विविध

विविध

अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

– सन् २०२३ मार्च ५–९, दोहा, कतार

Explanation:

राणाकालीन समयमा निजामतीतर्फ सबैभन्दा उच्च पद कुन थियो ?

– बडाकाजी

Explanation:

  • (राणाकालीन समयमा दज्र्यानी क्रममा माथिबाट तल क्रमशः बडाकाजी, काजी, सरदार, मिरसुब्बा, सुब्बा, नायबसुब्बा, खरिदार, डिट्ठा, मुखिया, पहिदार र नौसिन्दा रहेका ।)

विश्व मानसिक स्वास्थ्य दिवस कहिले मनाइन्छ ?

– अक्टोबर १०

Explanation:

  • सन् २०२३ को नारा – मानसिक स्वास्थ्य : विश्वव्यापी मानव अधिकार

अमेरिकी पत्रिका फोब्र्सका अनुसार सन् २०२३ मा विश्वका धनाढ्य व्यक्तिहरूको सूचीमा पहिलो नम्बरमा पर्न सफल धनाढ्य को हुन् ?

– बनार्ड अर्नाल्ट (फ्रान्स)

Explanation:

  • अर्नाल्ड फेसन ग्रुप एलभिएचएमको संस्थापक, अध्यक्ष तथा सबैभन्दा ठुला सेयर होल्डर पनि हुन् । अमेरिकी अर्बपति व्यापारी तथा विश्वप्रसिद्ध कार निर्माता कम्पनी टेस्लाका सोइओ एलन मस्क यो वर्ष दोस्रो नम्बरमा झरेका । मस्कको नेटवर्थ १८० विलियन डलरमा झरेको । मस्क २०२२ मा विश्वकै धनी थिए ।

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भिषण आक्रमण कहिले गरेको हो ?

– सन् २०२३ अक्टोबर ७

Explanation:

  • अक्टोबर ७ मा इजरायल र प्यालेस्टिनी लडाकु समूहबिच लडाइँ सुरु भएको ।
  • इस्लामिक लडाकु समूह हमासको रकेट आक्रमणपछि इजरायलले जबाफी हमला सुरु गरेको थियो ।
  • हमासले इजरायलको गाजा क्षेत्रमा २० मिनेट अवधिमै पाँच हजारभन्दा बढी रकेट आक्रमण गरिएको दाबी गरेको छ । उसले यो कारबाहीलाई ‘अपरेसन अल अक्सा फ्लड’ नाम दिएको । हमासका लडाकुहरूले गाजा क्षेत्रबाट सीमामा प्रवेश गरी सर्वसाधारणलाई आक्रमण गर्दै बन्दीसमेत बनाएको।

बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प कहिले गएको हो ?

– विसं २०८० असोज १६

Explanation:

  • भूकम्पका कारण बझाङ र बैतडीमा दर्जनौँ मानिसको ज्यान जानुका साथै कैयौँ व्यक्ति घाइते भएका । भौतिक संरचनातर्फ पनि थुप्रै क्षति पुगेको ।
  • सुदूरपश्चिम प्रदेशमा २०७९ कात्तिकदेखि हाल (२०८० असोज १६) सम्म ६ म्याग्निच्युडभन्दा माथिका तीन वटा र चार म्याग्निच्युडभन्दा माथिका झन्डै ५० वटा भूकम्प गएका ।

भैरव पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?

– मुन पौडेल

Explanation:

  • पुरस्कार राशि : एक लाख ११ हजार १११ रुपियाँ
  • भैरव वाङ्मय पुरस्कार प्राडा अभि सुवेदीलाई प्रदान गरिएको ।
  • पुरस्कार राशि : एक लाख एक हजार १११ रुपियाँ
  • भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिएको । यस पुरस्कारको राशि ५१ हजार १११ रुपियाँ रहेको ।

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा कहिलेदेखि सुरु भएको हो ?

– विसं २०८० असोज ३

Explanation:

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा बस ¥यापिड ट्रान्जिट (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालनमा ल्याइएको ।
  • रत्नपार्कस्थित शान्ति वाटिकाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाद्वारा उद्घाटन भएको ।
  • सडक विभागको द्रुत बस सञ्चालनका लागि डेडिकेटेड लेन छुट्याइएको ।

विश्वमा हाल गैँडाको सङ्ख्या कति रहेको छ ?

– २७ हजार

Explanation:

  • आइयुसिएनसहितका संरक्षण निकायले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार हाल विश्वमा गैँडाको सङ्ख्या २७ हजार पुगेको ।
  • पछिल्लो समय गैँडा संरक्षणका लागि विश्वभर विभिन्न कार्यक्रम हुनुका साथै संरक्षणसम्बन्धी कानुनलाई प्रभावकारी ढङ्गले अघि बढाइएकाले गैँडाको सङ्ख्यामा सुधार आएको ।
  • हाल गैँडाको सङ्ख्या : २७,००० (पहिले : २६,२७२)
  • सेतो गैँडा (हाल) : १६,८०३ (पहिले : १५,९४२)
  • कालो गैँडा (हाल) : ६,४८७ (पहिले : ६,१९५)
  • सुमात्रान गैँडा : ८०
  • नेपाल र भारतमा : ४,०००
  • सिकारीको आक्रमण र वासस्थानको क्षति गैँडा संरक्षणको चुनौतीका रूपमा रहेको । २० औँ शताब्दीमा एसिया र अफ्रिकामा गैँडाको सङ्ख्या लगभग पाँच लाख थियो ।
  • पछिल्लो एक दशकमा केही प्रजाति पहिलो पटक पुनरुत्थानसमेत भएका ।
  • दुई प्रजाति जाभान र सुमात्रान भने लोप हुने अवस्थामा रहेका । विश्वमा यसअघि गैँडाको सङ्ख्या २६,२७२ रहेको अनुमान ।

नेपालले बायो डाइभर्सिटी बियोन्ड नेसनल जुरिडिक्सन (बिबिएनजे) सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर गरेको हो ?

– विसं २०८० असोज ३

Explanation:

  • संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाको सन्दर्भमा राष्ट्रसङ्घले प्रस्ताव गरेको यस सम्झौतामा पराराष्ट्रमन्त्री प्रकाशशरण महतद्वारा हस्ताक्षर भएको ।
  • यो सम्झौताले सन् २०३० सम्ममा ३० प्रतिशत जमिन र समुद्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गर्ने लक्ष्यको उपलब्धिलाई सहज बनाउने राष्ट्रसङ्घले जनाएको ।
  • यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० तारिखदेखि सन् २०२५ को सेप्टेम्बर २० तारिखसम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको ।
  • नेपालले सम्झौतामा हस्ताक्षर भएको दिनमा नै हस्ताक्षर गरेको ।

साइबर सुरक्षा फर्म थ्रेटनिक्सको आयोजनामा ह्याकरको सम्मेलन ‘थ्रेटकन थ्रेटकन २०२३’ कहिले सम्पन्न भएको हो ?

– विसं २०८० भदौ २५–२७

Explanation:

राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?

