विज्ञान/वैज्ञानिक विशेष

विज्ञान/वैज्ञानिक

१. नेपालमा पहिलो पटक हाइड्रोजनबाट खाना पकाउने चुलो कहिले बालियो ?

– विसं २०८० भदौ ३१

Explanation:

  • नेपाल, बेलायत र स्विट्जरल्यान्डका एक दर्जनभन्दा बढी वैज्ञानिकले १८ महिनादेखि गरिरहेको प्रयोग सफल भएको काठमाडौँ विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको ।
  • नेपाल इनर्जी फाउन्डेसनको नेतृत्वमा सुरु भएको पाइलट परियोजना काठमाडौँ विश्वविद्यालय, बेलायतको इनर्जी क्याटालिस्ट कार्यक्रम र लुसर्न स्कुल अफ इन्जिनियरिङ एन्ड आर्किटेक्चर, स्विट्जरल्यान्डको सहयोगमा भदौ ३१ मा सफल परीक्षण भएको जनाइएको ।

२. नासाका वैज्ञानिकहरूले हालै पत्ता लगाएको ग्रह कुन हो ?

– केटु–१८ बी (सन् २०२३ सेप्टेम्बर)

Explanation:

  • वैज्ञानिकहरूले सो ग्रहमा महासागरसमेत रहेको र जीवनको सम्भावना रहेको सङ्केत गरेका ।
  • पृथ्वीबाट १२० प्रकाश वर्ष टाढा रहेको उक्त एक्जोप्लानेट अर्थात् बाह्य ग्रह पृथ्वीभन्दा ८.३ गुणा ठुलो रहेको ।

भारतले पहिलो पटक चन्द्रयान–३ चन्द्रमामा कहिले अवतरण गराएको हो ?

– सन् २०२३ अगस्ट २३

Explanation:

डब्लुएचओले दक्षिण एसियाली राष्ट्रहरूमा अत्यावश्यक औषधि तथा परीक्षणसम्बन्धी सामग्रीहरू सस्तो एवं सुलभ बनाउने निर्णय कहिले गरेको हो ?

– सन् २०१८ सेप्टेम्बर ५

ह्वाइट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्ड, २०२२ बाट सम्मानित नेपाली को हुनुहुन्छ ?

– सोनाम लामा (ताप्लेजुङ, रेडपान्डा संरक्षणमा सव्रिय)

Explanation:

  • यसअघि यो अवार्ड सन् २००५ मा चराविद् हेमसागरले प्राप्त गर्नुभएको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा– प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा कसलाई नियुक्त गरियो ?

– दिलीप सुब्बा (वि.सं २०८० साउन)

Explanation:

  • नास्टको उपकुलपतिको कार्यकाल चार वर्ष हुने र थप एक पटक सोही पदमा पुनर्नियुक्त गर्न सकिने छ ।
  • नास्टको प्राज्ञ सभा र परिषद्ले गरेका निर्णय र निर्देशन कार्यान्वयन गर्ने गराउने जिम्मेवारी उपकुलपतिको हुने छ ।

संयुक्त राष्ट्रसंघले कहिलेसम्म एड्सलाई जनस्वास्थ्यका लागि खतराका रुपमा अन्त्य गर्ने लक्ष्य लिएको छ?

– सन्‌ २०३०

देशभरि देखिएको आँखा पाक्ने रोगको मुख्य कारण कुन् भाइरस मानिएको छ ?

– इन्टरो भाइरस

नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी सम्झौता कहिले गरेको हो ?

