नयाँ समसामयिक जानकारी – २०८० माघ १७

समसामयिक सम्बन्धी धेरै पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

नयाँ समसामयिक जानकारी – २०८० 

१. हाल आयोध्यामा बनेको राममन्दिरको स्थापना कहिले भएको हो ?
उतरः सन् २०२४/१/२२

Explain:

  • स्थापना मितिः सन् २०२४/१/२२
  • यो मन्दिर नगरा शैली मा बनेको,
  • १.१ हेक्टर क्षेत्रफलमा फैलिएको यो मन्दिरको ११० मिटर लम्बाई, ७२ मिटर चौडाई र ४९ मिटर उचाई रहेको ।

२. मंगल ग्रहमा प्रेवश गर्ने दोस्रो मुलुक कुन हो ?
उतरः  रसिया

Explain:

  • पहिलो मुलुकः अमेरिका (सन् १९६४ नोभेम्बर १९) – म्येरिनर यान
  • दोस्रो मूलुकः रसिया (सन् १९७१ मे १९)
  • तेस्रो मूलुकः युरोपियन युनियन (सन् २००३ जुन २)
  • चौथो मूलुकः  भारत (सन् २०१३ नोभेम्बर ५)
  • पाँचौ मूलुकः युएई (सन् २०२१ फेब्रअरी ९) – होप अभियान

३. पहिलो महिला परराष्‍ट्र सचिव को हुन् ?
उतरः सेवा लम्साल

Explain:

  • उनी परराष्‍ट्र मन्त्रालयकी २५ औँ सचिव भएकी ।
  • नेपालका पहिलो परराष्‍ट्र सचिवका रुपमा सन् १९४८ मा प्रा. सरदार नरेन्द्रमणि आचार्य दीक्षित भएका ।
  • २०४४ सालमा परराष्‍ट्र सेवावाटै विन्दाश्‍वरी शाह नेपालकै पहिलो महिला राजदुत (भारतका लागि) भएकी ।
  • नेपालको प्रथम महिला प्रमुख जिल्ला अधिकारी – उषा नेपाल ।
  • भोजपुर जिल्लाकी सेवा लम्साल सन् १९९८ मा शाखा अधिकृत भएकी र सन् २०१० मा परराष्‍ट्र सेवामा उपसचिवमा प्रवेश गरी एक वर्ष पछि नै सहसचिव हुनु भएकी ।

४. जापानले चन्द्रमामा अन्तरिक्ष यान सफल अवतरण कहिले गर्‍यो ?
उतरः  सन् २०२४ जनवरी २०

Explain:

  • ‘मुन स्‍निपर’ रोबोटिक अन्वेषकले चन्द्रमामा सफलतापूर्वक सफ्ट ल्याण्डिङ गरेको ।
  • यो उपलब्धि हासिल गर्ने अमेरिका, रुस, चीन र भारतपछि जापा पाँचौ देश बनेको छ ।
  • जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (JAXA) ले प्रक्षपण गरेको ।

५. क्युआर कोड प्रयोगमा ल्याउने पहिलो नेपाली बैङ्क कुन हो ?
उतरः नबिल बैङ्क

विभिन्‍न सेवा पहिले सुरुवात गर्ने

  • एटिएम कार्ड : एभरेस्ट बैङ्क
  • क्रेडिट कार्ड : हिमालयन बैङ्क
  • इन्टरनेट बैङ्किङ : कुमारी बैङ्क
  • एसएमएस मोबाइल बैङ्किङ : लक्ष्मी बैङ्क
  • मल्टी करेन्सी कार्ड :सेन्चुरी बैङ्क
  • रोबोटको प्रयोग : एसबिआई बैङ्क

६.  काठमाडौँ महानगरपालिकाले वार्षिक तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली कुन ठाउँमा निर्माण गरेको छ ?

उतरः बालाजु

Explain

  • यो प्रणाली बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो ।
  • बर्खाको पानी बगेर खेर जाने र हिउँदमा पानीको अभाव हुने हुँदा यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्धन गरिएको हो ।
  • तीव्र सहरीकरणका कारण अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गएको छ । पछिल्लो समय बर्षात् छोटो अवधिमा अधिक हुने हुनाले प्राकृतिक रूपमा पानी पुनःभरणमा समस्या सिर्जना भएको छ ।

.  पहिलो साक्षर घोषित प्रदेश कुन हो ?

