राजनैतिक विशेष

राजनैतिक

सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि सुरु गरेको हो ?

– विसं २०८० असोज ३०

Explanation:

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रधानमन्त्री निवास बालुवाटारमा असोज ३० गते गैरआवासीय नागरिकता प्रदान गर्ने कार्यको शुभारम्भ गरिएको । पहिलो पटक गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरिएको ।
  • नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको ।
  • २०८० कात्तिक १ गतेदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने ।

इन्डोप्यासिफिक क्षेत्रका सेनाप्रमुखहरूको सम्मेलन–२०२३, कहाँ आयोजना गरियो ?

– नयाँ दिल्ली, भारत (१३ औँ संस्करण)

Explanation:

  • भारतीय र अमेरिकी सेनाको संयुक्त आयोजनामा सन् २०२३ सेप्टेम्बर २५–२७ सम्म ।
  • सम्मेलनको शीर्षक ‘शान्तिका लागि एकै साथ : हिन्द प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थायित्व’ ।
  • सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, इन्डोनेसिया, जापान, मलेसिया, ब्रुनाई, कम्बोडिया, कोरिया, मङ्गोलिया, म्यानमार, न्युजिल्यान्डलगायतका देशहरूबाट प्रधान सेनापति सहभागी भएका ।
  • नेपालबाट प्रधान सेनापति प्रभुराम शर्माको सहभागिता रहेको ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुने सन्दर्भमा कहिले न्युयोर्क प्रस्थान गर्नुभएको हो ?

– विसं २०८० भदौ ३०

Explanation:

  • महासभाको ७८ औँ सत्रमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड न्युयोर्क प्रस्थान गर्नुभएको ।
  • उहाँले ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको ।
  • प्रधानमन्त्री प्रचण्ड ५ आश्विनमा चीन भ्रमणमा जाने तय भएको ।

संविधान सभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन कहिले भएको हो ?

– विसं २०८० भदौ २६

शक्तिशाली राष्ट्रहरूको समूह जी–२० को १८ औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

– सन् २०२३ सेप्टेम्बर ९ र १०, भारतको नयाँ दिल्ली

Explanation:

  • विश्वका २० ठुला अर्थतन्त्रको साझा प्लेटफर्मका रूपमा रहेको जी–२० को १८ औँ सम्मेलनको अध्यक्षता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका ।
  • ‘एक पृथ्वी’ एक परिवार, एक भविष्य’ को विषयवस्तुमा सम्मेलन आयोजना भएको ।
  • सम्मेलनबाट अफ्रिकी युनियन पनि स्थायी सदस्य बनेको । अफ्रिकी युनियन ५५ देशको सङ्घ हो, जसमा विश्वको करिब १८ प्रतिशत जनसङ्ख्या बस्छन् ।
  • यस सम्मेलनको घोषणापत्रका सबै बुँदामा पहिलो पटक सबै राष्ट्रद्वारा पहिलो दिनमै सहमति कायम भएको ।
  • घोषणापत्रमा विश्व स्वास्थ्य, जलवायु परिवर्तन, व्यापार, विकास, डिजिटल अर्थतन्त्र र अन्तर्राष्ट्रिय सुरक्षालगायतका विषय समेटिएका ।
  • भारत र मध्यपूर्व युरोप जोड्ने मेगा इकोनोमिक कोरिडोरको घोषणा । कोरिडोरमा भारत, युएई, साउदी अरब, युरोपियन युनियन, फ्रान्स, इटाली, जर्मनी र अमेरिका सहभागी हुने । रेल र बन्दरगाह जस्ता नेटवर्कको निर्माण गरिने कोरिडोरले व्यापारलाई बढावा मिल्ने विश्वास लिइएको ।
  • चीनको बेल्ट एन्ड रोडसँग तुलना गर्दै यस कोरिडोरलाई महाककाङ्क्षी योजना मानिएको ।

एमसीसी परियोजना कहिलेदेखि कार्यान्वयन अर्थात् इन्ट्री इनटु फोर्स (इआइएफ) मा गएको हो ?

– विसं २०८० भदौ १३

Explanation:

  • अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट कोषको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९.७ करोड डलर लगानीका तीन परियोजना कार्यान्वयनमा प्रवेश गरेका ।
  • एमसिसीसँगको पूर्वसम्झौता अनुसार कार्यान्वयन सुरु भएको पाँच वर्ष अर्थात् २९ अगस्ट, २०२८ भित्र परियोजना सम्पन्न गर्नुपर्ने उल्लेख ।
  • सो सन्दर्भमा भदौ १३ मा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरेन अल्फोर्डबिच ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश’ सम्बन्धी पत्र आदानप्रदान भएको ।
  • तोकिएको अवधिभित्र यस अन्तर्गतका परियोजनाको निर्माण नसकिए बाँकी काम नेपाल सरकारले आफ्नै लगानी गर्नुपर्ने ।
  • चार प्रसारण लाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमी सडकखण्ड मर्मत गर्ने गरी २०१७ सेप्टेम्बरमा अमेरिकासँग सम्झौता भएको । जुन सम्झौता २०७८ फागुन १५ (२७ फेब्रुअरी २०२२) मा संसदबाट अनुमोदन भएसँगै कार्यान्वयनको ढोका खुलेको थियो ।
  • एमसिसी अन्तर्गत बन्ने आयोजना:– लप्सीफेदी–रातामाटे–न्यु हेटौँडा (११७ किमी), रातामाटे–न्यु दमौली (९० किमी), न्यु दमौली–न्यु बुटवल (९० किमी) र न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्ड (१८ किमी) गरी ४०० केभी डबल सर्किट क्षमताको ३१५ किमी लामो चार प्रसारण लाइन बनाइने, जहाँ ८५६ वटा टावर बन्ने ।
  • यसै गरी रातामाटे, दमौली र नवलपरासी पश्चिम भुमहीमा ४००–४०० केभी क्षमताका सबस्टेसन निर्माण गरिने ।
  • महेन्द्र राजमार्गमा भालुवाङदेखि पश्चिमतर्फको ७७ किमी खण्ड विशेष रूपमा मर्मत गरिने ।

चीनले नयाँ नक्सा कहिले जारी गरेको हो ?

– सन् २०२३ अगस्ट २१

Explanation:

  • नयाँ नक्सामा भारत विभाजनअघिको कास्मिरको उत्तरी भाग अक्साईलाई चीनको भूगोलभित्र समेटिएको ।
  • त्यसै गरी यसअघि झैँ दक्षिण चीन सागरको पूरा क्षेत्र पनि चीनको भूमिका रूपमा देखाइएको छ । साथै नयाँ नक्सामा ताइवानलाई पनि समेटिएको छ ।
  • चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा समेटिएको छैन ।
  • अरुणाञ्चल र अक्साई चीन क्षेत्रमा बेइजिङको भारतसँग विवाद छ भने दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनका अतिरिक्त फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाईलगायत दक्षिणपूर्वी मुलुकको पनि दाबी रहेको छ ।

बागमती प्रदेश सरकारले प्रदेश श्रम तथा रोजगार नीति–२०८० कहिले सार्वजनिक गरेको हो ?

– विसं २०८० भदौ ४

सर्वोच्च अदालतको ३१ औँ प्रधान न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ कहिले नियुक्त हुनुभएको हो ?

– विसं २०८० भदौ ४

अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इन्भायरन्मेन्ट फ्यासिलिटी (जिइएफ) को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट कुन पदमा निर्वाचित हुनुभएको हो ?

– उपाध्यक्ष (सन् २०२३ अगस्ट)

उदीयमान राष्ट्रको सङ्गठन ‘ब्रिक्स’ मा कति सदस्य थप भएका छन् ?

– ६

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था परीक्षणका रूपमा कहिलेदेखि कार्यान्वयनमा ल्याएको थियो ?

