१. नेपालको संविधान(२०७२) कहिले जारी भयो ?
- वि.सं २०७२ असोज ३
 
२. नेपालको संविधान(२०७२) कुन विधिबाट तयार भएको संविधान हो ?
- संविधान सभाबाट
 
३. नेपालको संविधान(२०७२)मा कति भाग धारा र अनुसुचीहरु रहेका छन् ?
- ३५ भाग ३०६ धारा र ९ अनुसुचीहरु
 
४. नेपालको संविधान(२०७२) को पहिलो शंशोधन कहिले भयो ?
- वि.सं २०७२ फाल्गुन १६
 
१५. नेपालको संविधान अनुसार नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता कसमा निहित रहेको छ ?
- नेपाली जनतामा
 
६. नेपालको संविधान अनुसार नेपाल कस्तो राज्य हो ?
- संघिय लोकतान्त्रीक गणतन्त्रात्मक
 
७. नेपालमा बोलिने सबै मातृ भाषाहरुलाई के भनिन्छ ?
- राष्ट्र भाषा
 
८. नेपालको संविधानले सरकारी कामकाजको भाषा भनेर कुन भाषालाई तोकेको छ ?
- नेपाली भाषा
 
९. नेपालका राष्ट्रिय चिन्हहरु के के हुन ?
- राष्ट्रिय फूल लालीगुराँस, रङ सिम्रिक, जनावर गाई र पंक्षी डाँफे
 
१०. नेपालको संविधानको कुन भागमा नागरिकता सम्बन्धी व्यवस्था गरिएको छ ?
- भाग २
 
११. नेपालको संविधानले कति प्रकारका नागरिकताहरुको व्यवस्था गरेको छ ?
- ४ प्रकारका (वंशज, अंगिकृत, सम्मानार्थ र गैर आवासीय)
 
१२. नेपालको संविधानले गैर आवासीय नेपालीलाई कस्तो अधिकार सहित नागरिकता दिने उल्लेख गरेको छ ?
- आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको नागरिकता (राजनीतिक अधिकार बाहेक)
 
१३. सम्मानार्थ नागरिकता कसले प्रदान गर्न सक्छ ?
- नेपाल सरकारले
 
१४. बाबु आमा दुवै नेपाली नागरिक(वंशज वा जन्मको आधारमा) भएको अवस्थामा सन्तानले कुन प्रकृतीको नागरिकता प्राप्त गर्छ ?
- वंशजको आधारमा
 
१५. नेपाली नागरिकसँग बिहे गर्ने बिदेशी महिलाले कुन नागरिकता पाउने व्यवस्था छ ?
- वैवाहिक अंगिकृत नागरिकता
 
१६. नेपालको सरहद भित्र फेला परेको र पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तीले कस्तो नागरिकता पाउँछ ?
- वंशजको आधारमा
 
१७. नेपालको संविधानको भाग कतिमा मौलिक हक सम्बन्धी व्यवस्था गरिएको छ ?
- भाग ३
 
१६. नेपालको संविधानले कति वटा मौलिक हकहरुको व्यवस्था गरेको छ ?
- ३१ वटा
 
१९. मृत्यु दण्डको सजाय हुने गरी कानुन नबाइने प्रतिवद्धता कुन मौलिक हकले गरेको छ ?
- सम्मानपुर्वक बाँच्न पाउने हक (धारा १६)
 
२०. न्याय सम्बन्धी हक अनुसार पक्राउ परेको व्यक्तीलाइ पक्राउ भएको समयबाट कति समयभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्छ ?
- २४ घन्टा भित्र
 
२१. नेपालको संविधानले कुन तहसम्मको शिक्षालाइ अनिवार्य र निशुल्क शिक्षाको व्यवस्था गर्ने भनेको छ?
- आधारभुत तह सम्मको
 
२२. नेपालको संविधानले कुन तहसम्मको शिक्षालाई निशुल्क पाउने गरी मौलिक हकमा व्यवस्था गरेको छ ?
- माध्यामिक तह सम्मको
 
२३. नेपालको संविधानमा उल्लेख गरीएका मौलिक हकको प्रचलनको लागि कुन हकको व्यवस्था गरिएको छ ?
- धारा ४६ मा संवैधानीक उपचारको हक(यसले सबै मौलिक हकको संरक्षण गर्ने भएकोले महत्वपुर्ण मानिने)
 
२४. नेपालको संविधानको धारा ४७ अनुसार मौलिक हकको कार्यान्वयन गर्न संविधान जारी भएको कति समयभित्र कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख छ ?
- ३ वर्ष भित्र
 