– विसं २०७७ फागुन

Explanation:

नेपालले वन संरक्षण गर्दै कार्बन न्यूनीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।  नेपाल प्रशान्त एसिया क्षेत्रमा कार्बन सम्झौता गरेर लाभ लिने पाँचौँ मुलुक हो। विश्वमा भने नेपाल १२ औँ मुलुक अन्तर्गत पर्छ। विश्वका औद्योगिक मुलुकले बढी कार्बन उत्सर्जन गर्दा कम उत्सर्जन गर्ने तथा उत्सर्जन नै नगर्ने मुलुकले पनि उत्तिकै प्रदूषणको हानि बेहोर्नु परेको छ। त्यो असन्तुलनलाई कम गर्न औद्योगिक मुलुकले नेपाल जस्ता कार्बन कम उत्सर्जन गर्ने र वन तथा वातावरण संरक्षणमा योगदान दिने मुलुकलाई क्षतिपूर्ति वा पुरस्कारबापतको रकम तिर्नुपर्ने अवधारणाको विकास भएको छ । सोही अनुसार विश्व बैङ्कमार्फत नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी रकम पाउने भएको छ ।

बेलायतको प्रतिष्ठित एङ्गिलया रस्किन विश्वविद्यालयले प्रदान गरेको डाक्टर इन साइन्स विषयको मानार्थ विद्यावारिधि उपाधि प्राप्त गर्ने नेपाली को हुनुहुन्छ ?

– डा. सन्दुक रुइत (सन् २०२३ जुलाई)

आयुर्वेद कुन वेदको उपवेद हो ?

– अथर्ववेद

Explanation:

विश्वकै प्राचीन चिकित्सा विज्ञान आयुर्वेद ईशापूर्व तीन हजारदेखि ५० हजार वर्षअघि भारतवर्षबाट विकास भएको मानिन्छ। आयुर्वेद उपचार विधि मात्र नभएर मानव जीवनका खानपिन, आहारविहारलाई निर्दिष्ट गर्ने विज्ञान हो, जसले मानवको शरीर, मन र आत्मालाई स्वस्थ तथा सन्तुलन राख्न मद्दत दिन्छ ।

नेपालमा फाइभ–जी सेवाको आन्तरिक परीक्षण शुभारम्भ कहिले गरिएको हो ?

– विसं २०७९ माघ २२

नैरोवी फ्लाई भन्नाले के बुझिन्छ र यो नेपालमा कहिले देखिएको हो ?

– छालामा सङ्क्रमण ल्याउने किरा (नेपालमा २०७९ असारमा देखिएको हो।)

Explanation:

ब्रह्मान्डको पहिलो रङ्गीन तस्बिर कहिले सार्वजनिक गरिएको हो ?

– विसं २०२२ जुलाई ११

Explanation:

  • नासाका वैज्ञानिकहरूले जेम्सवेब स्पेस टेलिस्कोपबाट सो तस्बिर खिचेका
  • नक्सामा ब्रह्माण्डमा रहेका ग्रहहरूबाट निस्किएका प्रकाश पनि तस्बिरमा देख्न सकिने ।

नेपाली स्याटेलाइट ‘नेपाली स्याट–१’ अन्तरिक्षमा कति दिन रहेर खसेको हो ?

– ८४१ दिन

Explanation:

  • नेपाली युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभास मास्केले बनाएको ‘नेपाली स्याट–१’ नामक भू–उपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको हो ।
  • सो भू–उपग्रहले अन्तरिक्षमा रहँदा पृथ्वीलाई १३ हजार ४५६ फन्को लगाएको थियो ।
  • नेपाली स्याटसँगै अन्तरिक्षमा छाडिएको श्रीलङ्काको राभाना–१ भू–उपग्रह पनि खसेको थियो ।
  • ‘नेपाली स्याट–१’ २०७६ वैशाख ५ गते अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।

रानाथारू समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुनुहुन्छ ?

– धनगढीकी जीवन राना

Explanation:

संयुक्त राष्ट्रसङ्घले सन् २०२५ मा आयोजना हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का लागि चयन गरेको ठाउँ कुन हो ?

– ब्राजिल

Explanation:

विश्व स्वास्थ्य संगठन (WHO) ले विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्तको घोषणा कहिले गरेको थियो ?