– वि.सं २०७९ जेठ १

Explanation:

  • यो व्यवस्था लागु भएसँगै कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कायम भएको थियो ।
  • कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ४ बजेसम्म कायम भएको थियो ।
  • विसं २०७९ असार १ गतेदेखि यो व्यवस्था हटाइयो ।

काठमाडौँमा पुनः ‘नो हर्न’ अभियान कहिलेदेखि सुरु गरिएको हो ?

– वि.सं २०७९ साउन २२

Explanation:

  • पहिलो पल्ट ध्वनि प्रदूषण नियन्त्रणका लागि विसं २०७४ वैशाख १ देखि यो अभियान सुरु गरिएको थियो ।

सोर्हौ योजनाको अवधारणापत्र कहिले स्वीकृत भएको हो ?

– २०८० साउन १७

इग्वे डरका चुनाव यार्लीमा हत्या गरिएको राष्ट्रपति पदका उम्मेदवार को हुन् ?

– फेर्नान्डो भिल्लाभिसेन्सियो

Explanation:

  • ९ अगस्त २०२३

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मन्त्रिपरिषद्ले कहिले पारित गरेको
हो
?

– २०८० साउन २३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा इटालीको चारदिने भ्रमण कहिले भएको हो ?

– विसं २०८० साउन ६–९

Explanation:

  • संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी सम्मेलनमा भाग लिने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डद्वारा सो भ्रमण गरिएको हो ।
  • ‘युनाइटेड नेसन्स फुड सिस्टम : २०२३ स्टकिङ मोमेन्ट’ नामक सम्मेलनमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले औपचारिक रूपमा सम्बोधन गर्नुभएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्ने नेपालको पहिलो राजनीतिक पार्टी कुन हो ?

– नेपाली कांग्रेस (विसं. २०८० साउन)

Explanation:

  • सामाजिक सञ्जालबाट लाइभ गरेरै पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसाल्ने कांग्रेस पहिलो पार्टी बनेको छ ।
  • यस पद्धतिले पार्टीलाई जनताप्रति थप जिम्मेवार बन्न सहयोग पुग्ने जनाइएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन कहिले भएको हो

– विसं २०८० असार २७

सन् २०२३ मा सरकारद्वारा राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिमा कसलाई सिफारिस गरियो ?

– लोकबहादुर थापा

Explanation:

विसं २०८० असार २८ को मन्त्रीपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई स्थायी प्रतिनिधिमा सिफारिस गरेको हो।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाको अध्यक्षमा को निर्वाचित हुनुभयो ?

– डेनिस फ्रान्सिस

विसं २०८० असार २१ मा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन सफल व्यक्तित्व को हुनुहुन्छ ?

– उद्धव थापा

Explanation:

प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा असार २१ मा उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरियो । थापालाई नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतको समर्थन रहेको छ।

नेपाल सरकारद्वारा प्रशासनिक समन्वय परिषद्को गठन गर्ने निर्णय कहिले भएको हो ?

– विसं २०७९ फागुन २६

Explanation:

मुख्य सचिवको संयोजकत्वमा गठन हुने परिषदमा निम्न सदस्य रहने छन् :

  • नेपाल सरकारका मुख्य सचिव : संयोजक
  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रादेशिक समन्वय हेर्ने सचिव : सदस्य
  • अर्थ सचिव : सदस्य
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका
  • सचिव : सदस्य
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव : सदस्य
  • राष्ट्रिय योजना आयोगका सचिव : सचिव
  • सात वटै प्रदेशका प्रमुख सचिवहरू : सदस्य
  • महालेखा नियन्त्रक : सदस्य
  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रादेशिक समन्वय तथा योजना महाशाखा प्रमुख : सदस्य सचिव

वल्र्ड एसोसिएसन अफ द मेयर मेट्रोपोलिसको सञ्चालक समिति सदस्यमा निर्वाचित हुन सफल नेपालका मेयर को हुनुहुन्छ ?

– बालेन्द्र शाह (काठमाडौँ महानगरपालिका)

Explanation:

  • मेयर : काठमाडौँ महानगरपालिका
  • सन् २०२४–२६ सम्मको कार्यकालका लागि उहाँ निर्वाचित हुनुभएको हो ।
  • कार्यकाल सुरु : सन् २०२४ जनवरी १
  • सञ्चालक समिति सङ्घको प्रमुख व्यवस्थापकीय अङ्गका रूपमा रहेको छ । सदस्यहरूको महासभाले तोकेको दिशानिर्देश पूरा गर्नु यसको मुख्य जिम्मेवारी रहेको छ ।
  • ठूला सहरी समूहको यो सङ्घले सरकारहरूलाई भेला गरेर महानगरको दिगो र समान विकास तथा उत्थानशील समाज रूपान्तरणका लागि रणनीतिक योजना तर्जुमा गर्ने छ ।
  • संस्थामा हाल विश्वका १४० भन्दा बढी ठूला महानगरपालिका सदस्य रहेका छन् ।

आसियानको नयाँ महासचिवमा नियुक्त हुने कूटनीतिज्ञ काओ कर्न हर्नको कार्यकाल कुन हो ?

– सन् २०२३ जनवरी १–२०२८ डिसेम्बर ३१

आसियानको नयाँ महासचिवमा नियुक्त हुने कूटनीतिज्ञ को हुन् ?

– काओ कर्न हर्न

आइएफआरसीको महासचिवमा नियुक्त हुन सफल पहिलो नेपाली को हुन् ?

– जगन चापागाईं

Explanation:

  • उहाँ सन् २०२३ मे १० मा सो पदमा नियुक्त (दोस्रो कार्यकालका लागि) हुनु भएको ।
  • उहाँको पहिलो कार्यकाल सन् २०२० फेब्रुअरी ४ मा सुरु भएको थियो ।
  • आइएफआरसीको पूरा रूप इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रेसेन्ट सोसाइटिज रहेको ।
  • आइएफआरसीको स्थापना सन् १९१९ मे ५ मा भएको ।
  • यसको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको ।

नेपालसँग दौत्य सम्वन्ध कायम भएको १८१ औँ राष्ट्र कुन हो ?

– मार्सल आइल्यान्ड

Explanation:

नेपाल र मार्सल आइल्यान्डबिच सन् २०२३ जुन २३ मा कूटनीतिक सम्बन्ध कायम भएको। त्यसै गरी, नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८० औँ राष्ट्र अफ्रिकी मुलुक क्यामरुन हो । नेपाल–क्यामरुनबिच सन् २०२३ जुन २२ मा कूटनीतिक सम्बन्ध कायम भएको।

पाँचौँ अल्पविकसित राष्ट्रहरूको सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

– सन् २०२३ मार्च ५–९, दोहा (कतार)

Explanation:

– प्रत्येक दस वर्षमा आयोजना गरिने ।

– संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार हाल अल्पविकसित राष्ट्रहरूको सङ्ख्या ४६ रहेको ।

– सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा प्रतिनिधित्व भएको ।
– हालसम्म सम्पन्न सम्मेलनहरू:

  • पहिलो – सन् १९८१ (पेरिस)
  • दोस्रो – सन् १९९० (पेरिस)
  • तेस्रो – सन् २००१ (ब्रसेल्स)
  • चौथो – सन् २०११ (इस्तानबुल)

ग्रिसको प्रधानमन्त्रीमा निर्वाचित हुन सफल राजनीतिज्ञ को हुन् ?

– किरियाकोस मित्सोटाकिस

  1. नेपालको पहिलो महिला प्रदेश सभामुख को हुन् ?

– नन्दा गुरुङ

Explanation:

उहाँ विसं २०७९ माघ १ मा कर्णाली प्रदेशको प्रदेश सभामुखमा निर्वाचित हुनुभएको ।

  1. कतार र संयुक्त अरब इमिरेट्स (युएई) बिच पुनः कूटनीतिक सम्बन्ध स्थापना कहिले भएको हो ?