२५. नेपालको संविधानले नागरिकका कर्तव्य अन्तर्गत कति वटा कर्तव्यहरुको व्यवस्था गरेको छ ?
- ४ वटा कर्तव्य
 
२६. नेपालको संविधानको धारा ४८ मा व्यवस्था गरिएका नागरिकका कर्तव्यहरु कुन कुन हुन् ?
- राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु
 - संविधान र कानुनको पालन गर्नु
 - राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु
 - सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्नु
 
२७. नेपालको संविधानमा राज्यका नीतिहरु अन्तर्गत कति प्रकारका नीतिहरुको व्यवस्था गरिएको छ ?
- १३ वटा नीतिहरु
 
२८. राज्यका निर्देशक सिद्धान्त र नीतिमा लेखिएका कुनै विषय कार्यान्वयन नभएमा कुन अदालतमा प्रश्न उठाउन सकिन्छ ?
- कुनै पनि अदालतमा प्रश्न उठाउन सकिँदैन
 
२९. नेपालको परराष्ट्र नीति संचालनका आधारहरु के के हुन् ?
- संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तराष्ट्रिय कानुन र विश्व शान्तीको मान्यता
 
३०. नेपाल राज्यको संरचना सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ ?
- धारा ५६
 
३१. नेपालको संविधान अनुसार नेपालको राज्य संरचना कति तहको हुने व्यवस्था गरेको छ ?
- ३ तहको (संघ प्रदेश र स्थानीय तह)
 
३२. नेपालको संविधानले अवशिष्ट अधिकार कसमा निहित रहने व्यवस्था गरेको छ ?
- संघमा(धारा ५८)
 
३३. नेपालको राष्ट्रिय गानको रचना कसले गरेका हुन् ?
- प्रदिप कुमार राई (व्याकुल माइला)
 
३४. नेपालको राष्ट्रिय गानका संगितकार को हुन् ?
- अम्बर गुरुङ
 
३५. प्रदेश नं १ मा कति वटा जिल्लाहरु रहेका छन् ?
- १४
 
३६. प्रदेश नं २ मा कति वटा जिल्लाहरु रहेका छन् ?
- ८
 
३७. प्रदेश नं ३ मा कति वटा जिल्लाहरु रहेका छन् ?
- 1३
 
३८. प्रदेश नं ४(गण्डकी प्रदेश) मा कति वटा जिल्लाहरु रहेका छन् ?
- ११
 
३९. प्रदेश न ५ मा कति वटा जिल्लाहरु रहेका छन् ?
- १२
 
४०. प्रदेश नै ६(कर्णाली प्रदेश) मा कति वटा जिल्लाहरु रहेका छन् ?
- १०
 
४१. प्रदेश नं ७(सुदुरपश्चिम प्रदेश) मा कति वटा जिल्लाहरु रहेका छन् ?
- ९
 
४२. नेपालको संविधानको कुन अनुसुचीमा संघको एकल अधिकारको व्यवस्था गरिएको छ ?
- अनुसुची ५ (३५ वटा अधिकारहरु)
 
४३. रक्षा, सेना, युद्ध, प्रतिरक्षा, हातहतियार जस्ता विषय कुन तहको अधिकार अन्तर्गत पर्दछ ?
- संघको एकल अधिकार अन्तर्गत
 
४४. नेपालको संविधानको कुन अनुसुचीमा प्रदेशको एकल अधिकारको व्यवस्था गरिएको छ ?
- अनुसुची ६ (२१ वटा अधिकारहरु)
 
४५. नेपालको संविधानको कुन अनुसुचीमा संघ र प्रदेशको साझा अधिकारको व्यवस्था गरिएको छ ?
- अनुसुची ७ (२५ वटा अधिकारहरु)
 
४६. नेपालको संविधानको कुन अनुसुचीमा स्थानीय तहको एकल अधिकारको व्यवस्था गरिएको छ ?
- अनुसुची ८ (२२ वटा अधिकारहरु)
 
४७. नेपालको संविधानको कुन अनुसुचीमा संघ प्रदेश र स्थानीय तहको साझा अधिकारको व्यवस्था गरिएको छ ?
- अनुसुची ९ (१५ वटा अधिकारहरु)
 
४८. सहकारी, शिक्षा, स्वास्थ्य, कृषि जस्ता विषय कुन तहको अधिकार अन्तर्गत पर्दछ ?
- संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार अन्तर्गत
 
