१९ औँ एसियाली खेलकुदबारे महत्वपूर्ण जानकारी
- खेल मिति: सन् २०२३ सेप्टेम्बर २३ – २०२३ अक्टोबर ८ (कोभिड १९ को कारण १ वर्ष पछि सरेको)
- प्रथम : चीन (२०१ स्वर्णसँगै १११ रजत र ७१ कांस्यहसित ३८३ पदक)
- दोस्रो : जापान (५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक)
- तेस्रो : दक्षिण कोरिया (४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक)
- आयोजक/स्थान : चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौ
- उदघाटन गर्ने : चीनका राष्ट्रपति सी चीनफिङ (समापन : चीनका प्रधानमन्त्री लि कियाङ)
- सहभागी देश : एसियाका ४८ देशमध्ये ४५ देश सहभागी भएका
- सहभागी नभएका एशियाका देश: आर्मेनिया, अजरबैजान र जर्जियो
- जम्मा खेल : ४० खेल
- विधा : ६१ वटा
- स्पर्धा/स्वर्ण : ४८३ वटा
- सहभागी खेलाडी : १२,४१७ खेलाडी
- नारा/स्लोगन/आदर्श वाक्य: Heart to Heart, @Future अर्थात् मुटुदेखि मुटुसम्म भविष्य
- कुनै न कुनै पदक जित्ने देश : ४१ (सहभागी ४५ मध्ये )
- पदक विहिन देश : ४ (दक्षिण एसियाली राष्ट्र भुटान र माल्दिभ्ससँगै यमन र इष्ट टिमोर)
- स्वर्ग पदक जित्ने देश : सहभागी ४५ मध्ये २७ राष्ट्रले
- स्वर्ण पदक जित्ने २७औँ राष्ट्र : म्यानमार
- रजत पदक जित्ने देश : ३१ राष्ट्रले
- कास्य जित्ने देश : नेपालसहित सातवटा राष्ट्रले
- उद्धाटन र समापन स्थलको नाम: बिग लोट्स
- चीनमा आयोजना भएको यो तेस्रो एसियाली खेलकुद हो । चीनले यसअघि सन् १९९० मा बेइजिङ र २०१० को गोङझाव एसियाली खेलकुद भएका थिए।
- सन् १९५१ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो संस्करणबाट एशियाली खेलकुद सुरु भएको
- प्रतियोगितामा चीनकी पौडीवाज युफेई भाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन् । झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९औं एसियाली खेलकुदको मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) घोषित भएका ।
१९ औं एशियाडमा नेपाल : पदक तालिकामा ३३ औं
- १ रजत र १ कास्य सहित २ पदक सहित नेपाल संयुक्त रुपमा पदक तालिकामा ३३ औं स्थानमा रहेको ।
- नेपालले एक रजत र एक कांस्य पदक जित्न सफल भएको ।
- नेपालको महिला कबड्डी टिमले कांस्य पदक जितेको थियो ।
- करातेकी एरिका गुरुङले रजत पदक जितेकी ।
- समग्रमा यो तेस्रो रजत पदक हो । यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् । यस्तै सन् २०१८ मा इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ टिमले रजत जितेको थियो ।
- उद्घाटन समारोहमा नेपालबाट सहभागी: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
- उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा बोक्ने : तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्तीमगरले
- समापन समारोहमा नेपालको राष्ट्रिय झण्डा बोक्ने : करातेकी ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङले
- नेपालको तर्फबाट सहभागी खेलाडी : २५३ जना (१२७ महिला र १२६ जना पुरुष )
- नेपालले सहभागीता जनाएको खेल : २९ खेल
- नेपालकी सबैभन्दा कान्छी उमेरकी खेलाडी सुनिरा थापा
- एसियाडमा ठूलो संख्यामा नेपाली खेलाडी सहभागिता हुन लागेको पहिलो घटना हो ।
- नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ रहेका छन् ।
आगामी २० औं एसियाली खेलकुद
- मिति : सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म
- आयोजना : जापानको आइची नागोयामा
- नारा : ‘इमाजिन वान एसिया’
- प्रतियोगितामा ४५ देशका १५ हजारभन्दा बढी खेलाडी र अफिसियल सहभागी हुने प्रतियोगितामा ४१ खेल समावेश गरिएको