– सन् २०२३ जुन १९

Explanation:

सन् २०१७ को जूनमा आतङ्कवादलाई सहयोग पुर्याएको र क्षेत्रीय स्तरमा अस्थिरता निम्त्याएको भन्दै साउदी अरब, युएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका थिए । कतारले भने यी आरोपको खण्डन गर्दै आएको थियो । यद्यपि, सन् २०२१ मा साउदी अरबलगायत खाडी मुलुकले अलउलमा भएको ४१ औँ खाडी सहकार्य परिषद् शिखर सम्मेलनका क्रमममा कतारसँग कूटनीतिक सम्बन्ध पुनस्र्थापनाको घोषणा गरेका थिए तर केही विषयमा सहमति जुट्न नसक्दा यी मुलुक र कतारबिच पूर्ण सामान्यीकरणको प्रक्रियामा ढिलाइ हुन पुगेको ।

  1. चार राजनीतिक पार्टीको समाजवादी मोर्चा घोषणा कहिले गरिएको हो ?

– विसं २०८० असार ४

Explanation:

  • चार दलले सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र आर्थिक–सामाजिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने प्रमुख उद्देश्यका साथ मोर्चा बनाइएको बताएका ।
  • नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित चार दलद्वारा समाजवादी मोर्चा नेपाल घोषणा गरिएको ।
  • १५ बुँदे साझा उद्देश्य तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गर्दै मोर्चाको घोषणा गरिएको ।
  1. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई सार्वजनिक सेवा दिवसका रूपमा मनाइन्छ ?

– जुन २३

  1. परराष्ट्र मन्त्रालयद्वारा पहिलो पटक परराष्ट्र सेवा दिवस कहिले मनाइएको हो ?

– विसं २०७८ जेठ १०

  1. उपप्रधानमन्त्रीले कोसमक्ष शपथ लिनुपर्ने प्रावधान रहेको छ ?

– राष्ट्रपति

  1. इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन कहिले भएको हो ?

– सन् २०२३ जुन १२

Explanation:

  • (उनी चार पटकसम्म इटालीको प्रधानमन्त्री बनेका ।)
  1. नेपालको संविधान अनुसार कार्यविधि व्यवस्थित गरी लोक सेवा आयोग ऐन, २०७९ जारी कहिले भएको हो ?

– २०७९ असार ३१

  1. (२०८०)नेपाल सरकारको मुख्य सचिवमा नियुक्त हुने व्यक्तित्व को हुनुहुन्छ ?

– डा. वैकुण्ठ अर्याल

Explanation:

  • विसं २०८० जेठ ३२ को मन्त्रीपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको ।
  • यसअघिका मुख्य सचिव शङ्करदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको । वैरागी आगामी असोज १४ गते सेवाबाट अवकाश हुँदै हुनुहुन्थ्यो ।
  • विसं २०४६ माघमा नायब सुब्बा पदबाट निजामती सेवा सुरु गर्नुभएका अर्याल अधिकृत, उपसचिव, सहसचिव हुँदै २०७५ असार ३ गते सचिव पदमा बढुवा हुनुभएको थियो ।
  • डा. अर्यालको सचिव भएको पाँचवर्षे कार्यकाल २०८० असार २ गते सकिन लागेको थियो ।
  • उहाँले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको ।
  • उहाँ २०८२ साल कात्तिकसम्म मुख्य सचिव पदमा बहाल रहने ।
  1. विराटनगर–जोगवनी संयुक्त भन्सार नाकामा मालवाहक रेल सेवा कहिलेदेखि सुरु भएको हो ?

– विसं २०८० जेठ १८

Explanation:

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै विराटनगर–जोगवनी नाकामा रहेको संयुक्त भन्सार जाँच चौकीसम्म भारतीय मालवाहक रेलसेवा सञ्चालनमा आएको छ ।
  • आइसिपीसम्म मालवाहक रेल सेवा सुरु भएपछि व्यवसायीले दोहोरो झन्झट खेप्नु नपर्ने र ढुवानी खर्च पनि घट्ने भएको छ ।
  1. टर्कीको राष्ट्रपतिमा को निर्वाचित भएका छन् (२०२३ जुन) ?

– रेसेप तैयप एर्दोगान

Explanation:

  • टर्किएमा मे १४ र २८ मा दुई चरणको निर्वाचन सम्पन्न भएको थियो ।
  • मे २८ मा भएको दोस्रो चरणको मतदानमा उहाँले छ वटा विपक्षी दलको गठबन्धनबाट उम्मेदवार बनेका केमाल किलिचदारोग्लुलाई पराजित गर्नुभएको थियो । एर्दोगानले कुल खसेको मतको ५२.१४ प्रतिशतमा प्राप्त गर्नुभएको थियो । मे १४ को पहिलो चरणको निर्वाचनबाट राष्ट्रपतिको टुङ्गो नलागेपछि दोस्रो चरणको मतदान भएको थियो ।
  • एर्दोगानले २० वर्षयता टर्कीएमा शासन गर्दै आउनुभएको थियो । यो निर्वाचनले आगामी पाँच वर्षका लागि उहाँलाई झनै शक्तिशाली बनाएको छ । सन् २००३ मा उहाँले प्रधानमन्त्री पद सम्हाल्नुभएको थियो । सन् २०१४ मा पहिलो पटक उहाँ राष्ट्रपति हुनुभएको थियो । उहाँ तेस्रो पटक सो पदमा निर्वाचित हुनुभएको हो ।
  1. फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले रुसको सदस्यता कहिले रद्द गरेको हो ?

– सन् २०२३ फेब्रुअरी

Explanation:

  • युक्रेनमा रुसले गरिरहेको सैन्य कारबाही एफएटिएफको आधारभूत सिद्धान्तविपरीत भएको सदस्यता रद्द गरेको हो ।
  • युक्रेन युद्धका कारण अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि थुप्रै प्रतिबन्ध लगाएका छन् । यसपछि रुसले आफ्नो अर्थतन्त्र कायम राख्न चीन, भारत, ताइवान जस्ता देशसँग सम्बन्ध सुधार्ने प्रयास गरेको छ । यदि एफएटिएफले रुसलाई कालो सूचीमा राखेमा यी देशलाई पनि रुससँग व्यापार जारी राख्न निकै कठिन हुने छ । यसले रुसी अर्थतन्त्रलाई ध्वस्त पार्न सक्छ ।
  1. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणका क्रममा कहिले त्यसतर्फ जाँदै हुनुहुन्छ ?

– विसं २०८० जेठ १७ (भ्रमण अवधि जेठ १७–२० सम्म)

  1. श्रीलङ्काका पूर्वप्रधानमन्त्री एवं पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध कहिले खारेज गरिएको हो ?

– सन् २०२३ मे १७

Explanation:

(गत वर्षको मे ९ मा कोलम्बोमा सरकारविरुद्ध भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा घातक हमला गराएको अभियोगको अनुसन्धानलाई दृष्टिगत गरी राजपाक्षेसहित अन्य व्यक्तिमाथि विदेश यात्राको प्रतिबन्ध लगाइएको थियो ।)

  1. सरकारले २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा कहिले गरेको हो ?

– विसं २०८० जेठ २

Explanation:

  • मन्त्रीपरिषद्को जेठ २ को बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको ।
  • जनआन्दोलन २०६२/६३ मा प्रहरीको गोली लागेर घाइते भई १७ वर्ष एक महिना अचेत अवस्थामा रहेका कायस्थको २०८० वैशाख २८ गते निधन भएको हो ।
  • कायस्थललाई ‘लोकतन्त्र योद्धा सम्मान’ प्रदान गरिएको ।
  1. दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन कहिले भएको हो ?

– विसं २०८० वैशाख २७

Explanation:

आन्दोलनको क्रममा १४ वर्षकै उमेरमा २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका मुकेस करिब १७ वर्ष अर्धचेत अवस्थामा जीवन बिताइरहेका थिए ।

  1. विसं २०८० वैशाख २५ को संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कसलाई सिफारिस गरेको हो ?