– आश्विन २

Explanation:

  • नेपाल सरकार, मन्त्रीपरिषद्बाट मिति २०८० जेठ ९ मा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भए अनुसार हरेक वर्ष आश्विन २ गते शिक्षा दिवस मनाउन थालिएको ।
  • यस वर्ष (२०८०) को राष्ट्रिय शिक्षा दिवसको आदर्श वाक्य ‘समावेशी र सिपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ रहेको ।
  • पहिलो शिक्षा दिवस २०३१ मा मनाइएको ।
  • पहिलो शिक्षा दिवसको नारा : शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस् ।
  • राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) का दिन मनाउन थालिएको थियो ।

एसिया प्यासिफिक एड्भान्स नेटवर्क (एपान) को ५५ औँ अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

– सन् २०२३ मार्च १३–१७, काठमाडौँ

Explanation:

  • सम्मेलन नेपालमा पहिलो पटक भएको ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधि सहभागी भएका ।

राष्ट्रिय बालदिवस कहिले मनाइन्छ ?

– भदौ २९

Explanation:

  • विसं २०८० को नारा – बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी
  • नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था रहेको, जसमा बालबालिकालाई राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हकको व्यवस्थालगायत कुनै पनि बहानामा दुव्र्यवहार, उपेक्षा शारीरिक, मानसिक, यौनजन्य वा कुनै प्रकारको शोषणा गर्न नपाइने प्रावधान रहेको ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ कहिले गरिएको हो ?

– विसं २०८० भदौ १८

Explanation:

  • विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले यस प्रणालीको आरम्भ गरिएको ।
  • यससँगै विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायमा पेस गरिने कागजात स्वचालित प्रणालीमार्फत सम्पादन हुने । त्रिवि केन्द्रीय कार्यालयमा भने २०८० साउन १ गतेबाट नै यो प्रणाली कार्यान्वयनमा आएको थियो ।

ग्लोबल आइएमई बैङ्कले क्यास तथा चेक डिपोजिटर मेसिन कहिलेदेखि सञ्चालनमा ल्याउन थालेको हो ?

– विसं २०८० भदौ १८

Explanation:

  • यस मेसिनले ग्राहकलाई आफ्नो अनुकूल समयमा बिनाकुनै कागजी प्रक्रिया ग्लोबल आइएमई बैङ्कमा रहेको आफ्नो खातामा क्यास तथा चेक डिपोजिट गर्न सक्ने । बैङ्कले हाल क्यास डिपोजिटर मेसिन काठमाडौँ उपत्यकाभित्र दुई (कमलादी र न्युरोड) र उपत्यकाबाहिर तीन (इटहरी, नारायणगढ र बुटवल) तथा चेक डिपोजिटर मेसिन उपत्यकाभित्र तीन (कमलादी, न्युरोड र कुलेश्वर) र उपत्यकाबाहिर दुई (पोखरा र वीरगन्ज) शाखामा सञ्चालनमा ल्याएको ।

मिस ग्रान्ड नेपाल–२०२३ को उपाधि कसले जित्यो ?

– श्रीछा प्रधान

Explanation:

  • उनले मिस ग्रान्डको ताजसहित विद्युतीय स्कुटर प्राप्त गरेकी ।
  • प्रतियोगितामा प्रशंसा उप्रेतीले फेस अप ब्युटी, करुणा दाहालले मिस औरा, ब्रिटिना आलेले मिस ग्रान्ड युनिभर्सल नेपाल तथा लक्ष्मी बुढामगरले मिस ग्लोबल इन्टरनेसनलको उपाधि प्राप्त गरेका ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

– भदौ २०

Explanation:

  • २०८० (१७ औँ) को नारा – सामाजिक न्याय र आर्थिक सशक्तीकरण : मानव बेचबिखनको निर्मूलन
  • सन् २००२ मा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ११ औँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ लाई विसं २०६३ भदौ २० मा तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरिएको दिनलाई स्मरण गर्दै नेपाल सरकारद्वारा भदौ २० गतेलाई मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको ।

अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?

– सेप्टेम्बर ८

मोरक्कोमा २५ सयभन्दा बढी मानिसको ज्यान जाने गरी ठुलो भूकम्प कहिले गएको हो ?

– सन् २०२३ सेप्टेम्बर ८

Explanation:

  • पर्यटकीय नगरी मराकेसभन्दा ७१ किलोमिटर दक्षिण पश्चिम केन्द्रबिन्दु बनाई ६.८ म्याग्निच्युडको भूकम्प गएको ।
  • भूकम्पको केन्द्रबिन्दु रहेको अल–हौज प्रान्तमा सबैभन्दा बढी (१३०० भन्दा बढी) को ज्यान गएको ।

डोल्पामा हालै भेटिएको ताल कुन हो ?

– कुन्ख्येन फालक ताल

Explanation:

  • यो ताल ५१९० मिटर उचाइमा रहेको पालिकाको दाबी रहेको ।
  • तिलिचोभन्दा यो ताल २७१ मिटर अग्लो स्थानमा रहेको । त्यस्तै मनाङमै अवस्थित सिङ्गर तालभन्दा १८८ मिटर अग्लो स्थानमा रहेको ।
  • गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ ५११ मिटर र चौडाइ ३१३ मिटर देखिएको स्थानीय जनप्रतिनिधिले बताएका ।
  • स्थानीयले जानकारी दिएपछि जनप्रतिनिधि सहितको टोली पहिलो पटक तालको प्रवर्धनका लागि उक्त स्थानमा पुगेको थियो ।
  • पालिकाले विश्वकै अग्लो स्थानमा अवस्थित तालका रूपमा प्रमाणीकरणका लागि सरकारसँग आग्रह गरेको ।

शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले कति अवधिभित्र उमेर, नाम र जात सच्याउन पाइने व्यवस्था भएको छ ?

– ५ वर्ष

Explanation:

  • विसं २०८० भदौ ६ को मन्त्रीपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने भएका ।
  • यसअघि प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको मात्र थियो ।

विश्व आदिवासी दिवस कहिले मनाइन्छ ?

– अगस्ट ९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा ‘मेरो पोषण साथी’ नामक मोबाइल एपको शुभारम्भ कहिले गरिएको हो ?

– विसं २०८० भदौ १०

वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको विमान दुर्घटनामा परी कहिले निधन भएको हो ?

– सन् २०२३ अगस्ट २३

तीन महिनाको अवधिमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुनुहुन्छ ?

– नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन शेर्पा (लामा)

Explanation:

  • हरिला र शेर्पाले २०८० साउन ११ मा पाकिस्तानस्थित ‘माउन्ट केटु’ को सफल आरोहण गरेसँगै उहाँहरूले सो कीर्तिमान कायम गर्न सफल हुनुभएको हो ।
  • यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा छ महिना छ दिनमा यी १४ वटा हिमालको सफल आरोहण गर्नुभएको थियो ।

२०७९ सालको मदन पुरस्कारका लागि मनोनयनमा परेका पाँच कृति कुन हो?

– इजीरिया सुबिन पराई, चक्रव्यूहमा नेपालको जलश्रोत द्वानिका नाथ ढुङ्गेल, थाङ्ग्रा प्रगति राई, माथिका सबै

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० ले विश्वव्यापी साइबर सुरक्षा सुचाङ्क मा नेपालको स्कोर आगामी पाँचवर्ष कति पुर्याउने लक्ष्य लिएको छ ?

