालबाट कति खेलाडी सहभागी: ५
  • नेपालबाट स्वर्णपदक जित्ने खेलाडीहरु: नौ वर्ष उमेर समूहमा सन्यम कँडेल र ७५ केजीमा कमरुहिन अलि
  • नेपाली कराते टोलीको नेतृत्व नेपाल कराते महासङ्घ महासचिव एवम्‌ दक्षिण एसियाली वादोरियो कराते महासङ्घका अध्यक्ष हरिशरण केसीले गर्नुभएको थियो ।

७३. नेपाली क्रिकेट टोलि इतिहासमै पहिले पल्ट कहिले विश्व कप छनोट खेलमा पर्न सफल भएका थिए (कुन खेल पछि)  ?

– सन् २०२३ मार्च १६

Explanation:

छनोट हुने निर्णायक खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी भएको ।

७४. २०२२-२३ को भारतको हिरो आई लिगको उत्कृष्ट गोलकिपर को घोषित भए  ?

– किरण चेम्जोङ

७५. मलेसियामा आरएनए मिडिया ग्रुपले २०२३मा सार्वजनिक गरेको स्वतन्त्र अध्ययनबाट साहसी खेलमा एसियाकै उत्कृष्ट घोषित हुन सफल राष्ट्र कुन हो  ?

– नेपाल

Explanation:

  • मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एसियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’ घोषित भएको ।
  • आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्टिले एसियाली मुलुकमध्ये शीर्ष १० भित्र पर्दै प्रथम मुलुक घोषित भएको ।
  • मलेसियाको क्वालालम्पुरमा आयोजित समारोहमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलद्वारा ‘साहसिक खेलमा प्रथम देश’ अवार्ड ग्रहण गरिएको ।

७६. नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रशिक्षक मन्टि कहिले नियुक्त भएका हुन्  ?

– सन् २०२३ फ्रेब्रुअरी ६

७७. नेपाली राष्ट्रिय क्रिकेट टिममा नयाँ प्रशिक्षक को नियुक्त भएका हुन् (२०७९ फाल्गुन) ?

– मन्टि देसाइ

७८. हालसम्म ( २०२३) सर्वाधिक  ग्रान्डस्लाम जित्ने महिला खेलाडी  ?

– माग्रिट कोर्ट

७९. (२०२३) हालसम्म सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी  ?

– माथिका दुवै

  1. ग्रान्डस्लाम अन्तर्गत कति टेनिस प्रतियोगिता पर्दछ ?

– ४

  1. हालसम्म (२०२३) सर्बाधिक ऑस्ट्रैलैन ओपन जित्ने खेलाडी को हुन् ?

– नोभाक जोकोबिक

  1. ऑस्ट्रैलियन ओपनको २०२३ का महिला एकल विजेता कुन देश का हुन् ?

– बेलारुस

  1. ऑस्ट्रैलियन ओपनको २०२३ का महिला एकल विजेता को हुन् ?

– आरयना सबलेन्का

  1. एलेना रेबकिना ऑस्ट्रैलियन ओपनको २०२३ का महिला एकल उपविजेता कुन देश का हुन् ?

– काजकिस्तान

  1. ऑस्ट्रैलियन ओपनको २०२३ का महिला एकल उपविजेता कुन देश का हुन् ?

– एलेना रेबकिना

  1. स्टेफानोस सित्सिपस ऑस्ट्रैलियन ओपनको २०२३ का पुरुस एकल उपविजेता कुन देश का हुन् ?

– ग्रिस

  1. ऑस्ट्रैलियन ओपनको २०२३ का पुरुस एकल उपविजेता को हुन् ?

– स्टेफानोस सित्सिपस

  1. ऑस्ट्रैलियन ओपनको २०२३ का पुरुस एकल विजेता कुन देश का हुन् ?

– सर्विया

  1. नोभाक जोकोबिक ऑस्ट्रैलियन ओपनको कति औ बिजेता हुन् ?

– १० औ

  1. ऑस्ट्रैलियन ओपनको २०२३ पुरुस एकल विजेता को हुन् ?

– नोभाक जोकोबिक

  1. ऑस्ट्रैलियन ओपन २०२३ कुन कोर्टमा खेलियो ?

– हार्ड कोर्ट

  1. ऑस्ट्रैलियन ओपन कति संस्करण हो ?

– १११ औ

  1. ऑस्ट्रैलियन ओपन २०२३ को संचालन मिति कुन हो ?