– हरिकृष्ण कार्की

Explanation:

  • पद रिक्त भएको पाँच महिनापछि कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्कीको नाम सिफारिस गरिएको ।
  • संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपश्चात् कार्कीको नियुक्ति हुने ।
  • उमेर हदका कारण २०८० साउन १९ सम्म उहाँको कार्यकाल रहने ।
  • तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले निलम्बनमा रहेकै अवस्थामा अवकाश पाएपछि २०७९ मङ्सिर २७ यता प्रधान न्यायाधीश पद रिक्त थियो ।
  • तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा कार्की २०७२ आश्विन २८ देखि फागुन १८ गतेसम्म महान्यायाधिवक्ता बन्नुभएको थियो ।
  • उहाँ २०७९ असोजदेखि कायममुकायम प्रधान न्यायाधीशको रूपमा काम गर्दै आउनुभएको ।
  1. छैटौँ हिन्द महासागरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

– सन् २०२३ मे १२–१३, बङ्गलादेश

Explanation:

नारा : ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी ।’

नेपालका तर्पबाट परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले प्रतिनिधित्व गरेका ।

सम्मेलनमा हिमाल र महासागरबिचको प्राकृतिक सम्बन्ध सुदृढ हुनुपर्ने, हिन्द प्रशान्त क्षेत्रमा वास्तविक, सुदृढ र जिम्मेवार रूपमा सबै मुलुकले आपसी सहकार्य गर्नुपर्ने, हिन्द महासागरको रणनीतिक, आर्थिक र वातावरणीय वहाकवमा जोड एवं तटीय र दुर्गम क्षेत्रको जनजीवनमा जलवायु परिवर्तनको असरलाई सबैले मिलेर सम्बोधन गर्नुपर्नेमा जोड दिइएको ।

  1. COP 28 जलवायू परिवर्तन सम्मेलन २०२३ कहाँ आयोजना हुन गइरहेको छ ?

– यू.ए.ई

Explanation:

आयोजना मिति : २०२३ ३० नोवेम्बेर – १२ डिसेम्बर

शहर: दुबई

  1. सिरियालाई अरब लिगमा पुनस्र्थापित गर्ने निर्णय कहिले भएको हो ?

– सन् २०२३ मे ७

Explanation:

  • इजिप्टको राजधानी कायरोमा भएको अरब लिग राष्ट्रका विदेशमन्त्रीहरूको बैठकले १२ वर्षको निलम्बनपछि अरब लिगमा सिरियाको सदस्यता पुनस्र्थापित गर्ने निर्णय गरेको ।
  • अरब लिग राष्ट्रका विदेशमन्त्रीहरूले ‘सिरियालाई सङ्कटबाट बाहिर निकाल्ने’ प्रयासलाई तीव्र पार्नुपर्ने आवश्यकतामा सहमति जनाएका ।
  • उनीहरूले सिरियाको सार्वभौमिकता, एकता, स्थिरता र क्षेत्रीय अखण्डतालाई ‘अरब लिग बडापत्र’ र यसको सिद्धान्तका आधारमा संरक्षण गर्ने प्रतिबद्धता जनाएका ।
  • जोर्डन, साउदी अरब, इराक, लेबनान, इजिप्ट र अरब लिगका महासचिव सम्मिलित एक समिति गठन गर्न पनि सबै देशका विदेशीमन्त्री सहमत भएका ।
  1. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा ‘ड्रोन आब्रामण’ कहिले भएको हो ?

– सन् २०२३ मे २

Explanation:

  • ‘ड्रोन आव्रमण’ गरी आफ्नो देशका राष्ट्रपतिको हत्या प्रयास गरेको आरोप रुसले लगाएको ।
  • ड्रोनलाई विद्युतीय उपकरण प्रयोग गरी नष्ट गरिएको र कुनै हताहती वा क्षति नभएको बताइएको ।
  • युक्रेनले भने घटनामा आफ्नो संलग्नता नभएको जनाएको ।
  1. बेलायतका नयाँ राजा चाल्र्स तृतीयको राज्याभिषेक कहिले भएको हो ?

– २०२३ मे ७

Explanation:

  • चाल्र्सलाई सेन्ट एड्वर्ड्ज ब्राउन नामक राजमुकुट पहिर्याएर राज्याभिषेक गरिएको ।
  • वेस्ट मिनिस्टर एवीमा आयोजित विशेष समारोहबिच चाल्र्सले राजमुकुट ग्रहण गरेका ।
  • राजा चाल्र्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन् ।
  • राजा चार्ल्स सँगै रानी क्यामिला चाल्र्सलाई क्विन मेरिज ब्राउन पहिर्याइएको ।
  • राज्याभिषेक समारोहमा नेपालसहित विश्वका अधिकांश मुलुकबाट प्रतिनिधित्व रहेको ।
  1. नेपाल लयागत कति वटा अन्य देशहरु अल्पविकसित देशको ग्रयाजुएसनको सुचीमा रहेका छन्‌ (५ औ अल्पविकसित राष्ट्रहरुको सम्मेलन अनुसार) ?

– १२

  1. 5th United Nations Conference on the Least Developed countries अनुसार सन्‌ २०२४को अन्त्यसम्ममा कति वटा देशलाई अल्पविकसित देश भनेर ग्रयाजुएट गरिने गरेर मिती घोषणा गरिएको छ ?

– ४

  1. संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार कति वटा देशलाई अल्पविकसित राष्ट्रमा वर्गीकरण गरिएको छ (According to 5th United Nations Conference on the Least Developed countries) ?

– ४६

  1. अल्पविकसित देशहरुले कति अमेरिकी डलर कटाएपछी ग्रयाजुएट गरिन्छ ?

– १,२२२

  1. संयुक्त राष्ट्रसंघको अनुसार औसत प्रतिव्यक्ति कति अमेरिकी डलर भन्दा कम भएका देशहरुलाई अल्पविकसित राष्ट्रमा सुचिकृत गरिन्छ ?

– १,०१८

  1. अल्पविकसित राष्ट्रहरूको सम्मेलनको चौथो संस्करणको मिति कति थियो ?

– सन् २०११

  1. अल्पविकसित राष्ट्रहरूको सम्मेलनको चौथो संस्करणको स्थान कहाँ थियो ?

– इस्तानबुल

  1. ५ औ अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट कसले प्रतिनिधित्व गर्नेछन् ?

– प्रधानमन्त्री

  1. ५ औ अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट कसले प्रतिनिधित्व गर्नेछन् ?

– पुष्पकमल दाहाल

  1. ५ औ अल्पविकसित राष्ट्रहरूको सम्मेलन कति वर्षमा आयोजना गरिन्छ ?

– प्रत्यक १० वर्षमा

  1. ५ औ अल्पविकसित राष्ट्रहरूको सम्मेलन कहिले भएको थियो ?

– २०७९ फाल्गुन २१ – २५

  1. ५ औ अल्पविकसित राष्ट्रहरूको सम्मेलन कहिले भएको थियो ?

– सन्‌ २०२३ मार्च ५ – ९

  1. ५ औ अल्पविकसित राष्ट्रहरूको सम्मेलन कहाँ आयोजना भएको थियो ?

– कतार, दोहा

  1. नेपालले हालै कुटनीतिक सम्बन्ध गासेको १७९ औँ राष्ट्र कुन हो ?

– नाउरु

Explanation:

  • सन् २०२३ मे ४ मा
  • सन् १९६८ मा स्वतन्त्र मूलुकको मान्यता पाएको नाउरु प्रशान्त महासागरको नजिक अस्ट्रेलियाको उत्तर-पूर्वमा अवस्थित देश हो ।
  1. सरकारले अयोग्य लडाकुलाई दुई–दुई लाख रुपियाँँ राहत दिने कार्यविधि कहिले पास गरेको हो ?

– वि.सं. २०८० वैशाख ६

Explanation:

  • कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिने ।
  • लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइने ।
  • पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाइने र विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अयोग्य लडाकुलाई राहत रकम उपलब्ध गराउने ।
  • अयोग्य लडाकु पहिचानको आधार अनमिनले तयार गरेको प्रतिवेदनलाई मानिने ।
  1. बेलायत सरकारले स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्नेसम्बन्धी सफ्टवेयर प्रणाली सूत्र नेपाललाई कहिले हस्तान्तरण गरेको हो ?