– ६०

Explanation:

  • ४४ दशमलव ९९ बाट आगामी दश वर्षभित्रमा ७० र पन्ध्र वर्षभित्रमा ८० प्रतिशत पुर्याउने लक्ष्य लिइएको

सन् २०२३ मा बस्‍न लायक देशको सूचीमा पहिलो स्थानमा रहेको मुलुक कुन हो ?

– स्विजरल्याण्ड

Explanation:

वर्ल्ड पपुलेसन रिभ्यु डटकमका अनुसार सन्‌ २०२३ मा बस्न लायक उत्कृष्ट देशको सूचीमा रहेका दशवटा मुलुक क्रमश:

  • 1 स्विट्जरल्याण्ड
  • 2 नर्वे
  • 3 डेनमार्क
  • 4 आइसल्याण्ड
  • 5 चीनको स्वाशासित क्षेत्र हङकङ
  • 6 नेदरल्याण्ड्स
  • 7 अस्ट्रेलिया
  • 8 स्विदेने
  • 9 आयरल्याण्ड
  • 10 जर्मनी

विश्व प्रतिस्पर्धात्मक सूची २०२३ मा प्रथम स्थानमा रहेको राष्ट्र कुन हो ?

– डेनमार्क

दोलखामा निर्मित सुरुङ मार्गको लम्बाइ कति रहेको छ ?

– ११०० मिटर

Explanation:

  • दोलखाको लामाबगरमा निर्माणाधीन लप्ची जलविद्युत् आयोजना (१६० मेवा) को पहुँच मार्ग निर्माणका लागि सो सुरुङ मार्ग निर्माण गरिएको हो ।
  • विसं २०७९ माघमा सुरुङमार्ग छिचोल्ने कार्य सम्पन्न भयो ।
  • तामाकोशी नदीको सहायक नदीका रूपमा रहेको लप्ची खोलामा निर्माण गर्न थालिएको सो आयोजनास्थलसम्म पुग्न स्थल मार्गबाट सहज नभएका कारण सुरुङ मार्ग निर्माण गरिएको हो ।

काठमाडौँ महानगरपालिकाले कहिलेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ?

– विसं २०८० साउन १

Explanation:

  • महानगरपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा र मालाको उत्पादन, आयात र बिक्रीवितरणमा रोक लगाएको छ ।
  • यसको प्रभावकारी कार्यान्वयनका लागि माइक्रोन मापन मेसिनसहित महानगर प्रहरीले अनुगमन गर्ने छ ।
  • यसअघि विसं २०७२ वैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो । भूकम्पलगायत विविध कारणबाट कार्यान्वयन हुन नसकेपछि सो नियम पुनः व्युँताएर कार्यान्वयनमा ल्याउन लागिएको हो ।
  • गत वर्ष साउन २८ मा सर्वोच्च अदातलले ४० माइक्रोनभन्दा कमका प्लास्टिकमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएलगत्तै वन तथा वातावरण मन्त्रालयले सोसम्बन्धी कार्यविधि तयार गरेको थियो तर यो नियम कार्यान्वयन हुन सकेको थिएन ।

हालै सैन्य ‘कु’ भएको अफ्रिकी मुलुक कुन हो ?

– नाइजर

Explanation:

  • कर्णेल मेजर अमाडो अब्द्रामानेले नाइजरको राष्ट्रिय टेलिभिजनबाट सैन्य विद्रोह सफल भएको घोषणा गरे । उनले सोही घोषणामार्फत संविधान विघटन गरेको जनाए ।
  • सेनाले त्यहाँका राष्ट्रपति मोहम्मद बाजुमलाई नियन्त्रणमा लिएको छ ।
  • भूपरिवेष्टित मुलुक नाइजर सन् १९६० मा फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएको थियो । स्वतन्त्र भएयता त्यहाँ यसअघि चार पटक सैन्य ‘कु’ भइसकेको छ ।

काठमाडौँ उपत्यकाभित्र द्रुत बस सेवा कहिलेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ?

– विसं २०८० असोज १

Explanation:

  • भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले विसं २०८० साउन ४ मा सो निर्णय गरेको हो ।
  • यातायात व्यवस्था विभागको टोलीले तयार पारेको कार्ययोजना अनुसार ‘डेडिकेटेड लेन’ मा (बस र्‍यापिड ट्रान्जिट–बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन गरिने छ ।
  • पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुने छ ।

सन् २०२३ जुलाईमा प्रकाशित हेनेली पासपोर्ट इन्डेक्स २०२३ अनुसार पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?

– सिङ्गापुर

Explanation:

  • सो सूची अनुसार नेपाल ९९ औँ स्थान (३८ राष्ट्रमा पहुँच) मा रहेको छ ।

हाल (२०८० असार) सरकारले कति प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ ?

– ९८

Explanation:

  • डब्लुएचओ (WHO) का अनुसार उपचारमा हुने व्यक्तिगत खर्चका कारण प्रत्येक वर्ष पाँच लाख ७४ हजार २९४ नेपाली गरिबीको रेखामुनि धकेलिने छन् ।

भारतको जयनगरदेखि महोत्तरीको बिजुलपुरासम्म रेल सेवा कहिलेदेखि सञ्चालनमा आएको हो ?

– विसं २०८० असार ३१

Explanation:

  • भारतको जयनगरदेखि जनकपुर–कुर्थासम्म ३५ किलोमिटर ट्र्याकमा दैनिक दुई पटक सेवा दिँदै आएको नेपाल रेल सेवा असार ३१ (२०८०) देखि जयनगर–बिजुलपुरा (भङ्गहा) सञ्चालनमा आएको छ ।
  • अब महोत्तरीको पिपराढी, लोहारपट्टी, सिङ्गाही र भङ्गहाका नागरिकले रेलमा ओहोरदोहोर गर्न पाउने भएका छन्। यससँगै अब रेल ५२ किलोमिटर दुरीमा गुड्ने छ।
  • रेल सेवाको शुभारम्भ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्नुभएको थियो।

नेपालबाट आधिकारिक रूपमा पहिलो पटक चीनमा प्रशोधित घाँस निर्यात सुरु कहिलेदेखि गरिएको हो ?

– विसं २०८० असार ३०

Explanation:

असार ३० मा पहिलो चरणमा चितवनको भरतपुरबाट कुल ८० टन प्रशोधित घाँस (हेलेज) रसुवाको केरुङ नाका हुँदै चीनतर्फ पठाइएको छ ।

विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ ?

– जुलाई ११

Explanation:

  • सन् २०२३ को नारा : ‘लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ ।

महामूर्ख सम्मेलन, २०७९ को अवसरमा ‘महामूर्ख’ उपाधिद्वारा कसलाई सम्मान गरियो ?

– मनोज शाह

Explanation:

  • यसै गरी पटमूर्ख उपाधि ऋषि धमलालाई प्रदान गरियो । मिथिला नाट्यकला परिषद्ले होली पर्वको अवसरमा विसं २०६१ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरद्वारा नेपाल प्रहरीको दुईवर्षे कार्ययोजना कहिले सार्वजनिक गरिएको हो ?

– विसं २०८० असार २२

Explanation:

१३ वटा लक्ष्य समेटी बनाइएको कार्ययोजनामा आन्तरिक सुदृढीकरण प्रमुख रहेको छ । कार्ययोजनाले प्रहरी सेवा प्रवाहको गुणस्तरको व्यावसायिक सुदृढीकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास र रूपान्तरण हुने बताइएको छ ।

सिँचाइ क्षेत्र अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या कति रहेको छ ?