– २०२३ जनवरी १६-२९

  1. वि.सं. २०७९ पुसमा सम्पन्न पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

– लुम्बिनी अल स्टार्स

Explanation:

  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुस २७ मा भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले पहिलो संस्करणको उपाधि जितेको ।
  • उपाधि चुमेको लुम्बिनीले ट्रफीसँगै ५० लाख रुपियाँ प्राप्त गरेको । त्यसैगरी उपविजेता बनेको विराटनगरले ३० लाख रुपियाँ, तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौँ नाइट्सले पाँच लाख रुपियाँ प्राप्त गरेका ।
  • उपविजेता टोली विराटनगरका अलराउन्डर विदेशी खेलाडी हुसेन टलट सर्वोत्कृष्ट खेलाडी चुनिएका ।
  1. चर्चित खेलाडी पेलेको निधन कहिले भयो ?

– 29 December, 2022

Explanation:

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भयो । क्यान्सरबाट पीडित पेलेको बिहीबारका दिन अस्पतालमा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको थियो। उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए । चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।

  1. विश्व कप फुटबल प्रतियोगिता २०२२को ब्रयान्ड एम्बेसडर को थिए ?

– डेभिड बेकम

  1. विश्व कप फुटबल प्रतियोगिता २०२२ को गोल्डेन ग्लोब विजेता को थिए ?

– ईमिलियानो मार्टिनेज

  1. विश्व कप फुटबल प्रतियोगिता २०२२ को गोल्डेन बल विजेता को थिए ?

– लिओनल मेस्सी

  1. विश्व‌ कप फुटबल प्रतियोगिता २०२२को‌ गोल्डेन बुट विजेता को थिए ?

– किलिएन एम्बापे

  1. विश्व कप फुटबल २०२२ को उपाधि जित्ने राष्ट्र कुन हो ?

– अर्जेन्टिना

  1. पाच वोटा भिन्न भिन्नै FIFA World Cup मा गोल गर्न सफल पहिलो पुरुष खेलाडी को हुन् ?

– Portugal का क्रिस्टियानो रोनाल्डो

Explanation:

2022 FIFA Worldcup मा घाना  विरद्ध पेनाल्टी मार्फत गोल गर्दै Portugal का क्रिस्टियानो रोनाल्डोले किर्तिमान कायम गरेका

  1. विश्व कप फुटबल २०२२ को प्रथम गोलकर्ता को थिए ?

– एनर भ्यालेन्सिया

Explanation:

Ecuador का एनर भ्यालेन्सिया ले कतार बिरुद्धको पहिलो खेलमा पेनाल्टी मार्फात २०२२विश्व कपको पहिलो गोल गरेका थिए

  1. पन्ध्रौँ संस्करणको इन्डियन प्रिमियर लिग, २०२२ कहिले शुरु भयो ?

– सन् २०२२ मार्च २६

  1. सन् २०२४ मा हुने गृष्मकालीन ओलम्पिक (समर ओलम्पिक) खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?

– फ्रान्स

  1. विश्वकप फुटबल, २०२२ को आयोजक राष्ट्र कुन हो ?

– कतार

  1. विश्वकप फुटबल, २०२२ मा कति वटा राष्ट्रले सहभागी लिएको छ ?

– ३२

  1. विश्वकप फुटबल,२०२२ को उद्घाटन खेल कुन कुन देश बीच रहेको छ ?

– कतार र इक्वेडर

  1. विश्वकप फुटबल, २०२२ कहिले उदघाटन हुन्छ ?

– सन् २०२२ नोवेम्बर २०

  1. १९औं संस्करणको एसियाली खेलकुद प्रतियोगिता कहिले हुने भएको छ ?

– सन् २०२३ सेप्टेम्बर २३- अक्टोबर ८

  1. फिफा द्वारा भारतमाथि प्रतिबन्ध कहिले लगाइएको थियो ?

– सन् २०२२ अगस्ट १६

  1. कामिरिता शेर्पाले २६औं पटक सगरमाथा आरोहण कहिले गरे ?

– वि.स. २०७९ वैशाख २४

  1. उत्कृष्ट एनओसी अवार्ड, २०२२ बाट पुरस्कृत हुने खेलाडी को हुन् ?

– गौरिका सिंह र प्रिन्स दाहाल

  1. फिफा विश्वकप २०२६ मा खेलहरु मेक्सिकोको कतिवटा सहरमा हुँदैछ ?