– वि.सं. २०७९ असार ९

Explanation:

  • बेलायत सरकारले स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्ने ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)’ हस्तान्तरण गरेको ।
  • हाल ७५३ वटै स्थानीय तहले खर्च व्यवस्थापनका लागि सोही सफ्टवेयर प्रयोगमा ल्याएका ।
  • नेपाल सरकारले २०७६ वैशाख १७ मा स्थानीय तहलाई सफ्टवेयर प्रयोगमा ल्याउनुपर्ने निर्णय गर्दै प्रणाली स्वीकृत गरेको थियो ।
  • प्रदेश र स्थानीय तहमा आधारभूत बजेटिङ तथा लेखाङ्कन मापदण्डमा आधारित आर्थिक कारोबारको व्यवस्थापन सहज रूपमा गराउने उद्देश्यले विकास गरिएको वेबमा आधारित सफ्टवेयर प्रणालीको मोडल प्रदेश र पालिकाका लागि छुट्टाछुट्टै निर्माण गरिएको जनाइएको ।
  1. अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कस्थित एक अदालतसमक्ष आत्मसमर्पण कहिले गरेका हुन् ?

– सन् २०२३ अप्रिल ४

Explanation:

  • सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पले पूर्वपोर्नस्टार स्टर्मी डेनियल्ससँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न दिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । यस्तै अवैध रूपमा सम्पत्ति जोडेको, ह्वाइटहाउसबाट महìवपूर्ण कागजात गायब गरेको, चुनावी परिणाम अस्वीकार गर्दै ह्वाइटहाउसमा आक्रमण गराएकोलगायत उनीमाथि ३४ वटा मुद्दा लगाइएको छ । उनले ती आरोपलाई अस्वीकार गर्दै आएका छन् ।
  • आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका ७६ वर्षीय ट्रम्पलाई यसले ठूलो झट्का लागेको छ ।
  1. थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले संसद् विघटन कहिले गरेका हुन् ?

– सन् २०२३ मार्च २०

Explanation:

  • राजपत्रमा प्रकाशित एक विज्ञप्तिमा विघटनको घोषणा गरिएको र निर्वाचन आयोगले मतदानको मिति पछि पुष्टि गर्ने उल्लेख गरिएको ।
  • सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्यान्डमा दोस्रो पटक निर्वाचन हुन लागेको ।
  • सन् २०१४ मा भएको ‘कु’पछि यो दोस्रो निर्वाचन हो भने सन् २०२० मा बैङ्ककमा युवाको नेतृत्वमा भएको प्रजातन्त्र पक्षधर प्रदर्शनले देशमा ल्याएको हलचलपछिको यो पहिलो निर्वाचन हो ।
  • सन् २०१९ को विवादास्पद चुनावमा आफ्नो शासनलाई बलियो बनाएका ६८ वर्षीय प्रयुतले थाई राजनीतिमा विरलै देखिने लामो कार्यकाल सम्हाल्न सफल भएका ।
  1. फिनल्याण्डले NATO को सदस्यता कहिले प्राप्त गर्यो ?

– २०२३ अप्रिल ४

Explanation:

फिनल्याण्ड मङ्गलबार (४ अप्रिल २०२३) मा NATO को ३१ औं सदस्य बन्यो ।

  1. होन्डुरस र चीनबीच औपचारिक कुटनीतिक सम्बन्ध कहिले स्थापना भएको थियो ?

– २०२३ मार्च २६

Explanation:

  • चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री छिन क्याङ र होन्डुरसका विदेशमन्त्री एडुआडो एनरिक रेइनाले आइतबार बेइजिङमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका ।
  • होन्डुरसले चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेसँगै एक चीन नीतिलाई मान्यता दिने विश्वको १८२औँ मुलुक बनेको छ ।
  • होन्डुरसले सोहीदिन (मार्च २६)मा ताइवानसंगको सम्बन्ध तोडेको ।
  • होन्डुरसको यो निर्णयपछि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या अब १२ वटा मात्र रहेको ।
  1. न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन कहिले भएको थियो ?

– वि.सं. २०७९ चैत्र १५- १६

Explanation:

  • आयोजक: काठमाडौं महानगरपालिका
  • कसले उद्घाटन गरेका: प्रधानमन्त्री पुष्पकमल दाहाल
  • काठमाडौंमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो ।
  • स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या, चुनौति र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको हो ।
  1. मानहानि मुद्दामा भारतको एक अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय कहिले सुनाएको हो ?

– सन् २०२३ मार्च २३

Explanation:

सन् २०१९ को अप्रिलमा एक चुनावी रयालीमा प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर गान्धीलाई गुजरातको अदालतले दोषी ठहर गरेको । चुनावी रयसलीलाई सम्बोधन गर्ने क्रममा गान्धीले ‘किन सबै चोरको साझा थर मोदी’ हुँदो रहेछ भन्ने प्रश्न गरेका थिए । भारतीय कांग्रेस पार्टीले अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने जनाएको ।

  1. समुद्र संरक्षणसम्बन्धी युएन हाई–सी ट्रिटी कहिले भएको हो ?

–  सन् २०२३ मार्च ४

Explanation:

  • सन् १९८२ को समुद्र संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताले ‘हाई–सी’ क्षेत्रको व्यवस्था गरेको। सम्झौतासँगै घोषणा गरिने संरक्षण क्षेत्रमा जथाभावी रूपमा माछा मार्ने, जलविहार गर्ने साथै दुई सय मिटरभन्दा गहिरो उत्खनन गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्ने अपेक्षा लिइएको ।
  • सम्झौता मुख्यगरी हाई–सी को ३० प्रतिशत क्षेत्र संरक्षण क्षेत्र घोषणा हुने, सामुद्रिक आनुवंशिक स्रोतको संरक्षण, प्राप्त आम्दानी सबै पक्ष मुलुकबीच बाँडफाँटलगायतमा केन्द्रित रहेको ।
  • सन्धिको अर्को महìवपूर्ण पाटोका रूपमा हाई सी भएको क्षेत्रमा कुनै पनि गतिविधि गर्दा वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए) गर्नुपर्ने रहेको।
  • गत डिसेम्बरमा क्यानडामा भएको अन्तर्राष्ट्रिय जैविक विविधता महासन्धिको पक्ष राष्ट्रको १५औँ सम्मेलनले सन् २०३० सम्म समुद्र र जमिनका ३० प्रतिशत क्षेत्र पुनस्र्थापना गर्ने निर्णय गरेको । सम्मेलनको यही निर्णयकै आधारमा ‘युएन हाइ सी ट्रिटी’मा हस्ताक्षर भएको । पृथ्वीका ३० प्रतिशत पारिस्थितिकीय प्रणालीको पुनः स्थापना गर्ने र जैविक विविधतासम्बन्धी अनुदानसमेत वृद्धि गर्ने निर्णय मन्ट्रियल सम्मेलनले गरेको थियो ।
  • सम्झौतामा विभिन्न सातवटा निकाय रहेका। जसमा, पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) हुने र यसले सम्झौताको संशोधनलगायत अन्य कानुनी विषय तथा छलफलको निर्णय गर्ने । यस्तै सचिवालयले समन्वय गर्ने । सचिवालय मातहत रहने गरी सामुद्रिक आनुवंशिक सूचना आदानप्रदान गर्ने, ईआईए, सामुद्रिक संरक्षित क्षेत्रको स्थापनालगायतका गतिविधि गर्ने क्लियरिङ–हाउस मेकानिज्म हुने उल्लेख भएको । त्यसैगरी एउटा विज्ञ समिति, अनुगमन समिति, वित्तीय प्रणाली, स्रोतसाधन बाँडफाँट र पहुँच समितिको गठन हुने व्यवस्था रहेको ।
  1. रुसको दुईदिने राजकीय भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ कहिले मस्को पुगेका हुन् ?