– ६

सरकारले विदेशी पर्यटकलाई एक्लै पदयात्रामा जान प्रतिबन्ध गर्ने निर्णय कहिले गरेको हो ?

– विसं २०७९ फागुन १९

Explanation:

  • सन् २०२३ अप्रिल १ देखि लागु हुने गरी सो निर्णय भएको हो । सहयोगीका साथ पदयात्रा गर्दा पर्यटकको सुरक्षा हुनुका साथै नेपालीले रोजगारी प्राप्त गर्ने छन् ।

विश्व खुसी सूचकाङ्क–२०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

– ७८ औँ

Explanation:

दिगो विकास समाधान नेटवर्कद्वारा सन् २०२३ मार्च २० मा सार्वजनिक सो सूचकाङ्क अनुसार सार्क राष्ट्रहरूमा नेपाल पहिलो स्थानमा रहेको । प्रतिवेदनमा भुटान र माल्दिभ्सलाई भने समावेश गरिएको छैन ।

  • सो सूचीको पहिलो स्थानमा फिनल्यान्ड र अन्तिम स्थानमा कङ्गो डेमोक्रेटिक रिपब्लिक रहेका छन्।

२० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८० को नारा के हो ?

– ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

रुसको सैन्य नेतृत्वविरुद्ध सशस्त्र विद्रोहको प्रयास गर्ने विद्रोही समूह कुन हो ?

– वागनर लडाकु समूह (सन् २०२३ जुन)

Explanation:

दक्षिणी रुसमा अवस्थित ११ लाख जनसङ्ख्याको सहर दोन अवस्थित रोस्तोभमा विद्रोह प्रयासको सुरुवात गरेको सो समूह मस्कोतर्प अघि बढ्ने प्रयासमा रहेको थियो । युक्रेनको सीमाबाट सय किलोमिटर दुरीमा रहेको दोनअवस्थित रोस्तोभ दक्षिण रुसको सबैभन्दा ठुलो सहर हो, जहाँ रुसका पाँच सैन्य क्षेत्रमध्ये एक ‘दक्षिणी सैन्य जिल्ला कमान्ड’ को मुख्यालय रहेको छ । वागनर लडाकु समूहले सशस्त्र विद्रोहको प्रयास गरेपछि रुसले उच्च सतर्कताका साथ जवाफी कारबाहीमा जुटेको जनाएको छ । रुसले सन् २०१४ को अप्रिलमा युक्रेनको क्रिमिया प्रायद्वीपमाथि कब्जा जमाएको केही पछि युक्रेनका पूर्वी क्षेत्र दोनेत्स्क र लुहान्स्कमा सुरु भएको पृथकतावादी युद्धका क्रममा ‘वागनर समूह’ पहिलो पटक सार्वजनिक भएको । पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी शक्तिलाई समर्थन गर्दै युक्रेनविरुद्ध लड्न भाडाका सैनिक परिचालन गरेर यो समूहको उदय भएको थियो । युक्रेनको वख्तुममा भएको सङ्घर्षलाई वागनर समूहले एक टुङ्गोमा पुर्यायो। त्यस जितलाई वागनरका संस्थापकका रूपमा प्रिगोजिनको विजयका रूपमा हेरिएको थियो । वागनर लडाकु समुहको प्रमुख येवगेनी प्रिजोगिन हुन् ।

शान्ति मिसनमा सहभागी हुने प्रमुख पाँच राष्ट्र (सन् २०२३ मे महिना) को तथ्याङ्क अनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा धेरै महिला पठाउने राष्ट्रमध्येमा नेपाल कति औँ स्थानमा रहेको छ ?

– पहिलो

Explanation:

  • हाल तीन वटा सुरक्षा निकायबाट विभिन्न राष्ट्रमा साढे छ सयभन्दा बढी महिला शान्ति मिसनमा खटिएका छन् ।
  • समग्र (पुरुष र महिला) मा शान्ति मिसनमा सुरक्षाकर्मी पठाउनेमा नेपाल दोस्रो स्थानमा रहेको छ ।
  • राष्ट्रसङ्घीय शान्ति मिसनमा विभिन्न १२१ राष्ट्रले सुरक्षाकर्मी पठाउने गरेका छन् ।
  • राष्ट्रसङ्घद्वारा हाल द्वन्द्वग्रस्त राष्ट्रमा १२ शान्ति मिसन सञ्चालन भएको छ ।
  • शान्ति मिसनमा सहभागी हुने प्रमुख पाँच राष्ट्र (सन् २०२३ मे महिनाको तथ्याङ्क अनुसार) :

बङ्गलादेश : ७,२७८ जना

नेपाल : ६,२३१ जना

भारत : ६,०८९ जना

रुवान्डा : ५,९०५ जना

पाकिस्तान : ४,३४३ जना

विश्व वातावरण दिवस कहिले मनाउने गरिन्छ ?

– जुन ५

Explanation:

  • सन् २०२३ मा बिट प्लास्टिक पोलुसन भन्ने नाराका साथ मनाइएको।
  • वातापरणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘ओन्ली अन अर्थ’ लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जिउन योग्य एक मात्र ग्रह पृथ्वीको वैशिष्ट्य र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको।सन् १९७३ देखि यो दिवस मनाउँदै आइएको ।

कोशी प्रदेश साक्षर प्रदेश घोषित कहिले भएको हो ?

– विसं २०७९ भाद्र २३

Explanation:

हालसम्म साक्षर घोषित प्रदेश

  • पहिलो बागमती: २०७८ आश्विन ११
  • दोस्रो गण्डकी: २०७८ आश्विन १४
  • तेस्रो कोशी: २०७९ भाद्र २३

नेपाल युएई श्रम सम्झौता नवीकरण कहिले भएको हो ?

– विसं २०८० जेठ ३१

जनगणना २०७८ अनुसार कुल भाषाको सङ्ख्या कति रहेको छ ?

– १२४

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जातजातिको सङ्ख्या कति रहेको छ ?

– १४२

सुखी गाउँ घोषणा गरिएको गाउँ कुन हो ?

– घलेगाउँ (लमजुङ)

हाल विश्वकै सबैभन्दा होचो (जीवित) व्यक्ति को हुन् ?

– आफसिन स्माइल घडेरजाडदेह (इरान)

Explanation:

  • आफसिनको उचाइ ६५.२४ सेमी रहेको ।
  • उनको तौल हाल ६.५ केजी रहेको ।

सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित घोषित जिल्ला कुन हो ?

– डोटी

Explanation:

  • विसं २०८० असार ४ मा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको।

राष्ट्रिय जनगणना, २०७८ अनुसार बौद्ध धर्मावलम्बीको हिस्सा कति रहेको छ ?

– ८.२१ प्रतिशत

Explanation:

आफ्नो नीति तथा कार्यक्रममा एक घर, एक बाँदर पाल्ने कार्यक्रम ल्याउने स्थानीय तह कुन हो ?

– कालिञ्चोक गाउँपालिका (दोलखा)

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका कहिले घोषित भएको हो ?

– विसं २०८० जेठ २७

Explanation:

  • खोप कार्यक्रम अन्तर्गत आधारभूत सूचकले पूर्णता पाएसँगै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषित गरिएको ।
  • त्यस्तै बाँकेका चार वटा (कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका) पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका ।

लोक सेवा आयोगको दोस्रो रणनीतिक योजना (२०७९/८०–२०८२/८४) कार्यान्वयन कहिले भएको हो ?