उतरः बागमती प्रदेश (दोस्रो : गण्डकी)

Explain

  • बागमती प्रदेश साक्षर घोषित : विसं २०७८असोज ११
  • गण्डकी प्रदेश साक्षर घोषित : विसं २०७८असोज २४

८.  असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले युगान्डातर्फ प्रस्थान गर्नु भयो ?

उतरः विसं २०८० माघ ४ (माघ ७ मा स्वदेश फिर्ता)

.  नेपाली गायन जगतका उज्ज्वल नक्षत्र योगेश वैद्यको निधन कहिले भएको हो ?

उतरः विसं २०८० माघ ५

Explain

  • उहाँका ‘सपना भुलाइ सारा आँसु पिएर जाउ’, ‘आँखैमा रात गले, बाटोमा हुरी चले’, ‘मेरो आँसुमा नहाँसे, घायल यो दिल के हाँस्थ्यो’, ‘नेपाल मेरो तिमीलाई’ लगायतका गीत चर्चित छन् । उहाँले नेपाल भाषाका पनि थुप्रै गीत गाउनुभएको छ ।
  • वनस्पतिशास्त्रमा एमएस्सी गर्नुभएका योगेश करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रही २०६१ सालमा सहसचिव पदबाट अवकाश हुनुभएको थियो ।
  • उहाँले यही माघ १ गते मात्रै गंकी धुस्वाँ बसुन्धरा प्रतिष्ठानद्वारा प्रदान गरिएको धुस्वाँ सायमी सिर्जना पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँले छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्टलगायत प्रख्यात पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँका विभिन्न कृतिसमेत प्रकाशित छन् ।
  • उहाँका दुई छोरी र एक छोरा छन् ।

१०. हेन्ली पासपोर्ट इन्डेक्स–२०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

उतरः ९८ औँ

 १३. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता लागु गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

उतरः माल्दिभ्स

११. हाल राष्ट्रसङ्घको स्थायी प्रतिनिधिमा को रहनुभएको छ

उतरः लोकबहादुर थापा

Explain

  • उहाँ पन्ध्रौँ स्थायी प्रतिनिधि हुनुहुन्छ ।
  • यसअघि राष्ट्रसङ्घको प्रतिनिधि अमृतबहादुरथापा हुनुहुन्थ्यो । 
  • नेपालको पहिलो स्थायी प्रतिनिधि ऋषिकेशशाह हुनु भयो । 

१२. बुकर पुरस्कार–२०२३ कसलाई प्रदान गरियो ?

उतरः पाउल लिन्च (आयरल्यान्ड)

Explain

  • ‘प्रोफेट सङ्ग’ उपन्यासका लागि यो अवार्ड प्रदान गरिएको हो ।
  • सन् १९६९ बाट प्रदान गर्न थालिएको यस पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ ।

१४. नेपाली स्याटेलाइट ‘नेपाली स्याट १’ कति दिन अन्तरिक्षमा रहेर पृथ्वीमा खसेको थियो ?

उतरः ८४१ दिन

१५. कँगो वेसिन क्लेड, क्लेड वान, क्लेड टु ए, क्लेड टु बी कुन रोगका भेरिएन्ट हुन् ?

उतरः मङ्की पक्स

१६. महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन कहिले गरिएको हो ?

उतरः विसं २०७९ असोज १४

१७. कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो

उतरः सन् २०२३–२०२७

१८. अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार–२०२३ बाट सम्मानित हुने नेपाली को हुनुहुन्छ ?

उतरः डा. घनश्याम ज्ञवाली

१९. राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

उतरः माघ १

Explain

  • नवौँ राष्ट्रिय योग दिवस (२०८०) को नारा : गरौँ योग – रहौँ निरोग
  • विसं २०७२ साउन २८ को मन्त्रीपरिषद् बैठकले माघ १ गतेका दिन राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।
  • सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घ महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरेको हो ।

२०. ७५ औँ संस्करणको एमी अवार्ड–२०२४ मा ‘आउट स्ट्यान्डिङ ड्रामा’ को उपाधि जित्न सफल फिल्म कुन हो ?