– सन् २०२३ मार्च २०

  1. नेपाल प्रहरीको ३० ऑ आईजीपीका रुपमा को नियुक्त हुनु भयो ?

– वसन्त बहादुर कुंवर

Explanation:

  • कहिले निर्णय भएको: वि.सं. २०७९ चैत्र १०
  • पहिलो प्रहरी महानिरीक्षक: तोरणशमशेर राणा
  • २०७३ मा चितवन प्रहरी प्रमुख रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाएका थिए ।
  • विसं २०४९ चैत ११ मा प्रहरी सेवा प्रवेश गरेका
  • हालका आईजीपी धिरजप्रताप सिंह २० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरको बढुवा भएको हो ।
  1. हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी कहिले जारी गरेको हो ?

– सन् २०२३ मार्च १७

Explanation:

  • युक्रेनमा युद्ध अपराधको आरोपमा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरिएको ।
  • अन्तर्राष्ट्रिय अदालतले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरिएको बताएको ।
  • आईसीसी सदस्य देशका सरकारको सहयोगबिना आरोपितहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुटिन र मारिया पक्राउ पर्ने सम्भावना भने न्यून रहेको ।
  • रुस आईसीसीको पक्ष राष्ट्र नभएकाले हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेश रुसमा कार्यान्वयन हुने आधार नभएको तर यसले पुटिनको अन्तर्राष्ट्रिय यात्रामा भने असर पर्न सक्ने ।
  • अमेरिका पनि आईसीसीको पक्ष राष्ट्र नरहेको ।
  1. गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालय शीतल निवासबाट कहिले बिदाइ हुनुभएको हो ?

– वि.सं. २०७९ फागुन २९

Explanation:

  • लगातार दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी पूरा गरी फागुन २९ मा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जिम्मेवारी हस्तान्तरण गरी उहाँ शीतल निवासबाट बिदा हुनुभएको ।
  • भण्डारी वि.सं. २०७२ कात्तिक ११ गते पहिलो पटक र २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको ।
  1. नेपालको उपसभामुखका रुपमा इन्दिरा रानामगर कहिले निर्वाचित हुनु भएको थियो ?

– २०७९ माघ ७

  1. नेपालको सभामुखका रुपमा देवराज घिमिरे कहिले निर्वाचित हुनु भएको थियो ?

– २०७९ माघ ५

  1. नेपालको तेस्रो उपराष्ट्रपतिका रुपमा रामसहायप्रसाद यादव कहिले निर्वाचित हुनु भयो ?

– २०७९ चैत्र ३

  1. शेख मोहम्मद बिन अब्दुल रहमान अल – थानी कतारको सातौं प्रधानमन्त्रीका रूपमा कहिले चयन हुनुभयो ?

– २०२३ मार्च ७

  1. कतारका सातौं प्रधानमन्त्रीका रूपमा को चयन भएका छन् ?

– शेख मोहम्मद बिन अब्दुल रहमान अल – थानी

  1. मार्च १०, २०२३ मा चयन भएसँगै सी जिनपिङ चीनको कतिऔं पटक राष्ट्रपति भएका छन् ?

– तेस्रो

  1. सी जिनपिङ चीनको राष्ट्रपतिको रूपमा कहिले पुन चयन हुनुभयो ?

– २०२३ मार्च १०

  1. नेपालको राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेल कहिले निर्वाचित हुनुभएको थियो ?

– २०७९ फागुन २५

  1. गणतान्त्रिक नेपालको चौथो (कार्यकालका हिसाबले ) राष्ट्रपति को हुन् ?

– रामचन्द्र पौडेल

  1. सार्कको १५औँ महासचिवको रुपमा गोलाम सरवारलाई कहिले नियुक्ति दिइयो ?

– २०२३ मार्च ५

  1. सार्कको १५ औ महासचिवको रुपमा को नियुक्त भएका छन् ?

– गोलाम सरवार

  1. प्रदेश नं १ को नाम के राखियो ?

– कोशी

  1. प्रदेश नं १ को नामाकरण कहिले भएको थियो ?

– २०७९ फाल्गुन १७

  1. पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन कहिले भएको थियो ?

– ५ फेब्रुअरी २०२३

  1. नेपालसंग कूटनीतिक सम्बन्ध स्थापना गरेको मालवी कति औ राष्ट्र हो ?

– १७८ औ

  1. नेपाल र मालवी बिच कूटनीतिक सम्बन्धको हस्ताक्षर कहाँ भएको थियो ?

– न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा

  1. नेपाल र मालवी बिच कूटनीतिक सम्बन्धको हस्ताक्षर क-कसले गरेका हुन् ?

– अमृतबहादुर राइ र एग्नेस मेरी चिम्बिरी मोलान्डे

  1. नेपाल र मलावी के को सदस्य हुन् ?

– असंग्लग्न आन्दोलन, अतिकम विकसित देशहरु, भूपरिवेष्ठित विकासशील देशहरु, सबै

  1. नेपाल र मलावी बिच कूटनीतिक सम्बन्ध कहिले स्थापना भएको हो ?

– सन् २०२३ फेब्रुअरी १६

  1. पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ को निधन कहाँ भएको थियो ?

– दुबइ

  1. पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ को निधन कहिले भएको थियो ?

– सन् २०२३ फ्रेब्रुअरी ५

  1. पाकिस्तानका १० औ राष्ट्रपति को हुन् ?

– परवेज मुसर्रफ

  1. नेपालमा 5G सेवा कति मेगहर्ज ब्याण्ड अन्तर्गत थालनी गरिएको हो ?

– २६००

  1. नेपालमा 5G सेवा आन्तरिक परीक्षण कहाँबाट गरिएको हो ?

– माथिको दुवै

  1. नेपालमा 5G सेवा आन्तरिक परीक्षण शुभारम्भ कहिलेबाट भएको हो ?

– वि.सं. २०७९ माघ २२

  1. प्रथम उपमहानगर सम्मेलनमा को को उपस्थित थिए ?

– उपमहानगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख अधिकृत, सबै

  1. प्रथम उपरमहानगर सम्मेलन कसले आयोजना गरेको थियो ?

– बुटवल उपमहनागर्पलिका

  1. प्रथम उपरमहानगर सम्मेलन कहा संचालित भएको थियो ?

– बुटवल उपमहनागर्पलिका

  1. प्रथम उपरमहानगर सम्मेलन कहिलेदेखि कहिलेसम्म संचालित भएको थियो ?

– वि.सं. २०७९ माघ २१-२२

  1. राष्ट्रियसभाको अध्यक्ष को हुन् ?

– गणेश प्रसाद तिमल्सिना

  1. राष्ट्रियसभामा कति सदस्य रहने व्यवस्था छ ?

– ५९

  1. उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित कहिले भएकी हुन् ?

– बि.सं. २०७९ माघ २३

  1. राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित को भएको हुन् ?

– उर्मिला अर्याल

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्क‌ २०२२ अनुसार अफगानिस्तानको कति अंक छ ?

– २४

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ अनुसार बंगलादेशको कति अंकमा छ ?

– २५

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ अनुसार पाकिस्तानको कति अंकमा छ ?

– २७

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ अनुसार मल्दिभ्सको कति अंकमा छ ?

– ४०

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ अनुसार श्रीलंकाको कति अंकमा छ ?

– ३६

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ अनुसार भारतको कति अंक छ ?

– ४०

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ अनुसार भुटानको कति अंक छ ?

– ६८

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार सार्क राष्ट्रमा सबै भन्दा बढी भ्रष्टाचार हुने देश कुन हो ?

– अफगानिस्थान

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार सार्क राष्ट्रमा सबै भन्दा कम भ्रष्टाचार हुने देश कुन हो ?

– भुटान

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार सबै भन्दा बढी भ्रष्टाचार हुने देश कुन हो ?