– विसं २०८०

लोक सेवा आयोगको पहिलो विज्ञापन प्रकाशन कहिले भएको हो ?

– विसं २००८ भदौ १८

लोक सेवा आयोगको स्थापना कहिले भएको हो ?

– विसं २००८ असार १

Explanation:

  • ‘नेपाल पब्लिक सर्भिस कमिसन’ नामबाट २००८ साल असार १ गते लोक सेवा आयोगको विधिवत् स्थापना भएको ।
  • एक विशिष्टीकृत संवैधानिक निकाय, जसको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा नेपालको संविधानको भाग २३ अन्तर्गत धारा २४२ र २४३ मा व्यवस्था गरिएको ।
  • लोक सेवा आयोगमा अध्यक्ष र अन्य चार जना सदस्य गरी पाँच जना पदाधिकारी रहने ।
  • अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुने, पुनर्नियुक्ति हुन नसक्ने तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न भने सकिने ।

विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ ?

– जुन ७

  • (सन् २०२३ को नारा : खाद्य पदार्थमा मापदण्ड, जीवनरक्षाको आधार स्तम्भ)

‘सानै छु बढ्न देऊ : बालविवाह होइन पढ्न देऊ’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

– सुदूरपश्चिम प्रदेश

२०२३ मा प्रकाशित प्रतिवेदन अनुसार संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदूषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ?

– ८० प्रतिशत

कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ?

– सन् २०२३–२०२७

Explanation:

  • सन् २०२३ देखि २०२७ सम्मको रणनीतिक कार्यक्रम समावेश भएको सो फ्रेमवर्क कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, एफएओका एसिया प्रशान्त क्षेत्रका प्रमुख जोङ जिन किमर, संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो ।
  • यसले नेपालको कृषि र वन क्षेत्रको दिगो विकास, खाद्य तथा पोषण सुरक्षा कायम गर्ने साथै दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपालगन्जस्थित एकीकृत जाँच पोस्ट (आइसिपी) कहिलेदेखि सञ्चालनमा आएको हो ?

– विसं २०८० जेठ १८

Explanation:

  • भारत भ्रमणको सन्दर्भमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा उद्घाटन गरेसँगै सो आइसिपी सञ्चालनमा आएको हो ।
  • यसअघि नेपाल–भारत सीमा नाका अन्तर्गत वीरगन्ज, विराटनगर र भैरहवामा आइसिपी सञ्चालनमा आइसकेका छन् ।

सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षण अनुसार नेपाल दुःखी देशहरूको सूचीमा कति औँ स्थानमा रहेको छ ?

– ६३ औँ (प्राप्त गरेको अङ्क : ३७.१८)

प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ ?

– सोलुखुम्बु

Explanation:

  • प्रस्तावित क्षेत्र जैविक विविधता, पर्यापर्यटन र संस्कृतिका हिसाबले धनी रहेको छ ।
  • मेरापिक हिमाल रहेको यो क्षेत्र पर्वतारोहणका लागिसमेत प्रसिद्ध रहेको छ ।
  • पदमार्गका लागि संसारकै आकर्षक गन्तव्यको सूचीमा रहेको सोलुखुम्बुको मेरापिक हिमाललाई समेटेर सरकारले मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको छ ।
  • सगरमाथा र मकालु वरुण राष्ट्रिय निकुञ्जबीच भागलाई समेटेर सो निकुञ्ज घोषणा गर्ने तयारी भइरहेको हो । मेरापिक राष्ट्रिय निकुञ्ज स्थापनाका लागि अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउने तयारी भइरहेको छ ।
  • प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिले तत्काल निकुञ्जको घोषणा गर्न माग राखेका छन् ।

अति नै मनोरम धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा आध्यात्मिक सम्मेलनको आयोजनाका लागि तय गरिएको समय कुन हो ?

– विसं २०८० जेठ २३–२५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा देशकै सर्वोत्कृष्ट अस्पताल कुन बनेको छ (२०८०) ?

– भक्तपुर अस्पताल

  1. सन् २०२३ मे २२ मा बायोलोजिकल रिभ्युज नामक जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार विश्वमा कति प्रतिशत जीव प्रजातिको सङ्ख्या घट्दै गएको छ ?

– ४८ प्रतिशत

Explanation:

  • अध्ययनले पृथ्वीका करिब आधाजसो जीव प्रजातिले आफ्नो सङ्ख्यामा तीव्र गिरावट साक्षात्कार गरिरहेको देखाएको छ । केवल ३ प्रतिशतभन्दा कम प्रजातिको मात्रै सङ्ख्यामा वृद्धि पाइएको छ ।
  • अध्ययन अनुसार प्रजातिहरूको सङ्ख्यामा घट्दो प्रवृत्तिले विलोपीकरणकै खतरालाई सङ्केत गरेको छ । आइयुसिएनको रातो सूचीमा हाल खतरारहितमा वर्गीकृत ३३ प्रतिशत प्रजाति पनि लोप हुने दिशामा गइरहेका छन् ।

राष्ट्रिय महिला अधिकार दिवस २०८० को नारा के थियो ?

– महिला हक अधिकार : सबैको साझा सरोकार, महिलाको अधिकार समृद्धिको आधार , महिलाको हक अधिकार देशको सरोकार, महिला हितका लागि महिला अधिकार

Explanation:

  • विसं २०८० को महिला दिवसको नारा – ‘महिला हक अधिकार : सबैको साझा सरोकार’ रहेको छ ।
  • विसं २०८० जेठ १६ मा पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइयो ।
  • विसं २०६३ जेठ १६ गतेका दिन तत्कालीन पुनस्र्थापित प्रतिनिधि सभाले नेपाली महिलाको हकअधिकारसम्बन्धी महत्वपूर्ण चार वटा विशेष प्रस्ताव पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो ।

सरकारले राष्ट्रिय शिक्षा दिवस कहिले मनाउने निर्णय गरेको छ ?

– असोज २

Explanation:

  • विसं २०८० जेठ ९ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको ।
  • अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ प्रमाणीकरण गरिएको मितिका आधारमा सो दिवस मनाउने निर्णय गरिएको ।
  • यसअघि अन्तर्राष्ट्रिय शिक्षा दिवस (सेप्टेम्बर ८ तारिख) का दिन राष्ट्रिय शिक्षा दिवस मनाइन्थ्यो ।

हुम्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कहिले गरिएको हो ?

– विसं २०८० वैशाख ३०

Explanation:

  • हुम्ला पूर्ण खोप सुनिश्चित घोषित हुने ७१ औँ जिल्ला हो ।
  • यसअघि जिल्लाका सात वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका। सात वटै पालिका पछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको ।

विसं २०८० मा कतिऔँ राष्ट्रिय पत्रकारिता दिवस मनाइयो ?

– ८ ऑ

Explanation:

  • हरेक वर्ष बैशाख २४ गते मनाइन्छ ।
  • नारा : पत्रकारितामा खोज र नवीनता: लोकतान्त्रिक गणतन्त्रको सफलता
  • विसं १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशनको दिनलाई नेपाली पत्रकारिताको प्रारम्भिक दिन मानेर यो दिवस मनाउँदै आइएको ।

विसं २०८० वैशाख २२ मा कति औँ बुद्ध जयन्ती मनाइयो ?