अनुसुचीहरु
| अनुसुची | नाम | 
| १. | राष्ट्रिय झन्डा | 
| २. | राष्ट्रिय गान | 
| ३. | निशाना छाप | 
| ४. | प्रदेश र सम्बन्धीत प्रदेशमा रहने जिल्लाहरु | 
| ५. | संघको अधिकारको सूची | 
| ६. | प्रदेशको अधिकारको सूची | 
| ७. | संघ र प्रदेशको साझा अधिकारको सूची | 
| ८. | स्थानीय तहको अधिकारको सूची | 
| ९. | संघ प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची | 
नेपालको संविधानका धाराहरु (धारा १ देखि ६० सम्म)
| भाग | धारा | नाम | 
| भाग १ : प्रारम्भिक
 
 
 
 
 
 
 
 
 
  | 
१ | संविधान मुल कानुन | 
| २ | सार्वभौमसत्ता र राजकीयसत्ता | |
| ३ | राष्ट्र | |
| ४ | नेपालराज्य | |
| ५ | राष्ट्रिय हित | |
| ६ | राष्ट्रभाषा | |
| ७ | सरकारी कामकाजको भाषा | |
| ८ | राष्ट्रिय झन्डा | |
| ९ | राष्ट्रिय गान इत्यादि | |
| भाग २ : नागरिता | १० | नागरिकताबाट वन्चित नगरिने | 
| ११ | नेपालको नागरिक ठहर्ने | |
| १२ | वंशीय आधार र लैङ्गीक पहिचान सहितको नागरिकता | |
| १४ | नागरिकताको प्राप्ती पुन प्राप्ती र समाप्ती | |
| १४ | गैर आवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्था | |
| १५ | नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था | |
| १६ | सम्मानपुर्वक बाँच्न पाउने हक | |
| १७ | स्वतन्त्रताको हक | |
| १८ | समानताको हक | |
| १९ | सञ्चारको हक | |
| २० | न्याय सम्बन्धी हक | |
| २१ | अपराध पिडीतको हक | |
| भाग ३ : मौलिक हक | २२ | यातना विरुद्धको हक | 
| २३ | निवारक नजरवन्द विरुद्धको हक | |
| २४ | छुवाछुत तथा भेदभाव विरुद्धको हक | |
| २५ | सम्पतिको हक | |
| २६ | धार्मिक स्वतन्त्रताको हक | |
| २७ | सूचनाको हक | |
| २८ | गोपनीयताको हक | |
| २९ | शोषण विरुद्धको हक | |
| ३० | स्वच्छ वातावरणको हक | |
| ३१ | शिक्षा सम्बन्धी हक | |
| ३२ | भाषा तथा संस्कृतीको हक | |
| ३३ | रोजगारीको हक | |
| ३४ | श्रमको हक | |
| ३५ | स्वास्थ्य सम्बन्धी हक | |
| ३६ | खाद्य सम्बन्धी हक | |
| ३७ | आवासको हक | |
| ३८ | महिलाको हक | |
| ३९ | बालबालिकाको हक | |
| ४० | दलितको हक | |
| ४१ | ज्येष्ठ नागरिकको हक | |
| ४२ | सामाजिक न्यायको हक | |
| ४३ | सामाजिक सुरक्षाको हक | |
| ४४ | उपभोक्ताको हक | |
| ४५ | देश निकाला विरुद्धको हक | |
| ४६ | संवैधानिक उपचारको हक | |
| ४७ | मौलिक हकको कार्यान्वयन | |
| ४८ | नागरिकका कर्तव्य | |
| भाग ४ : राज्यका निर्देशक सिद्दान्त र नीति तथा दायित्व | ४९ | मार्गनिर्देशनका रुपमा रहने | 
| ५० | निर्देशक सिद्धान्तहरु | |
| ५१ | राज्यका नीतिहरु | |
| ५२ | राज्यको दायित्व | |
| ५३ | प्रतिवेदन पेश गर्ने | |
| ५४ | अनुगमन सम्बन्धी व्यवस्था | |
| ५५ | अदालतमा प्रश्न उठाउन नसकिने | |
| भाग ५: राज्यको संरचना र राज्य शत्तिको बाँडफाँड
 
  | 
५६ | राज्यको संरचना | 
| ५७ | राज्य शत्तिको बाँडफाँड | |
| ५८ | अवशिष्ट अधिकार | |
| ५९ | आर्थिक अधिकारको प्रयोग | |
| ६० | राजश्च श्रोतको बाँडफाँड |