– सोमालिया

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार सबै भन्दा कम भ्रष्टाचार हुने देश कुन हो ?

– डेनमार्क

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार सिरियाको कति अंक छ ?

– १३

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार सोमालियाको कति अंक छ ?

– १२

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार न्युजील्याण्डको कति अंक छ ?

– ८७

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार द. सुडानको कति अकं छ ?

– १३

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार भेनेजुयलाको कति अंक छ ?

– १४

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार यमनको कति अंक छ ?

– १६

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार सिंगापुरको कति अंक छ ?

– ८३

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार नर्वेको कति अंक छ ?

– ८४

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार फिनल्याण्डको कति अंक थियो ?

– ८७

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार डेनमार्कको कति अंक छ ?

– ९०

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्कमा बिस्वब्यपी औसत अंक कति छ ?

– ४३

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार नेपालको कति अंक छ  ?

– ३४

  1. भ्रष्टाचार अवधारणा सूचकांक २०२२ मस कति देश सहभागी छन् ?

– १८०

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ कहिले सार्वजनिक गरिएको हो ?

– २०२३ जनवरी ३१

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ कसले सार्वजनिक गरेको हो ?

– Transparency International

  1. नेपालको पहिलो महिला उपसभामुख को हुन् ?

– लिला श्रेष्ठ

  1. संघीय सभाको प्रथम उपसभामुख को हुन् ?

– महेन्द्र नारायण निधि

  1. इन्दिरा रानामगर कति महिला उपसभामुख हुन् ?

– ७ औ

  1. इन्दिरा रानामगर कति उपसभामुख हुन् ?

– १२ औ

  1. इन्दिरा रानामगर संघीय सभाका उपसभामुख कहिले निर्वाचित भएका हुन् ?

– वि.सं. २०७९ माघ ७

  1. संघीयसभाका (२०७९ को ) उपसभामुख को हुन् ?

– इन्दिरा रानामगर

  1. नेपालको पहिलो महिला सभामुख को हुन् ?

– ओनसरी घर्तिमगर

  1. संघीय सभाको प्रथम सभामुख को हुन् ?

– कृष्णप्रसाद भट्टराई

  1. देवराज घिमिरे कति सभामुख हुन् ?

– ९ औ

  1. संघीयसभाको सभामुखले कसको समक्ष सपथ लिने व्यवस्था गरिएको छ ?

– रास्ट्रपति

  1. देवराज घिमिरे संघीय सभाका सभामुखमा कहिले निर्वाचित भएका हुन् ?

– वि.सं. २०७९ माघ ६

  1. संघीयसभाका (२०७९ को ) सभामुख को हुन् ?

– देवराज घिमिरे

  1. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औ स्थापना दिवसको नारा के थियो ?

– मिलेर फालौ भ्रष्टाचारको जालो, सुशासन प्रबर्द्धनमा गरौं हातेमालो

Explanation:

वि.स. २०७९ माघ २८ गतेका दिन मनाइयो |

  1. बागमती प्रदेशको सभामुखमा को नियुक्त भएका छन् ?

– राप्रपाका भुवन पाठक

Explanation:

  • ०७९ पुस २९ मा भएको मतदानमा एमाले–माओवादी–राप्रपा गठबन्धनका उम्मेदवार पाठकले ६२ मत प्राप्त गरेका ।
  • उनको विपक्षमा ३९ मत परेको ।
  • कुल ११० सदस्यीय प्रदेश सभामा १०९ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका ।
  • प्रदेश सभाका ज्येष्ठ सदस्यका रूपमा सभा सञ्चालन गरिरहेका रामप्रसाद ढुङ्गानाले मतविभाजन प्रक्रियामा सहभागिता नजनाएका ।
  1. सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त भएका छन् ?

– राजेन्द्रसिंह रावल

  1. सशस्त्र प्रहरी बल नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन फम्र्ड पुलिस युनिट (एफपीयू)का रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीले न्यूनतम कति सेवा अवधि पूरा गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ ( २०७९) ?

– १५ वर्ष

Explanation:

  • एपीएफले मिसनका लागि छनोट प्रक्रिया थप निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले संशोधित यूएनएफपीयू मिसन छनोट निर्देशिका–२०७९ मा यो व्यवस्था लागू गरेको ।
  • यसबाट लामो समय सेवा अवधि पूरा गरी मिसनमा अवसर नपाएका कर्मचारी लाभान्वित हुने सशस्त्र मुख्यालयको विश्वास रहेको ।
  • यसअघि यूएनएफपीयू मिसन छनोट निर्देशिका–२०७१ अनुसार न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीसमेत मिसनमा सहभागी हुँदै आएका थिए ।
  1. नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त शैन्य अभ्यास कहिले सम्म भयो ?

– वि.स. २०७९ वैशाख १३

  1. नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त शैन्य अभ्यास कहिले देखि शुरु भयो ?

– वि.स. २०७८ चैत्र २० देखि

  1. चीनका विदेशमन्त्रि वाङ यी को नेपाल भ्रमण कहिले भयो ?

– वि.स. २०७८ चैत्र ११-१३

  1. UNO को मानव अधिकार परिषदबाट रुस निलम्बित कहिले भयो ?

– सन् २०२२ अप्रिल ७

  1. श्रीलंकामा आपतकालीन स्वस्थ घोसणा कहिले गरियो ?

– सन् २०२२ अप्रिल ५

  1. UNO को सुरक्षा परिषद्मा ५ नयाँ राष्ट्र कहिले देखि कहिले सम्म निर्वाचित भएका छन् ?

– सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ सम्म

  1. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?

– वि.स. २०७९ जेठ २

  1. देशभरका ७५३ स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल कहिले पुरा भयो ?

– वि.स. २०७९ जेठ ५

  1. श्रीलंकाको हाल निर्वाचित (२०७९) रास्ट्रपतिको नाम के हो ?

– रानील विक्रमसिंघे

  1. श्रीलंकामा रानील विक्रमसिंघे कहिले रास्ट्रपति घोषित भएका हुन् ?

– सन् २०२२ जुलाई २२

  1. द्रौपदी मुर्मू भारतको १५औं रास्ट्रपतिमा निर्वाचित कहिले भएको हो ?

– सन् २०२२ जुलाई २१

  1. भारतको १५औं रास्ट्रपतिमा निर्वाचित हुने महिला नेत्री को हुन् ?

– द्रौपदी मुर्मू

  1. पुस्पा भुसाल उपसभामुखमा कहिले निर्वाचित भए ?

– वि.स २०७९ असार ३२

  1. स्थानीय तह निर्वाचन, २०७९ मा कति डल सहभागी भएका थिए ?

– ७९

  1. हाल (मे २०२२) नेपालका लागि भारतीय राजदूत को नियुक्त भएका छन् ?

– नविन श्रीवास्तव

  1. सञ्चारकर्मी रवि लामिछानेले नेपाल स्वतन्त्र पार्टी गठनको घोषणा कहिले गरेका हुन् ?

– वि.स. २०७९ असार ७

  1. बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?

– वि.स. २०७९ जेठ २

  1. बुद्ध जयन्तिको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?

– वि.स. २०७९ जेठ २

  1. “एक वडा वक कालोपत्रे सडक” कुन स्थानीय तहको योजना हो ?

– फुन्लिंग नगरपालिकाम ताप्लेजुंग

  1. वि. स. २०७८ मंगसिरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले अधक्ष्यामा कसलाई चयन गर्यो ?

– राजेन्द्र लिंग्देन

  1. सन् २०२१ डिसेम्बरमा जर्मनीको चान्सलरमा नियुक्त व्यक्तिव को हुन् ?

– ओलाफ स्कोल्ज

  1. म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकीलाई म्यान्मारको सैनिक सरकारले कति वर्षको जेल सजाए तोकेको हो ?

– ४

  1. इन्डोप्यासिफिक रणनीति कुन देशको नेतृत्वमा संचालित कार्यक्रम हो ?