– ३

  1. फिफा विश्वकप २०२६ मा खेलहरु क्यानाडाको कतिवादा सहरमा हुँदैछ ?

– २

  1. फिफा विश्वकप २०२६ मा खेलहरु अमेरिकाको कतिवटा सहरमा हुँदैछ ?

– ११

  1. विश्वकप फुटबल २०२२ मा UEFA(युरोपबाट) कतिवटा देशहरु छनोट भएको छ ?

– १३

  1. विश्वकप फुटबल २०२२ मा OFC(एसियानाबाट) कतिवटा देशहरु छनोट भएको छ ?

– ०

  1. विश्वकप फुटबल २०२२ मा CONMEBOL(दक्षिण अमेरिकाबाट) कतिवटा देशहरु छनोट भएको छ ?

– ४

  1. विश्वकप फुटबल २०२२ मा CONCACAF(उत्तर अमेरिकाबाट) कतिवटा देशहरु छनोट भएको छ ?

– ४

  1. विश्वकप फुटबल २०२२ मा CAF(अफ्रीकाबाट) कतिवटा देशहरु छनोट भएका छन् ?

– ५

  1. विश्वकप फुटबल २०२२ मा AFC (एशिया तथा अस्ट्रेलियाबाट) कतिवटा देशहरु छनोट भएका छन् ?

– ६

  1. FIFA को मुख्यालय कुन देशमा छ ?

– स्विटजर्ल्याण्ड

  1. २३औँ विश्वकप फुटबलमा कतिवटा देशहरु सहभागी हुनेछन् ?

– ४८

  1. सन् २०२६ को विश्वकप फुटबल कहाँ आयोजना हुनेछ ?

– क्यानाडा, मेक्सिको, अमेरिका, सबै

  1. FIFA को जम्मा सदस्य कतिजना छन् ?

– २११

  1. FIFA(International Federation of Association Football) को संस्थापना कहिले भएको हो ?

– सन् १९०४ मे २१

  1. विश्वकपको सुरुवात कहिले देखि भएको हो ?

– सन् १९३०

  1. विश्वकप फुटबल २०२२ को पहिलो खेल कुन रंगशालामा आयोजना हुँदै छ ?

– Al Bayt Stadium

  1. विश्वकप फुटबल २०२२को पहिलो खेल कुन कुन देशहरु बीच हुँदैछ ?

– कतार र इक्वेडर

  1. विश्वकप फुटबल २०२२ कहाँ आयोजना हुँदैछ ?

– कतार

  1. २०२२ मा आयिजित हुने विश्वकप कति औँ विश्वकप हो ?

– २२ औँ

  1. विश्वकप २०२२ मा कतिवटा टिमहरु सहभागी हुनेछन् ?

– ३२

  1. विश्वकप फुटबल २०२२ कहिले आयोजना हुँदै छ ?

– नोवेम्बर २० देखि डिसेम्बर १८

  1. ल्हाक्पा शेर्पाले कतिपटक सगरमाथाको आरोहण गरेकी छिन् (२०७९ सम्म) ?

– १०

  1. निग्मानुरु शेर्पाले कति पटक सगरमाथाको आरोहण गरेका छन् ?

– २४

  1. विश्वोमा तेस्रो सबैभन्दा धेरै पटक सगरमाथाको शिखरमा पुग्ने आरोही को हुन् ?

– निग्मानुरु शेर्पा

  1. पासांग दावाले कतिचोटी सगरमाथाको आरोहण गरेका हुन् ?

– २५

  1. विश्वोमा दोस्रो सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुग्ने आरोही को हुन् ?

– पासांग दावा

  1. कमिरिता शेर्पाले कति चोटी सगरमाथाको शिखरको आरोहण गरेका हुन् ?

– २६

  1. विश्वोमा सबैभन्दा बढी सगरमाथाको शिखरमा पुग्ने आरोही को हुन् ?

– कामिरिता शेर्पा

  1. साफ यु-१९ वुमेन्स च्याम्पेन्शिप फुटबल २०२१को उपाधि कसले जित्यो ?

– बंगलादेश

  1. कव्रेपलान्चोकपछि कुन जिल्लालाई दुधमा आत्मनिर्भर बनाउने घोसणा गरिएको हो ?

– चितवन

  1. बालोन डिअर २०२१ को बिजेता को थिए ?

– लियोनल मेस्सी

  1. टि-२० विश्वोकप २०२१ को बिजेता कुन देश भएको थियो ?

– अस्ट्रेलिया

  1. नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ कता आयोजित भएको थियो ?