उतरः सक्सेसन

Explain

  • अवार्ड समारोहमा फिल्म सक्सेसन र द वियरले सर्वाधिक छ/छ अवार्ड जितेका छन् ।
  • आउटस्ट्यान्डिङ ड्रामा : सक्सेसन
  • उत्कृष्ट अभिनेता: म्याथु म्याकफेडेन (सक्सेसन)
  • उत्कृष्ट निर्देशक : मार्क माइलड (सक्सेसन)
  • प्रमुख अभिनेता : काइरन कल्किन (सक्सेसन)
  • प्रमुख अभिनेत्री : सारा स्नोक (सक्सेसन)
  • उत्कृष्ट लेखन : जेसी आमस्ट्रङ (सक्सेसन)
  • आउटस्ट्यान्डिङ कमेडी सिरिज : द वियर
  • लेखन र निर्देशन : क्रिस्टोफर स्टोरर (द वियर)
  • प्रमुख अभिनेता : जेरेमी एलिन ह्वाइट
  • प्रमुख अभिनेत्री : आयो एडिविरी
  • सहअभिनेता : इबोन मोस बाचाराच

. आदिकवि भानुभक्त पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

उतरः प्राध्यापक घनश्याम कँडेल (पुरस्कार राशि : एक लाख २५ हजार रुपियाँ)

. महानगरपालिका हुनका लागि कति जनसङ्ख्या हुनुपर्ने प्रावधान छ ?

उतरः पाँच लाख

Explain

  • कम्तीमा पाँच लाख स्थायी बासिन्दा,
  • पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा एक अर्ब रुपियाँ,
  • कुल सडक लम्बाइको कम्तीमा ७५ प्रतिशतपक्की भएको,
  • विशेषज्ञसहितको अस्पताल, कम्तीमा १०० शय्याको एक अस्पतालसहित कम्तीमा ५०० शय्याको अस्पताल सुविधा,
  • अन्तर्राष्ट्रिय सभाहल तथा अन्तर्राष्ट्रिय स्तरको व्यापारिक प्रदर्शनी स्थल,
  • सङ्ग्रहालय भएको, प्राविधिक शिक्षालय भएको,
  • अन्तर्राष्ट्रिय स्तरको होटल सुविधा भएको,
  • अन्य सहरी सुविधा भएको,

. त्रिभुवन विश्वविद्यालयको पहिलो कुलपति को हुनु भयो ?

उतरः कान्तिराज्यलक्ष्मीदेवी शाह (पहिलो उपकुलपति: सुवर्णशमशेर जबरा)

. पन्ध्रौँ योजनामा उल्लिखित दीर्घकालीन लक्ष्य अनुसार विसं २१००/०१ सम्ममा नेपालीको प्रतिव्यक्ति आय कति पुर्‍ याउने लक्ष्य रहेको छ ?

उतरः १२,१०० अमेरिकी डलर

 २५. नेपालमा पहिलो पटक पोथी हात्तीको शल्यक्रिया गरी बच्चाको जन्म कहिले गराइयो

उतरः विसं २०७९ फागुन २५

  • सौराहाको खोरसोरमा अवस्थित हात्ती प्रजनन केन्द्रमा गण्डकीकली नामक ढोईको शल्यक्रिया गरी बच्चा जन्माइएको हो ।
  • छावाको नाम विजयगज राखिएको थियो ।

२६. विदेशमा बस्ने नेपालीलाई ध्यानमा राखी निःशुल्क टेलिमेडिसन सेवाको सुरुवात कहिले गरिएको हो ?

उतरः विसं २०७९ चैत १५

२७.  फिफा सर्वश्रेष्ठ फुटबलर–२०२४ घोषित हुन सफल खेलाडी को हुन् ?

उतरः पुरुष तर्फ : लियोनल मेसी र महिला तर्फ :आइतावा बोनमती 

२८.सशस्त्र प्रहरीमा डिएसपी बढुवा हुन कुन विषयमा पोस्ट ग्य्राजुएट डिप्लोमा अनिवार्य गरिएको छ ?

उतरः विपत् व्यवस्थापन

२९.  ‘मैले छिचोलेका कुइनेटा’ नामक कृतिका लेखक को हुनुहुन्छ ?

उतरः डा. मुकेशकुमार चालिसे

३०.  ट्राभल वेबसाइट ट्रिप एडभाइजरद्वारा प्रकाशित विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्य (सन् २०२४) मध्ये पहिलो नम्बरमा पर्न सफल गन्तव्य कुन हो ?