– अमेरिका

  1. क्यारावियन राष्ट्र बार्बाडोस गनातान्त्रान्मक रास्ट्रको रुपमा कहिले घोसणा भयो ?

– सन् २०२१ नोवेम्बर ३०

  1. जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज कहिले निर्वाचित भएका थिए ?

– सन् २०२१ डिसेम्बर ८

  1. देशभरका ७५३ स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल कहिले पूरा भएको हो ?

– वि.सं. २०७९ जेठ ५

  1. स्थानीय तह निर्वाचन-२०७९ मा कतिवटा मतकेन्द्रमा निर्वाचन स्थगित भएको छ ?

– ७७

  1. स्थानीय तह निर्वाचन-२०७९ मा पहिलो निर्वाचित प्रतिनिधिले कति मत प्राप्त गरेका थिए ?

– ३२०

  1. स्थानीय तह निर्वाचन-२०७९ मा पहिलो निर्वाचित जनप्रतिनिधि कुन पार्टीबाट थिए ?

– एमाले

  1. स्थानीय तह निर्वाचन-२०७९ मा पहिलो निर्वाचित जनप्रतिनिधि कुन ठाउँ बाट बनेका थिए ?

– मनांङ

  1. स्थानीय तह निर्वाचन-२०७९ मा पहिलो निर्वाचित जनप्रतिनिधि को बनेका थिए ?

– लोकेन्द्रबहादुर घले

  1. रानील बिक्रमसिंघे श्रीलंकाको प्रधन्मन्त्रिको पदमा हालमा कहिले नियुक्त भएका थिए ?

– सन् २०२२ मे १२

  1. श्रीलंकामा हाल (२०७९) नियुक्त भएका प्रधानमन्त्रीको नाम के हो ?

– रानील बिक्रमासिंघे

  1. स्थानीय तह निर्वाचन-२०७९ मा ९० बर्ष भन्दा बादी भएको उम्मेदवार को संख्या कति रहेको छ ?

– ७

  1. स्थानीय तह निर्वाचन-२०७९ ३० बर्ष भन्दा कम उम्मेदवारको संख्या कति रहेको छ ?

– १५,९७२

  1. स्थानीय तह निर्वाचन-२०७९ मा उम्मेदवार उमेर समूह कति रहेको छ ?

– २१-९४

  1. स्थानीय तह निर्वाचन-२०७९ मा कुल महिला उम्मेदवारको संख्या कति रहेको छ ?

– ५५,६९८

  1. स्थानीय तह निर्वाचन-२०७९ मा कुल उम्मेदवारको संख्या कति रहेको छ ?

– १,४५,०११

  1. स्थानीय तह निर्वाचन-२०७९ मा निर्वाचित हुने कुल पद को संख्या कति रहेको छ ?

– ३५,२२१

  1. स्थानीय तह निर्वाचन-२०७९ मा उम्मेदवारी दिने दलको संख्या कति रहेको छ ?

– ६५

  1. स्थानीय तह निर्वाचन-२०७९ मा निर्वाचनको लागि दर्ता भएका दलको संख्या कति रहेको छ ?

– ७९

  1. स्थानीय तह निर्वाचन-२०७९ मा कुन स्थानीय तह को निर्वाचन मिति सारिएको थियो ?

– कपिलवस्तु महानगरपालिका

  1. स्थानीय तह निर्वाचन-२०७९ मा बैशाख ३० गते निर्वाचन हुने स्थानीय तहको संख्या कति रहेको छ ?

– ७५२

  1. स्थानीय तह निर्वाचन-२०७९ मा कुल स्थानिय तह कति रहेको छ ?

– ७५३

  1. स्थानीय तह निर्वाचन-२०७९ मा कुल मतदान केन्द्र कति रहेको छ ?

– २१,९५५

  1. स्थानीय तह निर्वाचन-२०७९ मा कुल मतदाता स्थल कति रहेको छ ?

– १०,७५६

  1. स्थानीय तह निर्वाचन-२०७९ मा महिला मतदाताको संख्या कति थियो ?

– ८९,९२,०१०

  1. स्थानीय तह निर्वाचन-२०७९ मा पुरुष मतदाताको संख्या कति थियो ?

– ८७,४१,५३०

  1. स्थानीय तह निर्वाचन-२०७९ मा कुल मतदाताको संख्या कति रहेको छ ?

– १,७७,३३,७२३

  1. स्थानीय तह निर्वाचन-२०७९ को निर्वाचन आयुक्त को भएका थिए ?

– दिनेश थपलिया

  1. स्थानीय तह निर्वाचन-२०७९ को निर्णय कहिले भएको थियो ?

– २०७८ माघ २४

  1. स्थानीय तह निर्वाचन-२०७९ कति गते भएको थियो ?

– बैशाख ३०

  1. स्थानीय तह निर्वाचन, २०७९ कति गते भएको थियो ?

– बैशाख ३०

  1. इ-पासपोर्टको सुरुवात कहिले देखि भयो ?

– २०७८ मंगसिर १

  1. इ-पासपोर्टको सुरुवात को बाट गरिएको हो ?

– सत्य मोहन जोशी

  1. दोस्रो बिमस्टेक सम्मेलन कुन देशमा भएको थियो ?

– नेपाल

  1. चौथो बिमस्टेक सम्मेलन कहिले भएको थियो ?

– सन् २०१८ अगस्ट ३० र ३१

  1. दोस्रो बिमस्टेक सम्मेलन कुन देशमा भएको थियो ?

– म्यानमार

  1. तेस्रो बिमस्टेक सम्मेलन कहिले भएको थियो ?

– सन् २०१४ मार्च ४

  1. दोस्रो बिमस्टेक सम्मेलन कुन देशमा भएको थियो ?

– भारत

  1. दोस्रो बिमस्टेक सम्मेलन कहिले भएको थियो ?

– सन् २००४ नोभेम्बर १३

  1. पहिलो बिमस्टेक सम्मेलन कुन देशमा भएको थियो ?

– बैंकक, थाईल्याण्ड

  1. पहिलो बिमस्टेक सम्मेलन कहिले भएको थियो ?

– सन् २००४ जुलाई ३१

  1. हालसम्म कतिवटा बिमस्टेक शिखर सम्मेलन भएको छ (२०२२) ?

– ५

  1. बिमस्टेक सम्मेलनमा कसको सहभागी हुने गरेको छ ?

– सरकार तथा राष्ट्र प्रमुख

  1. बिमस्टेकमा कतिवटा देशहरु रहेका छन् ?

– ७

  1. बिमस्टेक शिखर सम्मेलनमा के को बिसयमा छलफल हुने गरिएको छ ?

– बहुक्षेत्रीय प्राबिधिक तथा आर्थिक

  1. पाँचौ बिमस्टेक शिखर सम्मेलनमा नेपालबाट को सहभागी भएको थियो ?

– शेर बहादुर देउबा

  1. पाँचौ बिमस्टेक शिखर सम्मेलन कहिले भएको थियो ?

– सन् २०२२ मार्च ३०

  1. पाँचौ बिमस्टेक शिखर सम्मेलन कुन ठाउँमा भएको थियो ?

– कोलोम्बो

  1. पाँचौ बिमस्टेक शिखर सम्मेलन कुन देशमा भएको थियो ?

– श्रीलंका

  1. सातामा दुई दिन बिदा दिने निर्णय मन्त्रीपरिषद बाट कहिले पारित गरिएको थियो ?

– २०८९/०१/१४

  1. पाकिस्तानमा संसद् विघटन गर्ने निर्णय सर्वोच्च अदालतद्वारा कहिले गरियो ?

– २०२२ अप्रिल ५

  1. २०२२ अप्रिल १मा नेपालसंग दौत्य सम्बन्ध स्थापना भएको १७६ औ राष्ट्र कुन हो ?

– बेलिज

  1. हालसम्म (२०२२ अपरिल) नेपालसंग दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरुको संख्या कति पुगेको छ ?

– १७६

error: Content is protected !!