– पोखरा

  1. नवौं रास्ट्रिय खेलकुद प्रतियोगिता २०७९ कहिले आयोजित भयो ?

– वि.स. २०७९ जेस्ठ २२-२८

  1. सन् २०२४ मा हुने ग्रीष्मकालीन ओलम्पिक (समर ओलम्पिक) खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?

– फ्रान्स

  1. सगरमाथाको शिखर चुम्ने पहिलो कतारी महिला को हुन् ?

– राजकुमारी आस्मा वित्त थानी अल–थानी

  1. कमिरिता शेर्पाले सगरमाथाको २५औ आरोहन कहिले गरेकी थिइन् ?

– २०७८/१/२४

  1. कमिरिता शेर्पाले २६औ आरोहन कहिले गरिकी थिइन् ?

– २०७९/१/२४

  1. कामिरिता शेर्पाले कति पटक सगरमाथाको आरोहन गरेकी छिन् ?

– २६

  1. सगरमाथाको सर्वादिक सफल आरोहन गर्ने पहिलो व्यक्ति को रहेका छ ?

– कामिरिता शेर्पा

  1. नवौं राष्ट्रिय खेलकुद कहिले देखि कहिले सम्म संचालन भयो ?

– २०७९ जेठ २२ देखि २०७९ जेठ २८

  1. नवौं राष्ट्रिय खेलकुदमा कतिवटा खेल समावेश गरिएको छ ?

– ३६

  1. नवौं राष्ट्रिय खेलकुदको नाराको रचनाकार को हुन् ?

– सुयोग्यराज काफ्ले

  1. नवौं राष्ट्रिय खेलकुदको मस्कटमा के को आकृति रहेको छ ?

– कस्तुरी मृग

  1. नवौं राष्ट्रिय खेलकुदको लोगोमा रहेको रातो रंगको ४ धर्साले के लाई प्रतिविम्बित गरेको छ ?

– परेवाको पखेटा र ट्रयाकलाई

  1. नवौं राष्ट्रिय खेलकुदको लोगोमा रहेको आकाशे निलो रेखाले के लाई प्रतिविम्बित गरेको छ ?

– परेवा

  1. नवौं राष्ट्रिय खेलकुदको लोगोमा कुन हिमाललाई रेखाक्रितिमा राखिएको छ ?

– माछापुछ्रे हिमाल

  1. नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कटका डिजाइनर को हुन् ?

– भोलानाथ पौडेल

  1. नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा कहिले सार्वजनिक गरियो ?

– २०७९ बैशाख २४

  1. प्रसिद्ध क्रिकेट खेलाडी सेन वार्नको निधन कहिले भएको हो ?

– सन् २०२२ मार्च ४

  1. अफ्रिका कप अफ नेसन २०२२ को उपाधि जित्ने राष्ट्र कुन हो ?

– क्यामरुन

Explanation:

  • सो प्रतियोगितामा २४ टिमको सहभागिता रहेको ।
  • प्रतियोगिता सन् २०२२ जनवरी ९ देखि फेब्रुअरी ६ सम्म वेस्ट इन्डिजमा आयोजना गरिएको ।
  • प्रतियोगितामा सर्वाधिक गोलकर्ता क्यामरुनका ख्ष्लअभलत ब्दयगदबपबच (आठ गोल) बनेका ।
  • बेस्ट प्लेयर सेनेगलका क्बमष्य :बलभ घोषित भएका ।
  1. २४ औँ शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिले सम्पन्न भएको हो ?

– सन् २०२४ फेब्रुअरी ४–२०

Explanation:

  • प्रतियोगितामा सहभागी राष्ट्र: ९१
  • प्रतियोगितामा सहभागी खेलाडी: २८७१ जना
  • प्रतियोगितामा समावेश खेल: सात
  • पहिलो स्वर्ण जित्ने खेलाडी: थेरेसा जोहाग (नर्वे)
  • सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडी: जोहानेस वोए (नर्वे), चार स्वर्ण र एक कांस्य
  • पदकका आधारमा उत्कृष्ट पाँचमा पर्न सफल राष्ट्र
  • ९१ राष्ट्रमध्ये पदक हासिल गर्न सफल राष्ट्र २७ वटा रहेका ।
  1. Nirmal Purja ले ८००० मीटर माथिका शिखर कति समयमा चढेर विश्व किर्तिमान राख्न सफल भए ?

– ६ महिना ६ दिनङ्क

error: Content is protected !!