– २५६७ औँ

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार देशकै तेस्रो उत्कृष्ट बन्न सफल स्थानीय तह कुन हो ?

– म्याग्दीको मङ्गला गाउँपालिका

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार देशकै दोस्रो उत्कृष्ट बन्न सफल स्थानीय तह कुन हो ?

– प्युठान नगरपालिका

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार देशकै उत्कृष्ट बन्न सफल स्थानीय तह कुन हो ?

– नरैनापुर (बाँके)

विश्व अलौ दिवस २०२३ को नारा के थियो ?

– Time to Deliver Zero Malaria : Invest, Innovate and Implement

Explanation:

  • हरेक वर्ष अप्रिल २५ मा मनाइन्छ ।
  • २००८ देखि मनाउन थालिएको
  • ९५ प्रतिशत औलो रोगकाबिरामी अफ्रीका क्षेत्रमा रहेका छन्

राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई–पासपोर्ट पु-याउने लक्ष्य रहेको छ ( सन् २०२३ अनुसार )?

– सन् २०३०

केन्द्रीय तथ्याङ्क विभागको नाम परिवर्तन गरी के बनाइएको छ ?

– राष्ट्रिय तथ्याङ्क कार्यालय

Explanation:

  • वि.सं. २०७९ कात्तिक ३
  • तथ्याङ्क ऐन, २०७९ अनुसार तथ्याङ्क सङ्कलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको जिम्मा पाएको यो कार्यालयलाई विधिवत रूपमा ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’ नामकरण गरिएको ।
  • राष्ट्रिय योजना आयोग मातहत रहेको सो निकाय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत रहने ।
  • राष्ट्रिय योजना आयोगअन्तर्गत रहे पनि तथ्याङ्क विभाग प्राविधिक रूपले स्वायत्त निकायका रूपमा स्थापित भएको सम्बन्धित अधिकारीहरूको भनाइ रहेको ।
  • साबिक केन्द्रीय तथ्याङ्क विभागको स्तरोन्नतिबाट सचिवको दरबन्दी कायम गरिएसँगै नेपालको पहिलो प्रमुख तथ्याङ्क अधिकारीका रूपमा नेपाल सरकारका सचिव रामप्रसाद थपलिया (२०७९ फागुन २९) ले जिम्मेवारी पाएका ।
  • तथ्याङ्क ऐन, २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐनअनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था गरिएको ।

विराटनगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा कहिले गरिएको हो ?

– वि.सं. २०८० वैशाख ३

वि.सं. २०८० वैशाख ३ मा (सन् २०२३ अप्रिल १६)मा आईक्यू एयरद्वारा सार्वजनिक प्रतिवदनअनुसार वायु प्रदूषण उच्च भएको सहरको सूचीको पहिलो नम्बरमा कुन सहर परेको छ ?

– काठमाडौँ

Explanation:

  • विश्वभरका सहरको वायु प्रदूषणको मात्रा नाप्दै आएको आईक्यू एयरका अनुसार काठमाडौँको एयर क्वालिटी इन्डेक्स २०८ रहेको ।
  • एयर क्वालिटी इन्डेक्स १८३ रहेको थाइल्यान्डको चियाङमाई सहर विश्वको सबैभन्दा प्रदूषण भएको दोस्रो सहरमा परेको ।

बालविवाह न्यूनीकरणका लागि विवाह गर्नुअघि वडा कार्यालयबाट विवाह गर्ने उमेर पुगेको योग्यताको प्रमाणपत्र पेस गरी सिफारिस लिनुपर्ने व्यवस्था कुन पालिकाले गरेको छ ?

– गोलन्जोर गाउँपालिका (सिन्धुली)

Explanation:

  • विवाहका लागि २० वर्ष पुग्नुपर्ने र उमेर नपुगी विवाह गर्ने जोडीलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट समेत वञ्चित गर्ने निर्णय (२०७९ चैतमा) भएको ।
  • बालविवाह मानव विकास सूचकको हिसाबले पनि अनुपयुक्त रहेको र त्यसले सामाजिक विकृति, स्वास्थ्य समस्या, शारीरिक विकासमा बाधाजस्ता समस्या हुने गरेको स्थानीय तहले जनाएको ।

वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?

–  वि.सं. २०७८ चैत १५

Explanation:

  • २०७२ वैशाखको भूकम्पले क्षति पु¥याएको गद्दी बैठक पुनर्निर्माण भएपश्चात् तत्कालीन प्रम केपी शर्मा ओलीद्वारा २०७५ असार १३ मा उद्घाटन । पुनर्निर्माण सके पनि भित्रको व्यवस्थापन मिलाउन बाँकी रहेकाले सर्वसाधारणलाई प्रवेश खुला गर्न ढिलाइ भएको थियो ।
  • गद्दी बैठक तत्कालीन प्रम चन्द्र शमशेरको पालामा नवशास्त्रीय (नियोक्लासिकल) शैलीमा निर्माण (वि.सं. १९६५) भएको, जुन राज्यको महìवपूर्ण बैठक, विदेशी पाहुनालाई ओहदाको प्रमाणपत्र दिनेलगायत कार्यका लागि प्रयोग गर्ने गरिन्थ्यो । गद्दी बैठकमै विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपश्चात् यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुख एवं अन्य विशिष्ट पाहुनाहरू, जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने बेलामा हुने गर्छ ।

कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटी, २०२२ कहाँ सम्पन्न भएको हो ?

– मन्ट्रियल (क्यानडा)

Explanation:

  • संयुक्त राष्ट्रसङ्घीय जैविक विविधता सम्मेलन (कोप–१५) सन् २०२२ डिसेम्बर ७–१९ सम्म सञ्चालन भई सम्पन्न भएको ।
  • सम्मेलनमार्फत कुन्मिङ–मन्ट्रियल विश्वव्यापी जैविक विविधता संरचना पारित भएको । सम्मेलनले जैविक विविधता संरक्षणका लागि चार विश्वव्यापी उद्देश्य र २३ लक्ष्य तोकेको ।
  • हाल १७ प्रतिशत जमिन र १० प्रतिशत सामुद्रिक क्षेत्र संरक्षित रहेकोमा सन् २०३० सम्म जमिन र पानी दुवैतर्फ ३० प्रतिशत हिस्सा जैविक विविधताका लागि संरक्षण गर्ने ।
  • जैविक विविधताको हिसाबले उच्चतम महìव बोकेका क्षेत्रमा भइरहेको ह्रासलाई सन् २०३० सम्ममा शून्यमा झार्नुपर्ने ।
  • विकसित/धनी राष्ट्रहरूले विकासशील तथा अतिकम विकसित राष्ट्रहरूलाई सन् २०२५ सम्म बर्सेनि २० अर्ब र सन् २०३० सम्म ३० अर्ब अमेरिकी डलरका दरले सहयोग उपलब्ध गराउनुपर्ने ।
  • सम्मेलनले ४० बुँदे घोषणापत्र जारी गरेको। सम्मेलनको पहिलो चरणको बैठक सन् २०२१ अक्टोबरमा चीनको कुन्मिङमा सम्पन्न भएको ।

विश्व क्षय रोग दिवस २०२३ को नारा के थियो ?

– Yes! We can end TB!