– ५ मे २०२३

Explanation:

२०१९ डिसेम्बर ३१ चीनको वुहानमा पहिलोपटक देखा परेको  २०२० जनवरी ९ कोरोनाको कारणले पहिलो पल्ट वुहानमा मानिश्को मृत्यु भएको  २०२० फेब्रुअरी ११ WHO ले कोरोना भाइरसको नामाकरण “Covid-19” गरेको  २०२० मार्च ११ WHO ले “Covid-19” लाई विश्वव्यापी महामारी घोषणा गरेको

राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०८० को नारा के थियो ?

– सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि

विश्व मौसम विज्ञान दिवस २०२३को नारा के थियो?

– The Future of Weather, Climate and Water across Generations

Explanation:

हरेक वर्ष मार्च २३ मा मनाइन्छ।

विश्व पानी दिवस २०२३ को नारा के थियो

– Accelerating Change To Solve the Water and Sanitation Crisis

Explanation:

हरेक वर्ष मार्च २२ मा मनाइन्छ

चीनद्वारा कृत्रिम सूर्यको सफल परीक्षण कहिले गरिएको हो ?

– सन् २०२२ जनवरी १

कति वर्षको अन्तरालपछि हरियो रङको पुछ्रेतारा पृथ्वीको नजिक आएको हो ?

– ५० वर्ष

Explanation:

  • सन् २०२३ जनवरी दोस्रो साताबाट यस पुछ्रेतारालाई अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको ।
  • नेपालबाट पनि यस दुर्लभ हरित पुछ्रेतारालाई ध्रुवताराको समीपमा माघ महिनाको दोस्रो सातासम्म साँझ ७ बजेपछि अवलोकन गर्न सकिने समितिले जनाएको ।
  • उक्त पुछ्रेतारा एउटा टाउको र दुईवटा (एउटा लामो र एउटा छोटो) पुच्छरका रूपमा देखिने ।

हाइड्रोजनबाट चल्ने ट्रेन सुरु गर्ने एसियाको पहिलो मुलुक कुन हो?

– चीन

Explanation:

The train is composed of four cars and reaches a maximum speed of 160 km/h. It has built in it a hydrogen power system which allows the train to travel up to 600 kilometres on a single charge.

स्वास्थ्य तथा जनसंख्या वै आठौ सम्मेलनको आयोजक को हुन्?

– नेपाल स्वास्थ्य तथा अनुसन्धान परिषद

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ सम्मेलन कहिले भएको थियो?

– वि.स. २०७८ चैत्र २७-२९

नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?

– सुमन सत्याल

नेपालमा पहिलो पटक बिना अप्रेसन मुटुको भल्भको सफल प्रत्यारोपण कहिले गरियो ?

– वि.सं. २०७८ फागुन १६

Explanation:

  • शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टीएभीआई) विधिबाट ८० वर्षीय महिलाको मुटुको भल्ब फेरेको ।
  • टीएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमको तार अर्थात् क्याथरेटरद्वारा मानवनिर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिने/गरिएको ।
  • अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले भारतका मुटुरोग विशेषज्ञ डा. शाही सतीश नेतृत्वमा अस्पतालको टिमले सो सफल प्रत्यारोपण गरेको ।
  • बिरामीलाई बेहोस पारी छाती शल्यक्रिया गर्नुपर्ने भएकाले यो पद्धतिमा जटिलता पनि कम हुने र बिरामी चाँडै निको हुने अस्पतालले जनाएको ।

५७० वर्ष यताकै सबैभन्दा लामो चन्द्र ग्रहण कहिले लागेको थियो?

– सन् २०२१ डिसेम्बर १८

नासाको ‘दाविन्ची प्लस’ र ‘वेरिटास’ मिसन केसँग सम्बन्धित छ ?

– शुक्र ग्रह मिसन

बर्ड-१ को प्रक्षेपण कहिले गरिएको थियो?

– २०७६ बैशाख ५

बर्ड-१ को प्रक्षेपण कुन देशबाट गरिएको थियो?

– जापान

बर्ड-१ कति दिन सम्म अन्तरिक्षमा रहेको थियो?

– ८४१ दिन

Nepali-SAT-1 लाई अर्को कुन नामले चिनिन्छ?

– Bird

error: Content is protected !!