उतरः काठमाडौँ

३१. सन् २०२४ जनवरीमा सम्पन्न अस्ट्रेलियन ओपनको पुरुष एकल उपाधिको जित हासिल गर्ने खेलाडीको हुन् ?

उतरः यानिक सिनर (इटाली)

Explain

  • उनले तेस्रो वरीयताका रसियाली खेलाडी डेनिल मेडभेडेभलाई हराएर वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको पुरुष एकल उपाधि जितेका हुन् ।
  • २२ वर्षीय सिनरको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । उपाधि जितसँगै सिनर अस्ट्रेलियन ओपन जित्ने इटालीका पहिलो खेलाडी बनेका छन् ।
  • बेलारुसकी आर्यना सावालेन्काले चीनकी जेङ चिनवेनलाई पराजित गरी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन महिला एकलको उपाधि जितेकी छन् ।

३२. ट्रान्सपरेन्सी इन्टरनेसनलले २०८० माघ १६ (सन् २०२४ जनवरी ३०) मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ

उतरः १०८ औँ

Explain

३३. दक्षिणपूर्वी एसियाका लागि विश्व स्वास्थ्यसङ्गठनको क्षेत्रीय निर्देशकमा कसलाई नियुक्त गरियो ?

उतरः साइमा वाजेद (बङ्गलादेश)

Explain

  • वाजेद बङ्गलादेशबाट पहिलो र विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसिया क्षेत्रका लागि दोस्रो महिला क्षेत्रीय निर्देशक हुन् ।
  • कार्यकाल सुरु : सन् २०२४ फेब्रुअरी १

३४. विश्वकै ठुलो पानीजहाज कुन हो ?

उतरः आइकन अफ दी सि 

 Explain

  • सन् २०२४ जनवरी २८ देखि यो जहाज सञ्चालनमा आएको हो ।
  • एक हजार १९७ फिट लम्बाइ भएको यो पानीजहाज २० तला रहेको छ ।
  • जहाजमा एक पटकमा सात हजार छ सय यात्रुले यात्रा गर्न सक्छन् ।
  • रोयल क्यारेबियन ग्रुपको यो जहाजमा ४० वटा रेस्टुरेन्ट र बार, सात वटा स्विमिङ पुल तथा एउटा वाटरपार्क रहेको छ ।
  • सुरक्षाका लागि जहाजमा करिब १७ वटा लाइफबोट राखिएको, एक लाइफबोटमा करिब ४५० जना मानिस अट्ने दाबी कम्पनीलेगरेको छ ।

३५. पाण्डाको औसत उमेर कति हुन्छ ?’

उतरः २० वर्ष

Explain

  • प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २० वर्षको हुन्छ ।
  • मानव रेखदेख र स्याहारसुसार पाउँदा थप १० वर्ष बाँच्न सक्ने अध्ययनले देखाएको छ ।
  • मानव रेखदेख र स्याहारसुसारमा रहेको एनएन नामक पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु (सन् २०२२ जुलाईमा) भएको थियो ।
  • यसअघि बढी उमेरसम्म जीवित रहन सकेको पाण्डा जियाजिया थियो । मानव स्याहारसुसारमा रहेको सो पाण्डा ३८ वर्षसम्म जीवित रहेको थियो ।

३६. सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८० कसलाई प्रदान गरियो

उतरः सुप्रिम मल्ल ठकुरी

Explain

  • पुरस्कार राशि : रु. ५० हजार
  • ११ वर्षीय मल्ल सानो उमेर मै गीत/सङ्गीतको क्षेत्रमा लोकप्रियता हासिल गर्न सफलभएका छन् ।

३७. ओस्कार अवार्डले उत्कृष्ट फिल्मको विधामा छनोट हुन कति किसिमको मापदण्ड तय गरेको छ ?

उतरः चार (ए, बी, सी र डी)

  • नेपालीलाई समेत औँल्याउँदै ओस्कारले सन् २०२४ का लागि श्रर्वश्रेष्ठ फिल्म विधाको मापदण्डमा केही परिमार्जन गरेको छ ।
  • नयाँ मापदण्ड अनुसार अबदेखि उत्कृष्ट फिल्मको विधामा छनोट हुनका लागि स्ट्यान्डर्ड ए, बी, सी र डी गरी चार खण्डमा विभाजन गरिएको छ ।

३८. 

समसामयिक सम्बन्धी धेरै पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
error: Content is protected !!