Explanation:

  • कहिले मनाइन्छ: हरेक वर्ष मार्च २४मा
  • कहिले देखि मनाउन थालिएको: सन्‌ १९९७ देखि
  • यस वर्ष कतिऔं दिवस मनाइएको: २७औं
  • रोबर्ट कोचले सन्‌ १७२२ मार्च २४मा क्षयरोग लगाउने ब्याक्टेरिया पत्ता लगाएका थिए ।
  • त्यस दिनको सम्झनामा हरेक वर्ष मार्च २४मा क्षयरोग दिवस मनाउन थालिएको ।
  • क्षयरोग लगाउने ब्याक्टेरिया: Mycobacterium tuberculosis

ग्लोबल टेररिज्म इन्डेक्स २०२३ अनुसार नेपाल कतिऑ स्थानमा रहेको छ ?

– ३६ ऑ

Explanation:

  • प्रतिवेदन अनुसार, आक्रमण र मृत्युमा कमी भए पनि अफगानिस्तान लगातार चौथो वर्ष आतंकवादबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ । दक्षिण एसियाबाट भुटान सहित ७१ देशहरुमा आतंकवाद शून्य देखिएको छ । सार्कम आतंकवाद शून्यमा पर्ने भुटान एकमात्र देश हो । GTI प्रतिवेदन Istitute for Economics and Peace (IEP) ले टेररिजम ट्र्याकर र अन्य स्रोतबाट प्राप्त तथ्याङ्क प्रयोग गरी तयार पार्ने गर्दछ ।

दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलन कहिले सम्पन्न भएको हो ?

– वि.सं. २०७९ असोज ४–५

Explanation:

  • वन तथा वातावरण मन्त्रालयद्वारा इसिमोड, यूएनडीपी, डब्लूडब्लूएफ नेपाललगायत संस्थासँग मिली अन्तर्राष्ट्रिय पर्वतीय वर्षको अवसर पारी सो सम्मेलन आयोजना गरिएको ।
  • पर्वतीय क्षेत्रका मुद्दामा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न कोप–२७ को पूर्वसन्ध्यामा सम्मेलन आयोजना गरिएको ।

पानी सङ्कट न्यूनीकरण गर्ने उपायको खोजी गरी त्यसलाई कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ राष्ट्रिय पानी सम्मेलनको आयोजना कहिले गरियो ?

– वि.सं. २०७९ चैत ५–६

Explanation:

  • (विश्व पानी दिवसको अवसरमा खानेपानी मन्त्रालयसँगको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपाललगायतको सहयोगमा ‘वर्षात्को पानी सङ्कलन : पानी सुरक्षण र जलवायु परिवर्तनका असरहरूको सम्बोधन’ विषयक दुई दिवसीय सम्मेलन सम्पन्न भएको ।)

2023 World Happiness Day को नारा के थियो ?

– Keep Calm, Be Wise and Be Kind

Explanation:

  • 2023 “Keep Calm, Be Wise and Be Kind”,
  • 2022 “Happier Together”
  • 2021 “Keep Calm. Stay Wise. Be Kind”
  • 2020 “Happiness For All, Together”

World Happiness Index 2023 अनुसार नेपालको स्थान कति थियो ?

– ७८ ऑ

Explanation:

  • पहिलो : फिनल्यान्ड
  • अन्तिम: अफगानिस्तान (१३७ औं)
  • हिलो पाँच : फिनल्यान्ड (७.८०४) ,डेनमार्क (७.५८६), आइसल्याण्ड (७.५३०) ,इजरायल (७.४७३), नेदरल्यान्ड (७.४०३)
  • संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटर्वक ले निकालेको प्रतिवेदन
  • सन्‌ २०२२ मा नेपाल ८४ औं स्थानमा थियो

विश्व निन्द्रा दिवस २०२३को नारा के थियो ?

– Sleep is Essential for Health

विश्व उपभोक्ता अधिकार दिवस २०२३ को नारा के थियो ?

– Empowering Consumers Through Clean Energy Transitions

न्युजिल्यान्डमा सन् २०२३ फेब्रुअरीमा आएको चक्रवात कुन हो ?

– गेब्रिएल

Explanation:

  • सो चक्रवातका कारण तीन हजारभन्दा बढी मानिसको हताहती एवं २० हजारभन्दा बढी घरमा क्षति पुगेको ।

नेपाल पन्छी संरक्षण सङ्घका अनुसार हाल (वि.सं. २०७९ फागुन) नेपालमा कति प्रजातिका चरा भेटिएका छन् ?

– ८९२

विश्व रेडियो दिवस २०२३ को नारा के थियो?

– Radio and Peace

Explanation:

  • १२ औ रेडियो दिवस को नारा

विश्व सिमसार दिवस २०२३ को नारा के थियो?

– It’s Time for Wetland Restoration

राष्ट्रिय भूकम्प दिवस २०७९ को नारा के थियो ?

– “भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार”

Explanation:

  • तर देशमा भएको एती ऐरलाइन्सको बिमान दुर्घटनाका सोकका कारण स्थगित गरिएको |

नेपालको आन्तरिक उडानमा हालसम्मको ठूलो हवाई दुर्घटना कहिले भएको हो ?

– वि.सं. २०७९ माघ १

Explanation:

  • काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ९ एन–एएनसी विमान पोखराको सेती खोँचमा दुर्घटना भएको ।
  • जहाजमा ६८ यात्रु र चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार रहेकोमा सबैको मृत्यु भएको ।
  • पुरानो विमानस्थल बन्द गर्दै तत्कालका लागि आन्तरिक उडान सुरु गरेको विमानस्थल सञ्चालनमा आएको हप्ता दिन नबित्दै यतीको विमान दुर्घटनामा परेको हो । काठमाडौँबाट पोखरा आएको विमान टेक अफको अनुमति पाइसकेको अवस्थामा पुरानो विमानस्थलदेखि करिब दुई सय मिटरको दूरीमा दुर्घटना भएको हो ।
  • पोखरामा व्यावसायिक उडानअन्तर्गत भएको यो दोस्रो दुर्घटना हो । यसअघि २०५९ भदौ ६ गते साङ्ग्रिला एयरको ट्विनअटर दुर्घटन हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।
  • नेपालमा उडानका लागि तुलनात्मक रूपमा सुरक्षित मानिने एटीआर विमान दुर्घटना भएको यो पहिलो र यती एयरलाइन्स समूहको ११औँ दुर्घटना हो ।
  • युरोपेली सङ्घले लगाएको हवाई प्रतिबन्ध हट्ने अपेक्षा गरिएको बेला भएको यो दुर्घटनाले नेपाली आकाशको सुरक्षामा थप प्रश्न उठेको ।

राष्ट्रिय योग दिवस २०७९ को नारा के थियो ?

– स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना ।

Explanation:

  • वि.सं. २०७२ मा नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेको थियो

नेपालमा प्रथम ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ २०७९ को नारा के थियो ?

– ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’

Explanation:

  • नेपालमा जैविक विविधताअन्तर्गत देशको कुल २४,३०० प्रजातिमध्ये २८ प्रतिशत कृषिसम्बन्धी प्रजाति रहेका, जसलाई कृषि जैविक विविधता भनिन्छ ।
  • सरकारले वि.सं. २०७९ का लागि ‘राष्ट्रिय कृषि जैविक विविधता’ वर्षका रूपमा मनाउने साथै हरेक वर्ष माघ १ गतेका दिन कृषि जैविक विविधता दिवस मनाउने निर्णय गरेको ।

नेपालको प्रथम राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइयो?

– २०७९ माघ १ गते

काठमाडौंबाट पोखरा तर्फ उडेको यति एयरलाइन्सको विमान सेती खोच नेरी कहिले दुर्घटना भएको थियो?

– जनवरी १५ २०२३

Explanation:

  • नाइन एन एएनसी एटीआर ७२ विमानमा ६८ यात्रु र चालक दलका ४ सदस्य थिए ।
  • विमान २५ वर्ष अनुभवी सिनियर पाइलट कमल केसीले उडाएका थिए । आइतवारका दिन बिहान काठमाडौंबाट उडेको विमान पोखराको नयाँ विमानस्थलमा ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

UNO ले सन् २०२२ लाई वर्षको रुपमा मनाउने निर्णय गरेको छ?

– Basic Science for Sustainable Development

Global Family Day, 2022 को नारा के रहेको छ?

– One Day in Peace

तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र कहिले घोषणा गरियो?

– वि.स. २०७८ चैत्र १४

टाईफाईड विरुद्धको खोप अभियान कहिले देखि कहिले सम्म भयो?

– वि.स. २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ सम्म

टाईफाईड विरुद्ध खोप अभियानको शुभारम्भ कहिले भयो?

– वि.स. २०७८ चैत्र २४

क्षयरोगमुक्त नेपाल अभियानको शुरुवात कुन प्रदेशबाट भयो?

– कर्णाली

क्षयरोगमुक्त नेपाल अभियानको शुरुवात कहिले भयो?

– वि.स. २०७८ चैत्र २२

दक्षिण एसियाली महिला सम्मेलन कहाँ भयो?

– काठमाडौँ

दक्षिण एसियाली महिला सम्मेलन कहिले भयो?

– सन् २०२२ मार्च १५-१६

वि.स. २०७९ जेठ २ गते कति औं बुद्ध जयन्ति मनाइयो?

– २५६६ औं

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहिले दुर्घटना भएको हो?

– वि.स. २०७९ जेठ १५

अन्तराष्ट्रिय सगरमाथा दिवश, २०२२को नारा के थियो?

– Everest: Peak of the World, Pride of Nepal

राष्ट्रिय धान दिवस, २०७ को नारा के हो?

– धन बालीमा जैविक विविधता उपयोग: आयात प्रतिस्थापनमा सहयोग

२०७९ को राष्ट्रिय धान दिवस कति औं धान दिवस हो?

– १९ औं

गोदावरी-फुलचोकी वन संरक्षण क्षेत्र नेपालको कति औं संरक्षण क्षेत्र हो?

– ७

गोदावरी-फुलचोकी वन संरक्षण क्षेत्रको कुल क्षेत्रफल कति छ?

– ५०.५३ हेक्टर

गोदावरी-फुलचोकी वन संरक्षण क्षेत्र कहिले घोसणा भएको हो?

– वि.स. २०७९ असार २

WHO को विज्ञ समूहमा मनोनित हुने नेपाली चिकित्सक को हुनुहुन्छ?

– डा. रञ्जन पाण्डे

नेपालमा बाघको संख्या कति पुगेको छ?

– ३५५

घोडाघोडी ताललाई “वर्ड सेन्चुरी” घोसणा कहिले गरियो?

– वि.स. २०७८ फाल्गुन २७

जगदीशपुर ताललाई “वर्ड सेन्चुरी” घोसणा कहिले गरियो?

– वि.स. २०७९ असार ३२

WHO का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसले नेपाल भ्रमण कहिले गरे?

– वि.स. २०७९ वैशाख ८-१०

सातौं राष्ट्रिय कृषि गणनाको नारा के थियो?

– कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार

सातौं राष्ट्रिय कृषि गणना कहिले भयो?

– वि.स. २०७९ वैशाख ६ देखि जेठ १९ सम्म

२५ फिट अग्लो ढुंगाको बुद्धमुर्ति कहिले अनावरण गरियो?

– वि.स. २०७९ बैशाख

२५ फिट अग्लो ढुंगाको बुद्धमूर्ति कहाँ निर्माण गरिएको छ?

– हेटौडा

नेपालको दोस्रो गौतम बुद्ध भनि कसलाई चिनिन्छ?

– जयप्रिथ्वीबहादुर सिंह

राष्ट्रिय भाग गणना २०७८को सुरुवात कहिले देखि भएको थियो?

– मंगसिर १९

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, जुम्लामा चिकित्षा शिक्षातर्फको स्नातक तहको पठनपाठन कहिलेदेखि सुरुवात भएको हो?

– वि.स. २०७८ मंगसिर १९

संयुक्त राष्ट्र संगीय बालकोष(युनिसेफ)द्वारा प्रकाशित प्रतिवेदन अनुसार सबैभन्दा बढी बालविवाह हुने राष्ट्र कुन हो?

– मध्य अफ्रिकी गणतन्त्र

सरकारले एस.एल.सी. परीक्षामा ग्रेडिंग प्रणाली कहिलेदेखि लागु गरेको हो?

– वि.स. २०७१

संयुक्त राष्ट्र संगले कुन वर्षलाई “इन्टरनेश्नल इयर अफ क्रियटिभ इकोनोमी फर सस्टेनेबल डेभलपमेन्ट” का रुपमा मनाउने निर्णय गर्यो?

– सन् २०२१

विश्वकै अग्ली महिलाको रुपमा गिनिज वुकमा नाम रहेको महिलाको नाम के हो?

– रुमेस्या गेल्गी

“मेयर दिर्गायु” कार्यक्रम संचालन गर्ने पालिका कुन हो?

– टोखा

कोप २७ कुन देशमा हुने भएको छ?

– इजिप्ट

कोप २७ कहिले हुने भएको छ?

– सन् २०२२

हालै (२०७९) चितवनको गैडहवामा भेटिएको चरा कुन प्रजातिको हो?

– चाइनिज पोन्ड हेरोन

नेपालमा हाल (२०७९) कति प्रजातिका चरा भेटिएको अभिलेख छ ?

– ८९०

वि.सं. २०७९ जेठ २ गते कतिऔँ बुद्ध जयन्ती मनाइयो ?

– २५६६ औं

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुदा कति जनाको मृत्यु भएको थियो ?

– ३ चालक सहित २२ जनाको

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहिले दुर्घटना भएको हो ?

– वि.स. २०७९ जेठ १५

पूजा सिंह नेपाल प्रहरीको इतिहासमा पहिलो पटक प्रशासनतर्फबाट महिला एआईजी कहिले बन्न सफल भएकी थिइन् ?

– वि. स. २०७९ जेठ २३

नेपाल प्रहरीको इतिहासमा पहिलो पटक प्रशासनतर्फबाट महिला एआईजी बन्न सफल व्यक्तित्व को हुन् ?

– पूजा सिंह

संघीय मामिला तथा सामान्य शासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(लिजा) प्रणालीमा धादिङको कुन नगरपालिका उत्क्रिस्ट भएको छ?

– निलकण्ठ नगरपालिका

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीमा कुन जिल्ला उत्कृष्ट भएको छ?

– धादिंङ

error: Content is protected !!